बक्राहामा जेब्राक्रस

उर्लाबारी । मोरङको उर्लाबारी–१ आइतबारेस्थित सिर्जनशिल एकता युवा क्बले बक्राहा पुल छेउमा जेब्रा क्रसिङ बनाएको छ । बक्राहा नदीमा दाहसंस्कारका लागि मलामी ओहोर दोहोर गर्ने भएकाले पूर्वपश्चिम राजमार्गको बक्राहा पुलको पूर्वी छेउमा जेब्राक्रस निर्माण गरिएको क्लबका सचिव सुनिल बोहोराले बताए । जसबाट यातायातका साधनको दुर्घटना न्यूनिकरणमा मद्धत पुर्याउने छ । क्लबले यस अघि नगर सरसफाई, जेब्राक्रस निर्माण, युवाहरुलाई सामाजिक काम गर्न उत्प्रेरित, टोल बत्ति जडान, यात्रु प्रतिक्षालय निर्माण लगायतका काम गर्दै आएको क्लबका अध्यक्ष राजन भट्टराईले बताएका छन् । क्लबले आइतबारबाट बक्राहाघाट पूर्वबाट ऊँ साई प्रेट्रोल पम्पसम्म सडक बत्ति जडान गर्ने क्लबका कोषाध्यक्ष कमल लिम्बुले बताएका छन् ।

0 प्रतिकृया:

Post a Comment