राम प्रधान
मानवीय संरचना बडो विचित्र तरिकाको छ । कोही रोइरहँदा कोही हासी रहन्छन् । कोही रमाइरहँदा कोही पीडामा छटपटाइ रहन्छन् । कतै मरिरहँदा कतै जन्मिरहन्छन् । कसैको उठीबास हुँदा कोही हाँसोको पात्र बनिरहन्छन् । कोही हत्या िहंसामा उदृत हुन्छन् भने कोही हत्या िहंसा महापाप ठान्दछन् । कोही खबौर्ँका मालिक छन् भने कोही लाज छोप्न १ मिटर कपडा पनि किन्न सक्दैनन् । कोही िसंह मर्मरको महल बास बस्छन् भने को नालाको पेटीमा जीवन बिताउँछन् । कोही चौरासी व्याजनको भोजनमा रमाउँछन् भने कोही प्राण धान्नको लागि एक छाक खोले पिउन भेटाउँदैनन् । कोही साधन सुविधा सम्पन्न छन् भने कोही खाली खुट्टाले सडकमा हिँड्न बाध्य छन् । यिनै असमानताहरुको विरुद्धमा मानवीय समवेदनाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । मानव-मानवहरुको बीचमा गएका गरिएका असमान दृष्टिकोण व्यवहारहरुले थिचिएका हेपिएका शोषण दमक उत्पीडनमा परेका मानवहरुको समवेदनाशीलताहरुले मानव जीवनमा रुपान्तरण गरिरहेको हुन्छ । समयको बहावसँगै रुपान्तरण चरणहरु पनि आइरहेको हुन्छ ।
तर सबै मानवहरुको जीवनमा परिवर्तनको चरणहरुले आर्थिक सामाजिक सांस्कृतिक रुपान्तरणहरुले कैयौँ अँध्यारो झुपडीहरुलाई छुन सकेको छैन । कैयाँैँ पटक भएका परिवर्तनहरुले उसलाई र उसका झुपडीमा उज्यालो छाएको छैन । त्यो अँध्यारो झुपडीको मान्छे मेहनती छ । फुर्तिलो छ जता बोलायो उतै जान्छ । समाजका भलाद्मी मान्य गन्य व्यक्तिहरुको काम गर्ने साह्रो गाह्रो फुकाई दिने । चाड पर्व भोज भतेर बिवाह व्रतबन्ध जस्ता कार्यहरुमा त्यहीँ अँध्यारो झुपडी सम्झनु पर्छ । जति ठूलो घर घरान जति धेरै सम्पत्ति भए पनि र जुनसुकै जस्तोसुकै क्रान्ति सम्पन्न भए पनि त्यहीँ अँध्यारो झुपडीहरु बिना अघि बढ्न सक्दैन । जीवनको बाल्यकाल देखि ५ कोरी पुग्दा सम्म परिवर्तनको बहाक त्यहीँ अँध्यारो झुपडी छ । त्यो अँध्यारो झुपडी भित्र जागर छ कला छ सीप छ सृजना छ परिवर्तनको आँधी हुरी छ । आँट छ भरोसा छ विश्वास छ दरिलो राष्ट्रप्रति प्रेमभाव छ । ता पनि राजनीतिक सामाजिक सांस्कृतिक र प्राविधिक परिवर्तनहरुले उसको मन छुन सकेन । त्यो अँध्यारो झुपडीमा बेलुकी बिजुली बाल्न सकेको छैन । झुपडीका फाटेका भित्ताहरु मर्मत गर्न सक्दैन । पानी परेको बेलामा पानी चुहिँदा टाल्न सक्दैन । आँधी हुरी आउँदा उडाइदिन्छ कि भत्काइ दिन्छ कि भनेर छाना-छानामा झुण्डिन्छ । पानी परेको दिन र आँधी हुरी आएको दिन रात