‘प्रचण्ड पुत्र प्रकाश नयाँ पारस बन्न खोजे’

काठमाडौं, चैत्र ५/नेपालमा नयाँ पारसको उदय भएको भन्दै विद्यार्थी नेताहरूले माओवादी अध्यक्ष प्रचण्डको छोरा प्रकाशलाई पुराना पारस शाहको हालत बनाउने चेतावनी दिएका छन् ।

शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी युवासंघ नेपाल र अनेरास्ववियुले प्रचण्ड पुत्रलाई नयाँ पारसको रुपमा उदय गराउने प्रयत्न भइरहेको दावी गर्दै नयाँ पारसलाई समाप्त पार्ने चेतावनी दिएका हुन् ।
अनेरास्ववियुका महासचिव किशोरविक्रम मल्लले सरकारले राज्यको ढुकुटी मोजमस्तीका लागि प्रचण्ड पुत्रलाई दुई करोड रुपैयाँ दिने भनि गरेको निर्णय राष्ट्रघाती, भएको आरोप लगाउँदै सरकारको त्यस्ता जनघाती निर्णयलाई सडकबाट परास्त गर्ने चेतावनी दिए । उनले सो निर्णय २४ घण्टा भित्र फिर्ता नलिए सशक्त सडक संघर्ष गरेर सरकार ढाल्ने चेतावनी दिए ।
नेकपा एमाले दमक नगर कमिटीको शनिबार बसेको बैठकले समेत सो निर्णयको कडा बिरोध जनाएको बताइएको छ ।

0 प्रतिकृया:

Post a Comment