‘दोबाटे’लाई रसिकको प्रोत्साहन

पथरी । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले ग्रामिण क्षेत्रबाट सृजनाको पाटोमा सवैभन्दा बढी माया र सम्मान हुने गरेको बताएका छन् । रसिकले मोरङको पथरीशनिश्चरेस्थित कञ्चनजंघा नाट्य समूहले जिरिखिम्तीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै ग्रामिण क्षेत्रका सिर्जनाको यात्रामा निरन्तर लागिरहँदा सफलता हाँसिल गर्न सक्ने प्रसंग उल्लेख गरे । समूहले हिमशिखर टेलिभिजनमार्फत प्रशारण गर्दै आएको हाँस्यव्यङ्ग्य टेलिश्रृंखला ‘दोबाटे’ को अर्धवार्षिक यात्रा (२६ औं भाग ) का सन्दर्भमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै रसिकले सृजनामा जागरुक युवाहरुबाट यसखाले कार्यक्रम उत्पादन हुनु सह्रानीय काम भएको भन्दै प्रसंशा गरेका थिए । सृजना क्षेत्रमा अप्ठ्याराहरु भएपनि यसमा जीवनको आनन्द भेटिने भएकाले जीवन खोज्ने अभियानले सार्थकता पाओस् भन्दै उनले समूहलाई शुभकामना व्यक्त गरेका छन् ।
कार्यक्रममा, विशिष्ट लोकगायक एलपी जोशीले पनि समूहको निरन्तर यात्राको शुभकामना दिँदै ८० वर्षको उमेरमा पनि कला क्षेत्रमा आफुले भोगिरहेका समस्याहरु उल्लेख गरे । कार्यक्रममा, प्राज्ञ राम धामी, श्रष्ठा धनकुटे कान्छा, रोहित पराई, घनश्याम पथिकका साथै टेलिश्रृंखलाका सल्लाहकार तुलसीराम ढकाल, देवीप्रसाद रिजाल, रमेश खत्री तथा समाजसेवी मोहनकुमार न्यौपाने, व्यवसायी प्रेम पराजुलीले शुभकामना व्यक्त गरेका छन् । नाट्य समूहका सल्लाहकार तथा दोबाटेका लेखकमध्येका भूपेन्द्र तिम्सिना, निर्देशक हरेन्द्र खत्री, समूहका अध्यक्ष अभय पोखरेल, सचिव एवम् टेलिश्रृंखलाका व्यवस्थापक मात्रिका पौडेल, कलाकार भिष्म न्यौपाने र मनोज न्यौपानेले आफ्ना अनुभव राखेका छन् ।

0 प्रतिकृया:

Post a Comment