हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

प्रचण्डद्वारा ७ राज्यको प्रस्ताव – मुख्य समाचार

झलनाथले भने–‘बल्ल ठीक गर्नुभो’

काठमाडौं, चैत्र ९/संविधानसभा र राज्य पुनर्संरचना आयोगमा समेत १४ राज्यका पक्षमा वकालत गरेको एकीकृत नेकपा माओवादीले सहमतिका लागि ७ वटा राज्य बनाउनु पर्ने प्रस्ताव गरेको छ ।
केही दिनअघि राष्ट्रपतिकै उपस्थितिमा शितल निवासमा शीर्ष नेताहरुबीच भएको छलफलमा अध्यक्ष प्रचण्डले १४ वटा जातीय–क्षेत्रीय प्रदेशको सट्टा ७ वटा राज्य बनाउनुपर्ने प्रस्ताव गरेका हुन् । नेपाली कांग्रेस र एमालेले ६ देखि ८ वटा राज्यमात्र बनाउनुपर्ने अडान लिइरहेका बेला माओवादी अध्यक्षको नयाँ प्रस्तावले दलहरु संघीयताको मामिलामा सहमतिमा पुग्ने संकेत देखिएको छ ।
१४ राज्य बनाउन सम्भव पनि देखिएन, सहमति पनि हुने भएन– प्रचण्डले दलका शीर्ष नेताहरुबीच राखेको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो–‘त्यसलाई ७ वटा राज्यमा झारौं र कुरा मिलाऊं ।’ प्रचण्ड निकट पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले पनि अध्यक्ष प्रचण्डले प्रदेशहरुको संख्या घटाउने प्रस्ताव राखेको स्वीकार गरे । ‘सामथ्र्य र पहिचानलाई स्वीकार गरौं, त्यसो भए संख्या घटाउन सकिन्छ गजुरेलले भने–‘संख्याका विषयमा हामी रिजिड छैनौं ।’ प्रचण्डको प्रस्ताव सुन्नासाथ एमाले अध्यक्ष झलनाथ खनालले ‘बल्ल ठिक कुरा गर्नुभयो प्रचण्डजीले’ भन्दै समर्थन जनाएका थिए ।
त्यसबेला प्रचण्डले केही जातीय राज्यहरु गाभेर दुईवटै पहिचान झल्नििे गरी नाम राख्न सुझाव दिएका थिए । मधेसमा दुईवटा प्रदेशमात्र बनाउने, सुदुरपश्चिममा दुई प्रदेश बनाउने र नेवाः तथा ताम्सालिङ प्रदेशलाई जोड्ने प्रचण्डले प्रस्ताव गरेका छन् । मौखिक रुपमा पेश गरिएको प्रस्तावमा प्रचण्डले जातीय पहिचानलाई सम्मान गर्नुपर्ने बताएका थिए । जातीय पहिचानलाई मान्यता नदिंदा सबै दलका जातीय मोर्चा एक ठाउँमा आउनसक्ने भन्दै प्रचण्डले समस्या समाधान गर्ने गरी छलफल गर्नुपर्ने बताएका थिए ।
यसअघि केन्द्रीय समितिको बैठकमा ६ प्रदेशका बिषयमा पनि छलफल भएपनि औपचारिक रुपमा माओवादी जातीय पहिचानका आधारमा १४ राज्य हुनुपर्ने अडानमा छ । पार्टीभित्र भने १३ वटा राज्यको अभ्यास गरिरहेको छ ।

प्रतिवेदनमाथि आइतबार छलफल हुने – उपमुख्य समाचार

काठमाडौ÷राज्यपुनर्संरचना आयोगको प्रतिवेदनमाथि छलफल गर्न संविधानसभाको बैठक यही १२ गते आइतबार बस्ने भएको छ ।
संविधानसभा सचिवालयले बुधबार एक सूचना प्रकाशित गरी १२ गते दिउँसो ३ बजेका लागि संविधानसभाको बैठक आह्वान गरिएको जनाएको छ । बैठकमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले आयोगको प्रतिवेदनबारे जानकारी गराउने र सोमबारदेखि प्रतिवेदनमाथि छलफल सुरु हुनेछ ।
त्यसअघि संविधानसभा अध्यक्ष नेम्वाङले शुक्रबार संविधानसभाको राज्यपुनर्संरचना समितिका सदस्यहरुसँग परामर्श गर्ने कार्यक्रम रहेको छ । आयोगले प्रतिवेदन बुझाएको झण्डै दुइ महिनापछि संविधानसभामा छलफल हुन लागेको हो ।
संविधानसभा नियमावलीमा सहमति जुट्न नसक्दा आयोगको प्रतिवेदनमाथि छलफलमा ढिलाइ भएको थियो । आयोगको प्रतिवेदन प्रधानमन्त्री बाबुराम भट्टराईले माघ १९ गते संविधानसभाका अध्यक्षलाई हस्तान्तरण गरेका थिए ।

