साउने संकान्तिसगै मेहेन्दी लगाउन शुरु

दमक/साउनको पहिलो दिन अर्थात साउने सक्रान्ति पर्व हिन्दु धर्मावलम्बीहरुले मनाउँदै छन । मानो खाई मुरी उव्जाउने कथन अनुसार धान रोपाईको काम सकिएको दिनका रुपमा   एक गते साउने सक्रान्ति पर्व मनाउने प्रचलन छ ।
 एक गतेकै दिनबाट सूर्य कर्कट राशीमा प्रवेश गर्ने भएकाले यसलाई कर्कट सक्रान्ति पनि भनिन्छ । महिनाभर हिलोमा पसेर खेतीपाती गर्दा लुतो आउन सक्ने भएकाले किसानहरु शरिर सफा राखी किसानहरु लुतो फाल््ने गर्दछन ।
कागती, अम्वा, अनार नास्पाती, आदि फलफुल चढाई कण्डारक नामक राक्षसको पूजा गर्नाले लुतो, खटिरा जस्ता चर्मरोगको प्रकोपबाट वच्न सकिने विश्वास रहिआएको छ । त्यस्तै महिलाहरुले पतिको दिर्घायुको कामना गर्दै मेहेन्दी लगाउने र ब्रत बस्ने गरेका छन् ।
एक गतेबाट  महिलाहरुले शिवजीको पुजा गर्दै ब्रत बस्ने  र  मेहेन्दी लगाउन शुरु गर्छन ।  दमक १२ की कबिताकुमारी शाहले पतिको दिर्घायूको कामना गर्दै मेहेन्दी लगाउने प्रचलन रहेको बताइन ।  बिवाह नभएकाहरुले भने सुयोग्य पतिको कामना गर्दै मेहेन्दी लगाउने गर्छन भन्ने भनाई रहेको छ । 
केरि, रिभा, बाइटर लगायतका बुट्टा भएका मेहेन्दीहरु लगाउनेहरु भिड हुने गरेको मोर्डन ब्युटी पार्लर दमककी प्रशिक्षक मुना पौडेलले जानकारी दिइन ।

0 प्रतिकृया:

Post a Comment