हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

‘चपली हाईट’मा कडाई

दमक, चैत्र ९/ युवासंघ नेपालका कार्यकर्ताले चपली हाईट चलचित्रले समाजमा गलत सन्देश दिएको भन्दै दमकमा प्रदर्शन गर्न कडाई गरेको छ ।
संघको केन्द्रीय कार्यक्रम अन्तर्गत सो चलचित्र प्रदर्शनमा कडाई गरिएको संघका झापा क्षेत्र नम्बर–७ का अध्यक्ष शम्भु भण्डारीले बताए । चपली हाईट प्रदर्शन भइरहेको दमकस्थित निलकण्ठ चलचित्र मन्दिरमा संघका कार्यकर्ताले सो चलचित्र नचलाउन आग्रह गर्दै चलचित्रको पोष्टरमा सूचना र संघको झण्डा टाँसेका थिए ।
चलचित्र हाइटलाई चलचित्र विकास बोर्डले ‘एडल्ट सर्टीफिकेट’ दिएकाले १६ वर्ष भन्दा माथिका व्यक्तिहरुलाई मात्र सो चलचित्र देखाउन भनिएको संघका नगर उपाध्यक्ष कुमार राईले बताए । संघका क्षेत्रीय अध्यक्ष भण्डारी तथा नगर उपाध्यक्ष राईद्वारा जारी विज्ञप्तिमा भने चपली हाईटलाई संगठनले प्रदर्शनमा प्रतिबन्ध लगाउने निर्णय गरेको उल्लेख छ । चलचित्र भवन सञ्चालकले समेत वयस्कहरुलाई मात्र सो चललिच देखाइने गरेको जनाएका छन्  ।

गोमेन्द्र कलेज विजयी – खेल समाचार

दमक, चैत्र ९/दमकस्थित दमक बहुमुखी क्याम्पसमा जारी पूर्वाञ्चलस्तरीय अन्तर कलेज टि ट्वान्टी क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा बिर्तामोडको गोमेन्द्र कलेज बिजयी भएको छ ।
टस जितेर फिल्डिङ् राजेको गोमेन्द्रले १५ दशमलव ४ ओभर तथा ४ विकेटको क्षतिमा १ सय १६ रन बनाएको हो । उसका लागि विपीन श्रेष्ठले सर्वाधिक ५२ रन लिए । प्रतिस्पर्धी दमकको पूर्वाञ्चल कलेजका लागि राजकुमार शाहले २ विकेटमा २४ रन जोडेका थिए ।
पूर्वाञ्चलले १९ दशमलव २ ओभरमा १ सय १४ रन बटुलेको थियो । उसका लागि बिनोद बुढाथोकीले २८ रन बनाए । बुधबारको खेलमा ४ विकेटमा १५ रन बनाउने गोमेन्द्रका अजित भट्टराई म्यान अफ दि म्याच घोषित भए ।
आज पहिलो खेल बिहान ८ बजे आयोजक ‘बी’ र मनकामना कलेज बिर्तामोड तथा दोश्रो खेल अपरान्ह १ बजे शिवगञ्ज बहुमुखी क्याम्पस र मेची क्याम्पस भद्रपुरबीच हुने आयोजक दमक बहुमुखी क्याम्पसका खेल संयोजक सुवास काफ्लेले जानकारी दिए ।

कम्मर मोटाइका कारण दम

कम्मर मानिसको आकर्षणको केन्द्र बिन्दु भनेर भनिने गरिन्छ । विशेषगरी  महिलाहरुको कम्मरको आकारले यसको महत्व राख्दछ । मोटी कम्मर मोटोपनले दम रोग हुने खतरा रहेको एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार ८८ सेन्टिमिटर (३५ इन्च) भन्दा ठूलो कम्मर भएमा महिलाहरुलाई शरीरको तौल सामान्य भए पनि दम रोगले लाग्ने खतरा धेरै हुन्छ ।

अमेरिकाको नर्दन क्यालिफोर्निया क्यान्सर सेन्टरले गरेको यस सम्बन्धी अनुसन्धान बारेमा थोरयाक्स जर्नलमा जानकारी दिएको छ । अुनसन्धानकर्ताहरुले ८८ हजार ३ सय ४ जना शिक्षक र विद्यालय प्रशासकहरुको शारीरिक अवस्था जाँचेका थिए । सामान्य तौल भएका महिलाहरुभन्दा मोटो महिलाहरुमा दम लाग्ने सम्भावना ४० प्रतिशत बढी हुन्छ । अति मोटो महिलाहरुमा यो खतरा तीन गुणभन्दा बढी हुने विश्लेषण अनुसन्धानकर्ताको निष्कर्ष छ ।
अनुसन्धानकर्ताहरुले सानो कम्मर भएका महिलाको दाँजोमा तीन गुणा बढी हुन्छ, आकार ८८ सेन्टिमिटरभन्दा बढी भएका महिलामा दम हुने खतरा भनि भनेका छन् ।
शरीरका अङ्गहरुमा “भिसेरल” बोसोको जाँच उपयुक्त हुने भनाई छ । शरीरमा पाइने अन्य प्रकारका बोसोभन्दा भिसेरल बोसो परक हुन्छ । यसले स्वास्थ्यमा बढी प्रभाव पार्दछ । भिसरेल बोसो बढी सक्रिय हुन्छ, यसले दम गराउने यौगिकहरु उत्पादन गर्छ । भिसरेल बोसो बढीजस्तो पेटमा हुन्छ । अनुसन्धानकर्ता जुली भोन बहरेनले बताइन् । एजेन्सी

अण्डामा क्यान्सरबाट बचाउन सक्ने गुण – स्वास्थ्य चर्चा

मानिस कमजोर भएमा अण्डा खाने गरेको पाइन्छ । यसरी अण्डालाई शक्ति दिनको लागि प्रयोग गरेता पनि मुटु र क्यान्सरबाट बचाउन सहयोग गर्छ भन्ने थोरैलाई मात्र थाहा छ ।

अमेरिकाको अल्बर्टा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले काँचो अण्डाको पहेलो भागमा एन्टिअक्सिडेन्ट हुने बताएका छन् । जुन एन्टिअक्सिडेन्टले मुटु र क्यान्सरबाट बचाउन ठूलो सहयोग पु¥याउँदछ ।
अनुसन्धानकर्ताहरुले काँचो, अण्डाको पहेलो भागमा एक स्याउ तुलनामा दोब्बर एन्टिअक्सिडेन्ट हुने सुझाव दिएका छन् । गहुँ वा मकै खुवाइएका पोथीले पारेको अण्डाको पहेलो भागको जाँच गरेका थिए । यसक्रममा अण्डाको पहेलो भागमा ट्राइप्टोफन र टाइरोसिन हुने पत्ता लगाए । यी दुवै एमिनो एसिड
शक्तिशाली एन्टिअक्सिडेन्ट हुन् ।
आर्गनिक रुपमा हुर्काइएको पोथी कुखुरा जसले पर्याप्त भिटामिन र खनिज पाएको हुन्छ । काँचो अण्डाको पहेलो भागमा दुईवटा एमिनो एसिडको खोज हुनु भनेको स्वास्थ्यका लागि अण्डा खानुपर्ने कथनको पुष्टिमा एक कदम मात्र हो । यसमा थप अनुसन्धान आवश्यक छ । यसअघि काँचो अण्डाको पहेलो भागमा एन्टिअक्सिडेन्ट थिएन । अण्डालाई फ्राई वा उमालियो भने त्यसको एन्टिअक्सिडेन्ट गुण करीब आधा घट्छ । माइक्रोवेभ ओभनमा तताइएमा त अण्डाको पोषण  झनै नष्ट हुन्छ । अनुसन्धानकर्ताहरुले दिएको सुझाव अनुसार यदि अधिकतम फाइदा लिने हो भने अण्डाको पहेलो भागलाई सेतो भागसँगै खानु पर्छ । एजेन्सी

ढिलो विवाह गर्ने सोच्नुभएको छ ? होसियार

हिजो आजका महिलाहरु जवानीमै विवाह गरेर घरबार बसाउने भन्दा पनि पहिला आफ्नो क्यारिएर बनाउने चाहनाका साथै अन्य कारणहरुबाट ढिलो विवाह गर्ने सोचमा रहेका हुन्छन् । अनुसन्धानबाट पत्ता लागे अनुसार, ढिलो विवाह पनि क्यान्सरको कारण बन्न सक्छ ।