एमालेद्वारा सभाषद्लाई राजधानी नछाड्न ह्वीप

काठमाडौ, चैत्र ९/एमालेले संसदीय दलको अनुमति बिना राजधानी नछाड्न आफ्ना सभाषद्हरुलाई ह्वीप जारी गरेको छ । प्रमुख सचेतक भीमप्रसाद आचार्यले बुधबार ह्वीप जारी गर्दै उपत्यका बाहिर रहेका सभाषद्हरुलाई चैत १२ गतेभित्र काठमाडौं आउन भनेका हुन् ।

‘उपत्यका बाहिर रहेका सभाषद्हरुलाई चैत १२ गतेभित्र काठमाडौं उपत्यकाभित्र आउन र जेठ १४ गतेसम्म बिना अनुमति उपत्यका बाहिर नजाने एमालेसँग सम्बन्धी सबै सभाषद्हरुलाई ह्वीप जारी गरेको जानकारी गराउँदछु,’ एमालेको ह्वीपमा लेखिएको छ ।
यसैबीच एमाले स्थायी कमिटीको बुधबारको बैठकले शान्ति प्रकृया र संविधान निर्माणको सम्बन्धमा मुलुकमा गम्भीर आशंका उत्पन्न भएको भन्दै अन्य दलसँगका वार्तालाई थप घनिभूत बताउने निर्णय गरेको छ । एमालेले राज्यपुनर्संरचनाबारे पनि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको सचिव युवराज ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एमालेले सरकारले गरेको कर्मचारी सरुवामा भ्रष्टाचार भएको आरोप लगाएको छ । ‘सरकारले अनियमित र अन्यायपूर्ण तरिकाले कर्मचारीको सरुवा गर्ने, सरुवाको क्रममा भ्रष्टाचार गर्ने, कतिपय मन्त्रीहरुले कर्मचारीहरुमाथि अभद्र व्यवहार गर्ने काम गरिरहेको कुरा सार्वजनिक भइरहेको सन्दर्भमा यो बैठकको गम्भीर ध्यानाकर्षण भएको छ,’ एमालेले भनेको छ, ‘सरकारको यस किसिमको क्रियाकलापको घोर निन्दा र भत्र्सना गर्दै अनियमित सरुवा–आतङ्क बन्द गर्न र नियम बमोजिम काम गर्न जोड्दार माग गर्दछ ।’

