हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

पत~ाजली योग समिति गठन

सुरु·ा/ झापाको सुरुङ्गामा पताजलि योग समिति झापाको तदर्थ समिति गठन भएको छ । मंगलबार भएको भेलाले योग प्रशिक्षक लक्ष्मी काफ्लेको अध्यक्षतामा पताजली योग समिति झापाको तदर्थ समिति गठन गरिएको हॊ ।
कोटिहोमा जिल्ला भरीका योग शिक्षकहरुको भेलाले तदर्थ समिति गठन गरेको हो । पताजलि योग समितिका केन्द्रीय प्रभारी लवदेव मिश्रको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बक्ताहरुले योगको महत्व र शारिरीक योगका बिषयमा बोलेका थिए । कार्यक्रममा योग समितिका पूर्वााचल प्रभारी गंगा ढकाल समितिका झापाका संरक्षक गणेश बस्नेत कोशी प्रभारी प्रेमकुमार शोनी लगायतले योगले जिवनमा पार्ने प्रभावका बिषयमा बोलेका थिए ।
कार्यक्रममा २ सय ३० जना यॊग शिक्षकलाई परिचय पत्र बाँडिएको थियो । त्यसैगरी पताजलि योग समिति दमक तदर्थ समिति गठन गरिएको छ । हरिप्रसाद न्यौपानेको अध्यक्षतामा गठित समितिमा मीना कोइराला पदम पौडेल अम्बिका खनाल मीना मगर यशोदा मैनाली लिला भारती सदस्य रहेका छन् ।

पुराणमा ८ लाख

केर्खा/ झापाको तोपगाछी-७ स्थित केर्खा बजारमा एम्बुलेन्स खरिदका लागि माघ २५ गतेदेखि जारी पुराणमा ८ लाख रुपैयाँ बढी आर्थिक सहयोग संकलन भएको बताइएको छ ।
स्थानीय सुनचाँदी व्यवसायी रमेश गहतराजले सर्वाधिक ६१ हजार रुपैयाँ बढी आर्थिक सहयोग गरेका छन् भने अन्य व्यवसायीहरु बीरबहादुर रामदाम र राजकुमार रामदामले क्रमशः ५५ हजार ५ सय ५५ रुपैयाँ र ५१ हजार १ सय ५१ रुपैयाँ आर्थिक सहयोग गरेको पुराण आयोजक मूल समितिका संयोजक कृष्णप्रसाद ढकालले जानकारी दिए ।
केर्खा बजारमा अवस्थित दुर्गा मन्दिर परिसरमा आयोजित पुराण आज बुधबार समापन हुँदैछ । पुराणबाट प्राप्त आर्थिक स्रोतले एम्बुलेन्स खरिद ३० वर्ष पूरानो मन्दिर पुनर्निर्माण र मन्दिर साचालनका लागि अक्षयकोष स्थापनाको लक्ष्य रहेको दुर्गा मन्दिर संरक्षण समितिका अध्यक्ष बीरध्वज बिष्टले बताए ।
पुराणमा संकलित आर्थिक स्रोतले सबै लक्ष्य पूरा हुन नसकेको समितिका सल्लाहकार एलबी पौडेलले बताए । पौडेलका अनुसार अन्य दाता र शुभेच्छुकहरुबाट भौतिक र आर्थिक सहयोगको आश्वासन प्राप्त भएकाले समितिको लक्ष्य पूरा हुनेछ ।

