आगलागी र सचेतना – सम्पादकीय

सुख्खायाम र हावाहुरी जस्ता कारणले प्रत्येक वर्ष यतिबेलाको समयमा आगलागीको जोखिम उच्च रहने गर्दछ । प्राकृतिक कारणले पनि यतिबेलाको मौसम आगलागीजन्य घटनाका लागि जोखिमपूर्ण मानिन्छ । तथापि, अधिकांश स्थानहरुमा हुने आगलागीका घटनामा मानवीय त्रुटी र लापर्वाही प्रमुख कारक तत्व बन्ने गर्दछन् । यसर्थ, सर्वप्रथम मानिस आफैले अपनाउने सचेतनाले मात्रै आगलागीको जोखिम न्यूनिकरण गर्न सम्भव हुने देखिन्छ ।
केही महिना यता आगलागीका विभिन्न घटनाहरु विभिन्न स्थानहरुमा हुँदै आएका छन् । पछिल्ला दिनहरुमा यस्ता घटनाहरुबाट मानवीय क्षति भएका त छैनन् तर लाखौँ मूल्य बराबरको धनमाल भने नष्ट हुँदै आएका छन् । ग्रामीण भेगका बस्तीहरुमाा विशेषतः परालका कुन्युहरुबाट आगलागी शुरु हुने गरेका देखिन्छन् भने शहर–बजारमा विद्युत सर्ट लगायतका कारणले आगलागी हुने गरेको पाइन्छ । त्यस्तै, वन जङ्गल क्षेत्रमा चुरोट–बिडीँ सेवन गरेर वा आगो बालेर असावधानीपूर्वक आगो छाडिने जस्ता कारणले डढेलो जाने गरेको पाइन्छ । तसर्थ, आगलागीको जोखिममा सबैभन्दा बढी जिम्मेवार पक्ष मानिस हुने गरेको पाइन्छ । हुन त आगलागीजन्य घटनालाई न्यूनीकरण गर्न तथा आगलागी हुँदा क्षति हुन नदिन राज्य, राज्यमातहतका विभिन्न निकायहरुले विभिन्न प्रकृतिका उपाय र कार्यक्रमहरु अवलम्बन गर्ने गरेका छन् । तर प्रत्येक वर्ष सुख्खायाममा हुने आगलागीका घटनाहरुको बढ्दो तथ्याङ्कलाई हेर्दा राज्य मातहतका निकायहरुको यस्ता उपायहरु बेदखल बन्दै गएका पुष्टि हुन्छ ।
यातायात सुविधा सहज भएका अधिकांश नगरपालिकाहरुमा विभिन्न दातृ निकायको सहयोगमा आगलागी नियन्त्रणका लागि प्रयोग गरिने वारुणयन्त्रको व्यवस्था छ । तर, ठीट लाग्दो पक्ष के छ भने, शहर, गाउँ वा बस्तीका घर–टहराहरु जलिरहेका बेला यस्ता वारुणयन्त्रहरु उपलब्ध हुन मुस्किल छ । आगो निभाउने वारुणयन्त्र अथवा दमकल आफै बिरामी परेर थन्किएका थुप्रै हाँस्यास्पद घटनाहरु अब हाम्रा लागि अनौठा विषय बनेनन् ।
गत फागुन १८ गते मात्र दमकको बेलडाँगी स्थित भुटानी शरणार्थी शिविरमा आगलागी भयो । ५३ ओटा छाप्रा खरानी बने भने शरणार्थी जीवनको स्मृति र आशा थन्किएका छाप्राहरु जलेसँगै उनीहरु विस्थापित बने । हाल विभिन्न दातृ निकायहरुको सहयोगमा अग्नि पीडित शरणार्थीहरुलाई पुनस्र्थापित गर्ने कार्य भएको छ । तर, त्यस घटनाले पु¥याएको मनोवैज्ञानिक क्षति र नोक्सानी पूर्ताल गर्न अझै थुप्रै समय लाग्ने निश्चित छ । शरणार्थी शिविर बेलडाँगीको घटना एउटा सामान्य उदाहरण मात्रै हो । समाजमा यस्ता प्रकृतिका असंख्य आगलागीजन्य घटना भइरहेका छन् । त्यसैले मानवीय कमजोरीकै कारण हुने यस्ता प्रकृतिका घटना न्यूनिकरण गर्न मानवीय सचेतना पहिलो आवश्यक सर्त हुन आउँछ । आगलागीको जोखिमबाट बच्ने एकमात्र उत्तम उपाय भन्नु आगोको सही सदुपयोगमा ध्यान पु¥याउनु नै हो । दूरुपयोगले निम्त्याउने परिणाम सकरात्मक र हितकर हुनै सक्दैन । यो पक्षलाई समाज र राज्यले गहनताका साथ बुझ्न जरुरी छ । आगलागी दुःखद् र अप्रत्यासित घटना हो । यसबाट संसारभर ठूल्ठूला मानवीय र भौतिक क्षति हुने गरेका छन् । अप्रत्यासित घटनाहरुको निराकरण मानिसको पहुँच भन्दा परको कुरो हुन सक्छ, अथापि, सावधानी, होसियारी र पूर्वतयारी जस्ता उपायको अवलम्बन गर्दा ठूल्ठूला क्षति टरेका थुप्रै इतिहासहरुबाट पाठ सिक्न जरुरी छ । सुख्खायामको यस मौसममा आगोको दुरुपयोग नगर्ने आचरणमा हाम्रो ध्यान पुग्नु जरुरी देखिन्छ । एक व्यक्तिका मानिसको असावधानी र लापर्वाहीको सजाय सिङ्गो पर्यावरण र समाजलाई दिन मिल्दैन । यस तर्पm हामी सचेत बन्नै पर्दछ ।

0 प्रतिकृया:

Post a Comment