परीक्षा केन्द्रमै तीन जना सुत्केरी

धनकुटा, चैत्र ९/धनकुटा, दोलखा र रुकुममा बुधबार सम्पन्न प्रवेशिका (एसएलसी) परीक्षामा तीनजना छात्राले बच्चा जन्माएका छन् ।
धनकुटाको ठाकुरदेवी उच्च मावि आँखिसल्ला केन्द्रमा एसएलसी परीक्षा दिइरहेको अवस्थामा १९ वर्षीया मीना राईले परीक्षा शुरु भएको एक घण्टापछि छोरालाई जन्म दिएकी हुन् । उनी पञ्चकृष्ण उमाविबाट एक्जाम्टेड परीक्षार्थीका रुपमा सामेल भएकी थिइन् । परीक्षा दिइरहेको अवस्थामा सुत्केरी व्यथा लागेपछि परीक्षा केन्द्रबाट करिब दुइ मिनेट नजिकको स्वास्थ्य चौकीमा उनलाई पु¥याइएको थियो ।
नवजात शिशुको नाम रिजल्ट राखिएको बताइएको छ ।
आमा र नवजात शिशुको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले जनाएका छन् । यसैगरी चुङमाङबाट परीक्षा दिन आएकी कोपिला राईले नवजात शिशुसँगै परीक्षा दिएकी छिन् । यसैबीच दोलखा बैतेश्वर उमावि नाम्दू परीक्षा केन्द्रमा नेपाली विषयको परीक्षा दिन जाँदै गर्दा छोरी जन्माएपछि स्थानीय स्वास्थ्य केन्द्रमै परीक्षा दिने व्यवस्था मिलाइएको छ ।
बुधबार बिहान छ बजे परीक्षा दिन आउँदै गरेकी मिरी जिरेल सुत्केरी भएपछि त्यस्तो सुविधा मिलाइएको केन्द्राध्यक्ष रविचन्द्र आचार्यले बताए । निलकण्ठेश्वर उमावि जुगुबाट परीक्षा दिन आएकी १९ बर्षीय उनले सुरक्षाकर्मीसहित नाम्दु उपस्थास्थ्य चौकीको शैय्याबाट परीक्षा दिएकी छिन् ।
यस्तै रुकुमकी सुष्मा कुँवरले परीक्षा केन्द्रमै छोरी जन्माएकी छिन् । सदरमुकाम खलंगास्थित वालकल्याण माध्यमिक विद्यालय सोलावांग केन्द्रबाट परीक्षामा सहभागी उनले परीक्षा दिएको १ घण्टामा छोरी जन्माएकी प्रहरीले जनाएको छ । यो सहित परीक्षा हलमा सुत्केरी हुने छात्रा ३ पुगेका छन् । मंगलबार पूर्वी रुकुमको तकसेरा परीक्षा केन्द्रमा सहभागी परीक्षार्थी रेखा घर्ती र प्वांगको नायगाड परीक्षा केन्द्रमा सहभागी कविता विक परीक्षा हलमै सुत्केरी भएका थिए ।


नक्कली परीक्षार्थी पक्राउ
त्यस्तै बुधबार नेपाली विषयको एसएलसी परीक्षा दिइरहेको अवस्थामा पाँचथरबाट एक नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । सरस्वती उच्च माध्यमिक विद्यालय मेमेङ परीक्षा केन्द्रमा सिम्बोल नं. ००२०६२० ‘व’ भएका सञ्जुङ आङ्बोको नाममा परक्षिा दिइरहेका सुनौल आङ्बो पक्राउ परेका हुन् ।
नक्कली परीक्षार्थी आङ्बोलाई आवश्यक कारवाहीका लागि मेमेङ प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । त्यसैगरी केन्द्राध्यक्ष भीमराज आङ्बोका अनुसार नक्कली परीक्षार्थी राख्ने आङ्बोले कारवाही स्वरुप बाँकी परीक्षा दिन नपाउने भएका छन् । जिल्ला शिक्षा अधिकारी लोकबहादुर
लोप्चनले नक्कली परीक्षार्थीलाई नियमत कारवाही गरिने बताए । जिल्लाको अन्य परीक्षा केन्द्रमा मर्यादित ढंगले परीक्षा सञ्चालन भइरहेको जिशिअ लोप्चनले बताए ।

हत्या भएको माइतीपक्षको आरोप

दमक, चैत्र ९/ मंगलबार साँझ आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी भनिएकी दमक–१२ की राधा चौधरी (पण्डित) ले आत्महत्या गरेको नभई उनको हत्या गरिएको आरोप मृतकका माइतीपक्षले लगाएका छन् ।
मृतक राधाका माइतीपक्षले बुधबार उनका श्रीमान सहित ३ जना विरुद्ध इलाका प्रहरी कार्यालय दमकमा किटानी जाहेरी दिएका छन् ।
राधाका बाबु घनश्याम पण्डितले राधाका श्रीमान सुनिल चौधरी उनका बाबु लक्ष्मी र आम निलदेवी चौधरी विरुद्ध जाहेरी दिएका हुन् । सो अघि मृतकका आफन्तहरुले शव गाडीमा राखेर विरोध जुलुस गरेका थिए । उनीहरुले राधालाई हत्या गरेपछि झुण्ड्याएको आरोप लगाएका छन् ।
२२ वर्षीया राधा र सुनिलबीच १० महिना अघि प्रेम बिवाह भएको राधाका दाजु दिनेश पण्डितले जानकारी दिएका छन् ।
यसैबीच बुधबार नै राधाको कन्काई माइ नदीमा दाहसंस्कार गरिएको छ । प्रहरीले आवश्यक अनुसन्धानका लागि आरोपित तीनै जनालाई नियन्त्रणमा लिइसकेको जनाइएको छ ।