भरी नसुती बसिरहेको हुन्छ । उसलाई त्यो झुपडीको असाध्यै माया छ । बर्षातको समयमा बाढी पहिरोले लान्छ कि भन्ने धेरै डर लाग्छ । त्यो अँध्यारो झुपडीको नसा-नसामा सृजनाका उर्जाहरु छन् । हरेक विकास र निर्माणहरुमा उनीहरुको पाखुराहरु आवश्यक परिरहन्छन् । उनीहरुको सकि्रयता भएन भने सबैका प्रकारका सृजना र निर्माण शून्य स्थितिमा पुग्दछ । उनीहरु जो अँध्यारो झुपडीमा बस्छन् । उनीहरुको मनमा उज्यालो छैन । उनीहरुको चुलोमा चाहिएको बेला आगो बल्दैन । भोक लागेको बेला भोक मेटाउने अन्न छैन । बिरामी परेका बेला औषधी उपचार गर्ने रुपैयाँ छैन । छोराछोरीहरुलाई मिठो खाना र राम्रो लुगा लगाउन दिन सकेको छैन । कुनै दिन आराम गर्ने फुस्रद छैन । बिरामी हुँदा पनि काममा नजाँदा भोलि पल्ट भाडामा सामल हुँदैन । उनीहरुको जीवन पनि आफ्नो बहसमा छैन । जसले जहाँ जे आदेश दिन्छ । उसले हजुर भनेर भोक तिर्खा झरी बादल घाम पानी जाडो गर्मी केहीको पनि पर्वाह नगरी लुरु-लुरु गरिरहेको हुन्छ ।
उनीहरुले ठूला-ठूला महलहरु बनाए करोडौँ परेको गाडी कुद्ने बाटोहरु बनाए । ता पनि उनीहरुको जीवनमा हर्ष आएको छैन । राजनीतिक परिवर्तनको मोडहरुमा सधैँ सहभागी बन्छ । भोकै तिर्खाई भए पनि आन्दोलनहरुमा सहभागी बन्दछन् । जहिले पनि अग्रपंक्तिमा सरिक हुन्छ । किनभने उनीहरु आशावादी छन् । उनीहरुको लागि परिवर्तनको आवश्यकता छ । उनीहरुको जीवनलाई पनि रुपान्तरणको जरुरत छ । उनीहरुको जीवनमा थुप्रै प्रकारका परिवर्तनहरु भएका छन् । धेरै छर छिमेकी साथीभाइहरु इष्टमित्रहरुको जीवन र व्यवहार रुपान्तरण भएको छ । जसले श्रम गर्दैन उही ठूलो अरुको श्रम र पसिनाको कमाई खानेहरु पुजनीइ कस्तो बिडम्बना । उनीहरु मनमा थुप्रै कौतुहलता जिज्ञासा मनमा उठे पनि साहु महाजनहरुसँग प्रतिबद्ध गर्ने हिम्मत छैन । उनीहरुले श्रमको सही मूल्य समेत प्राप्त गर्न सकेका छैनन् । ता पनि अँध्यारो झुपडीहरुमा बास बस्नेहरु मनमा डर त्रास छ । भोलिदेखि कामै नदिने पो हो कि काम दिएनन् भने कसरी निर्वाह गर्ने भन्ने चिन्ताहरुले सताइ रहन्छ । कुनै प्रकार साहस आँट र हिम्मत आउँदैन ।
