पुनरावेदनले रोक्यो खानेपानीको काम

पाँचथर । पुनरावेदन अदालत इलामले पाँचथरको पञ्चमीमा सञ्चालन हुन लागेको खानेपानी आयोजनाको काम रोक्न उपभोक्ता समितिका नाममा आदेस जारी गरेको छ । मुहानधनी नारायायणप्रसाद योङ्हाङ्ले आफ्नो स्विकृती विनानै गरिवी निवारण कोष मार्फत खानेपानी योजना सञ्चालन गर्न लागेको भन्दै दर्ता गराएको रिट उपर सुनुवाई हुँदा पुनरावेदनले तत्काल काम रोक्न उपभोक्ता समितिका नाममा आइतवार आदेश जारी गरेको हो । पञ्चमी गाविसका ५ र ६ सँगै अमरपुर गाविसको वडा नम्वर ३ का वासिन्दालाई खानेपानी सुविधा दिन प्रस्तावित थर्पु ९ को चिण्डेपानी मुहानवाट सञ्चालन गर्ने गरी दुईवटा योजना स्विकृत भएपछि उपभोक्ता विच केहि महिनायता विवाद चर्किएको थियो । चिण्डेपानी खानेपानी मुहानवाट योजना सञ्चालनार्थ खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय अतरगत बृहद खानेपानी आयोजना र गरिवि निवारण कोष मार्फत दुईवटा योजना छानिएपछि उपभोक्ता विभाजित भएका हुन् । जसमध्ये गरिबी निवारण कोषमार्फत सञ्चालन हुने योजनामा १६ किलोमिटर पाइपलाइन विछ्याएर टोल टोलमा धारा निर्माण गरी पानी झार्ने योजना अनुसार काम थालेपछि मुहानदाता योङ्हाङ्ले शुक्रवार मुहानदाताको मञ्जुरीविना काम थालेको भन्दै शुक्रवार पुनरावेदन अदालत इलाममा रिट दर्ता गराएका थिए । आफ्नो जग्गामा रहेको मुहानबाट सोही गाउँका लागि २ करोड ११ लाख ५६ हजारको क्रमागत लगानीमा खानेपानी तथा सव डिभिजन कार्यालय मार्फत ३५ वटा धारा निमार्ण गर्नेगरी चालु आर्थिक वर्षको वजेट सिलिङमा समेटिएकाले सोहि आयोजनाका लागि मुहान दिने योङहाङको दावी छ । गरिवी निवारण कोष अन्तरगतको कार्यक्रममा ५६ लाखको लागतमा १७ वटा तथा वृहद खानेपानी योजना अन्तरगत २ करोड ११ लाखको लागतमा ३५ वटा धारा निर्माण गर्ने योजना छ ।  रिट उपर सुनुवाई गर्दै पुनरावेदनले विवादित जग्गाको किनारा नलागेसम्म काम अगाडी नवढाउनु भनी आदेश जारी गरेको योङहाङका कानूनी व्यवसायी अधिवक्ता सर्मान्द सिग्देलले जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment