राशप्रपाको वडा समिति

दमक, चैत्र ५/राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टीले दमकको १८ नम्बरमा वडा समिति बिस्तार गरेको छ ।
इन्द्रबहादुर बिष्टको अध्यक्षतामा आयोजित भेलाले खेमबहादुर दाहालको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । त्यस्तै समितिका उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः गान्धी भयडारी, भेषराज मिश्र, योगेन्द्र कटुवाल र विकास बिष्ट रहेका छन् । समितिका सदस्यहरुमा विशाल राउत, खेम मिश्र, टीकाप्रसाद भण्डारी, मनोज पौड्याल छन् ।
त्यस्तै भेलाले नगर प्रतिनिधिहरुमा क्रमशः पदम राउत, भूमिका आचार्य र इन्द्रबहादुर बिष्टलाई चयन गरेको छ भने
सल्लाहकारहरुमा राजकुमार अधिकारी र प्रेम कटुवाल छन् ।
पार्टीका जिल्ला सदस्य रामबहादुर डाँगीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अतिथिहरु जिल्ला सदस्य प्रविण चाम्लिङ्ग, हरि न्यौपाने, भीष्म भण्डारी, कृष्ण कोइराला, प्रकाश सुवेदी समेतको उपस्थिति रहेको थियो । कार्यक्रममा पदम राउतको सञ्चालन रहेको थियो ।

0 प्रतिकृया:

Post a Comment