पिपुल्स टाइम्स समाचार
दमक, माघ २८ २०६८/ १४ दिनदेखि जारी आदिवासी जनजाति सांस्कृतिक महोत्सव आज शनिबार समापन हुँदैछ । आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषदको मूख्य आयोजनामा गत माघ १४ गतेदेखि सुरु भएको महोत्सव पूर्व निर्धारित १२ दिनको कार्यक्रममा २ दिन थप गरी १४ औँ दिन आज समापन गर्ने कार्यक्रम तय भएको हो ।
महोत्सव अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता र मागका कारण आयोजक समितिले २ दिन म्याद थप गरेको थियो । गृहमन्त्री बिजयकुमार गच्छदारले उदघाटन गरेको महोत्सवको आज हुने समापन कार्यक्रममा भने गृहराज्यमन्त्री भीमराज राजवंशीको प्रमुख आतिथ्यता रहने आयोजक समितिले जनाएको छ । महोत्सव समापनका अवसरमा विभिन्न क्षेत्रमा लामो समयदेखि योगदान पुर् याउँदै आएका १० जनालाई सम्मान गर्ने कार्यक्रम समेत तय भएको छ ।
महोत्सव सूचना केन्द्रका संयोजक मनकुमार गदालले दिएको जानकारी अनुसार सम्मानित गरिनेहरुमा झापाका अग्रज पत्रकार गाजबहादुर दाहाल बेलायत सरकारको सम्मानित युद्धपदक भिक्टोरिया क्रस बिजेता रामबहादुर बेघा सामाजिक अगुवा तथा किरात याक्खा छुम्मा झापाका अध्यक्ष हरिलाल देवान दमक नगरपालिकाका पूर्व प्रधानपाच धनबहादुर श्रेष्ठ र सांस्कृतिक अगुवा कृष्णकुमारी राई शिक्षा क्षेत्रका अगुवाहरु छविलाल शर्मा सिटौला रामदेव शर्मा र बालाकाजी थापा मगर रहेका छन ।
विभिन्न १३ आदिवासी जनजातिका नमुना घर सहित सांस्कृतिक महत्व राख्ने तथा परम्परागत झल्किने सामग्रीहरु प्रदर्शनीमा राखिएका थिए । हरेक दिन महोत्सव अवधिभर किराँतजन्य लिम्बु राई याक्खा सहित तामाङ गुरुङ नेवारी राजवंशी धिमाल सन्थाल कुमाल भुजेल माझी मगर समुदायका सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिएका थिए ।
महोत्सवमा प्रदर्शनीका लागि राखिएका मध्ये माझी र गुरुङ जातिको नमुना घरलाई ललितकला प्रज्ञा प्रतिष्ठानले सम्मान गरेको थियो । सांस्कृतिक गायन तथा नृत्यहरुका अतिरिक्त राष्ट्रिय कलाकारहरु पल्पसा डंगोल ुचम्सुरीु र अंशु महर्जन ुहात्तीु बद्री पंगेनी शीला आले सत्यराज आचार्य स्वरुपराज आचार्य सीतल र शिवानी मोक्तान दीपक लिम्बु प्रमोद खरेल जितु नेपाल कुँवेर राई राजेश हमाल राजेश पायल राई सिताराम कट्टेल ुधुर्मुसु कुन्जना घिमिरे ुसुन्तलीु किरण केसी ुराता मकैु शिवहरी पौडेल ुमुखमा हान्नु जस्तोु केदार घिमिरे ुमाङने बुढाु सुरज चापागाई ुबान्द्रेु लगायतले आफनो प्रस्तुती राखेका थिए ।
महोत्सवमा अत्याधिक राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहे पनि नायिका रेखा थापाले माचमा उभिएर प्रस्तुती नदेखाई सुटुक्क हिडेकोमा दर्शक तथा उनका फयानहरु अझै असन्तुष्ट छन । स्थानीय युवाहरुले रेखा थापाको प्रस्तुती नरहनुका पछाडीको मुख्य कारण आयोजकले खराब मौसम भने पनि चित्तबुझदो जवाफ नआएको गुनासो गरेका छन ।
दमकका युवा मनोज खतिवडाले भने-ुमौसमकै कारण उनको प्रस्तुती रोकिनु नपर्ने हो यसका पछाडिको रहस्य सर्वजनिक हुन आवश्यक छु थापाको प्रस्तुती नरहनुको कारण बारे तीव्र रुपमा अनौपचारिक चर्चा चलेपछि तत्कालै आयोजक समितिले विज्ञप्ति मार्फत प्रतिकूल मौसमका कारण नायिका थापाको प्रस्तुती हुन नसकेको भन्दै सो का बिषयमा दुःख प्रकट गरेको थियो ।
डम्बरले दमकेलीलाई भेटे
ुभेटन मन लाग्छु गाउने गायक डम्बर नेपालीले शुक्रबार दमकका दर्शकहरुलाई भेटेका छन ।
आदिवासी जनजाति सांस्कृतिक महोत्सवमा उनले दर्शकहरुलाई भेटेनन मात्र आफूलाई स्थापित गर्ने आधा दर्जन गीतहरु पनि गाए । दिन ढल्दै जाँदा उनले ुभेटन मन लाग्छु बोलको गीतबाट नै प्रस्तुती शुरु गरेका थिए ।
महोत्सवको आज समापन कार्यक्रममा हाँस्य कलाकार विल्सनविक्रम राईको बिभिन्न प्रस्तुति रहने आयोजकले जनाएको छ ।

0 प्रतिकृया:
Post a Comment