हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

‘प्रममा सुशीलको सम्भावना सकियो’ – मुख्य समाचार

काठमाडौं, १३ पुष/एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री बन्ने सम्भावना सकिएको बताएका छन् । कोइरालाले प्रचण्डकै प्रस्तावमा आफू उम्मेदवार बनेको दावी गरेकै भोलिपल्ट बिहीबार प्रचण्डले अब कोइराला प्रधानमन्त्री बन्न नसक्ने दावी गरेका हुन् । आफ्नै नेतृत्वको ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठवन्धनको बैठकमा प्रचण्डले कोइराला प्रधानमन्त्री नबन्ने ठोकुवा गरेका हुन् । ‘सुशील प्रधानमन्त्री बन्दैनन् । उनको सम्भावना शून्य जस्तै छ’ प्रचण्डको भनाई...

आमासहित दुई बच्चा मृत फेला

उर्लाबारी, १३ पुष/पूर्वी मोरङको टाँडी गाविसमा आमासहित दुई नानीहरू मृत अवस्थामा फेला परेका छन् । आमाको पेटमा छुरा प्रहार गरिएको र छोरा र छोरी सलको पासो लगाएर झुण्डिरहेको अवस्थामा बिहीबार विहान भेटिएको हो । टाँडी–४ का लंका राईका २५ वर्षीया श्रीमती माया, तीन बर्षीया छोरी चाहना र डेढ बर्षीय छोरा मृत अवस्थामा भेटिएका हुन् । घटनाको समयमा मृतक मायाका श्रीमान् लंका घरमा नभइ खेतमा काम गर्न गएको स्थानीयबासीको उद्धृत गर्दै प्रहरीले जनाएको छ । मोरङ प्रहरीले घटनाबारे बुझ्न उर्लावारी इलाका प्रहरी कार्यालयका इन्सपेक्टर डुण्डीराज न्यौपानेको कमाण्डमा नौ जना प्रहरी...

गाविस सचिवलाई १५ सय भत्ता दिने

झापा, १३ पुष/सरकाले गाउँ विकास समितिको कामलाई प्रभावकारी बनाउन गाविस सचिवहरूलाई मासिक १५ सय रुपैयाँ भत्ता दिने भएको छ । बिहीबार मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको नियमित बैठकले तोकिएको कार्यक्षेत्रमा गई काम गर्ने गाविस सचिवहरूलाई थप १५ सय रुपैयाँ दिने निर्णय गरेको हो । बैठकले प्रधानसेनापति गौरवशम्सेर राणाको भारत भ्रमण स्वीकृत गरेको छ । बैठकले नेपाल टेलिभिजनको अध्यक्षमा सीताराम अग्रवाललाई नियुक्त गरेको मन्त्री ढकालले बताए । बैठकले रौतहटमा प्रहरीमाथि आक्रमण गर्दा ज्यान गुमाएका रमोद शाहका परिवारलाई राहत स्वरुप ५ लाख दिने निर्णय गरेको सहकारी...

निरजसहित नौ जना अग्रस्थानमा–खेल समाचार

दमक, १३ पुष/दोस्रो ध्रुवतारा कप अन्तर्राष्ट्रिय खुला वुद्धिचाल प्रतियोगिताको बिहीबार सम्पन्न दोस्रो र तेस्रो चरणका खेलहरूमा शीर्ष खेलाडीहरूले अग्रता लिएका छन् । दमकका निरज निरौला सहित फिडेमास्टर मनिष हमाल, दमकका राजन सुवेदी, गोल्डेनगेट कलेजका मदनकृष्ण कायस्थ, बिवेक लामा, सर्लाहीका चुडामणि भट्टराई, रबिन्द्र थापा, भारतका राकेश गुरुङ्ग, विवेक विशाल र कुमार गौरवले समान ३ अङ्कका साथ संयुक्तरुपमा अग्रस्थान कायम गरेका हुन् । निरजले क्रमशः भारतका तनुज मेसरन र रुकुमका मिलन रोकालाई हराएका थिए भने मनिषले दोस्रो चरणमा गोल्डेनगेट कलेजका हिमाल लामा र तेस्रो...

परामर्श नपाउँदा वैदेशिक रोजगारी असुरक्षित

बिर्तामोड, १३ पुष/वैदेशिक रोजगारका लागि तेस्रो मुलुक जाने नेपाली कामदारले सुरक्षित वैदेशिक रोजगारसम्बन्धी परामर्श नपाउँदा असुरक्षित भएको सरोकारवालाले बताएका छन् । सुरक्षित वैदेशिक रोजगार सुचना केन्द्रको प्रभावकारी सञ्चालनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा सरोकारवालाले यस्तो धारणा राखेका हुन् । सुरक्षित वैदेशिक रोजगारका लागि परामर्श, सल्लाह सुझाव दिदै आएको प्रवासी नेपाली समन्वय समितिले आयोजना गरेको कार्यक्रममा नेपालबाट वैदेशिक रोजगार जाने नेपाली कामदारको अवस्थाबारे छलफल भएको थियो । कामदारले तेस्रो मुलुकमा काम गर्न जाँदाको प्रक्रिया पूरा...

लिम्बूवान सबैका लागि : नेम्बाङ्ग

पथरी, १३ पुष/लिम्बूवान मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष वीर नेम्बाङ्गले लिम्बूवान राज्य स्थापित भएरै छाड्ने बताएका छन् । लिम्बूहरूको चाड चासोक तङ्नामको अवसरमा बिहीबार लिम्बू विद्यार्थी मञ्च मोरङले पथरीमा आयोजित लिम्बूवान सम्बन्धि अन्तरक्रिया कार्यक्रममा नेम्बाङ्गले सो कुरा बताएका हुन् । आफूले स्थापित गरेको लिम्बूवान सम्बन्धि बिचार २७ बर्षपछि बल्ल लिम्बूजन्य संगठनहरूले समेत बुझ्न थालेको उल्लेख गरे । लिम्बूवान लिम्बूको मात्र नभएको तर्क प्रस्तुुत गर्दै नेम्बाङ्गले आफ्नो संगठनमा सबैजाति समावेश रहेको समेत बताए । लिम्बू बिद्यार्थी मञ्चका मोरङ जिल्ला...

