हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

साउदीमा तीन अलपत्र

इलाम/ इलाममा शाखा रहेको फोर्सवान प्रा.लि मार्फत बैदेशिक रोजगारका लागि साउदी अरब पुगेका इलामका तीन युवाहरु अलपत्र परेका छन् ।
रोजगारीका लागि साउदी पुगेका इलाम सोयाक–३ का श्याम चौहान, निर्मल कटुवाल र इलाम नगरपालिका–२ का बिरबहादुर मोते अलपत्र अवस्थामा परेको पीडितका आफन्तले बताएका छन् ।  फोर्सवान प्रा.लि इलाम शाखाका प्रबन्धक झापा बुधबारेका गोपीकृष्ण चिमोरियाले राम्रो सेवा सुविधा हुने भन्दै पठाएका थिए । तर अहिले तीनै जनालाई ठगी गरेर झुक्याएर पठाएको र अहिले फर्किन पनि गाह्रो भएको उनीहरुले बताए ।
पीडित परिवारले आफ्ना छोराहरु तत्काल स्वदेश फर्काइ दिने वातावरण मिलाइदिन र ठगीमा संलग्न तीनै जनालाई तत्काल पक्राउ गरी कार्वाहीको माग राखेर उनीहरुले बुधबार जिल्ला प्रशासन कार्यालय इलाममा निवेदन पेश गरेका छन् ।

महायज्ञबाट १ करोड

उर्लाबारी/ मोरङ पथरी बहुमुखी क्याम्पसले श्रीमद् भागवत् ज्ञान महायज्ञबाट १ करोड २१ लख १७ हजार ८ सय ७५ रुपैयाँ आर्थिक संकलन गरेको छ ।
यस्तै ७ बिगाह १० धुर जग्गा पञ्चायत उच्च माविले पथरी बहुमखी क्याम्पसलाई हस्तान्तरण गरेको छ । ५० लाख रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकको खातामा जम्मा गरी मुद्दती खातामा अक्षय कोष स्थापना गरिएको क्याम्पसका प्रमुख अर्जुन बुढाथोकीले जानकारी दिए । 
मोरङ  क्षेत्र नं २ का सभाषद् लालबहादुर सुस्लिङ मगरको  प्रमुख आतिथ्यमा सम्पन्न पुराणमा समापन कार्यक्रम पथरी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोहन तुम्वापोको अध्यक्षतामा भएको थियो । सो अवसरमा क्याम्पस सञ्चालक परिषद् सदस्यहरुको स्वागत तथा परिचयात्मक कार्यक्रम तथा पुराणमा विशेष सहयोग पु¥याए वापत १३ जना व्यक्तिहरु र ५ वटा संघ–संस्थालाई  तथा ५ जना विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।
गत कार्तिक १४ देखि २२ सम्म श्रीमद् भागवत् ज्ञान महायज्ञ अक्षयकोष तथा स्नातकोत्तर तह सञ्चालन गरिएको थियो ।

चुलाचुलीमा स्यालोट्युब

चुलाचुली/ दक्षिण इलामको चुलाचुली गाविसका विभिन्न वडामा स्यालो ट्युववेल गाड्ने कार्यले तिव्रता पाएको छ ।
भुमिगत जलस्रोत विकास समिति शाखा कार्यालय विराटनगर र चुलाचुलीस्थित नमुना भुमिगत जल उपभोक्ता समिति चुलाचुली–६ को सहकार्यमा आर्थिक वर्ष ०६७÷०६८ देखि थालिएको सो कार्यले तिव्रता पाएको उपभोक्ता समितिका अध्यक्ष अर्जुन गिरीले जानकारी दिए ।
गत आर्थित वर्षमा परीक्षणका लागि २ ओटा स्यालोट्युवेल गाडिएकोमा यस आर्थिक वर्षमा सो संख्या ४७ पुगेको बताइएको छ । चुलाुलीका ३, ४, ६ र ७ नम्बर वडाहरुमा गाडिएका स्यालो ट्युववेलका माध्यमबाट हालसम्म त्यहाँको १ सय ८८ विगाह कृषि योग्य जमिनमा सिंचाई सुविधा पुगेको समितिका सह–सचिव छविराज ढकालले बताए ।
समितिका अनुसार चुलाचुली गाविस भर ५ सय संख्यामा स्यालो ट्युववेल गाड्ने लक्ष्य रहेको छ । त्यस्तै भुमिगत जलस्रोतकै सहयोगमा गाविसका विभिन्न स्थानहरुमा चुरे भु–भाग छेउछाऊ डीप ट्युववेल गाड्ने तयारी अन्तिम चरणमा पुगेको बताइन्छ । डीप ट्युववेलका लागि चुलाचुली–६ का ८० घर परिवारले १ लाख ५० हजार रुपैयाँ धरौटी रकम जम्मा गर्ने कार्य अन्तिम चरणमा पुगेको अध्यक्ष गिरीको भनाई छ ।
वडा नम्बर ६ मा डीप ट्युववेलको परीक्षण कार्य पछि क्रमशः सम्भावित वडाहरुमा यो प्रविधि पु¥याउने लक्ष्य समितिको रहेको छ । एक डीप ट्युववेलको मद्दतले ८० देखि १ सय बिगाह जमिनमा सिंचाई गर्न सकिने भुमिगत
जलस्रोत विकास समितिले जनाएको छ । भुमिगत जलस्रोत र उपभोक्ता समिति बीच गत आर्थिक वर्षमा भएको सम्झौता बमोजिम कार्य गर्नसके २ करोड बराबरको लागतमा सिंचाई पूर्वाधार बन्ने बताइन्छ ।

खसक्षेत्रीले निकाले राँके जुलुश

दमक/ नयाँ बन्ने संविधानमा खसक्षेत्रीहरुलाई पनि सुचिकृत गर्नुपर्ने सहितका मागहरु अघि सार्दै खस क्षेत्रीहरुले बुधबार साँझ दमकमा राँके जुलुश निकालेका छन् ।

खस क्षेत्रीहरुलाई संविधानमा नै आरक्षणको व्यवस्था हुनुपर्ने उनीहरुको माग छ । रात्री बस काउन्टरबाट शुरु भएको जुलुश गणतन्त्र चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई खसक्षेत्री एकता समाज दमक नगर अध्यक्ष गोविन्दबहादुर बस्नेत, नगर सचिव राम थापा, खसक्षेत्री युवा अगुवा रवि न्यौपाने र महिला केन्द्रीय उपाध्यक्ष मन्दरा पौडेलले धारणा राखेका थिए ।
उनीहरुले आफूहरुका माग पूरा गर्न सरकार र संविधान सभालाई चेतावनी दिदै कडा किसीमका संघर्षका कार्यक्रम सार्वजनिक गरे

