ट्राफिक द्वारा २७ लाख बढी राजश्व संकलन

दमक/इलाका ट्राफिक प्रहरी कार्यालय दमकले आर्थिक बर्ष २०७०/७१ मा २७ लाख बढी राजश्व संकलन गरेको छ ।
सो अबधिमा सबै भन्दा बढी मोटरसाइकलबाट १३ लाख ५ हजार ४ सय रुपैयाँ संकलन गरिएको छ । त्यस्तै ट्रकबाट ५ लाख २० हजार ३ सय रुपैयाँ राजश्व संकलन गरिएको छ । ट्याक्टरबाट ४ लाख ३९ हजार ७ सय, कारजिपबाट ३ लाख ३४ हजार, बसबाट एक लाख ४३ हजार ७ सय, टेक्पोबाट ७ सय रुपैयाँ संकलन गरिएको कार्यालयका प्रमुख बासुदेव थापाले जानकारी दिए ।
सो अबधिमा ८ हजार २ सय १५ वटा सवारी साधनहरुलाई कारवाही गरिएको कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक बर्षमा २२ लाख ६० हजार ३ सय ५० रुपैयाँ संकलन गरिएको र १४ हजार २ सय ३८ वटा सवारीहरु कारवाहीमा परेका थिए । 
ट्राफिक नियम उल्ङ्घन गर्ने सवारी साधानलाई गर्ने  जरिवाना बढेका कारण राजश्व उल्लेख्य संकलन भएको प्रमुख थापाले जानकारी दिए ।  अहिले लाइसेन्स नभएकाहरुबाट १ हजार जरिवाना संकलन गरिएको छ ।

0 प्रतिकृया:

Post a Comment