दुग्ध व्यवसायी संगठित

बिर्तामोड, १३ पुष/झापाका दुग्ध व्यवसायीहरू आफ्नो व्यवसायिक हकहितका लागि संगठित भएका छन् । उनीहरूले बिहीबार तदर्थ समिति गठन गरेका हुन् ।बिर्तामोडमा सम्पन्न पहिलो भेलाले ‘दुग्ध व्यवसायी संघ’ झापा जिल्ला तदर्थ समिति गठन गरेको संयोजक अर्जुन बिष्टले जानकारी दिए ।त्यस्तै समितिका सचिव र कोषाध्यक्षमा जयप्रसाद भट्टराई र हरि नेपाल छन् भने सदस्यहरूमा गोविन्द पोखरेल, रघुनाथ अधिकारी, महेश सुब्बा, शंकर बिष्ट, जीवन सञ्जेल, सागर सुब्बा, साझा डेरी दमक, रितिका डेरी धाइजन र अर्जुन भट्टराई रहेका छन् ...

संघको कमिटी पुनर्गठन

बिर्तामोड, १३ पुष ÷डिल्लीराम उप्रेतीको अध्यक्षतामा नेकपा मालेको भातृ संगठन प्रगतिशील युवा संघको ९ सदस्यीय जिल्ला कमिटी पुनर्गठन भएको छ ।बुधबार सुरुङ्गामा नेकपा मालेका केन्द्रीय सदस्य प्रेम दाहालको प्रमुख आतिथ्यता र जिल्ला कमिटी सचिव नवराज खरेलको अध्यक्षतामा भएको  भेलाले उपाध्यक्षमा श्याम ओली, सचिवमा श्रीप्रसाद खरेल, कोषाध्यक्षमा सन्तोष पुरीलाई चयन गरेको हो ।त्यसैगरी सदस्यहरूमा धु्रवप्रसाद खरेल, दुर्गाप्रसाद उप्रेती, कुमार मैनाली, विरेन्द्र चुडाल र सन्तोष काफ्ले रहेका छन् । उक्त भेलामा जिल्ला सदस्य काजीबहादुर खत्री, टिका अचार्य अनेरास्ववियु...

बालगृहलाई रकम हस्तान्तरण

उर्लाबारी, १३ पुष /मोरङको उर्लाबारी–४ स्थित नमुना बाल गृहलाई बिहीबार उर्लाबारी हङकङ समाजले ५० हजार १ सय रुपैया प्रदान गरेको छ  । समाजकी सदस्य राधिका थापाको स्मृतिमा समाजले गृहलाई सो रकम हस्तान्तरण गरेको हो । १ महिना अघि दुर्घटनामा परी मृत्यु भएकी थापाको स्मृतिमा सो रकम हस्तान्तरण गरेको समाजका कोषाध्यक्ष रजित कार्कीले बताए । सोही अवसरमा मृतकका बुवा रामबहादुर थापाले पनि गृहमा आश्रित बालबालिकाहरूलाई जाडोका न्यानो कपडा प्रदान गरेका छन् । गृहमा ३५ जना अनाथ बालबालिकाहरू आश्रित रहेका छन् ।...

मगर संघको जिल्ला अधिवेशन हुने

दमक, १३ पुष/नेपाल मगर संघ झापाका दशौँ जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी पुष १४–१५ गते दमकमा हुने सो अधिवेशनका सम्पूर्ण तयारी कार्य पूरा भएको आयोजकहरूले जनाएका छन् । अधिवेशनबारे दमकमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार भेटघाट कार्यक्रममा संघका जिल्ला अध्यक्ष पर्शुराम थापा मगरले अधिवेशन सफल बनाउन तयारी सकिएको जानकारी दिए । स्थानीय रेडक्रसको सभाहलमा हुने अधिवेशन  २७ वर्षीय संस्थाको अवधिमा दमकमा पहिलो पटक हुन लागेको उनले बताए । अधिवेशनको उद्घाटन संघका केन्द्रीय अध्यक्ष...

सुन्तलाबाट २८ करोड आम्दानी

इलाम, १३ पुष/जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन ५ प्रतिशत बढेको छ । उत्पादन बढेसँगै किसान यस वर्ष सुन्तला बिक्रीबाट २८ करोड रुपैयाँभन्दा बढी आम्दानी लिन सफल भएका छन् । जिल्ला कृषि विकास कार्यालय इलामका अनुसार सुन्तलाखेती किसान बढेपछि उत्पादन विस्तार भएको हो । जिल्लामा ३ सय ९ हेक्टर क्षेत्रफलबाट ४ हजार १ सय मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि विकास कार्यालयका वुद्धिराम भट्टराईले जानकारी दिए । सुन्तलाको उत्पादनबाट यस वर्ष जिल्लामा २८ करोड ७० लाख रुपैयाँ भित्रिएको छ । व्यक्तिगत रूपमा किसानले एउटै बगानबाट ३ लाख रुपैयाँसम्ममा...

श्रीमान् पक्राउ

विराटनगर, १३ पुष/मोरङको केरावारी–८ की जयन्ती तामाङको रहस्यमय ढंगले मृत्युभएपछि उनकै श्रीमान् विजय लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले लिम्बूलाई अनुसन्धानका लागि बुधबारराति नियन्त्रणमा लिएको हो । केरावारी–८ मा स्थानीय छिन्ताङ्गे भन्ने र विजय लिम्बूबीच झगडा भएको जानकारी पाएर गएको प्रहरी टोलीले लिम्बूको श्रीमती मृत अवस्थामा भेटेपछि नियन्त्रणमा लिएको हो । झगडा भएको भनेर गएपनि सुतिरहेको अवस्थामा श्रीमान् उठाउँदा उठेको र श्रीमती मृत फेला परेपछि विजयलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जानकारी दिएको छ । यता जयन्तीमा माईतीपक्षले भने विजयले...

मानसरोवरमा अखिल (क्रान्तिकारी)

दमक, १३ पुष/एकीकृत माओवादीको भातृ संगठन अखिल (क्रान्तिकारी) ले दमक–१४ स्थित मानसरोवर कलेजमा इकाई कमिटी गठन गरेको छ । बिहीबार कलेजमा भएको भेलाले योजन भट्टराईको अध्यक्षतामा कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा योगराज कार्की, सचिवमा सुष्मा न्यौपाने, सह–सचिवमा विनोद पौडेल, कोषाध्यक्षमा रेनु अर्याल र सदस्यहरूमा केवल राई, उज्ज्वल राई लगायत रहेका छन् । संगठनका सिटीइभिटी पूर्वाञ्चल क्षेत्रीय समितिका संयोजक संजिव राई र सह–संयोजक अनिल सुवेदीले बोलेका थिए ...