माओवादी नेता दुर्घटनामा घाइते

बिराटनगर/ एकीकृत नेकपा माओवादीका कोचिला राज्य समिति सेक्रेटरी तथा सभाषद् सावित्रीकुमार काफ्ले (समर) मोटरसाईकल दुर्घटनामा परी घाइते भएका छन् ।
काफ्ले सवार रहेको को ११प ३५८६ नम्वरको मोटरसाइकललाई धरान चतरा चल्ने को १ ज ५९७ नम्वरको ट्याक्सीले धरान ११ स्थित आपगाछीमा ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते काफ्लेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिराटनगरस्थित न्युरो अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल पठाइएको छ ।
उनको स्वास्थ्य अवस्थामा यो समाचार तयार पार्दासम्म उल्लेख्य सुधार हुन नसकेको चिकित्सकहरुलाई उद्धृत गर्दै वाइसीयलका राज्य समिति अध्यक्ष हिक्मतले जनाएका छन् । त्यसअघि न्युरो अस्पतालमा पुगेका अर्थमन्त्री वर्षमान पुन
(अनन्त) संस्कृति मन्त्री गोपाल किराँती, युवा तथा खेलकुद राज्यमन्त्री गोपी अछामी, माओवादीका राज्यसमिति इञ्चार्ज तथा पोलिटब्युरो सदस्य हरिबोल गजुरेल सहितले उनको स्वास्थ्य स्थिति बारे जानकारी लिएका थिए । अस्पताल परिसरमा माओवादी नेता, कार्यकर्ता अन्य विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता र शुभचिन्तकहरुको भीड लागेको थियो ।
उनलाई बुधबार साँझ ६ः३० बजे बुद्ध एयरको उडानबाट काठमाडौं पठाइएको पार्टी स्रोतले जनाएको छ । काफ्ले मोरङको क्षेत्रनम्बर ३ बाट निर्वाचित सभाषद् हुन् ।

‘ पूर्वका तीन अञ्चल एउटा प्रदेश बनाइनुपर्छ ’ – नेता बुढाथोकी – कुराकानी

केशवकुमार बुढाथोकी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं.–५ का संविधानसभा सदस्य हुन् । संविधानसभामा कांग्रेसका तर्पबाट जिल्लाका एक मात्र निर्वाचित सभासद् उनी प्रखर वक्ताका रुपमा चिनिन्छन् । आफ्नो अगुवाईमा पूर्वका मेची, कोशी र सगरमाथा अञ्चललाई एउटा सवल राज्यको रुपमा खाका बनाउन विभिन्न गृहकार्य, छलफलमा तल्लीन नेता बढाथोकी राज्यको पुनर्संरचना गर्दा हरेक दृष्टिकोणले मान्य संघीय प्रदेशको पक्षमा जोड दिन्छन् । प्रस्तुत छ नेता बुढाथोकीसँग यिनै सेरोफेरोमा उनीसँग गरिएको कुराकानी :–