आधिकारिकताको विवाद नगर्न आग्रह

दमक/ म~ाच सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्ले संघीय लोकतान्त्रिक राष्ट्रिय माचको आधिकारिकताको विषयमा अनावश्यक विवाद नगर्न आग्रह गरेको छ ।
निर्वाचन आयोगले कुमार लिङ्देन अध्यक्ष रहेको माच सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्लाई माचको आधिकारिकता प्रदान गरेपछि माचमा अवद्ध अन्य परिषद्हरुले यसको विरोध गर्दै आएका छन् । मंगलबार झापाको दमकमा पत्रकार सम्मेलन गरी लिङ्देन समूहले यस्तो आग्रह गरेको हो ।
सम्मेलनमा सहभागी माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङले कानुनी मान्यताको आधारमा समेत आफूहरु माचको आधिकारिक परिषद् लिम्बुवान नै रहेको धारणा राखे । गुरुङले भने -ुमाच र परिषद्बाट कार्बाही गरिएका व्यक्तिहरुको झुण्डले आफूलाई अनुकूलताका लागि माचको नेता दाबी गर्छन् तर त्यो भ्रममा नपर्नुस् आधिकारिक माच हामी नै हौं ।ु
लिङ्देन नेतृत्वको परिषद् माचको आधिकारिक नभएको भन्दै इन्द्रहाङ खम्बू नेतृत्वको माचका सम्बद्ध लिम्बुवानका महासचिव सूर्य माखिम खम्बुवानका अध्यक्ष तथा माचका अध्यक्ष इन्द्रहाङ खम्बू तामसालिङ् थरुहट लगायतका नेताहरुले केही दिन अघि दमकमा पत्रकार सम्मेलन गर्दै जानकारी गराएका थिए । माचको आधिकारिकता बारेमा माघ ११ गते निर्वाचन आयोगलॆ लिङ्देन समूहको आधिकारिकता बारेको निर्णयमा
पुनर्विचारको माग गर्दै खम्बू पक्षले सर्वोच्चमा गत माघ १४ गते रिट समेत हालेका थिए । अन्य परिषद्हरुको रिटपछि सर्वोच्चले समेत आधिकारिकताको विषयमा पुनर्विचार गर्न निर्वाचन आयोगलाई निर्देशन दिइसकेको छ ।

आधिकारिकताको विवाद नगर्न आग्रह

दमक/ म~ाच सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्ले संघीय लोकतान्त्रिक राष्ट्रिय माचको आधिकारिकताको विषयमा अनावश्यक विवाद नगर्न आग्रह गरेको छ ।
निर्वाचन आयोगले कुमार लिङ्देन अध्यक्ष रहेको माच सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्लाई माचको आधिकारिकता प्रदान गरेपछि माचमा अवद्ध अन्य परिषद्हरुले यसको विरोध गर्दै आएका छन् । मंगलबार झापाको दमकमा पत्रकार सम्मेलन गरी लिङ्देन समूहले यस्तो आग्रह गरेको हो ।
सम्मेलनमा सहभागी माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङले कानुनी मान्यताको आधारमा समेत आफूहरु माचको आधिकारिक परिषद् लिम्बुवान नै रहेको धारणा राखे । गुरुङले भने -ुमाच र परिषद्बाट कार्बाही गरिएका व्यक्तिहरुको झुण्डले आफूलाई अनुकूलताका लागि माचको नेता दाबी गर्छन् तर त्यो भ्रममा नपर्नुस् आधिकारिक माच हामी नै हौं ।ु
लिङ्देन नेतृत्वको परिषद् माचको आधिकारिक नभएको भन्दै इन्द्रहाङ खम्बू नेतृत्वको माचका सम्बद्ध लिम्बुवानका महासचिव सूर्य माखिम खम्बुवानका अध्यक्ष तथा माचका अध्यक्ष इन्द्रहाङ खम्बू तामसालिङ् थरुहट लगायतका नेताहरुले केही दिन अघि दमकमा पत्रकार सम्मेलन गर्दै जानकारी गराएका थिए । माचको आधिकारिकता बारेमा माघ ११ गते निर्वाचन आयोगलॆ लिङ्देन समूहको आधिकारिकता बारेको निर्णयमा
पुनर्विचारको माग गर्दै खम्बू पक्षले सर्वोच्चमा गत माघ १४ गते रिट समेत हालेका थिए । अन्य परिषद्हरुको रिटपछि सर्वोच्चले समेत आधिकारिकताको विषयमा पुनर्विचार गर्न निर्वाचन आयोगलाई निर्देशन दिइसकेको छ ।

आजबाट 'पोष्ट अपरेटीभ सर्भिलेन्स'