राप्रविसंको विज्ञान संकायमा कमिटी

दमक, १३ पुष/राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसंघ) दमक बहुमुखी क्याम्पस इकाई कमिटीले विज्ञान संकायतर्फ स्नातक दोस्रो वर्षमा कमिटी गठन गरेको छ । बिहीबार सम्पन्न भेलाले सुदिप आचार्यको अध्यक्षतामा २३ सदस्यीय कमिटी गठन गरेको हो । गठिति कमिटीको उपाध्यक्षत्रयमा आकाश रेग्मी, विकास रेग्मी, राजु घिसिङ्ग, सचिवमा निरज न्यौपाने, सहसचिवद्वयमा सञ्जित भण्डारी, विक्रम पोखरेल, कोषाध्यक्षमा सञ्जिव कार्की र सहकोषाध्यक्षमा विक्की कार्की चुनिएका छन् । संगठनका अध्यक्ष किरण भण्डारी र सचिव महावीर सुर्खेतीले संयुक्त विज्ञप्ति...

विद्यालय हिँडेकी बालिका वेपत्ता

उर्लाबारी, १३ पुष/विद्यालयमा काम छ भनेर हिडेकी एक बालिका एक साता देखि बेपत्ता भएकी छिन् । राधिका मावि उर्लाबारी–४ मा कक्षा–५ मा अध्यनरत सरस्वती सुवेदी एक साता देखि बेपत्ता भएकी वाबु निखिल सुवेदीले जानकारी दिए । विद्यालयमा काम छ भनेर विद्यालयको पोसाकमा घरबाट हिडेकी थिई बाबु निखिलले भने–दिनरात खोज्दैछु अझै सम्पर्कमा आएकी छैन् । होटल मा भाडा मस्काएर जिवीकोपार्जन गर्दै आएका बाबु निखिलले छोरीको खोजीमा सहयोग पु¥याउन संघ संस्था सञ्चारकर्मी वुद्धिजीवीहरूलाई अनुरोध गरेका छन् । यता इलाका प्रहरी कार्यालय उर्लाबारीले सरस्वतीको खोजी भइरहेको जानकारी दिएको...

भगवती उमाविमा ओडारी

शिवगञ्ज, १३ पुष/झापाको शिवगञ्ज–९ स्थित भगवती उच्च माविको विद्यालय व्यवस्थापन समिति चयन भएको छ । बुधबार विद्यालयमा सम्पन्न एक भेलाले समितिका अध्यक्षमा गजबहादुर सोडारीलाई सर्वसम्मत चयन गरेको छ । त्यस्तै, समितिका सदस्यहरूमा मणिकुमार माझी, श्रीप्रसाद चापागाईँ, निर्मला कार्की र सदस्य सचिवमा विद्यालयका प्राचार्य पदमप्रसाद दाहाल छन् । समितिले एक शिक्षक प्रतिनिधि र थप तीन सदस्य मनोनित गर्ने प्राचार्य दाहालले बताए ...

नागरिक सहायता भवन निर्माण गरिने

दमक, १३ पुष/झापाको दमकमा नागरिक सहायता कक्षको भवन निर्माण गरिने भएको छ । भवन निर्माणका लागि इलाका प्रहरी कार्यालय दमकमा भएको भेलाले रोमनाथ ओलीको अध्यक्षतामा नागरिक सहायता कक्षनिर्माण समिति गठन समेत गरेको छ । समितिको सदस्य सचिवमा प्रहरी सहायक निरीक्षक गंगा राई, सदस्यहरूमा गंगा सिटौला, प्रकाश प्रसाई, ढुण्डी भण्डारी, सन्तोष राई लगायत छन् । समितिले ६ महिनाभित्र इलाका प्रहरी कार्यालय दमक परिसरमा भवन निर्माणको काम शुरू गर्ने बताइएको छ । यसैबीच सामुदायिक प्रहरी सेवा केन्द्र दमकले आकस्मिक कोष स्थापना गरेको छ । केन्द्रको भेलाले सवारी दुर्घटना र अन्य आकस्मिक...

“मोफसलको फिल्मलाई माया गरिदिनुस्”

गोविन्द मोते – झापा दमकका व्यवसायी तथा चलचित्रकर्मी हुन् । दमकबाट आजदेखि प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘भविष्य’ का निर्माता उनी यस फिल्मबाट राम्रो व्यापार हुने विश्वासमा छन् । दमक–११ मा लामो समयदेखि पूजा टेलर्स चलाई आएका निर्माता मोतेले ‘भविष्य’ पछि ‘सती’ नामक चलचित्रको निर्माणका तयारीमा छन् । प्रस्तुत छ – मोते फिल्मस् प्रा.लि. ब्यानर तथा सीता मोतेको प्रस्तुति रहेको ‘भविष्य’ का निर्माता मोतेसँग गरिएको कुराकानी – ‘भविष्य’ फिल्म प्रदर्शनको तयारीमा छ, यो कस्तो फिल्म हो ?मोफसलबाट...

चासोक तङ्नाम र यसका प्रभाव

भूपेन्द्र खुदाङ लिम्बूचाडपर्वहरू सामाजिक सद्भाव र रीतिथिति संस्कार संस्कृति निरन्तरताको द्योतक हुन् । सबै चाड समय, मौसम परिवर्तन, ऋतु परिवर्तन अनुसार आफ्नै रीतिथितिबाट मान्ने प्रचलन पाइन्छ । खास गरेर लिम्बू समुदाय बसोवास गर्ने पूर्वी नेपाल लिम्बूवान क्षेत्र र हाल आएर विभिन्न क्षेत्रमा बसोवास गर्ने लिम्बू जातिले सामूहिक रुपमा चाडपर्व मान्दै आएका छन् । लिम्बू जाति आफ्नै मौलिक संस्कृति र संस्कार विविधताले सम्पन्न जाति हो । लिम्बू जाति प्रकृतिक पूजक हुन् । हाल विभिन्न पेशा र जीवनशैली अपनाए ता पनि...

उधौली चाड, किराती र प्रकृति

आदिम युगदेखि प्रकृतिलाई नै इश्वर मान्ने तथा प्राकृतिक नियमानुसार जीवन शैली निर्वाह गर्ने किरातीहरू प्रकृति पूजक समुदाय हुन् । किराती समुदायका लागि प्रकृतिका अन्तरवस्तुहरू महत्वपूर्ण पक्ष हुन् । किराती समुदायले सभ्यताको विकास क्रमदेखि नै प्रकृतिसँग मिल्दोजुल्दो जुन संस्कृतिलाई आत्मसाथ गरेर आएका छन्, आजको युगमा समेत त्यसले महत्व राखेको छ । यतिबेला उठेका ग्लोबल वार्मिङ, कार्बन रिडक्सन, जलवायु र प्रकृति संरक्षण जस्ता विषयहरूलाई सहज समाधान गर्न पनि प्रकृतिपूजक आदिवासीय जीवन पद्धतिले महत्व राख्ने विज्ञहरूले बताइरहेका छन् । यस अवस्थामा किराती समुदायले...