राज्य पुनर्संरचना आयोगको दुईखाले प्रतिवेदन प्रति कांग्रेस असहमत भएको हो ?
नेपाली कांग्रेसबाट आयोगमा प्रतिनिधित्व भएका साथीहरुले आयोगको प्रतिवेदन एकै बनाउन धेरै लचिलो हुनुभएको हो । तर आयोगमा बहुमत साथीहरुले माओवादीको दस्तावेजको रुपमा प्रतिवेदन बुझाएका छन् । त्यसमा हामी असहमत भएका छौं । देशलाई विखण्डन गराउने प्रतिवेदन कुनै हालतमा स्वीकार्न हुँदैन ।
राज्य पुनर्संरचना जटिल मुद्दा हो, यहाँलाई कस्तो खाकाको संघीयता बन्नुपर्छ भन्ने लाग्छ ?
संघीयताको खाका जात, लिङ्गका आधारमा कोरिनु हुँदैन । सबैको अधिकारलाई स्थापित गर्न, हरेक दृष्टिकोणले स्वीकार्य र राष्ट्रिय अखण्डता विथोलिने बनाइनु हुँदैन । हामीले संसारका धेरै मुलुक संघीयताका कारण धरासयी मात्रै नभएर मुलुक नै टुक्रिएको उदाहरण देखेका छौं । मुलुक सुहाउँदो संघीयताका लागि हामीले एउटा अवधारणा समेत अघि सारेका छौं ।
त्यो कस्तो अवधारणा हो ?
पूर्वका मेची, कोशी र सगरमाथा अञ्चललाई एउटा प्रदेशको रुपमा विकास गरिनुपर्छ भन्ने हाम्रो अवधारणा हो । कांग्रेस मेचीका ९ जना सभासद्हरुको अगुवाईमा हामीले अहिले अन्य राजनीतिक दलका सभासद्हरुसँग समेत सो अवधारणाका बारे छलफल थालेका छौं । माओवादी बाहेकका सभासद् साथीहरु यस छलफलमा आइरहेका छन् । यसले के संकेत दिएको छ भने पूर्वका हामी सभासद्हरुबीच सवल र सामथ्र्यको हिसाबले बलियो प्रदेश बनाइनु पर्छ भन्ने कुरामा एक मत बन्दै गएको छ ।
अवधारणाका बारे थप प्रष्ट्याइदिनुस् न ?
हाम्रो यो प्रस्ताव कुनै पार्टीको भन्दा पनि आम पूर्वाञ्चलवासीहरुको लागि नै हो । पूर्वका प्रस्तावित यी अञ्चलवासीहरुको आर्थिक समृद्धि, अन्नभण्डार, बिजुली उत्पादनदेखि उत्तरमा चीनको तिब्बत र दक्षिण भारत दुवै देशसँग व्यापारिक हित र उपभोग गर्न हामीले अघि सारेका अवधारणा अत्यन्त सान्दर्भिक छ भन्ने ठम्याई हाम्रो हो ।
त्यो प्रदेशको नामाकरण र पूर्वमा आन्दोलनरत विभिन्न संघ संगठनहरुको सहमति बन्ने देख्नुहुन्छ ?
म त धेरै आशावादी छु यो अभियानबाट । प्रस्तावित प्रदेशको नामाकरण महत्वको विषय होइन जस्तो लाग्छ । हामीले बुझेका छौं नाम भन्दा क्षेत्रको गहन मुद्दालाई उठाइरहेका छौं । पूर्वका लिम्बुवान, खम्बुवान, कोचिला लगायतका जातीय आन्दोलनकारी संगठनहरुले उठान गरेका मुद्दालाई समेत सहभागिता गराउनु पर्छ भनिरहेका छौं । यहाँका ती संगठनहरुसँग छलफल, अन्तरक्रिया गर्ने काम थालेका छौं । उनीहरु समेत जातीय राज्य र राजनीतिक अग्राधिकाको पक्षमा छैनन् भन्ने हामीलाई लागिरहेको छ ।
लिम्बुवान राज्य बनाइने हो ?
त्यो ठूलो मुद्दा होइन, खम्बुवान, कोचिला संगठनहरुले प्रस्तावित अवधारणालाई स्वीकार गरे त्यो नामसँग हाम्रो आपत्ति होइन । यदि लिम्बुवान एउटा भूमि र ऐतिहासिक पृष्ठभूमिलाई आधार मान्ने र सबैको स्वीकार्य बने यसमा दृुईमत हुँदैन ।
प्रसङ्ग बदलौं, शान्ति र संविधानको विषय कहाँ अड्किएको छ ?
हामीले शान्ति प्रक्रिया पहिला टुङ्ग्याएर अन्य विषयमा केन्द्रित हुनुपर्छ भनिरहेका छौं । शान्ति प्रक्रिया र संविधान निर्माणमा भएका बाह्रबुँदे देखि सात बुँदे सहमतिको कार्यान्वयन हुनुपर्छ भनिरहेका छौं । तर माओवादीले यी सहमतिको पालना गर्न इन्कार गर्दैआएको छ । यसले दलीय अविश्वास, असहमति बढेका कारण द्ररत गतिमा अघि बढेको शान्ति र संविधानका कार्य रोकिएका छन् ।
दलीय सहमतिमा देखिएको विवादले समस्या नआउलान् त ?
कांग्रेस, माओवादी, एमाले लगायतका मुख्य दलहरुमा देखिएको विवाद कांग्रेसका कारण भने होइनन् । कांग्रेस सहमतिका कार्यान्वयनको पक्षमा छ । तर, एमालेको दिउँसो हामीसँग उभिने र बेलुका माओवादीसँग मिल्ने चरित्र र माओवादीको शान्ति र विद्रोहसँगै लैजाने रणनीति नै शान्ति र संविधानका लागि बाध हुन् । शान्ति प्रक्रियाका सबै काम सकिए संविधान जारी गर्नु गाह्रो छैन । तर दलीय सहमति र विश्वासको वातावरण बन्नु पर्छ ।
शान्ति प्रक्रियाको मुख्य कार्य मानिने शिविरका लडाकुहरुको समायोजन प्रक्रिया त अगाडि बढेको छ नि, अब फेरि के मा कुरा अड्किएको त ?
हामीले भनेका छौं, शान्ति प्रक्रियाका लागि जति सक्दो छिटो व्यवस्थापनमा अगाडि बढौं र शिविर खाली गरौं । यसो नगरेसम्म माओवादीको राजनीतिक सेना ऊ सँगै रहन्छ । दोहोरो सैन्य अभ्यास रहेसम्म शान्ति प्रक्रियाले पूर्णता पाउँदैन । त्यसैले हाम्रो पहिलो सर्त शिविरका लडाकुहरुको उचित व्यवस्थापन । माओवादी नेतृत्वको सरकारले यो मुद्दा टुङ्ग्याउन पहल थालेको छ । यो शान्ति प्रक्रियाको लागि आशालाग्दो संकेत हो ।
प्रस्तुति : विष्णु सुब्बा

