गौरादहमा दलित संघ

गौरादह, चैत्र ५/ गौरादहमा शनिबार नेपाल दलित संघको गाउँ समिति गठन भएको छ ।
नेपाली कांग्रेस गाउँ समितिको आयोजनामा भएको भेलाले पदम ठटालको अध्यक्षतामा दलित संघको ९ सदस्यीय गाउँ समिति गठन गरेको हो । समितिको उपाध्यक्ष मनबहादुर जैरु, सचिव कृष्ण दर्नाल र कोषाध्यक्ष राजु जैरु रहेका छन् । समितिका सदस्यहरुमा अम्बिका बर्देवा, खड्गबहादुर दर्नाल, कमला दर्नाल, गोपाल शिवा र तिर्थकुमारी पाठक रहेका छन् । यस्तै क्षेत्रीय प्रतिनिधिहरुमा मिठू दर्नाल, डिल्लीराम बर्देवा र जानुका ठटाल चुनिएका छन् ।
कांग्रेस गाउँ सभापति हेमन्त कार्कीको सभापतित्वमा भएको भेलामा दलित संघका जिल्ला सचिव गजेन्द्र नेपाली प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा कांग्रेसका महासमिति सदस्य रोहित शाह, जिल्ला सदस्य यादवराज सेडाई, आमन्त्रित जिल्ला सदस्य पुण्यप्रसाद सिग्देल लगायतको आतिथ्यता रहेको थियो ।

0 प्रतिकृया:

Post a Comment