मुलुकलाई सक्षम डाक्टरको खाँचो : बुढाथोकी

कमन देवान महारानीझोडा, २ पुष/नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले वर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तामा बसिरहने नैतिक हैसियत गुमाइसकेको भन्दै मुलुकलाई सक्षम डाक्टरको खाँचो भएको बताएका छन् । झापाको महारानीझोडामा आइतबार स्व. गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठान बैगुनधुरा झापाको आयोजना तथा नेपाली कांग्रेस महारानीझोडा गाउँ समितिको सहयोगमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन गर्दै झापा क्षेत्र नम्बर ५ को पूर्व सभासद् समेत रहेका बुढाथोकीले प्रम भट्टराई...

साम्बाको नेतृत्वमा नयाँ पार्टी

दमक, २ पुष/मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् फुटाएर असन्तुष्टहरूले नयाँ पार्टीको घोषणा गरेका छन् । आइतबार धरानमा पत्रकार सम्मेलन गरी नयाँ पार्टी निर्माण भएको औपचारिक घोषणा गरेका हुन् । लिङ्देन नेतृत्वको संगठनले लिम्बुवानी आन्दोलनलाई धोका दिएको भन्दै नयाँ शक्तिको रुपमा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् (लोकतान्त्रिक) पार्टी सार्वजनिक गरेका हुन् । घोषित सो पार्टीको नेतृत्व लोकसागर साम्बाले गरेका छन् । पार्टीको चार उपाध्यक्षहरूमा दिलकुमार फोम्बो, होमप्रसाद तुम्वाहाम्फे, हरि श्रेष्ठ,...

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

सतासीधाम, २ पुष/झापाको सतासीधाम–१ डुँडामारीका ६० बर्षीय मानबहादुर नेपालीले आफ्नी ५५ बर्षीया श्रीमती सुकलक्ष्मीको हत्या गरेका छन् ।शनिबार राति ९ बजे मादक पदार्थ सेवन गरी आएका नेपालीले बञ्चरोको पासाले हिर्काएर श्रीमतीको हत्या गरेका हुन् । हत्यापछि उनी फरार भएका बताइएको छ । घटनाबारे अनुसन्धान र फरार अभियुक्तको खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ...

बन्दुक खेलाउँदा आफ्नै मृत्यु

इलाम, २ पुष/भरूवा बन्दुक पड्किएर इलामको शान्तिपुर–२ अर्जुन राईको मृत्यु भएको छ । शनिबार साँझ बारूद भरिएको बन्दुक खेलाउने क्रममा अचानक पड्किँदा राईको मृत्यु भएको हो ।आफ्नो घरमा भएको बन्दुक खेलाउँदै गर्दा अचानक पड्किएर उनको निधारमा गोली लागेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । गोली लागि उनको घटनास्थलमै ज्यान गएको थियो ...

डाकाहरूद्वारा लुटपाट

दमक, २ पुष/झापाको पाठामारीको एक घरमा शनिबारराति बम पड्काउँदै आएका भारतीय डाकाहरूले लाखौंको लुटपाट गरेका छन् । डाकाहरूको आक्रमणमा २ जना घाइतेसमेत भएका छन् ।पाठामारी २ का कुस्पतलाल राजवंशीको घरमा राति १ बजे आएको संख्या नखुलेको डाका समूहले सुतली बम पड्काउँदै नगद ६० हजार रूपैयाँ र ५ तोला बराबरका सुनका गहना लुटपाट गरेको हो । डाका समूहको आक्रमणबाट राजवंशीका छिमेकी धर्मेन्द्र राजवंशी र अमृत राजवंशी घाइते भएका छन् । उनीहरूको ओम साई अस्पताल भद्रपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो डकैती घटनामा सलंग्न डकैत समूहको खोजी भइरहेको...

एमाओवादी अध्यक्षमा अधिकारी

दमक, २ पुष/एकिकृत नेकपा माओवादीको दमक नगर कमिटीको अध्यक्षमा सिताराम अधिकारी चुनिएका छन् ।आइतबार सम्पन्न दोस्रो नगर सम्मेलनले अधिकारीको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी चयन गरेको हो । कमिटीको सचिवमा कृष्णबहादुर गोले चयन भएका छन् । कमिटीका सदस्यहरूमा शंकर बस्नेत, नगेन्द्र राई, अमर केसी, हरि धिमाल, भूमिका कोइराला, प्रेम बिमली, गणेश श्रेष्ठ, गीता अधिकारी लगायत रहेका छन् ...

म्याद नभएको औषधी वितरण

राम योङ्हाङइलाम, २ पुष/म्याद सकिएको खाद्यान्न खोजी–खोजी नष्ट गर्ने सरकारी निकायले स्वास्थ्य उपचारमा भने म्यादै नभएको औषधी वितरण गरिरहेको पाईएको छ । जिल्लाका विभिन्न आयुर्वेदिक औषधालयले उत्पादनको मात्र मिति उल्लेख भएको औषधी वितरण गरिरहेको छ । वितरण गरिएका ती औषधीको कहिलेबाट म्याद सकिने हो भन्ने मिमि उल्लेख छैन । यसरी वितरित म्याद नभएका औषधीहरू स्वास्थ्यकर्मीहरूले अन्दाजको भरमा प्रयोग गर्ने÷गराउने गरेका छन् । ‘म्यादनै उल्लेख नभएको औषधी कहिलेसम्म प्रयोग गर्ने हो, कुनै टुङ्गो नै हुँदैन’ एकतप्पा आयुर्वेदिक...

निजी ट्याक्सी चालकहरूको आन्दोलन

दमक, २ पुष/निजी ट्याक्सी चालकहरूको आन्दोलनट्याक्सी चालकहरूले निजी नम्बर प्लेटका सवारीसाधन चलाउन नदिएको भनेर बिरोध जनाएका छन् ।आइतबार बिहानै ट्राफिक प्रहरीले निजी नम्बर प्लेटका सबारी साधनलाई स्टेण्डमा राख्न नदिएपछि दमकका निजी ट्याक्सी चालकहरूले बिरोध जनाएका हुन् । उनीहरूले मेची र कोशी अञ्चलको रुट परमिट दिनुपर्ने, बिस्थापित चालकहरूलाई रोजगारीको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन् ।ट्याक्सी चालकहरूले कालो प्लेट बनाउन समस्या नहुने तर सहुलियत रुपमा परमिटको व्यवस्था गर्न माग गरेका छन् । नेपाल यातायत मजदुर संघ दमक नगर इकाइका अध्यक्ष बालकृष्ण...

झापामा जुस बनाउने उद्योग सञ्चालन

बिर्तामोड, २ पुष/पूर्वाञ्चलमै पहिलोपटक झापाको विर्तामोडमा ८ लाख बढीको लागतमा सुन्तला प्रशोधन गरी गुणस्तरीय जुस बनाउने उद्योगको सञ्चालन गरिएको छ ।विर्तामोडस्थित अनारमनी–३ मा स्थानीयवासी, एसियाली विकास बैँक, कृषि मन्त्रालय र कमर्सियल एग्रिकल्चर एलायन्सको सहयोगमा १८ लाख रुपैयाँ बढीको लागतमा आयोजना सुरु गरिएको जुस उद्योग सञ्चालक दीनानाथ शिवाकोटीले बताए ।यस वर्ष उद्योगले २० टन बढी सुन्तलाको जुस उत्पादन गर्ने लक्ष्य लिएकोे सञ्चालक शिवाकोटीले बताए । उद्योगबाट स्थानीय विपन्न समुदायका ४७ परिवार लाभान्वित हुने बताइएको छ ...

विविध कार्यक्रमका साथ जेसीज सप्ताह सम्पन्न

बिर्तामोड, २ पुष/वीरता जेसीज र वीरता लेडी जेसीज बिर्तामोड झापाको संयुक्त आयोजनामा सञ्चालन भएको जेसीज सप्ताहको एक कार्यक्रमबीच समापन भएको छ । गत २७ गतेबाट ७ वटा छुट्टाछुट्टै प्रतियोगितात्मक कार्यक्रम गरी मनाइएको जेसीज सप्ताह भव्य रुपमा सम्पन्न भएको हो । वीरता लेडी जेसीजकी संस्थापक शारदा रिजालको प्रमुख आतिथ्यमा सम्पन्न समापन कार्यक्रममा अर्जुनधारा जलेश्वर धामका पूर्व अध्यक्ष्ँ भूपाल खरेल, वीरता जेसीजका संस्थापक गोपालकुमार बस्नेत र सुरुङ्गा जेसीजका संस्थापक लीला चिमरियाले बोलेका थिए । वीरुता...

एभरेष्ट आवाज विमोचित

पथरी, २ पुष/मोरङको पथरीमा रहेको एभरेष्ट अंग्रजी आवसीय उच्चमाविबाट एभरेष्ट आवाज नामक मासिक पत्रिकाको प्रकाशन आरम्भ भएको छ । एभरेष्ट उच्च माविमा अध्ययनरत प्लस टु का विद्यार्थीहरूको समुहिक प्रयासमा प्रकाशनमा आएको उक्त पत्रिकाको एक कार्यक्रमको बीच मंसिर शुक्रबार बिमोचन गरिएको थियो । विद्यार्थीहरूमा रहेको प्रतिभालाई बाहिर प्रस्फुटन गर्ने उद्देश्यका साथ शिक्षा, साहित्य, मनोरञ्जन, प्रतिभा परिचय र विद्यालय सम्बन्धी लेख रचना प्रकाशित गर्ने उक्त पत्रिकामा प्रधान सम्पादक, सम्पादक र सह–सम्पादक क्रमश हेम गिरी, दिपेन्द्र धमला र नम्रता राई रहेका छन् ।...

लखनपुरमा सचेतना कार्यक्रम

लखनपुर, २ पुष/एचआइभी, एड्स तथा महिला दुव्र्यसन विरुद्ध जनचेतना दिने उद्देश्यले लखनपुरमा पाँच दिने अभियान सञ्चालन गरिएको छ ।  ढुकढुकी युवा क्लवले आयोजना गरेको सो कार्यक्रम लखनपुरका ५ वटा क्षेत्रमा कार्यक्रम सञ्चालन गरिन थालिएको छ । सोही अभियानको पहिलो चरणको कार्यक्रम अन्तर्गत ¥याली सहित सचेतना मूलक कार्यशाला गोष्ठीको आयोजना गरियो । सो कार्यक्रममा अधिवक्ता विमल संग्रौला, दिलीप संग्रौला, सुरेन्द्र जबेगु, खड्ग सम्बाहाम्फे लगायतले बढ्दो लागुऔषध, एचआइभी र एड्स न्यूनीकरण गर्न समुदाय जागरुक हुनुपर्ने...

अखिल (क्रान्तिकारी) को कक्षागत कमिटी

दमक, २ पुष/अखिल (क्रान्तिकारी) ले दमक बहुमुखी क्याम्पसको विज्ञान संकाय तर्पm कक्षागत कमिटी गठन गरेको छ । कक्षा –११ र १२ तर्पmको कक्षागत कमिटी अन्तर्गत गठित कमिटीको क्रमशः अध्यक्षमा अर्जु राई र आनन्द कार्की चुनिएका छन् । कक्षा –११ को सो कमिटीको इञ्चार्जमा लक्ष्मी नेपाल र १२ कक्षाको इञ्चार्जमा दिपेश घिमिरे चुनिएका छन् । आइतबार गठित सो कक्षागत भेलाले कक्षा–११ को गठित कमिटीको उपाध्यक्षद्वयमा रिवाज दाहाल, सुनु कार्की, सचिवमा सुमन लिङ्देन, सह–सचिवत्रयमा दिपेश सुनाम, पुजन डाँगी, सुन्दर चेम्जोङ्ग र कोषाध्यक्षमा ममता विष्ट लगायत छन् । त्यस्तै, कक्षा –१२...

“अनुशासन, शिक्षा र सामाजिक संरचना”

रुद्र निरौलामानिस समाज र राष्ट्रको प्रथम ईकाई हो । उसले गर्ने व्यवहार र प्राप्त गर्ने उपलब्धीहरू सबै उसले गरेको कर्ममा आधारित हुन्छन् । त्यसै हुनाले चित्त बुझाउन मान्छे आफ्नो कर्मको फल भन्ने वाक्यांश उद्घोष गर्ने गर्दछ । असल कर्म गर्न उचित शिक्षा र अनुशीलन जनजीवन आवश्यक पर्दछ । जसलाई विधि, पद्धति, कार्यतालिका, मार्ग निर्देशन, पथप्रदर्शन, तौरतरिका आदि अनेक शब्दावलीहरू प्रयोग हुने गरेका छन् । “अनु” उपसर्ग “शासन” शब्दमा जोडिएर “अनुशासन” शब्दको व्युत्पन्न भएको हो । “शिक्ष” धातुमा “आ” प्रत्यय जोडिएर “शिक्षा” शब्द बनेको छ भने “समाज” शब्दमा “इक” प्रत्यय...

विद्युत चुहावटमा सबैको ध्यान पुगोस्

विद्युत चुहावट नियन्त्रणका लागि राष्ट्रिय नीति छ । नीति भएर पनि कार्यान्वयन हुन नसकेको नीतिलाई नीति भन्नु कि नभन्नु ? यो फरक विश्लेषणको सवाल हो । यद्यपि स्थानीय तहमा यतिबेला विद्युत चुहावट नियन्त्रणका बारे औपचारिक थालनी हुन लागेको खबरले ग्रामीण भेगका जनतालाई केही उत्साह मिल्ने आशा गर्न सकिन्छ । भर्खरैमात्र झापाको दमकस्थित विद्युत प्राधिकरण दमक वितरण केन्द्रमा जिल्लाभरका विभिन्न राजनीतिक दलका नेता, प्राधिकरण प्रशासन लगायतको सहभागितामा विद्युत चुहावट नियन्त्रण गर्न विभिन्न उपायहरूको अवलम्बन गर्ने र सो कार्यमा दलीय समर्थन रहने भनी निर्णय भएको छ...

गतिरोध लम्बिए चुप लागेर बस्दिन“: राष्ट्रपति – मुख्य समाचार

पिपुल्स टाइम्स समाचारकाठमाडौं/ राजनीतिक गतिरोध लम्बिँदै गएका बेला रामवरण यादवले दलहरूबीच सहमति नहुने हो भने आफू चुप लागेर नबस्ने बताएका छन् । नेपालको अन्तरिम संविधानको भावना अनुरुप राजनीतिक दलहरूको सहमतिबाटै सरकार, बजेट, निर्वाचन, त्यसको प्रक्रिया एवम् संवैधानिक नियुक्ति जस्ता विषयमा छिटो निर्णयमा पुग्न समेत राष्ट्रपति यादवले आग्रह गरे । नेपाल चेम्बर अफ कमर्सको स्थापना दिवस–२०६९ को अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपतिले राष्ट्राध्यक्ष र सर्वसाधारण किसानसम्म सबैलाई राजनीतिक...

"एमाओवादीको अगुवाईमा षड्यन्त्र हुँदैछ"

दमक/युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले एकीकृत माओवादीको अगुवाईमा मुलुकका ठूलो षड्यन्त्र हुन लागेको बताएका छन् । शनिबार झापाको दमकमा सम्पन्न युवा संघ नेपाल झापाको आठौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दे अध्यक्ष बस्नेतले माओवादी अध्यक्ष प्रचण्ड र मुलुकका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्य निरुपण तथा मेलमिलाप आयोग गठनका नाउँमा द्वन्द्वका समयमा गरिएका व्यक्ति हत्या जस्तो जघन्य अपराधलाई ढाकछोप गर्न षड्यन्त्र थालेका आरोप लगाए । उनले माओवादी नेताका दवावमा राष्ट्रपति समक्ष सरकारले पेश गरेको आयोग...

द एभरेष्ट सहकारीमा नयाँ समिति

दमक/झापाको दमक–११ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षतामा पुनः रुद्रप्रसाद तिम्सिना (कृष्ण) चुनिएका छन् । शनिबार सहकारीको पहिलो वार्षिक साधारणसभाको बन्द सत्रले तिम्सिनाको अध्यक्षता सञ्चालक समिति सर्वसम्मत चयन गरकेको हो । गठित सञ्चालक समितिको उपाध्यक्षमा दिपक खरेल, सचिवमा धर्मानन्द भट्टराई, कोषाध्यक्षमा प्रभा न्यौपाने र सदस्यहरुमा यामजी श्रेष्ठ, हेमकुमार बाँस्तोला र रोशन गौतम चुनिएकी छिन् । दमक–११ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको प्रथम वार्षिकोत्सव कार्यक्रम । यसैगरी,...

विभिन्न चार सहकारीका साधारणसभा

दमक/झापाको दमकमा विभिन्न ४ ओटा सहकारी संस्थाहरूका वार्षिक साधारणसभा सम्पन्न भएका छन् । शनिबार सम्पन्न भएको ती चार सहकारीहरूमध्ये दमक–११ को द एभरेष्ट बचत तथा ऋण सहकारी संस्था, दमक–१० को प्रशान्ति महिला बचत तथा ऋण सहकारी संस्थामा नयाँ सञ्चालक समिति चुनिएका छन् भने दमक–११ को राष्ट्रिय बहुमुखी सहकारी संस्था र दमक–११ को दर्पण बचत तथा ऋण सहकारी संस्थाहरूले क्रमशः तेस्रो र चौथो वार्षिक साधारणसभा गरेका छन् । दमक–१३ स्थित राष्ट्रिय बहुमुखी सहकारीको साधारणसभामा सहभागीहरु । स्थानीय औषधी व्यवसायी...

‘सांस्कृतिक कार्यक्रम हेरेर पुरस्कार’

दमक/झापाको दमकस्थित गणतन्त्र चोकमा शनिबार एभरेष्ट मल्टि टेक्निकल कलेजद्वारा आयोजित दशैंतिहार विशेष साङ्गीतिक कार्यक्रम हेर्न सहभागी भएका दिवस भण्डारीले नगर आठ हजार रुपैयाँ प्राप्त गरेका छन् । चर्चित गायक हिमाल सागर लगायतका कलाकारले प्रस्तुति गरेका गीत सङ्गीतमा झुम्न पुगेका भण्डारीले कार्यक्रममा दर्शकका लागि राखिएको लक्की ड्रबाट सो पुरस्कार प्राप्त गरेका हुन् । उनले १६८९ कुपन मार्फत नगर आठ हजार रुपैयाँको पहिलो पुरस्कार प्राप्त गरेका हुन् भने कुपन नम्बर १२१८ का दोस्रा विजेताले सगरमाथा इलेक्ट्रोनिकस दमकका तर्फबाट पाँच हजार रुपैयाँ बराबरको मोबाइल...

पूर्व सभामुखको कार्यक्रम प्रभावित

चुलाचुली/पूर्व संविधानसभा अध्यक्ष तथा सभामुख सुवासचन्द्र नेम्बाङको आफ्नै निर्वाचन क्षेत्र इलाम क्षेत्र नम्बर २ का कार्यक्रमहरू लिम्बुवान भोलेन्टियर्स, नेकपा–माओवादी र नेपाल आदिवासी जनजाति महासंघ लगायतका विरोधका कारण प्रभावित भएका छन् । एमाले क्षेत्र नम्बर २ को आयोजनामा शनिबारका लागि तय गरिएका इलाम चुलाचुली–३ बाह्रगोठे र महमाईको शुक्रबारेका कार्यक्रमहरू असफल पारिएको लिमबुवान भोलेन्टियर्स रेड जोन एरिया ‘ए’ का इञ्चार्ज तिलकबम फागोले जानकारी दिए । एमाले पार्टी विशेषको कार्यक्रम बहिस्कार गरिएको नभई संविधानसभा अध्यक्ष भएर चार वर्ष कुर्सीमा बसेर पनि...

महिला बेच्ने गरको आशंकामा पक्राउ

दमक/महिलाहरूलाई विभिन्न प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा लैजाने भन्दै भारतको विभिन्न वेश्यालयहरूमा बिक्री गर्ने गरेको आरोपमा दमकका गोविन्द बराइली पक्राउ गरेका छन् । दुई दिन अघि पीडितहरूको उजुरीको आधारमा पक्राउ परेका दमक–१२ का काउनलाई दमक प्रहरीले मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा दर्ता गरेको प्रहरी सहायक निरीक्षक गंगा राईले जानकारी दिइन् । दमक–१२ की १९ वर्षीया शाह थरकी एक महिला र २ जना दाङकी महिलालाई साउदी अरब लैजाने भन्दै भारतको नयाँ दिल्लीको मैदानगढीमा बराइलीले पु¥याएका थिए । उनले शाह थरकी महिलालाई वेश्यावृत्ति गर्न लगाएको तथा प्रहरीको...

यातायात मजदुरको चेतावनी

दमक/नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दमक इकाईले शनिबार पत्रकार सम्मेलन गरेर आफ्ना इकाई कोषाध्यक्ष लक्षमण बस्नेतमाथि हातपात गर्ने व्यक्तिहरूलाई तत्काल पक्राउ नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । संगठनका इकाई अध्यक्ष मदन खड्काले बस्नेतमाथि गत असोज २३ गते दमक–१० स्थित सगरमाथा प्रेटोलपम्प अगाडि मोटरसाईकल चढेर आएका तीन जनाको समूहले विना कारण हातपात गरेको बताए । सो क्रममा बस्नेतले चलाएको गाडीको सिसा फुटेको तथा उनले लगाएको बारानाभोरको सुनको सिक्री समेत हराएको यातायात सम्बद्ध पक्षको दावी छ । संगठनका दमक इञ्चार्ज टीका भण्डारीले मे ४ प ५०७३ नम्बरको निलो...

क्यूपेकद्वारा ६ मजदुर सम्मानित

दमक/क्यूपेक नेपाल क्षेत्रीय कमिटीले पुराना ६ जना मजदुरलाई सम्मान गरेिको छ । शनिबार क्यूपेक क्षेत्र नं.–७ ले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा क्यूपेकका पुराना कार्यकर्ताहरूलाई सम्मानित गरिएको जिफन्ट झापाका जिल्ला अध्यक्ष शान्तिराम गौतमले जानकारी दिए । दमक, लखनपुर र गौरादह क्षेत्रमा क्यूपेकको विभिन्न सांगठनिक क्रियाकलापहरूमा योगदान पु¥याउने धुरणमण्डल, विश्वनाथ शाह, विमला कुमाल, धनप्रसाद राई, शुक्रराज राई र जगत कार्की सम्मानित भएका हुन् । क्यूपेकका क्षेत्रीय कमिटी अध्यक्ष भीमबहादुर तामाङको अध्यक्षतामा भएकमो सो प्रशिक्षणमा...

‘साहित्यको खुड्किलो गजल हो’

भुपेन्द्र तिम्सिना साहित्य, पत्रकारिता र कलाकारिता तीनै विधामा परिचित नाम हो । डेढ दशक यता जमेका उनी तीन वटै विधामा कलम चलाइरहेका पनि छन्् । २०४८ सालदेखि कलाकारिता, २०५० सालदेखि साहित्य र २०५३ सालदेखि पत्रकारिता पेशामा आबद्ध उनी तीनवटै विधामा बढी झुकाव राख्ने भनेर चिनिन्छन् । युवा श्रष्टा तिम्सिना मोरङ शनिश्चरे–१ का बासिन्दा समेत हुन् । गजलकारका राम्रा श्रष्टाको सूचिमा पर्ने उनले भर्खरै गजलमा ”मन उनेर मनसँग“ बजारमा ल्याएका छन् । उनै श्रष्टा तिम्सिनासँग गरिएको श्रष्टार्वार्ता : साहित्यमा किन आउनुभयो ? नाटकबाट साहित्य लेखन शुरू भएको हो । गाउँघरमा...

लिम्बुवान मुक्ति मोर्चाको कमिटी गठन

दमक/नेकपा–माओवादी सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल झापा क्षेत्र नं. ४ को क्षेत्रीय कमिटी चयन गरिएको छ । शनिश्चरेमाआयोजित मोर्चाको विस्तारित बैठक तथा प्रशिक्षणात्मक भेलाका बीच कमिटी गठन गरिएको हो । कमिटीको अध्यक्षमा नरबहादुर नेम्वाङ, सहअध्यक्षमा नरेन्द्र नेम्वाङ, सचिवमा जगत आङ्देम्वे, सहसचिवमा गणेश वेघा र कोषाध्यक्षमा सानीमाया कुरुम्वाङ रहेका मोर्चाका केन्द्रीय उपाध्यक्ष विश्वदीप लिङदेनले जानकारी दिए । कमिटी १७ सदस्यीय रहेको जनाइएको छ । मोर्चाका केन्द्रीय सचिवालय सदस्य दिपक कुरुम्वाङको प्रमुख आतिथ्य र पार्टीका क्षेत्रीय इञ्चार्ज...