प्रकृति संरक्षणमा चुनौती – खुल्ला आकाश

भक्तबहादुर थापा
प्रकृति र प्रकृतिभित्रका सम्पदा वातावरण्ँीय सन्तुलनका दृष्टिले महŒवपूणर््ँ मानिन्छ । प्रकृतिभित्रका सम्पदाको संरÔण्ँले प्रकृति तथा वातावरण्ँीय सन्तुलनको अवस्थालाई कायम राख्दछ । जसले मानव जीवनको रÔा गर्नमा सरल बनाउ“दछ । प्रकृति र प्रकृतिभित्रका सम्पदाको संरÔण्ँ मानव जीवन र स्वास्थ्यस“ग प्रत्यÔ सम्बन्ध र सरोकार राख्ने भएकाले यसको संरÔण्ँमा विश्व नै सक्रिय भएका बेला हाम्रा लागि भने प्रकृति र प्रकृतिभित्रका सम्पदाको संरÔण्ँ तथा रÔा चुनौती बनेको छ । जुन अहिले आम संरÔण्ँकर्ता तथा संरÔण्ँविद् माझ चिन्ता र चासोको विÈय बन्नपुगेको छ । हामीकहा“ भने प्रकृति र प्रकृतिभित्रका सम्पदाका विनाश तथा बढ्दो चोरीका कारण्ँ एकातिर विनाश कार्य रोकिएको छैन भने अर्कातिर संरÔण्ँका काम तीव्र बनाउदै लगिएको अवस्था छ । यसबाट के स्पष्ट हन्छ भने संरÔण्ँकर्ता र चोर सिकारीबीच द्वन्द्व चर्केको छ ।
पृथ्वीमा अस्तित्वमा रहेका वनस्पतिजन्य सम्पदा होउन् या प्राण्ँी तिनीहरुको अस्तित्व रÔा अन्ततः मानव समुदायको जीवन रÔास“ग गा“सिएको हुन्छ । फरक–वातावरण्ँ, फरक शैली, फरक अवस्थामा अस्तित्वमा रहेका वनस्पतिजन्य सम्पदा तथा प्राण्ँीको रÔाले प्राकृतिक सन्तुलन कायम राखी रहेका हुन्छन् । पृथ्वीमा अस्तित्वमा रहेका वनस्पतिलगायत सबैखाले सम्पदाको अस्तित्व रÔाका क्रियाकलापले जीवन र जगतभित्र सम्पदाको अस्तित्व कायम राख्दछ ।
प्राकृतिक वातावरण्ँभित्रका महत्वपूणर््ँ जैविक सम्पदा, विविधताका रुपमा लिइने भएकाले यसलाई मानव जीवन र वातावरण्ँबीचको समन्वयको महत्वपूणर््ँ सूचक पनि मानिन्छ । प्राकृतिक तथा परिस्थितिकीय सन्तुलन नै स्वच्छ वातावरण्ँ र गुण्ँस्तरीय जीवनको महŒवपूणर््ँ पाटो हो । प्रकृति भनेको जल, जमिन, जङ्गल र जैविक विविधता हो । यसको अस्तित्व विना प्राण्ँीको अस्तित्वको कल्पना गर्न नसकिने भएकाले मानव, प्रकृति एवम् प्राण्ँीबीचको सम्बन्धको अनुमान गर्न सकिन्छ ।
माटो र पानीको समिश्रण्ँबाट प्रकृतिको जन्म हुन्छ । प्रकृतिको जगमा संस्कृति हुन्छ । संस्कृति भनेको जीवन हो । कुनै अस्तित्वको कल्पना गर्न नसकिने बालुवा पनि प्रकृतिभित्र पर्दछ । त्यहा“ संस्कृतिको जन्म हुन सक्दैन । इतिहास पल्टाएर हेर्ने हो भने जहा“ पानी पाइन्छ त्यहा“ माटो पाइन्छ । पानी र माटोको समिश्रण्ँबाट सभ्यता र संस्कृतिको जन्म हुन्छ । सभ्यता र संस्कृतिमा मानिस बस्छ, प्रकृति र मानिसबीचमा यही र यस्तै सम्बन्ध हुन्छ । प्राण्ँी बिनाको प्रकृति सुनसान भएर जान्छ ।
अहिले प्रकृतिमा परिवर्तन आउनथालेको छ । यसो हुनुमा अधिकतम विकासका क्रियाकलापको हात छ । विकासले प्रकृतिलाई प्रतिकूल प्रभाव पारि नै रहन्छ ।
 त्यसैले संरÔण्ँका क्रियाकलापलाई विकासस“ग जोडेर लानुपर्ने अवस्था पनि आउन थालेका छन् । जुन मानव जीवनस“ग जोडिएर आउ“दछ । यसो हुन नसक्दा अहिले प्रकृतिमा असन्तुलन आई प्रकृति, प्राकृतिक वातावरण्ँ र जीवनमा नै प्रत्यÔ असर पर्नथालेको छ । यसो हुनुमा खासगरी जथाभावी तथा अनियन्त्रित विकास नै हो । जुन हाम्रो मात्र नभई विश्वमै भएको अधिकतम विकासका क्रियाकलापको प्रभाव नै हो । हामीले प्रकृति, प्राण्ँी र विकासलाई सन्तुलित रुपमा अगाडि बढाउने प्रयास गर्नुपर्छ । जुन एक पÔलाई छोडेर हु“दैन । यसैले प्रकृति र प्राण्ँीको बीचमा समन्वयात्मक रुपमा अगाडि नबढी सम्भव हु“दैन । जुन व्यावहारिक हुनुपर्छ ।
पृथ्वीमा अस्तित्वमा रहेका मानव, जीवजन्तु, वनस्पति, जलीय तथा थलीयलगायत सबैखाले प्राण्ँीको अस्तित्व रÔाका क्रियाकलापले जीवन र जगतभित्र प्राण्ँीकोअस्तित्व कायम राख्दछ । प्राकृतिक वातावरण्ँभित्रका महŒवपूणर््ँ जैविक सम्पदा, विविधताका रुपमा लिइने भएकाले यसलाई मानव जीवन र वातावरण्ँबीचको समन्वयको महŒवपूणर््ँ सूचक पनि मानिन्छ ।

दाइजो उन्मूलन ः पुरुष केन्द्रीत जनचेतना आवश्यक – दोस्रो लेख

देवेन्द्र कार्कि
गत चैत, वैशाख र असारमा सप्तरीमा लगातार तीन महिलाको हत्या भयो । यी तीनवटै हत्या मागअनुरुपको दाइजो नल्याउ“दा पति, सासू र ससुरासहितको संलग्नतामा गरिएको थियो । ०६८ साल असार ७ गते सप्तरीको भारदह–४ की २८ वर्Èीया रिनादेवी मिश्र मारिइन् ।
सप्तरीकै मलेकपुर–६ की २० वर्Èीया सुशीला रामको गएको वैशाख १७ गते हत्या भयो । हत्यालगत्तै ससुरा विष्ण्ँुदेव रामसहितले घरदेखि दुई सय मिटर पर रहेको पोखरीको डिलमा उनको दाहसंस्कार गरे । आठ वर्Èअघि उनको विवाह भएको थियो । विवाहमा मोटरसाइकल, टीभी, सुन र नगद गरी सात लाख बराबर दाइजो दिए पनि पर्याप्त नभएको भन्दै छोरीलाई यातना दि“दै आएको थियो ।
चैत २९ गते छिन्नामस्ता– ७ मोहनपुरकी २२ वर्Èीया विभादेवी मण्डललाई पनि पति पुरन, सासू फुलोदेवी र जेठाजु कमलेशले दाइजो नल्याएको आरोपमा हत्या गरेको भन्दै मृतकका पिता राजदेव मण्डलले प्रहरीसमÔ उजुरी गरे । निम्न वर्गका राजदेवले पर्याप्त दाइजो दिन नसक्नु उनकी छोरीको हत्याको कारण्ँ बन्यो ।
यी प्रतिनिधि घटना दाइजोको नाममा तराईका महिलामाथि हुने अत्याचारका उदाहरण्ँ हुन् । यस्ता धेरै घटना बाहिर आउन सकेका छैनन् । आफूमाथि थप हिंसा हुन सक्ने भयका कारण्ँ कति महिला आफूमाथि भएका घटना सार्वजनिक गर्न चाह“दैनन् । नेपालको कानुनले दाइजो लिनु–दिनु दुवैलाई दण्डनीय मानेको छ । तर, तराईका गाउ“मा दाइजो लेनदेन कायमै छ । भनेजति दाइजो नल्याउ“दा महिलाले ज्यानै गुमाउनुपरेको छ । दाइजो प्रथालगायत महिला हिंसाका विरुद्ध वकालत गर्ने नेपालमा प्रशस्त संस्था खुलेका भए पनि गाउ“सम्म पुगेर खबरदारी गर्नेहरुको सङख्या कम छ । लोग्ने तथा घरपरिवारका सदस्यको पिटाइ र अत्याचार सहनुलाई जीवनको स्थायी पीडाको रुपमा लिएर बा“च्नेहरुको सङ्ख्यामा मधेस आन्दोलनले पनि कुनै सुधार ल्याउन सकेन । जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कअनुसार दाइजोको निहु“मा गत वर्È चारजना महिलाले ज्यान गुमाएका थिए ।
दाइजोसम्बन्धी केही घटनालाई लिएर केही उजुरी प्रहरी कार्यालयमा परे पनि ती प्रायः ज्यान गइसकेपछि या ज्यान जाने अवस्थाको सृजना भएपछि मात्रै पर्ने गरेका छन् । सामान्य छलफल या न्यून जरिवाना तिरेर दोÈीलाई उन्मुक्ति दिने परिपाटीले महिला हिंसा बढ्दो छ । प्रहरीसम्म मुद्दा पुगे पनि महिलालाई छलफलबाट मिल्न लगाउने प्रवृत्ति हावी हुने गर्दछ । तराईमा घरेलु हिंसाका पनि अनेक रुप छन् । दाइजो, घरेलु हिंसा, बोक्सी आरोप, छुवाछुतलगायतका हिंसाबाट मधेसका महिला प्रताडित छन् ।
महिला हिंसा न्यूनीकरण्ँका लागि काम गर्दै आएको समग्र जनउत्थान केन्द्र र हिमराइट्सले सप्तरीमा आठ महिनाको अवधिमा १७ वटा गम्भीर महिला हिंसाका घटना भएको तथ्याङ्क गत भदौमा सार्वजनिक गरेको थियो । तथ्याङ्कअनुसार घरेलु हिंसाबाट चारजना महिलाले ज्यान गुमाएका छन् । यसबीचमा ६ जना महिला बलात्कारको सिकार भए भने पा“चजनालाई बोक्सीको आरोपमा यातना दिइएको थियो । दाइजो प्रथाका कारण्ँ हुने घरेलु हिंसा, भ्रुण्ँहत्या, ज्यान मार्ने, जलाइदिने, छोरीलाई शिÔा र अवसरबाट वञ्चित गराउनेजस्ता घटना सप्तरीमा हुने गरेका छन् । महिला हिंसा तराईमा स्थायी समस्याका रुपमा रहेको छ । घरेलु हिंसासम्बन्धी कानुन भए पनि यसको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन । महिला पुनस्र्थापना केन्द्र (ओरेक)का अनुसार एक महिना (साउन) मा दुई सय १५ जना महिला हिंसापीडित भएका थिए जसमा मुलुकभर २३ जना महिलाको विभिन्न बहानामा हत्या गरिएको थियो । ३४ जना महिला बलात्कारको सिकार भएका थिए । ७२ जना कुटपिटबाट पीडित भएका थिए । यौनजन्य हिंसा, मानसिक एवम् शारीरिक यातना, ज्यान मार्ने धम्कीलगायत अनेक यातनाबाट महिला प्रताडित भएका थिए । यस्तै भदौमा यो सङ्ख्या बढेर दुई सय ७३ पुगेको थियो ।
नेपालमा लैङ्गिक हिंसाको न्यूनीकरण्ँका लागि प्रयास चन्द्रशमशेरको पालामा सन् १९२० मा सतीप्रथाको उन्मूलनबाट भएको थियो भन्न सकिन्छ । पछि घरेलु हिंसा हस्तÔेपको विÈय हो भन्ने मान्यता सन् १९९५ को बेइजिङ सम्मेलनपछि भएको हो । त्यसपछिका दिनहरुमा लैङ्गिक हिंसाका विरुद्ध विभिन्न सामाजिक अभियान तथा कानुनी प्रयासहरु जारी छन्, यद्यपि कानुनको कार्यान्वयन भने अत्यन्त फितलो छ । धेरैजसो घटनामा दाइजो नल्याएको निहु“, गरीबी, महिलाको चरित्रमाथिको शङ्कालगायतका कुराबाट महिलामाथि हिंसा हुने गरेको छ । महिला चुलाचौका छाडी घरबाहिर गएर काम गर्न चाहनु, बच्चाको हेरविचारमा पुरुÈको सहयोग र समन्वयको अपेÔा गर्दा पनि हिंसा उत्पन्न हुने गरेको पाइन्छ । घरेलु हिंसा अशिÔित, गरिब र ग्रामीण्ँ समुदायमा मात्र सीमित रहेको छैन, यसबाट शिÔित तथा घनाढ्य र शहरीयाहरु पनि प्रताडित छन् । प्राध्यापक, समाजसेवी, डाक्टर, पत्रकार, नायिकाहरुसमेत घरेलु हिंसाबाट अछुतो छैनन् । महिलामाथि हुने सबैखाले हिंसा न्यूनीकरण्ँ गर्न मान्छेमा भएको पुरातनवादी सोच र रुढिवादी संस्कृति बदल्न आवश्यक देखिन्छ । राज्यले पनि घरेलु हिंसालाई ‘गम्भीर अपराध’को रुपमा लिनुपर्छ । घरेलु हिंसासम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन र पुरुÈकेन्द्रीत जनचेतना कार्यक्रम गाउ“गाउ“मा पु¥याउन सके केही हदसम्म न्यूनीकरण्ँको अपेÔा गर्न सकिन्छ ।

