भोलन्टीयर्स गठन

दमक, चैत्र ५/ दमक–१० मा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्को लिम्बुवान भोलेन्टीयर्स वडा कमिटी गठन गरिएको छ ।
शनिबार सम्पन्न भेलाले दीपक लिम्बु सिनियर प्राइमेरी कमाण्डर र प्राइमेरी कमाण्डरहरुमा प्रनिम तामाङ, सन्तोष लिम्बु, किसन लिम्बु, मनोज खत्री र रोशन धिमाल रहेका छन् ।
यस्तै सदस्यहरुमा निशान राई, रोशन धिमाल, अजय मुखिया, भीम मगर लगायत रहेका छन् । भोलेन्टीयर्सका केन्द्रीय उपकमाण्डर मोहन बेघाको प्रमुख आतिथ्यमा भएको सो भेलामा भोलेन्टीयर्सका इलाम इञ्चार्ज रजन साम्बा, संसदीय लिम्बुवान महिला परिषद्की दमक अध्यक्ष मनिषा एवई ‘महिमा’ संघीय लिम्बुवान राज्य परिषद्का नगर सदस्य लिला थापामगर, भोलेन्टीयर्सका सिनियर दमक नगर कमाण्डर असिम राई लगायतले बोलेका थिए ।

0 प्रतिकृया:

Post a Comment