सुरु·ा/ ब्ार्डफ्लु प्रमाणित भएका झापाका स्थानहरुमा आजबाट ुपोष्ट अपरेटीभ सर्भिलेन्सु शुरु गरिँदैछ ।
सो अन्तर्गत कुखुराका खोरहरु सफा गरिने तथा पन्छी बिक्री तथा ओसार पसारका लागि निषेध गरिएका स्थानहरुको अनुगमन गरिने जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।
३ दिन अघि जिल्लाको पूर्वी क्षेत्रहरु अर्जुनधारा चारपाने र पाठामारीमा वर्डफ्लु पुष्टि भएको थियो । चारपाने-३ का देवेन्द्र किसानले पालेको लेयस्र तथा अर्जुनधारा-७ का गोपालप्रसाद ओली र पाठामारी-१ का निजाम मिया र कौसर मियाले पालेका कुखुरामा वर्ड फ्लु पुष्टि भएको हो । उच्च जोखिम भएका स्थानहरुका कुखुरा तथा
कुखुराजन्य बस्तु नष्ट गरिएको कार्यालय प्रमुख राधेश्याम मण्डलले जानकारी दिए । तीनवटै स्थानमा १५÷१६ जनाको टोली खटिएको थियो ।
यसैबीच दक्षिणी गाविसहरु टागनडुब्बा र कुमरखोदमा समेत ५० भन्दा बढी कुखुरा मरेका छन् । ति स्थानहरुको निगरानीका लागि स्थानीय पशुसेवा केन्द्र तथा उपकेन्द्रलाई निर्देशन दिईएको पशुसेवा कार्यालयले जनाएको छ । ति स्थानमा आज कार्यालयको टोलीले समेत अनुगमन तथा निरीक्षण गर्ने जनाइएको छ ।
यस्तै छिमेकी जिल्लामा बर्डफ्लुको संत्रास बढेपछि पशुसेवा कार्यालय संखुवासभाले पंक्षीजन्य वस्तु आयातमा रोक लगाएको छ ।
मंगलबार प्रमुख जिल्ला अधिकारी होमबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले तामाफोकको मुढे र तुम्लिङटारबाट सदरमुकाम खाँदबारी भित्रिने यातायातका साधनमा पंक्षीजन्य वस्तु आयातमा रोक लगाउने निर्णय गरेको छ ।

युवकको हत्या

उर्लाबारी/ उत्तरपूर्वी मोरङको लेटाङमा सोमबार राती अज्ञात समूहले एक युवाको हत्या गरेको छ । लेटाङ ४ खेरुवाका ३९ बर्षीय राजमणि राईको लेटाङ ७ स्थित चिसाङ खोलामा धारिलो हतियार प्रयोग गरी हत्या भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।
कानेपोखरीबाट चिसाङ खोलाको बाटो हुँदै मोटरसाइकलमा घरतर्फ गएको अवस्थामा अज्ञात समूहले उनीमाथि आक्रमण गरेको थियो । उनको टाउको र हातमा गहिरो चोट लागेको छ । घटनास्थलमा २ वटा खुकुरी फेला परेकाले समूहले रिसिबीका कारण हत्या गरेको प्रहरीको अनुमान छ ।

घाइतेको अवस्था नाजुक

चुलाचुली/ सोमबार इलामको चुलाचुली-७ मा खुकुरी प्रहारबाट गम्भीर घाइते बनेका भारतीयमूलका अमरनाथ स्वामीको उपचारमा समस्या भएपछि स्थिति नाजुक बन्दै गएको छ ।
कमजोर आर्थिक अवस्थाका स्वामीको दमकस्थित आम्दा अस्पतालमा उपचार हुन नसक्ने भन्दै रेफर गरिएको भए पनि उपचारका लागि अन्यत्र लान नसकिएको चुलाचुली प्रहरीको भनाई छ ।
चुलाचुली प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक चतुर्भुज घिमिरेले स्वामीको थप उपचारका लागि आर्थिक अभाव रहेको बताए । उनले स्वामीलाई खुकुरी प्रहार गर्ने मध्येका भीम आङ्थुपोलाई मंगलबार जिल्ला प्रहरी कार्यालय इलाम पठाइएको बताए । त्यस्तै मंगलबार राति पक्राउ परेका अर्का अमर लावतीलाई भने अनुसन्धानका क्रममा निर्दोष पाइएकाले छाडिएको छ । सो घटनाका अर्का आरोपित चुलाचुली-९ का विजय राई भने फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य जारी रहेको बताइएको छ ।