सुरक्षार्थ खटेका प्रहरीबीच कुटाकुट

फिदिम, चैत्र ९/मंगलबार साढे नौ बजे राती छिमेकी प्रहरी पोष्ट फिदिममा सुरक्षार्थ खटेका प्रहरी एक आपसमा कुटाकुट गरेका छन् । प्रहरी जवान बिराज बस्नेत, अजित राई र बिरबहादुर राई बीच कुटाकुट भएको हो ।

सुरक्षा दिन खटेका प्रहरीहरु नै एक आपसमा कुटपिटमा उत्रेपछि स्थानीयबासी त्रसित बनेका थिए । प्रहरी पोषाकमा रहेका झगडीया एक प्रहरीको नाथ्री फुटेर रगताम्य भएका प्रत्यक्षदर्शीले बताए । केहि छिनपछि अन्य प्रहरीले उनीहरुलाई छुट्याएर जिल्ला प्रहरी कार्यालय तर्फ गाडीमा लिएर गएका थिए । उनीहरुबीच झगडा हुनाको कारण खुलेको छैन । जिम्मेवारी निर्वाह गरिरहेको अवस्थामा संगठनको अनुशासन तोड्ने प्रहरीहरुलाई छानबिन गरी विभागीय कारवाही गरिने प्रहरी निरीक्षक यामबहादुर पौडेलले बताए । यसअघि जिल्लाको सिदिन प्रहरी चौकीमा रहेका प्रहरीबीच पनि झगडा हुँदा एक आपसमा काटाकाट भएको थियो ।
यसैबीच फाक्तेप ३ का ३५ वर्षीय तिलबिक्रम चेम्जोङ्ग प्रहरीको निर्घात कुटपिटपछि उपचारका लागि फिदिम अस्पताल आएकाछन् । आइतबार स्थानीय भीमलाल चेम्जोङ्गको घरमा आगो लगाएको आरोपमा फाक्तेप प्रहरी चौकीका हवल्दार मनिल तामाङसहितको तीन प्रहरीले आफूलाई मरणासन्न हुने गरी कुटपिट गरेका तिलबिक्रमले बताए ।

एक सय बोतल मदिरा नष्ट

भद्रपुर, चैत्र ९/ आन्तरिक राजश्व कार्यालय मेची भद्रपुरले बुधबार एक सय बोतल मदिरा नष्ट गरेको छ । बिभिन्न समयमा अनुगमनका क्रममा अवैध रुपमा फेला पारिएको सो परिमाणको मदिरा कार्यालय परिसमा नष्ट गरिएको कार्यालय प्रमुख डा. नारायण ढकालले बताए ।

आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत ढकालको संयोजकत्वमा गठित ‘मदिरा बिक्री वितरण अनुगमन तथा निरीक्षण समिति’ को निर्णय अुनसार ति मदिरा नष्ट गरिएको जनाइएको छ । समितिमा  जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, होटल व्यवसायी संघ, झापा उद्योग वाणिज्य संघ, झापा उद्योग संघ, मदिरा डिलर व्यवसायी संघ लगायतका प्रतिनिधिहरु रहेका छन् । ति  मदिरा विभिन्न मितिमा बजार अनुगमनका क्रममा बिना इजाजत बिक्रीवितरण गर्ने पसलहरुबाट कब्जा गरी ल्याइएका, सशस्त्र प्रहरी बल, राजस्व एवम् भन्सार गस्ती सुरक्षा वेस, काँकडभिट्टा र सशस्त्र प्रहरी बल, सीमा सुरक्षा कार्यालय, झापाले विभिन्न स्थानमा बेवारिसे रुपमा फेला पारेको ढकालले बताए ।

आगलागीमा २४ लाख क्षति

बिर्तामोड, चैत्र ९/झापाको बुधबारे–६ मा बुधबार बिहान भएको आगलागीबाट करिब २४ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय कृष्ण दाहालको दुई तले घरमा भएको आगलागीबाट घर पूर्णरुपमा क्षति भएको छ ।
आगलागीबाट ६ तोला सुन, नगद ६० हजार लगायत घरका सबै धनमाल नष्ट भएको परिवारले जनाएको छ । बिहान साढे ८ बजेतिरबाट सुरु भएको आगलागी मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाको दमकल सशस्त्र प्रहरी, जनपथ प्रहरी तथा  स्थानीयबासीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

