रवि चिसोपानी सडकमा बाह्रै महिना गाडी चल्ने

दमक/दमकबाट रबी सम्म पुग्ने फाल्गुनन्द मार्गमा यस बर्षबाट १२ महिना सवारी चल्ने  सडक बनाइने बताएका छन् । सरकारले बजेट मार्फत बिनियोजन गरेको ८ करोड रुपैयाँबाट सडक निर्माण सम्पन्न गर्ने जनाइएको छ ।
दमक  चिसापानी  सडक उपभोक्ता  समितिले बिहिवार   दमकमा पत्रकार सम्मेलन गर्दै ट्रयाक खोलेर सडक निर्माण  गर्न बाकीँ रहेको ६ किलोमिटरमा सडक निर्माणमा तिब्रता दिने जानकारी दिएको हो । समितिका अध्यक्ष सुरेस सुब्बाले सडक खन्न बाकीँ रहेको धर्ती दोभान देखि ६ किलोमिटर चुरे भागको सडक खनिने जानकारी दिए ।
दमकबाट चिसोपानी सम्म ४१ किलोमिटर र रबी सम्म ४७ किलोमिटर सडक रहेको छ । २०५९ सालमा निर्माण शुरु गरिएको सडक यस पटकको बजेटले निर्माण सम्पन्न हुने दमक चिसोपानी सडक उपभोक्ता समितिका सचिव प्रकाश बुढाथोकीले जानकारी दिए ।
 सडक निमार्ण भए बर्खायाममा बन्द रहने सडक सधै भरी सबारी चल्न योग्य हुने समितिले जनाएको छ । हिउँदका ६ महिना रतुवा नदी पार गर्दै हिड्नु पर्ने बाध्यता रहेको छ । बर्खायाममा भने सडक बन्द हुने गरेको छ ।

0 प्रतिकृया:

Post a Comment