विज्ञहरुको भनाई अनुसार हिजोआजका युवतीहरु पढाइका साथै आफ्नो क्यारिएरलाई लिएर एकदमै जागरुक रहेको पाइन्छ । यसै कारण यस्ता महिलाहरुलाई आफ्नो उमेर ढल्किसकेको पनि पत्तो हुँदैन । भारतका वरिष्ठ क्यान्सर विशेषज्ञ एवम् एशियन इन्स्टिच्युट अफ मेडिकल साइन्सेजका अध्यक्ष डा. एन के पाण्डेयको भनाई छ कि ढिलो विवाहका कारण गर्भाशयको मुखका साथै ब्रेष्ट क्यान्सर हुने आशंका बढ्छ ।
यो खतरा हार्मोन्सको असन्तुलनका साथै उमेर ढल्किसकेपछि बे्रष्ट फिडिङ गराउने कारणबाट पैदा हुन सक्छ । डा. पाण्डेयका अनुसार उनको निजी अनुभवमा जो महिलाहरुले उमेर ढल्किसकेपछिको समयमा विवाह गर्ने गरेका छन् – तिनीहरुमा क्यान्सरको आशंका बढिरहेको छ ।
अन्य विशेषज्ञहरुको भनाईमा पनि चुरोट र रक्सीमा महिलाहरुको बढ्दो रुची र सेवनका साथै लाइफस्टाइलमा आइरहेको परिवर्तनका कारण भारतमा यस किसिमका क्यान्सर तिव्र रुपमा बढिरहेको छ । पाण्डेय भन्छन्, ठाउँ ठाउँमा खुलेका हुक्का पार्लर समस्याले यसखाले समस्या बढाइरहेको छ ।

अब बलात्कारीलाई बन्ध्याकरणको सजाय – रोचक तथ्य

के तपाईले थाहा पाउनु भएको छ ? दुईचार वर्ष जेल, दुईचार हजार रुपैयाँ जरिवाना तिरेर सजिलै उम्कने बलात्कारजस्तो जघन्य अपराध गर्नेहरूलाई अब बन्ध्याकरण गरेर बलात्कार गर्न नसक्ने  बनाईने  बहस भारतमा चल्न थालेको छ ।

भारतको रोहिणी कोर्टकी न्यायाधीश कामिनी लाउले ६ वर्षकी बच्ची बलात्कारसम्बन्धीको एक मुद्दाको फैसला गर्दै भारतीय विधायिकालाई यस किसिमको सजाय पाउने कानुन बनाउन आग्रह गरेकी छन् ।
कुन–कुन देशमा छ त यस्तो कानुन ?
अमेरिकाका आठ राज्य क्यालिफोर्निया, फ्लोरिडा, जर्जिया, लुसियाना, मोन्टाना, ओरेगन, टेक्सास, विस्कानसिनमा बन्ध्याकरणको प्रावधान रहेको छ ।
दक्षिण कोरियामा सन् २०११ जुलाईमा बनेको कानुनमा १६ वर्षभन्दा कम उमेरको मानिसको शारीरिक शोषण गर्नेहरूलाई औषधीको माध्यमबाट बन्ध्याकरण गर्ने प्रावधान रहेको छ ।

धनी महिला सञ्चारकर्मी ओप्राह विन्फ्रे - प्रेरक व्यक्तित्व

ओप्राह विन्फ्रे २९ जनवरी, १९५४ मा संयुक्त राज्य अमेरिकाको  मिसिसिपी राज्यको कोसिस्कोमा जन्मेकी थिइन् । यिनी अमेरिकी टेलिभिजन कार्यक्रम प्रस्तोता, अभिनेत्री र व्यवसायी हुन् । उनको “टक शो” अमेरिकी युवा पुस्ता माझ सबैभन्दा चर्चित कार्यक्रम हो । अहिले  उनी अमेरिकाको  मात्र नभई संसारकै सबैभन्दा धनी महिलाको सूचिमा पर्दछिन् ।
Oprah Winfrey

