निजीमा स्थायी छैनन्

निजी तथा आवाशीय विद्यालयहरुमा कार्यरत झापाका कोहि पनि शिक्षक केन्द्राध्यक्ष नरहने भएका छन् । शिक्षा नियमावली तथा परीक्षा सम्बन्धी निर्देशिका अनुसार केन्द्राध्यक्ष हुन निजी विद्यालयका शिक्षकहरुले पनि पाउने व्यवस्था छ । तर सो का लागि उनीहरु स्थायी शिक्षकको रुपमा कार्यरत रहेको हुनुपर्नेछ ।
जिल्ला शिक्षा कार्यालयका उपसचिव तिम्सिनाका अनुसार जिल्लामा रहेका कुनै पनि निजी विद्यालयहरुले स्थायी शिक्षक राखेको नपाइएका कारण केन्द्राध्यक्षमा निजी विद्यालयका शिक्षक नियुक्त हुन नसकेका हुन् । तिम्सिनाले भने–‘केन्द्रध्यक्ष हुन निजी विद्यालयका मावि तथा उच्च मा.वि शिक्षकहरुलाई पनि अधिकार छ तर विद्यालयले उहाँहरुलाई स्थायी नियुक्ति दिएको हुनुपर्दछ ।’
झापामा रहेका निजी विद्यालयहरुमध्ये १ सय ३५ वटाले एसएलसी परीक्षामा सहभागिता जनाउँदैछन् । ति मध्ये कुनैपनि विद्यालयले मा.वि. तथा उच्च मा.वि. तहमा स्थायी शिक्षक राखेको अभिलेख नरहेको जनाइएको छ ।

0 प्रतिकृया:

Post a Comment