संविधानप्रतिको उदासिनता – पहिलो लेख

लक्की चौधरी
संविधान निर्माण्ँ गर्ने पछिल्लो कार्यतालिका अनुसार माघ १५ भित्र राज्यको पुनःसंरचनास“ग सम्बन्धित विÈय बाहेकका अन्य सबै विÈयको पहिलो मस्यौदा तयार गर्ने व्यवस्था थियो । तर शासकीयरुप, निर्वाचन प्रण्ाँली, न्यायप्रण्ाँली तथा प्रस्तावनाकै विÈयमा सहमति जुट्न नसकेपछि सो काम हुन माघ २९ सम्मका लागि सारियो । अन्तिम पटकका लागि छ महिना थपिएको म्यादभित्र संविधान निर्माण्ँ गरिछाड्ने दलका नेताहरुको पछिल्लो प्रतिबद्धता र सोही समयावधिलाई मध्यनजर गरी बनाइएको कार्यतालिकालाई दलहरुको असहमतिले पुनः माथ दिएको छ । विवाद समाधान उपसमितिमा भइसकेका सहमतिलाई संवैधानिक समितिले अनुमोदन गर्न नसकेपछि दलहरुको प्रतिबद्धता र कार्यशैलीप्रति आमनेपाली पुनः सशंकित हुन बाध्यभएका छन् । राज्य पुनः संरचनाको प्रतिवेदन माघ १७ गते प्राप्त भएपछि माघ २९ गतेसम्म सबै विवादित विÈयमा सहमति खोजी मस्यौदा तयार गर्ने प्रतिबद्धता पुनः दलका नेताहरुले गरेका छन् । यद्यपि सबै विÈयको एकीकृत मस्यौदा बुझाउने मिति फागुन १४ सम्म निर्धारण्ँ गरिएको छ । 
संसदको सबैभन्दा ठूलो राजनीतिक दल एकीकृत नेकपा (माओवादी) का अध्यÔ पुष्पकमल दाहाल “प्रचण्ड” स्वयम् संयोजक रहेको उपसमितिले धमाधम सहमति गरेको विÈयलाई संवैधानिक समितिमा उनकै दलका अर्का खेमाका नेताहरुले अनुमोदन हुनबाट रोक लगाइदिएपछि संविधान बन्ने आशंका बढेको छ । समिति अन्तर्गत गठित उपसमितिले विवादित विÈय मिलाउने कार्यकारी अधिकार पाएको भएपनि माओवादीका देव गुरुङलगायतका मोहन वैद्य पÔका नेताहरु उपसमितिले त प्रस्तावमात्र तयार गर्ने हो, अन्तिम फैसला त संविधानसभाले गर्छ भनेर अड्डि कस्नुभएको छ । निर्धारित समयावधिभित्र समितिले सहमतिका विÈयलाई अनुमोदन गर्न नसक्नुको एउटा कारण्ँ यो पनि हो । अर्को कारण्ँ उपसमिति संयोजक प्रचण्ड नै आफूले गरेको सहमतिप्रति सत–प्रतिशत राजी नभएको बुझ्न सकिन्छ ।
हुन त प्रचण्डका अगाडि अन्य कारण्ँ पनि होलान् । फुट्नै लागेको पार्टीलाई जोगाउन पनि उनले बैद्यस“ग सहमति गर्दाको परिण्ाँम उपसमितिमा भएका सहमतिलाई गुमाउन तयार भएका होलान् । उनको यो बाध्यता अन्य राजनीतिक दलका नेताहरु नबुझेका पनि हैनन् । तर एउटा पार्टीका लागि सिङ्गो मुलुकलाई बन्धक बनाएर दाउमा राख्न हुन्छ कि हु“दैन, अहम् सवाल यो हो । भाÈण्ँ गर्नेबेला आफू कार्यकारी राष्ट्रपतिकै हाराहारीमा शक्तिशाली रहेको भनेर गर्जने, काम गर्नेबेला टाउको लुकाएर उम्किन नैतिकताले कसरी मिल्छ ? प्रचण्ड शक्तिशाली तब देखिनेछन् जब उनले शान्ति र संविधान निर्माण्ँ कार्यलाई बिनास्वार्थ सम्पन्न गराउ“छन् । पार्टीको घरझगडा मिलाउन देशलाई बन्धक बनाउने नेता कुनै मानेमा शक्तिशालीको पगरी लगाउन सुहाउ“दैन ।
शान्ति र संविधानले गति लिनै लागेका बेला माओवादी पार्टीले अर्को बखेडा झिकेको छ । मन्त्री  परिÈदको बैठकबाट तत्कालिन जनसत्ताले गरेको कामकाजलाई वैधता दिने । सो निणर््ँयको प्रमुख प्रतिपÔी लगायतका साना दलहरुलाई अहिले माओवादीको कार्यशैलीले झस्काएको छ । माओवादीले शान्ति र संविधान निर्माण्ँभन्दा आङ्खनो पार्टी र कार्यकर्ता पोस्ने काममा लागेको छनक देखाएको छ । तत्कालिन जनसरकारका प्रमुख रहेका डा. बाबुराम भट्टराई अहिले सरकार प्रमुखमा विराजमान छन् । त्यसैले पनि उनले शक्तिलाई दुरुपयोग गर्न खोजेका होलान् । सेना समायोजन विशेÈ समितिको संयोजक पनि अहिले भट्टराई स्वयम् छन् । शान्तिप्रक्रियालाई गति दिन छाडी जनसत्ताको विÈयलाई बीचबाटोमा ल्याएर उनले आफैलाई समस्यामा पारेका छन् । उनको यो कदमले शान्तिप्रक्रियाको काममा अवरोध त पुगेको छ नै संविधान निर्माण्ँ तथा अन्य महŒवपूर्ण काममासमेत तगारो लगाइदिएको छ । विद्वान कहलिएका डा. भट्टराई पुनः आङ्खनै वुद्धिमताको शिकार भएका छन् ।
शान्ति र संविधानलाई सम्पन्न गर्ने मुख्य कार्यभार अहिले माओवादीको कोर्टमा छ । माओवादी अध्यÔ प्रचण्ड संविधानका विवादित विÈयलाई सहमतिमा पु¥याउने ठेक्का लिएर बसेका छन् भने डा. भट्टराई शान्तिप्रक्रियाको । तर दुवैजना सो कार्यप्रति उदासिन भइदिएपछि सिङ्गो मुलुक नै बन्धक बन्ने दिशामा पुगेको छ । शान्ति र संविधानको काम गर्नछाडि माओवादीका ती जिम्मेवार नेताहरु अहिले कार्यकर्ता प्रशिÔण्ँमा व्यस्त छन् । यसले पनि माओवादी जनताभन्दा कार्यकर्ता पोस्ने खेलमा लागेको स्पष्ट हुन्छ । संविधान बनाउने करिब सयदिन बा“की छ“दा सबै ध्यान यतैतिर केन्द्रीत गर्न छाडि कार्यकर्तालाई जनविद्रोहको प्रशिÔण्ँ दिंदै हिड्नुले आशंका न उब्जाएर के उब्जाउ“छ – माओवादी शान्ति र संविधानलाई पूणर््ँता नदिएर पुनः विद्रोहकै बाटोमा गई देशलाई तहसनहस गर्न चाहन्छ, सबै संयन्त्रमा आङ्खना कार्यकर्तालाई भरी सत्ता र सारा देश कब्जा गर्न चाहन्छ भन्ने आशंका हुनु अस्वभाविक होइन । सचेत जोकोही नागरिकलाई यस्तो हुन्छ ।