मुख्य कारक माओवादी

बिर्तामोड/ राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले शान्ति प्रकृया र संविधान लेखनले गति लिन नसक्नुको मुख्य कारक एनेकपा माओवादी भएको आरोप लगाएका छन् ।
बिर्तामोडमा मंगलबार भएको कार्यकर्ता भेटघाटमा उनले माओवादी नेतृत्वको सरकारले गरेका निर्णय बारम्बार विवादमा पर्नुले यसको पुष्टि गर्ने उनको भनाई थियो । उसको पार्टीभित्रको बिवादको घानमा शान्ति प्रकृया र संविधान लेखेको जनाउँदै उनले यहि सरकार रहि रहे निर्धारित समयमा संविधान लेखन पूरा नहुने खतरा बढेको बताए ।

एमाओवादी नेपाली कांग्रेस र नेकपा एमालेमा संविधान सभाको म्याद बढाउने चाहना रहेको उल्लेख गर्दै नेता राणाले राज्यको पुनसर्ंरचनाका क्रममा बढीमा ७ राज्यमात्र उपयुक्त हुने बताए । राज्य बिभाजन गर्दा जातीय आधारमा नभई प्राकृतिक श्रोत साधन भौगोलिकता लगायका आधार बनाईनुपर्ने उनले बताए ।
उनले पाँचथर जिल्ला सम्मेलनलाई सम्बोधनका लागि आउने क्रममा झापाका कार्यकर्ताहरुलाई सम्बोधन गरेको जिल्ला सचिव जयबहादुर श्रेष्ठले बताए ।

लागु औषध सहित पक्राउ

इटहरी/  लागुऔषध सहित प्रहरीले सुनसरीको हरीपुर-८ बाट एक जनालाई नियन्त्रणमा लिएको छ ।
शंकास्पद अवस्थामा भेटिएका सप्तरी फत्तेपुर-३ का २९ वर्षीय मनोज श्रेष्ठको शरीर खानतलासी गर्दा ज्याकेटको खल्तिबाट बिभिन्न प्रकारका ३० एम्पुल लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई लागु औषध मुद्दामा अनुसन्धान भइरहेको जनाईएको छ ।

तत्काललाई टर् यो खतरा

काठमाडौं/ कालो धनलाई सेतो बनाउन रोक्ने कानुन निर्धारित समयमै पारित नगरे पनि नेपाल तत्कालै कालो सूची नकरात्मक सूची मा नपर्ने भएको छ ।
मुद्दा निर्मलिकरण अनुगमन गर्न बनेको अन्तरसहकारी बित्तीय कार्यदल एफटीएफले सोमबारसम्म कानुन पारित गर्न समय दिएको भएपनि सत्ताधारी एकीकृत नेकपा माओवादीको वैद्य पक्षले बिरोध गरेका कारण कानुन पारित हुन सकेको थिएन ।
यसरी समयमै कानुन पारित गर्न नसक्ने मुलुकलाई नकरात्मक सूचीमा पार्ने एफटीएफको प्रचलन रहेपनि नेपालले कुटनीतिक पहल गरी थप समय मागेका कारण तत्काल नकरात्मक सूचीमा नपर्ने निश्चित भएको उच्च सरकारी स्रोतको दाबी छ ।
ुनेपालले कानुन पारित गर्न चाहेपनि समयमै कार्यसम्पन्न हुन नसक्नुको कठिनाइबारे एफटीएफलाई जानकारी गराइएको छु-सरकारी स्रोतले भन्यो- ुप्रधानमन्त्रीकै तहबाट सो पहल भएकाले कानुन पास गर्न थप केही महिनाको समय नेपालले पाउने निश्चित जस्तै छ ।ु
एफटीएफको बैठक अहिले फान्सको राजधानी पेरिसमा बसिरहेको छ जसमा नेपालका तर्फबाट राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले प्रतिनिधित्व गरेका छन् ।
नेपाल नकरात्मक सूचीमा परेमा तत्कालै हटाउन असम्भव हुने र नेपालले अन्तराष्ट्रिय ब्यापारमा घाटा बेहोर्नुपर्ने अवस्था थियो । सदनमा कानुनको मस्यौदा पेश भइसकेको र यथासम्भव छिटो कानुन पारित हुने प्रधानमन्त्रीले कुटनीतिक च्यानलमार्फत प्रतिबद्धता जनाएपछि तत्काल नकारात्मक सूचीमा पर्ने खतरा टरेको स्रोतको दाबी छ ।