जब-जब चाड पर्वहरु आउँछन् । तब-तब उनीहरुलाई पहराले थिचेको भान हुन्छ । सबैको घर परिवारमा हासो हर्ष खुशी रमाइलो छ । राम्रो-राम्रो लुगा लगाउने । मिठो-मिठो खानेमा होडबाजी प्रतिस्पर्धा हुन्छ । रङ्गीबिरङ्गी लुगा कपडाहरु घरको िसंहार पेटार रङ्ग रोगन कमिसन परेकी भत्ता उपहार भाग अनेकौँ बाटो हुँदै नानाथरीका वस्तुहरु भित्रिन्छन् । तर अँध्यारो झुपडी भित्र आसुँका धाराहरु झर्न शुरु हुन्छ । अबोध छोरा-छोरीहरु अरुको घर-घरमा गरेको राम्रो लुगाहरु ल्याएको मिठो-मिठो खानेकुराहरु भएको खोई हाम्रो घरमा कहिले ल्याउने भन्दा अँध्यारो झुपडी भित्रका मनहरु भाव विह्वल हुन पुग्छन् । छोराछोरीहरुको मन उज्यालो बनाइदिन साहु महाजनहरुको घर आगँनमा पुग्छन् । कतिको घरको गेट खुलेको हुँदैन । कतिपयले पोहोरको त तिरेको छैनस् भन्छन् । कतिपयले कहाँबाट ल्याएर तिर्छस् भन्छन् । अँध्यारो झुपडीहरु मन भित्र उज्यालो नआए पनि झुपडी भित्रको मन भावना र पिडाहरु नबुझिदिए पनि बाध्यता विवशता साथ तिनै सामन्तीहरुको घरमा चाड पर्व बिवाह ब्रतबन्ध जस्तो कार्यहरु उनीहरुको उपस्थिति अनिवार्य छ । उनीहरुको उपस्थिति बिना कसैको शुभ कार्य वा कुनै पनि सामूहिक कार्यहरु चल्ने वाला छैन । काम लगाउने समयमा मिठो चिल्लो कुराहरु गरेर काम लगाउँछन् । काम गरी सकेपछि हप्की-दप्की गरेर बिदाई गर्छन् । धेरैका छोराहरु वैदेशिक रोजगारमा गएर केही हदसम्म आर्थिक रुपान्तरण गरिएको भए पनि साह्रै अँध्यारो झुपडीमा बस्ने गरीबका छोराहरुलाई वैदेशिक रोजगारमा जान लाग्ने कर्जा समेत उपलब्ध गराइदिने मन भावना भएका भलाद्मी र सामाजिक व्यक्तित्व छैन ।
गरीब दुःखी शोषित पीडित अँध्यारो झुपडीहरु उज्यालो ल्याउँछौँ हाम्रो पार्टीमा लागौँ भन्नेहरु दर्जनौँ पटक सयौँ नेताहरु आए । उनीहरुको कार्यक्रमहरुलाई मात्र नभएर भूमिगत अवस्थाहरु अध्यारै झुपडी भित्र भए पनि आफ्नै गाँस कपास काटेर खुवाउँदा लगाउन दिँदा बहुत झुपडीहरुको प्रंशंसा गर्दथे । त्यहीँ झुपडीहरुको बल बुता र त्यागको कारणले सत्ताधारी बन्ने हैसियत बनाए । नयाँ-नयाँ अनुहार बोकेका पार्टीका नेताजीहरु नव शासकमा रुपान्तरण भए । कुनै बेला अँध्यारो झुपडीमा थोत्रो-थोत्रो कपडाहरु समाएर खोले पिउने ठूला-ठूला क्रान्ति र परिवर्तनका कुरा गर्नेहरु आज रिसोर्ट तारे होटलहरु चौरासी व्याजनहरुमा रमाउँछन् । भ्रष्टाचारी तस्करी अपहरणकारीहरुबाट कमिसन खाँदै राष्ट्रिय ढिकुटी रित्याउँछन् । गुण्डाहरुको संरक्षण गर्दछन् । नवशासकहरुलाई सत्तामा पुर् याउँछन त्याग गर्ने इमान्दार सहयोगीहरुको घाटी निमोठ्छन् । अँध्यारो झुपडी कथा व्यथा प्रति ध्यान दिन त परै जाओस् व्यापारी उद्योगपतिबाट टन्न चन्दा र कमिसना असुली गरी महङ्गीलाई शिखर चढाउँछन् । सबै राजनीतिक जोगीहरुको कानै चिरेको हुँदो रहेछ ।

0 प्रतिकृया:
Post a Comment