पत्रकार र साहित्यकार सम्मानित हुने

दमक/ झकास् अन्तराष्ट्रिय युवा समुहले २ जना  पत्रकार तथा साहित्यकारलाई सम्मान गर्ने भएको छ । साउन ३ गते दमकमा एक कार्यक्रमको आयोजना गरी कान्तिपुर एफएमका  पत्रकार हेम भण्डारी र पाँचथरका कवि चन्द्रवीर तुम्वापोलाई सम्मान गर्ने भएको हो ।
 उनीहरुलाई जनही १५ हजार रुपैयाँ नगद राशी सहित सम्मान गरिने समुहका कार्यक्रम संयोजक याम थुलुङले बताए । कवि तथा गीतकार श्रवण मुकारुङको प्रमुख आतिथ्यमा कार्यक्रम हुने समुहले जनाएको छ ।  कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको समुहले जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment