हेम अधिकारी
महानन्द सापकोटाको भनाई झन्-झन् ताजा हुँदैछ-
ूथोत्रो डिमोक्रेसी नकच्चरो छ
कम्युनिजमको सकिएछ धाक
सोसेलिजम कॆवल कोकले हो
खाँचो भयो फेरि नयाँ कुराको ।ू
देशलाई नयाँ पद्धति चाहिएको छ । हामीलाई नयाँ प्रणाली चाहिएको छ । तर त्यो प्रणाली हामी नेपाली अनुकूलको होस् । हामी सबैेले आत्मसात गर्न सक्ने खालको होस् । तर बिडम्बना ! आज हाम्रो देश हाँक्ने परिवर्तनको गीत गाएर नथाक्ने हाम्रा नेताहरुको चालामाला हेर्दा लाग्छ उनीहरु भावी प्रणालीप्रति स्पष्ट छैनन् आफै भ्रममा छन् । त्यसैले केन्द्रिय वृत्तमा स्पष्ट विश्वासनीय र भरपर्दो खाका कसैले दिन सकेका छैनन् । चाहे राज्य पुनसर्ंरचना सुझाव आयोगका पदाधिकारीहरुले आफ्नो प्रतिवेदनसँगै आ-आफ्नो उचाइपनि स्वाट्टै घटाएका छन् । तिनीहरुसँग त्यो हैसियतको उचाइ त थियो यो प्रश्न पहिले पनि उठेकै हो र अहिले त झन् टड्कारो भएर खडा भएको छ । जातीय नारा उचालेर आफ्नो हैसियत काय गरेको एनेकपा माओवादीलेनै त्यसले सुझावको हैसियतमात्र राख्छ र अधुरो छ भने बाट नै आयोग कमजोर र सही सुझाव दिन सक्षम नरहेको स्पष्ट हुन्छ । कांग्रेस र एमाले लगायतका पार्टीहरुले त पहिले नै त्यसलाई स्वीकार्न नसक्ने कुरा बताइसकेका छन् । राज्य पुनसर्ंरचना हुनुपर्छ तर यसो गर्दा नरहे बास नबजे बाँसुरीको अवस्था आउनु चाही हुन्न । देश सानो छ जातीय र सांस्कृतिक संरचना विविधतामय छ भौगोलिक बनावटमा विविधता र विकटता पनि छ । यस्तो परिवेशमा जति धेरै प्रदेश बनायो भोलि साचालन गर्न त्यति नै कठिनाइ हुन्छ र जति थोरै प्रदेश बनायो साचालन गर्न त्यति नै सहज हुन्छ । हतारमा भावनामा बगेर निर्णय गरेर फुस्रदमा पछुताउनु भन्दा बेलैमा वुद्धि पुर् याउनु वेश हुन्छ ।
भारतीय राजदूतले दिल्लीबाट फर्किएको भोलिपल्टै यो देशको शान्ति प्रकि्रया र संविधान निर्माण प्रकि्रयाको गाँठो फुस्कियो अब यी दुवै काम सुचारु हुन्छन् भन्ने ऐलान गरे । ठूलो र शक्तिशाली छिमेकी भएका नाताले भारतसँग नेपालको भलै ःँल् कै सम्बन्ध होला । तर एउटा राजदूतले अर्काको देशको यति गम्भीर समस्यामा कसरी त्यस्तो निर्णायक कुरा बोल्न सक्छ यद्यपि राजदूत जयन्तप्रसाद दिल्लीमा रहेका औँलामा गन्न सकिने नेपाल विज्ञ मध्येका पर्दछन् । त्यसैले उनलाई िसंहदरबार कसरी चल्छ बालुवाटार र अन्य दरबार निवास र महलहरु कसरी चल्छन् भन्ने कुरा राम्ररी नै थाहा छ र दिल्लीले सदियौँ देशको वर्षौँदेखि मदारी झैँ काम गरिरहेको त लुकेको छैन । त्यसैले महासहिम राजदूतको उक्त भनाइ नियत कि नियति घटनाक्रमनै कुर्नु पर्ने हुन्छ ।
संयोग कस्तो रह्यो भने बाबुराम सरकारको लोकपि्रयता खस्कँदै गएर अब आवश्यकता नरहेको परिस्थिति बन्न लागेको छ त्यस लगत्तै नेपाली कांग्रेसको आन्तरिक विवाद धेरै हदसम्म समाधान भयो । एमाओवादी अध्यक्षले सार्वजनिक समारोहमै संयुक्त सरकारको प्रस्ताव राखे । त्यो प्रस्ताव राख्ने बित्तिकै प्र।म। भट्टराई जुरुक्क उठेर हिँडिहाले । घरफिर्तीमा जाने लडाकुहरुको बिदाई प्रकि्रया पनि प्रारम्भ भैहाल्यो । यद्यपि यसमा केही समस्या उब्जिएका छन् । यति ठूलो काम भित्र केही समस्या त आउँछन् नै तर सम्बन्धित पक्षको इच्छाशक्ति भए ती समस्या हल हुँदै जाने छन् । यी सबै सकरात्मक कामहरु राजदूत महोदयको उक्त अभिव्यक्ति पछि लगत्तै भएका हुन् ।
आज देशको हरेक वर्गका जनताहरु आ-आफ्ना समस्याले आक्रान्त छन् । यो जनताको नियति हो कि राजनैतिक नेतृत्वको नियत इन्धन अभावले देश आफै डढ्न लागिरहेको छ । आयल निगमको चरम लापर्वाही र भ्रष्टाचार तर्पु सरकारको ध्यान जाँदैन । सर्वसाधारणका घरमा भात पाक्न छोडेको छ । मन्त्रीहरु भ्रष्टाचार र कमिसनमा निर्लिप्त भएर लागेका समाचार दिनहुँ आइरहन्छन् यद्यपि सर्वहारा वर्गको प्रतिनिधित्व गर्नेहरुको नेतृत्वमा छ सरकार । १५ करोड खर्चमा सेनाले बनाएको बाटोका लागि ५६ करोड खर्च देखाइयो रे । त्यहाँ ४१ करोड रुपैयाँ कसले खायो कहाँ गयॊ । गरीब जनता मट्टीतेलसम्म बाल्न नपाउने तर शक्तिशालीहरुको राज्य ढिकुटी माथिको यो चालाले लोकतन्त्र प्रमाणित गर्छ कि जनगणतन्त्र महानन्दको उपर्युक्त भनाइ आज सत्य सावित भएको छैन र
ूआइदेउ बाबुराम ……ू भनेर गीत गाउने नेपालीहरु आज नेपाली आमालाई अर्कै एउटा छोरो जन्माई देऊ नत्र देश डुब्न लाग्यो भनेर पुकारा गर्न लागिसकेका छन् । जसरी-तसरी िसंहदरबार पस्ने सम्मको मात्र दुरदृष्टि बोकेका हाम्रा नेताहरुको नियतले आम नेपालीको नियति बिडम्बना पूर्ण बनेको छ ।

0 प्रतिकृया:
Post a Comment