महसुल नतिर्ने ग्राहक कालोसूचिमा

दमक, चैत्र ९/लामो समयसम्म विद्युत महसुल नबुझाउने झण्डै अढाई सय ग्राहकलाई नेपाल विद्युत प्राधिकरणले कालोसुचीमा राखेको छ ।
६ महिना भन्दा लामो समयसम्म महसुल नबुझाउने २ सय ४६ ग्राहकलाई कालोसुचीमा राखिएको कार्यालयले जनाएको छ । वितरण केन्द्रका प्रमुख सन्तोशकुमार जैसवालका अनुसार ति मध्ये ४ जना ग्राहकले भने जरिवाना र महसुल तिरेर पुन ः लाईन जोडेका छन् । उनका अनुसार ति ग्राहकबाट महसुल र जरिवाना गरी ९५ हजार ४ सय ९ रुपैयाँ संकलन भएको छ ।
दमक बितरण केन्द्रमा हाल महसुल बक्यौता ५ करोड रुपैयाँ रहेको जनाइएको छ । सो मध्ये माओवादी लडाकुको पहिलो डिभिजनले ३५ लाख रुपैयाँ तिर्न बाँकी रहेको जैसवालले बताए ।

अलैँचीका बिरुवाको माग बढ्दो

इलाम, चैत्र ९/ पश्चिम जिल्लामा अलैचीखेती बिस्तार हुन थालेपछि बिरुवाको माग बढेको छ । अलै“ची बिरुवा उत्पादन गर्दै आएको अलै“ची विकास केन्द्र फिक्कल पान्दामले रोल्पा, लमजुङ, पर्वतलगायतका जिल्लाबाट बिरुवाको माग आउन थालेको जनाएको छ ।

पूर्वाञ्चलका पहाडी जिल्लामा व्यावसायिक रुपमा खेती हु“दै आएको अलै“ची रोल्पा, रुकुम, डोल्पा लमजुङ, काभ्रे जिल्लामा पनि किसानले बिरुवाको माग गर्न थालेपछि केन्द्रमा अलै“चीका बिरुवाको माग बढेको हो ।
दुईलाख बिरुवा बिक्री गर्ने लक्ष्य लिएको केन्द्रमा अहिले २० लाख स्वस्थ बिरुवाको माग रहेको केन्द्रका प्रमुख पद्मप्रसाद अधिकारीले बताए । ‘बिरुवाको माग उच्च भएपछि सरकारले निजी नर्सरी स्थापनामा पनि प्रोत्साहन गर्ने नीति लिएको छ’, अलै“ची विकास अधिकारीले भने । जिल्लाकै किसानलाई बिरुवा पु¥याउन गा¥हो परेको छ । यसपटक पा“चलाख बिरुवा भएपनि सबै बिक्री हुने उनले बताए ।  अलै“ची विकास केन्द्रले प्राविधिक सहयोग गरेर नर्सरी बनाउन प्रोत्साहन गर्ने नीति लिएको छ । बिरुवाको माग क्षमताभन्दा बढी रहेकाले त्यसको अभाव हुन नदिन निजी नर्सरीलाई प्रोत्साहन गर्ने नीति लिएको हो ।
किसानको सक्रितामा काभ्रेको कुश्मादेवी गाविस, तेह्रथुम, इलामको फिक्कल र फुएतप्पामा नर्सरी स्थापना गरिएको छ । पूर्वमा अन्य जिल्लाबाट भन्दा पनि इलाम जिल्लाबाट सबैभन्दा बढी अलै“चीका बिरुवाको माग रहेको छ । इलामबाहेक पा“चथर, ताप्लेजुङ, सङ्खुवासभा, रोल्पा, काभ्रे, ओखलढुङ्गा र लमजुङ जिल्लाबाट केन्द्रमा बिरुवाको माग उच्च रहेको छ । तीनवर्षमा मात्र बिरुवा रोप्न योग्य हुने भएकाले मागअनुसार वितरण गर्न नसकिएको अलै“ची विकास केन्द्रले जनाएको छ ।