२ होटलबाट ८ पक्राउ

विर्तामोड/होटलमा युवतीहरु रोखर यौन कृयाकलाप गराएको आरोपमा झापा विर्तामोडका दुई होटल सञ्चालक सहित ८ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय विर्तामोडले दिएको जानकारी अनुसार काठमाडौंको बालाजु स्थायी घर भई विर्तामोड–६ मा तिरुपती होटल सञ्चालन गरेर बसेकी ३५ वर्षीया मिना खातुन र विर्तामाड–७ मा झरना होटल सञ्चालन गरी बसेकी बिनिता लिम्बूलाई
पक्राउ गरिएको हो ।
प्रहरीले ती दुवै होटलहरुबाट तीन–तीन जना युवतीहरुलाई समेत नियन्त्रणमा लिएको हो । उनीहरु धादिङ, नुवाकोट, सुनसरी लगायतका जिल्लाहरुबाट ल्याइएका प्रहरीले जनाएको छ । पक्राउ परेका बारे अनुसन्धान भइरहेको बताइन्छ ।

0 प्रतिकृया:

Post a Comment