६ वर्षको हुँदा उनी मिलवउकी, विस्कन्सिनमा आफ्नो आमासँग बस्नको लागि गएकी थिइन् । यसैगरी बाह्र÷तेह्र वर्षकी हुँदा उनी  आफ्ना बुबासँग बस्न टेनेसी गइन् । बुबाको प्रभाव उनको जीवनमा अत्यन्त धेरै छ ।
१९ वर्षको हुँदा विन्फ्रे स्थानीय सीबिएस टिभी  स्टेशनमा समाचार वाचिका भएकी थिइन् । त्यसको एक वर्षपछि टेनेसी  स्टेट युनिभर्सिटीबाट स्नातक गरेपछि उनी मेरिल्याण्ड बाल्टीमोरको एबीसी न्यूज च्यानलमा संवाददाता र सह–उद्घोषक भइन् । त्यसपछि सन् १९७७ मा उनी “पिपुल आर टकिङ” नामको मर्निङ शो मा सहप्रस्तोता भइन् ।
१९८४ मा उनी सिकागो गइन् र “ए एम सिकागो” भन्ने टक शो चलाउन थालिन् । उनको लगन, मेहनत र इमान्दारिताले कार्यक्रम अत्यन्त सफल बन्यो । त्यसैले १९८५ मा यो कार्यक्रमलाई “द ओप्राह विन्फ्रे शो” भन्ने नयाँ नाम दिइयो । उक्त कार्यक्रम अमेरिकाकै सबैभन्दा चर्चित टिभी टक शो भएपछि उनको चर्चा मात्र भएन, उनले अनेकौँ इम्मी अवार्ड  पनि पाइन् । १९९५ मा विन्फ्रेले अलाइस वाकरद्वारा १९८२ मा लिखित “द कलर पर्पल” उपन्यासमा बनेको फिल्ममा काम गरिन् । यसमा गरेको तारिफ योग्य अभिनयको कारण उनले त्यसपछि “द वुमेन अफ ब्रिउस्टार प्लेस” टिभी प्रस्तुति प्रशारण भयो । विन्फ्रेले त्यसपछि आफ्नै टिभी कार्यक्रम उत्पादक होर्पो कम्पनी नामको कम्पनी चलाइन् । कोनी मे फउलरको “बिफोर वुमेन ह्याड् विङ्ग्स्” १९९७ मा दर्शकमाझ आएपछि विन्फ्रेको चर्चा अभिनेत्री र निर्माताको रुपमा हुन थाल्यो । टोनी मोरिसनको चर्चित कृति  “विलभ्ड” मा आधारित चलचित्र १९९८ मा प्रदर्शित भएपछि त विन्फ्रेले आफूलाई सक्षम र अत्यन्त चर्चित अभिनेत्री भएको प्रमाणित गरिन् ।
सन् १९९८ मा विन्फ्रेले आफ्नो अक्सिजन मिडिया नामको अर्को संस्था पनि सञ्चालन गरेर महिलाको लागि केवल टिभी नेटवर्क सञ्चालन गरिन् ।
हाल विन्फ्रे अनेकौँ मानवीय कार्यमा व्यस्त छिन् ।  उनको ओप्राह एन्जेल नेटवर्कले यस्तै कार्य गर्छ र दीन–दुःखीको लागि सहयोग पनि गर्छ । सन् २००७ मा उनले दक्षिण अफ्रिकाका बेसहारा केटीहरुका लागि स्कूल खोलिन् । उनी बाल दुव्र्यवहार र महिला अधिकार सम्बन्धी आवाज बुलन्द पार्ने नारी  भएकोले  उनले अनेकौँ अवार्ड र प्रशंसा पत्रहरु पाइसकेकी छिन् ।
१९९६ मा उनले बुक क्लब भनेर हप्तामा दुईदेखि चारवटा किताबहरुको चर्चा गर्ने टिभी कार्यक्रम पनि सञ्चालन गरिन् । छनोट गरिएका हरेक पुस्तकहरु बेस्ट सेलर भएपछि उने पुस्तक प्रकाशकहरुबाट पनि अत्यन्त सम्मान र सहृदयता पाइन् । त्यसपछि उनले प्रकाशनको काम पनि गर्न थालिन् । सन् २००० मा उनले “ओ, द ओप्राह म्यागेजिन” र २००४ मा “ओ एट होम” पनि प्रकाशित गरिन् । सन् २००६ देखि आफ्ना साथीहरुसँग मिलेर स्याटेलाइट रेडियो पनि उनले चलाइरहेकी छिन् । उनी  संसारकै धनी महिलाहरुमध्ये एक हुन् । आज उनीसँग नाम र दाम दुवै सञ्चारमै लागेर उपलब्ध छ ।

शाखा अधिवेशन हुने

उर्लाबारी, चैत्र ९/ नेकपा एमाले मोरङ क्षेत्र नं.–९ ले विभिन्न शाखा कमिटीहरुको अधिवेशन गर्ने भएको छ । उर्लाबारीको चैत्र ११, मधुमल्लामा २२ गते लगायत सबै शाखाहरुको अधिवेशन गर्ने भएको क्षेत्रीय सचिव पुष्प ढकालले बताए । यसअघि नै जाँतेको भने अधिवेशन सम्पन्न भईसकेको छ ।

एफएम रेडियो ४ सय २२ पुगे

काठमाडौं, चैत्र ९/ मुलुकमा फागुन महिनाको अन्त्यसम्ममा दर्ता भएका एफएम रेडियोको सङ्ख्या ४२२ पुगेको छ । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार तीमध्ये नियमित प्रसारण्ँमा गएका एफएमको सङ्ख्या ३१७ रहेको छ । गएको फागुन महिनामा मात्र ११ वटा एफएमले प्रसारण्ँ अनुमति पाएका थिए ।

त्यसैगरी मुलुकभर सञ्चालनमा आएका टेलिभिजनहरुको सङ्ख्या ३७ पुगेको छ । फागुन महिनामा मात्र श्रीनगर टेलिभिजन पाल्पा, मिसन स्टार टेलिभिजन काभ्रे र नेपाल मण्डल टेलिभिजन ललितपुरलाई प्रसारण्ँ अनुमति दिइएको सञ्चार मन्त्रालयका सहायक प्रवक्ता हेमराज भुसालले जानकारी दिए ।
त्यसैगरी फागुन महिनासम्म केवल अपरेटरको सङ्ख्या ७३० पुगेको छ । प्रेस काउन्सिल नेपालबाट प्राप्त आर्थिक वर्È २०६६÷६७ को स्थगित पत्रपत्रिका वर्गीकरण्ँको प्रतिवेदन स्वीकृत गरिएको पनि श्री भुसालले जानकारी दिए ।

