भलिबल छात्राको उपाधि लालिमाले जित्यो

छात्र तर्पु नवकिरण र पशुपति भिड्न
दमक/ प्याब्सन स्पोट मिट्स २०६८ को छात्रा तर्फको जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि तोपगाछीस्थित लालिमा आवासीय माविले जितेको छ ।
मेचीनगरको होलिवेल सेकेण्डरी बोर्डिङ्ग स्कूललाई हराउँदै लालिमाले उपाधि जितेको हो । सो को तेस्रो स्थान बिर्तामोडस्थित लिटल फ्लावर बोर्डिङ्ग स्कूलले लिएको छ ।
शुक्रबार दुधेमा भएको प्रतियोगितामा यस अघि जिल्लाका विभिन्न क्षेत्रबाट उत्कृष्ट स्थान हासिल गरेका विद्यालयका खेलाडी विद्यार्थीहरु सहभागी थिए । प्रतियोगिता अन्तर्गत छात्र तर्फका विभिन्न खेलहरु भएपनि भलिबलमा तीन स्थानका लागि आज खेलहरु हुँदैछन् ।
प्याब्सन झापाका सचिव मिलन ढुंगानाका अनुसार प्रथम स्थानका लागि नवकिरण बोर्डिङ स्कूल शिवगाज र पशुपति बोर्डिङ्ग स्कूल सुरुङ्गाबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै तेस्रो स्थानका लागि दमकको अक्सफोर्ड बोर्डिङ्ग स्कूल र गौरादहको माउन्ट एभरेष्ट बोर्डिङ बीच प्रतिस्पर्धा हुनेछ ।
त्यसैगरी शुक्रबार सम्पन्न १ सय मिटर दौडमा छात्र तर्फ सिद्धार्थ शिशु सदन भद्रपुर प्रथम सेन्टपल बोर्डिङ्ग स्कूल चारआली द्वितीय र दिव्य ज्योति बोर्डिङ्ग स्कूल तृतीय २ सय मिटरमा मेची बोर्डिङ्ग दमक प्रथम पशुपति बोर्डिङ्ग सुरुङ्गा लालिमा आवासीय मा।वि।तोपगाछी तृतीय चारसय मिटरमा न्यु डेफोडिल बोर्डिङ्ग भद्रपुर प्रथम पशुपति बोर्डिङ्ग सुरुङ्ग द्वितीय र लालिमा तोपगाछी तृतीय भएका छन् ।
यस्तै छात्रा तर्फ १ सय मिटर दौडमा माउन्ट एभरेष्ट मा।वि। गौरादह प्रथम लालिगुराँस बोर्डिङ्ग गरामनी द्वितीय चेतना बोर्डिङ्ग स्कूल शिवगाज तृतीय २ सय मिटरमा चुलाचुली बोर्डिङ्ग दमक माउन्ट एभरेष्ट गौरादह द्वितीय र ज्ञानज्योति बोर्डिङ्ग राजगढ तृतीय
भएका प्याब्सन झापा अध्यक्ष नारायणप्रसाद घिमिरेले जानकारी दिए । त्यस्तै लङ जम्प तर्फ छात्रामा चुलाचुली बोर्डिङ्ग दमक प्रथम ज्योफरे बोर्डिङ्ग धरमपुर द्वितीय र प्रगति बोर्डिङ्ग शनिश्चरे तृतीय भएका छन् । छात्र तर्फ लङ जम्पमा बालकल्याण चारपाने प्रथम ब्लुहेवन खुदुनाबारी द्वितीय र माउन्ट एभरेष्ट गौरादह तृतीय भएका जनाइएको छ ।
त्यसैगरी छात्रा तर्फको टेवल टेनिस सिङ्गलमा हिमाली एजुकेशन फाउण्डेशन शनिश्चरे प्रथम लालिमा आवासीय तोपगाछी द्वितीय र लिटल एन्जल्स चारआली तृतीय भएका छन् । त्यस्तै टेवल टेनिस छात्रा तर्फ डबलमा हिमाली एजुकेशन शनिश्चरे प्रथम लिटल एन्जल्स चारआली द्वितीय र मेची बोर्डिङ्ग दमक तृतीय भएका छन् । छात्र तर्फ टेवल टेनिस सिङ्गलमा दमकको ग्लोबल एजुकेशन एकाडेमी प्रथम स्मृति बोर्डिङ्ग स्कूल द्वितीय र लिटल एन्जल्स चारपाने तृतीय र टेवल टेनिस डबल तर्फ पशुपति बोर्डिङ्ग सुरुङ्गा प्रथम आदर्श सिसु सदन बिर्तामोड द्वितीय र लालिमा आवासीय मावि तोपगाछी तृतीय भएका जनाइएको छ । बिजयी खेलाडीहरुलाई शुक्रबार नै पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment