विजयी भएपछि बधाई दिँदै अध्यक्षका अर्का उमेद्वार प्रकाश बुढाथोकी : |
दमक । दमक चिसोपानी रवि (फाल्गुनन्द सडक) उपभोक्ता समितिको अध्यक्षमा रेवतराज पुरी (गगन) निर्बाचित भएका छन् । पुरी प्रतिद्धन्दी प्रकाश बुढाथोकीलाई ५८ मत अन्तरले हराएर अध्यक्षमा निर्बाचित भएका हुन् । पुरीले ४९७ मत र बुढाथोकीले ४३९ मत ल्याएका थिए ।
पुरी प्यानलले ६ पदाधिकारी र ३ सदस्य गरि ९ पद जितेको छ । पुरी प्यानलले समितिको सहअध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव, र कोषाध्यक्ष पदका ६ जना पदाधिकारी जितेको छ । दुई सदस्य र एक महिला सदस्यमा पनि पुरी प्यानलबाट निर्बाचित भए । बुढाथोकी प्यानलले ३ पदाधिकारी सहित १४ पदमा जितेको छ । उसले महिला उपाध्यक्ष, महासचिव, महिला सचिव गरि ३ वटा पदाधिकारी जितेको छ । बुढाथोकी प्यानलले सदस्यमा ९ र महिला सदस्य २ वटा जितेको छ ।
![]() |
विजयी भएपछि अन्य कार्यसमितिका विजयी पदाधिकारी तथा सदस्यहरुसँग सामुहिक तस्वीर खिचाउँदै : |
तीन पटक भएको साधारणसभा नेतृत्वबारे सहमति हुन नसकेपछि नेतृत्व हात पार्न सत्तारुढ दल र बिपक्षी दलहरु दुई समुह बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए । सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले सहित जनमुक्ति पार्टी एउटा प्यानल बनाई प्रकाश बुढाथोकीलाई अध्यक्षको उमेद्वार
बनाएर चुनावी प्रतिष्पर्धामा थिए । पुरीलाई अध्यक्षको उमेद्वार बनाएर एमाओबादी सहित साना दलहरु संघिय समाजबादी, लिम्बुवान पार्टी, नेकपा माओबादी, राप्रपा र नेकपा एकिकृत गरि ६ वटा दलहरु गठबन्धनमा आबद्ध थिए । स्थानीय निकायको निर्बाचनको झल्को दिने गरि भएको निर्वाचनमा पदाधिकारीमा पुरी प्यानलले बहुमत स्थानमा जितेको छ भने सदस्य गरि कुल २३ सदस्यीय समितीमा १४ पदमा कांग्रेस एमालेले जितेको छ ।
पुरी एमाओबादीका झापा जिल्ला सदस्य हुन् भने बुढाथोकी कांग्रेस कार्यकर्ता हुन् । बुढाथोकी र पुरीको प्यानल बनाएर दलहरु दुई समुह बनाएर यो निर्बाचनमा आफ्ना उमेद्वार जिताउन नेताहरु शक्ति देखाउदै खटिएका थिए । सत्तारुढ दलका तर्फबाट उठेका अध्यक्ष उमेद्वार बुढाथोकी हारे नकरात्मक सन्देश जाने भन्दै कांग्रेस एमाले नेतृत्व आफ्ना उमेद्वारलाई जिताउन धेरै खटेको देखिन्थ्यो । सत्तारुढ दलको उमेद्वारलाई परास्त गर्न एमाओबादी सहितका साना दलहरु झनै सकृय थिए । सबै दलहरु गठबन्धन गरेर दुई समुहमा निर्बाचनमा गएकाले दुबै पक्षका दलका नेताहरु जित आफ्नो पक्षमा पार्न छलफल, कोठे बैठक र प्रचार प्रसारमा ब्यस्त थिए । उमेद्वारहरु दमकमा हुने मतदान स्थलमा मतदातासमक्ष फोटोसहितको नाम गलामा झुन्ड्याई सयौं प्रसार सामग्री लिएर भोट मागेका देखिन्थे । यो परिणामले सत्तारुढ कांग्रेस र एमालेका स्थानीय नेता कार्यकर्तालाई दुखी तुल्याएको छ भने अध्यक्ष सहित धेरै पदाधिकारी जितेकाले एमाओबादी सहित साना दलहरु निक्कै हौसिएका छन् ।
0 प्रतिकृया:
Post a Comment