गत २०६५ जेठ १५ गते देशलाई पहिलोचोटी संघीय लोकतान्त्रिक गण्ँतन्त्रात्मक मुलुक भनेर सबैदल र्सवसम्मतले एकै मञ्चमा उभिएर घोÈण्ाँ गरेका थिए । तर अहिले त्यही विÈयमा दलका नेताहरुबीच विवाद छ । संघीय शब्दको अगाडि “जनता” शब्दावली जोड्न माओवादीले जोड गरेको छ । तर त्यो कुरा अन्य दललाई स्वीकार्य देखिदैन । झिनामसिना कुराहरुमा यसरी दलका नेताहरु मेरो गोरुको बाह्रैटक्का गर्ने हो भने निर्धारित समयमा न त शान्तिप्रक्रियाले पूणर््ँता पाउ“छ न त संविधानले नै । सर्वोच्चले अन्तिम पटकका लागि म्याद थप्न पाउनु पर्ने बाध्यात्मक फैसला गरिदिएपछि दवावमा परेका दलका नेताहरु त्यसलाई फुकाउने कसरतमा छन् । आङ्खनो जिम्मेवारीको काम सो समयभित्र सम्पन्न गर्नेगरी काम गर्न छाडेर सर्वोच्चको फैसलाको पछाडि लाग्नु हु“दैनथ्यो । यो कदमले फेरिपनि यी दलका नेताहरु निर्धारितसमय भित्र संविधान बनाउने मनसायमा छैनन् कि भन्ने संकेत गर्छ । दलहरुको यस्तो घटिया हर्कत् र सोचले न त देश नै उभोलाग्छ न नेपाली जनता समस्याबाट मुक्ति पाउ“छन् ।
संविधान निर्माण्ँकाक्रममा देखिएका विवादित विÈयको महत्वपूणर््ँ विÈयलाई सल्टाएर अन्य झिनामसिना विÈयमा प्रवेश गर्ने ठाउ“मा नेताहरु झिनामसिना विÈयबाट सहमतिको प्रयास गरेर उल्टो बाटो हिडेको संकेत उहिल्यै नमिलेको होइन । तर आफैलाई नै सर्वेसर्वा ठान्ने दलका नेताहरु अरुको के कुरा सुनुन् । अहिले आएर त्यही समस्याको जञ्जालमा उनीहरु फ“सेका छन् । शासकीयस्वरुप, राज्यको पुनःसंरचना, निर्वाचन प्रण्ाँली, न्याय प्रण्ाँलीलगायतका विÈयमा शुरुमै सहमति गरेको भए बा“की मसिना विÈयहरु आफसेआफ सल्टीसकेका हुन्थे । तर हाम्रा दलका नेताहरुलाई संविधानसभालाई लम्ब्याएर भत्ता पचाइराख्ने स्वार्थले त्यसो गर्न दिएनन् । उनीहरु आङ्खनो स्वार्थपूर्तिका लागि जस्तोसुकै कदम चाल्न तयार हुन्छन् तर जनताको भविष्य र भलाईका निम्ति रत्तिभर प्रयास गर्दैनन् । दरिद्र मानसिकता बोकेका नेताहरु देशलाई उभो लगाउलान् भनेर जनताले विश्वास गर्न त दुइ वर्Èअगाडि नै छाडिदिएका थिए । तथापि काम नगरी नहुनेदेखि उनीहरुलाई पुनः सो काम गर्न मौन समर्थन गर्न बाध्यभएका थिए । चारवर्Èे समयसीमा पाएर पनि जिम्मेवारी पूरा हुने नदेखेपछि जनता अहिले सा“च्चिकै निराश बनेका छन् ।
समय घर्किदै गइरहेकाबेला अहिले राजनीतिक दलका नेता तथा संविधान बनाउने जिम्मेवारी लिएका सदस्यहरुले आंशिक (संÔिप्त) संविधान बनाउने मनसायमा पुगेका छन् । कार्यतालिका पुनः परिमार्जन नगरी त संविधान बन्ने सम्भावना नै देखिदैन । तथापि सो अवधिमा संÔिप्त संविधान जारी गरी बा“की काम समयावधि थपेर गर्दैजाने सोचाई नेताहरुको छ । तर त्यसले देशको ढुकुटी रित्याउनेबाहेक अन्य केही गर्दैन । यसले देशमा पुनः द्वन्द्व निम्त्याउन सक्छ । जातजाती समुदायका मानिस आक्रोशित भई समस्या झन बल्झिने खतरा आउनसक्छ । राज्य पुनःसंरचना आयोगले आङ्खनो प्रतिवेदन माघ १७ गते पेश गर्ने भनिएको भएपनि उसको प्रतिवेदनको केही कुराहरु बाहिर आइसकेका छन् । जातीय आधारमा ११ वटा प्रदेश बनाउने प्रस्ताव आयोगले गरेको छ । यसले पुनः दलका नेताहरु सशंकित भएका छन् । राज्य पुनःसंरचनाको आधार के हुने ? जातीय, भाÈिक, भौगोलिक, सांस्कृतिक, ऐतिहासिक पृष्ठभूमि कि प्राकृतिक हिसाबले दलका नेताहरु एकमत भइसकेका छैनन् । आयोगको प्रतिवेदनले पुनः दलहरुबीच पुरानै ठाउ“मा फर्काउने प्रयास गरेको छ । 
संवैधानिक समितिले आयोगले प्रतिवेदन बुझाएपछि राज्यको पुनःसंरचनास“ग सम्बन्धित विÈयसमेत समेटेर संविधानको पहिलो मस्यौदा तयार गर्ने समयावधि फागुन १ देखि १५ सम्म रहने कार्यतालिकामा व्यवस्था छ । तर सो अवधिमा दलहरुबीचको मनमुताव र असमझदारीले चरम रुप लियो भने सो काम पनि हुनेछैन । त्यस अगाडि जनताबाट प्रत्यÔ निर्वाचित शक्तिशाली राष्ट्रपति कि प्रधानमन्त्री ? या संसदबाट निर्वाचित आलंकारिक राष्ट्रपति कि प्रधानमन्त्री अथवा दुवैलाई शक्ति सन्तुलन गरी मिश्रित प्रक्रियामा जाने विÈयमा नेताहरु अन्यौलमा छन् । प्रदेशलाई कस्तो अधिकार दिने दलहरु एकमत छैनन् । पिछडिएका जातजाति तथा समुदायलाई अग्राधिकार दिने नदिने, आत्मनिणर््ँयको अधिकार दिने नदिने विÈयमा दलसबै अन्यौलमा छन् । यस्तोबेलामा संविधान बनिहाल्छ भनेर जनताले कसरी आशा गर्ने ? विश्वास कायम गरेर सबै गतिरोध र अविश्वासलाई चिर्ने बेलामा अविश्वासकै खेती गर्दै हिड्नुले दलका नेताहरु शान्ति र संविधान निर्माण्ँमा गम्भीर छैनन् भन्ने नै संकेत गर्छ ।