किरावि संघको दोस्रो परिषद भेला शुरु

ईलाम/शैक्षिक परिवर्तन र किरात स्वायत्त राज्यको लागि संघर्ष गर्दै आएको किरात राई विद्यार्थी संघको दोस्रो परिषद भेला शुक्रबारदेखि इलाम सदरमुकाममा सुरु भएको छ । भेलाको उद्घाटन कार्यक्रममा संघको केन्द्रीय अध्यक्ष धिरेन्द्र रुम्दाली राईले जनताको चाहना अनुसारको संविधान बनाउन नसकी सभा विघटन गर्ने राजनीतिक पार्टीहरू असफल भएको बताएका छन् । राईले ठूला भनिएका दलका नेताहरू समेत फेल भएको आरोप लगाउदै जातीय पहिचान सहितको संविधान निर्माणको लागि नयाँ शक्ति निर्माणमा लाग्नुु पर्ने बताए । अध्यक्ष राईले नेपालको अव्यावहारिक शैक्षिक नीतिको आमुल परिवर्तन गर्नुपर्ने...

साहित्य चौतारीमा विकल्प

बिर्तामोड/साहित्य चौतारी झापाको १३ औं साधारणसभा टङ्क विकल्पको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गर्दै बिहीबार सम्पन्न भएको छ । चौतारीको सभाहल बिर्तामोडमा निर्वतमान अध्यक्ष केशव आचार्यको सभापतित्व, भाषाविद् चुडामणि रेग्मीको प्रमुख आतिथ्य र साहित्यकार कृष्ण धरावासीको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रमले उपाध्यक्षमा कलातर्फ पवन राजवंशी, साहित्यतर्फ लीला अन्मोल र सङ्गीततर्फ कृष्ण योन्जनलाई चयन गरेको छ भने सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः राजेन्द्र संग्रौला, सावित्रा ढुङ्काना र कृष्ण सुवेदीलाई चयन गरेको हो । त्यस्तै सदस्यहरूमा इन्दु...

साहित्य चौतारीमा विकल्प

बिर्तामोड/साहित्य चौतारी झापाको १३ औं साधारणसभा टङ्क विकल्पको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गर्दै बिहीबार सम्पन्न भएको छ । चौतारीको सभाहल बिर्तामोडमा निर्वतमान अध्यक्ष केशव आचार्यको सभापतित्व, भाषाविद् चुडामणि रेग्मीको प्रमुख आतिथ्य र साहित्यकार कृष्ण धरावासीको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रमले उपाध्यक्षमा कलातर्फ पवन राजवंशी, साहित्यतर्फ लीला अन्मोल र सङ्गीततर्फ कृष्ण योन्जनलाई चयन गरेको छ भने सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः राजेन्द्र संग्रौला, सावित्रा ढुङ्काना र कृष्ण सुवेदीलाई चयन गरेको हो । त्यस्तै सदस्यहरूमा इन्दु...

सय जना वृद्धवृद्धा सम्मानित

बिर्तामोड/अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोवर १) को अवसर पारेर विगत वर्ष झैं यस वर्ष पनि नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झापाले ७० वर्ष पार गरेका बृद्धबृद्धालाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । जिल्लाका नौ स्थानमा रहेका संस्थाका विभिन्न कार्यालयहरूमा स्थानीयलाई भेला गरी असोज १६ गतेदेखि यस्तो कार्यक्रम गरिँदै आएको हो । तीन वर्षअघिदेखि ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्न थालेको संस्थाले यस वर्ष संस्थाका छ हजार सात सय १८ जना सदस्यमध्ये ७० वर्ष पूरा गरेका करिब एक सय जनालाई जनही एक हजार नगद सहित उपहार प्रदान गरेको संस्थाका...

के (च्याब्रुङ) को उत्पत्ति : एक चर्चा

गोविन्द आङ्बुङप्राचीन किरात जातिको प्रमुख शाखामा लिम्बू आदिवासी जनजाति एक हो । यो जाति सुदूरपूर्व नेपालको लिम्बुवानमा आदिमकालदेखि बसोबास गर्दै आएका छन् । आफ्नै धर्म, संस्कृति, भाषा, लिपी र लोकसंस्कृतिमा धनी जाति मानिन्छ । लिम्बू लोक संगीतलाई (१), गीत, (२) नृत्य र (३) वाद्यसमूह गरेर तीन समूहमा बाँड्न सकिन्छ । बाजाहरुमा लिम्बू जातिको जातीय बाजा के(च्याब्रुङ्ग) हो । च्याब्रुङ बाजाको उत्पत्तिको रोचक कथाहरु छन् । लिम्बू जातिको प्रथम घर बाजाइबाले निर्माण गरेपछि धमिराले घर खाएर पटक–पटक भत्किँदा बाजाइबा...

सकारात्मक वहस नै उत्तम विकल्प – सम्पादकीय

लिम्बुवान स्वायत्त राज्यको माग गर्दै आन्दोलन गरिरहेको संघीय लोकतान्त्रिक मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् भित्र उब्जिएको विवाद समाधान तिर नभई थप चर्किदै गएको देखिन्छ । पार्टी संगठन भित्र विधान नाघेर पदाधिकारी नियुक्त गरेको विषय उठान भएपछि विधि प्रक्रिया तथा संगठन सुदृढिकरण संघर्ष समिति गठन गरेर परिषद्का सचिवालय सदस्य लोकसागर साम्बाले गतिविधि थालेकामा केही हप्ता अघि उनी निलम्बनको कार्बाहीमा परेका छन् । परिषद्का अध्यक्ष कुमार लिङ्देनले विज्ञप्ति जारी गरेर साम्बामाथि कार्बाही गरिसकेको भए पनि उनी अहिले पनि सांगठानिक गतिविधिमा सशक्त छन् ।...

‘धरासयी बन्दै इलम प्रशिक्षण केन्द्र’

विष्णु सुब्बा दमक, १२ साउन/दमकको इलम प्रशिक्षण केन्द्र धरासयी बन्दै गएको छ । सम्झौता अनुसारको सहयोग नपाएपछि पूर्वकै ट्रेड स्कूलको रुपमा स्थापित हुने लक्ष्य बोकेको केन्द्र दिनानुदिन नाजुक बन्दै गएको हो । नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी) को संयुक्त लगानीमा दमक सहित देशभर खुलिएका १० ओटा त्यस्ता ट्रेड स्कूलहरू अधिकांश बन्द हुने अवस्थामा छन् । २०६१ सालमा पहिलो चरणमा पाँचै ओटै विकास क्षेत्रहरूमध्ये दमक, नुवाकोट, कञ्चनपुर, सुर्खेत, नवलपरासीमा...