ढाके हाकिम भएछौ, स्मरण–पत्र – दोस्रो लेख

टङ्क पाठक

श्रीमान् लोकतन्त्रवादी राजनीतिका नकावधारी ज्यूहरु, भ्रष्टाचारीका अग्रज तथा संक्रमणकाल लम्ब्याउने महोदहरु, जातीय राज्यका पक्षपाति, महङ्गीका पृष्ठपोषक, सगरमाथा यात्राका ठेकेदार, राजीनामा दिने र दिदैँ गरेका सचिवहरु कर्मचारी युनियनका पैसा राख्ने कन्तुर बनाएर कालो धन्दाका शक्तिशाली व्यक्तित्वहरु र जड्याँहा माननीय मन्त्री ज्यू, मेरो पिल्सिएका नेपाली जनताको तर्पmबाट न्यानो प्रातकालीन अभिवादन् । अलिकति सम्वोधन गर्न बिर्सिएछ, मन्त्रीणी ज्यूहरु साथै वहाँहरुका लाजप्यारले हुर्काएका धर्म पुत्र र धर्मपुत्रीहरु । मैले आजभन्दा केही दिन अगाडि एउटा पत्र लेखि पठाएको थिए । त्यो पत्र पाउनु भयो अरे भन्ने मैले मात्रै होइन यो देशका सबै शोषित, पीडित जनताले थाहा पायौँ । तर आजसम्म त्यसको उत्तर आउनु त कहाँ हो कहाँ बरु कानमा भ्रष्टाचाररुपी तेल हालेर तपाईहरु बस्नु भएको हुँदा र ती ढाक्रेहरु एकै चोटी हाकिम भएका हुन् अरे, त्यस्तै सगरमाथा आरोहणको टोली गठन गरी खर्च वर्च नेपाली जनताले खाइनलाई तिरेको कारण हिस्स काटेर दिने भयौ अरे भनेको कुरो सुन्दा यो पत्र छिट्टै पुग्ने गरी लेखेको हो । हुन त हिजो या विगतमा तिमीहरु ढाक्रे थियौ अरे । ढाक्रे काम गरेर आफ्नो दुःखेसो र गर्जो टाथ्र्यौ अरे । अर्काको भारी बोकेर हिँड्दथ्यौ अरे । आ–आफ्ना छोराछारी र श्रीमतीको फाटेको लुगा र फरिया टालेर लगाउँथ्यौ अरे । सबै सिधासाधा गरीबसँग मिल्दथ्यौ अरे । अर्काको पीरलाई आफ्नै पीर लिन्थ्यौ अरे । बेला–बेला त्यो ढाकर बिसाएर शीर (निधार) का पसिना खुई गरी पुच्दै यो देशका जन आन्दोलनहरुमा राम्ररी भाग लिन्थ्यौ अरे । कसै–कसैले जनयुद्ध र धनयुद्धमा पनि राम्ररी नै भाग लिन्थ्यौ अरे । महङ्गी भएका बेला आफूले खान नपाउँदा बुलिन्द्र आँशुसरी रुन्थ्यौ अरे । सबै मिलेर नयाँ नपाल बनाउने, छिट्टै संविधान बनाउछौँ । विधिको शासन गर्दछौँ । भ्रष्टाचारीलाई ठेगान लगाउँछौँ । यो मुलुकका दरिद्रतामा रमलिएका जनतालाई छिट्टै उन्मुक्ति दिन्छौ लगायत धेरै कुरा भन्थ्यौ अरे । त्यसबेला तिमीहरुका गाला ख्याउटे वनस्पति जस्तो देखिन्थ्यौ अरे । सम्बोधन गरेका पारखी महाशयहरु ती तिम्रा ढाकर बिसाएर आज हाकिम हुँदा केही खुशी लागे पनि विभिन्न कोणले हेर्दा मेरो मन मष्तिष्क सिसाको ऐना फुटेझै झ¥याम्–झु¥युम भएको छ । ढाकेबाट पियन, पियनबाट वहिदार, बहिदारबाट खरिदर, खरिदारबाट सुब्बा, सुब्बाबाट अधिकृत हुँद सबै क्षेत्र तह र काम गर्ने तौर तरिका थाहा हुन्छ । आफ्नो कार्यको मोह बढ्छ । जनताको माया हुन्छ । यथार्थ वास्तविकता प्रति सजक र सचेत हुइन्छ अनि राष्ट्रको माया हुन्छ । तर के गर्नु तर हेर त आज राष्ट्रको हालत ढाक्रे सिधै हाकिम हुँदा । तर अरु कुरा चाही धेरै फाइदा रहेछ । ती तिमीहरुको हात्तीको जस्तो पेट, तिखा दाह्रा, पोटिलो अनुहार, ती चिल्ल गाडी, शान्ति र संविधानका केवल ६४ दिन बाँकी हुँदा सुरा पिएको तालमा गफैगफ गर्ने अवसर । एउटा खरिदारले सचिवको कढालो समात्न पाउने अवसर र मन्त्रीलाई खुश दिने अनि मन्त्रीले माग्ने कति राम्रो काम । मन्त्री भएपछि असली रक्सी सृवन गरी साना तिना होइन काठमाण्डौको वीर अस्पतालमा गएर स्वास्थ्य सेवामा संलग्न स्वास्थ्य कर्मीलाई जिब्रो लर्बराउँदै गाली गलौज गर्न पाइने । हात खुट्टा अपाङ्ग भएपनि सरकारी ढुकुटी रित्याएर सगरमाथाको टुप्पोमै आफ्ना छोरा भतिजालाई बोकेरै पु¥याई दिन पाइने । हाय ! कति राम्रो जन्मको शुभ साइत र छैटौँ भावी । यहा भन्दा अरु लेख्ने कुराहरु त धेरै थियो । तर यो पत्रको आशय बुझि नै हाल्छौ होला । यसको जवाफ आवस् नआवस् मलाई भन्नु केही छैन । अन्त्यमा तिमीहरु बल गर्दै जााउ ढाके हाकिम हो । कलमकर्मी साथ छ । अस्तु ।