हक्की र स्वागतयोग्य फैसला – सम्पादकीय

नेपालको न्यायिक इतिहासमै सर्वोच्च अदालतले सम्भवतः पहिलो पटक हक्की पैmसला सुनाएको छ । मन्त्री पदमा वहाल व्यक्ति माथिको उसले न्यायिक ढङ्गले गरेको फैसलाको चौतर्फी स्वागत भइरहेको छ । यसअघि सर्वोच्चले सरकारी, संवैधानिक, निजामति, सुरक्षा र राजनीतिक तहमा उच्च पद धारणा गरिरहेका वा पद वहाल रहेका उच्च पदस्थ व्यक्ति माथि जुनसुकै विषयमा फैसला गरिहाल्ने आँट गरेकै थिएन । उसो त यस अघि अन्तर्राष्ट्रिय स्तरमै मुलुककै नाम बदनाम गर्ने चर्चित सुडान घोटला काण्डमा नेपाल प्रहरीका तीन पूर्व महानिरीक्षकहरु उपर सजाय तोक्न हिम्मत गरेर सर्वोच्चले न्यायिक विरासतलाई स्थापित गरिसकेकै छ । उक्त पैmसला भएको हप्ता दिनमै मंगलबार सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ता विरुद्ध गरेको पैmसलाले आम जनमानसमा न्यायिक सर्वोच्चता माथिको आस्था, सम्मान र विश्वास थप प्रगाढ बनेको मान्न सकिन्छ । मंगलबार सर्वोच्चले मन्त्री गुप्ताका विपक्षमा डेढ वर्ष कैद र ८४ लाख रुपैयाँ बढी जरिवाना तोकेको छ ।
एक दशक अघिको न्यायिक गतिविधिहरु हेर्दा मुलुकका सर्वसाधारण जनता भन्थे–“ नेपालको कानुन बनाउनेले नै जानुन् ।” अझ सोझा, पहुँचविहीन र सामान्य नागरिकहरुले कथन नै गर्थे–“सानालाई ऐन, ठूलालाई चैन ।” यो परम्परागत उक्तिलाई एक दशक इतिहासको पनि २०६५ यताका न्यायिक क्रियाकलापहरुले साँच्चै नै सुधार गरेर ल्याएको देखिन्छ । यद्यपि, ठूलाबडा कहलिएका पद, प्रतिष्ठा, आर्थिक, राजनीतिक र सामाजिक हैसियत दर्विलो बनाएका मानिसहरु उपर भ्रष्टाचार लगायतका विभिन्न मुद्दाहरु विचाराधिन रहिरहेका छन् । जनताले ती विषयहरु उपर सर्वोच्च अदालतबाट शीघ्र पैmसलाको अपेक्षा गरेका छन् । कानुनी अधारशिला बलियो बन्दै गएको आभाष पाएका आम नेपाली जनता यतिबेला लज्जाका साथ भ्रष्टाचारको विरुद्ध जुर्मुराएका छन् । जनमतको प्रक्रिया मार्पmत संसदीय पद्धतिबाट छानिएको सरकारका बहालवाला मन्त्री नै भ्रष्ट ठहरिनुले मुलुक र जनताका लागि लाजमर्दो विषय बन्नु स्वाभाविक हो । तर, यस घडि जनता थप आशावादी बनेका छन् । न्यायालय र न्यायिक सर्वोच्चता प्रतिको जनताको यो भरोसामा थप विश्वास बढ्नु आवश्यक छ ।
सञ्चारमन्त्री जेपि गुप्ता जस्तै कुनै समय राजकीय शक्तिको आडमा अकुत सम्पत्ति  हत्याउने थुप्रै मानिस छन् मुलुकमा । ती मध्ये कतिपयको मुद्दा सर्वोच्चमा विचाराधिन रहँदै आएको छ । जनताले त्यस्ता मुद्दाहरु उपर यथाशीघ्र निर्णय खोजिरहेका छन् । पूर्व मन्त्रीहरु खुमबहादुर खड्का, गोविन्दराज जोशी र पूर्व प्रहरी महानिरीक्षकहरु विरुद्ध सर्वोच्चमा विचाराधिन मुद्दाहरु किनारा लगाउन मंगलबार सञ्चारमन्त्री गुप्ताको पैmसलाले थप मार्ग प्रशस्त गरेको छ । भ्रष्टाचारका मुद्दालाई राजनीतिक वहसको विषय बनाउन नहुने राजनीतिक दलका नेताहरुको तात्तातो अभिव्यक्ति कायम ररिरहनु पनि अर्को महत्वपूर्ण पक्ष रहने छ ।
भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम सर्वोच्च अदालतले यस अघि विशेष अदालतले गरेका पैmसलाहरु उपर पुनरावलोकन थालेको मात्रै छैन । सञ्चारमन्त्री गुप्ताको पक्षमा निर्दोष पैmसला गर्ने विशेष अदालतका न्यायाधिश उपर समेत कार्वाहीको प्रक्रिया थालेको घटना थप महत्वपूर्ण देखिन्छ । यसले स्पष्ट देखाउँछ कि कानुनको रक्षा गर्ने जिम्मेवारी पाएका सबै उच्च पदस्थ व्यक्तिहरु जिम्मेवारी प्रति इमान्दार छैनन् । तसर्थ, सार्वभौम नेपाली जनताले यस्ता सबै पक्षबारे जानकार हुनु र सचेत हुन समेत जरुरी छ । तथापि, सर्वोच्चले पछिल्ला दिनहरुमा प्राप्त गरिरहेका जनविश्वास र समर्थनलाई कायम राखिरहन र मुलुक चुस्ने भलाद्मी सफाई तर्पm थप शसक्त भएर  लागोस् । जनताले गरेको यो अपेक्षा चाँडै पूरा हुने सकरात्मक संकेत देखिन थालेका छन् ।