हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

मेची र कन्काई फाइनलमा भिड्दै – खेल समाचार

दमक, चैत्र १६/मेची बहुमुखी क्याम्पस भद्रपुर र कनकाई कलेज बिर्तामोड दमकमा जारी टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् ।
बुधबार सम्पन्न दुई सेमिफाइनल खेलहरुमा मेचीले मोडल क्याम्पस दमकलाई ८ विकेट र कनकाईले कोहेड कलेज बिर्तामोडलाई ६ रनले हराउँदै फाइनल यात्रा पक्का गरेका हुन् ।
सम्पन्न पहिलो खेलमा टस जितेर ब्याटिङ्ग थालेको मोडलले खराब खेल्दै १८.३ ओभरमा ६३ रन मात्र जोड्न सफल भएको थियो भने मेचीका रितेश कामतीले ३ र प्रवेश कामतीले २ विकेट लिएका थिए । मेचीले ९.३ ओभरमा २ विकेटको क्षतिमा प्रवेश कामतीको २० रनको योगदानसँगै जित आफ्नो पक्षमा पारेको थियो ।
त्यस्तै बुधबारकै दोस्रो खेलमा टस जितेर ब्याटिङ्ग गरेको कनकाईले १९.२ ओभरमा बनाएको ७१ रनको झिनो योगफललाई कोहेडले पूरै ओभर क्रिजमा रहेर पनि लक्ष्य भेट्न सकेन । प्रतियोगिताको फाइनल खेल तथा समापन समारोह शुक्रबार ११ बजेदेखि हुने प्रतियोगिता संयोजक सुवास काफ्लेले बताए ।

हिमाली जडिबुटीको व्यापारबाट मनग्य आम्दानी

गाईघाट, चैत्र १६/ हिमाली Ôेत्रका जिल्ला सङ्खुवासभा तथा माथिल्लो सगरमाथा Ôेत्रबाट उदयपुरमा हिमाली जडीबुटी व्यापार गर्न झर्ने गरेका हिमाली भेगका महिला तथा पुरुÈले उदयपुरलगायत आसपासका Ôेत्रमा आई जडीबुटी बिक्री गरेर राम्रो आर्थिक आम्दानी गर्ने गरेका छन् प्रत्येक वर्Èको मंसिर महिनाबाट जेठ–असार महिनासम्म पूर्वी हिमाली Ôेत्रका बासिन्दा हिमाली जडीबुटी बिक्री गर्न उदयपुरलगायत तराईका विभिन्न जिल्लामा झर्ने गरेको पाइन्छ । यसवर्È पनि सङ्खुवासभाका झन्डै ४० महिला उदयपुरको गाईघाट आसपास Ôेत्रमा आएर हिमाली जडीबुटी बिक्री गर्ने कार्यलाई निरन्तरता दिएका छन् ।
सङ्खुवासभा ओलाङचुङ गोलाकी फूल्हामु शेर्पा विगत सात वर्Èदेखि निरन्तर गाईघाटमा हिमाली जडीबुटी बिक्री गर्दै आएकी छिन् । यसवर्È पनि शेर्पाले हालसम्म गाईघाट बजारमा हिमाली जडीबुटी बिक्री गरेर झन्डै रु एक लाख ५० हजार कमाई गरेको शेर्पा बताउ“छिन् । यस्तै ओलाङचुङगोलाकै अर्का व्यापारी मोयो डोल्मा नुचङ पनि यसपटकको जडीबुटी बिक्रीबाट आफू सन्तुष्ट रहेको बताउ“छिन् ।
घरबाट मंसिरमा नै छोराछोरी तथा श्रीमानसमेत छाडेर उदयपुर Ôेत्रमा जडीबुटी बिक्री गर्न आएको नुचङ भन्छिन्– तीन महिनाभित्र रु. एक लाखसम्म कमाई भइसकेको बताउ“छिन् । अब भने आफूहरु घर फर्कने पनि नुचुङको भनाइ छ । हिमाली भेगबाट तराईका विभिन्न जिल्लामा जडीबुटी बिक्री गर्दै व्यवसाय सञ्चालन गरेर परिवार तथा जीविका चलाउने हिमाली Ôेत्रका यी शेर्पा जाति उदयपुरको विभिन्न Ôेत्रमा लामो समयसम्म बस्ने गरेको पाइन्छ ।
यार्सा गुम्बा, याक्सिङमा, रमासिफल, सिलाजित, जिम्बु, हङचुर, पदमचाल नाम्लेको औषधी, चोङफिङ, बिकुमा, सिलटिम्बुर, पाखानबेदजस्ता जडीबुटीहरु रहेका छन् । यस्तै नीर, जेठीमधु, चुत्रो, मासिफल, काचोसिम्री, लाहा, हिङ, बतिसा, श्रृखण्ड, नुङरीजस्ता दुर्लभ औषधीसमेत यी हिमाली Ôेत्रका महिला तथा पुरुÈहरुले बिक्री गर्ने गरेका छन् । उदयपुर गाईघाटमा पनि बीसौ“जना औषधी तथा हिमाली जडीबुटी बिक्री गर्ने महिला निरन्तर सबै महिना यसरी नै औषधी तथा जडीबुटी बिक्री गर्ने पेसा अवलम्बन गर्दै आएको पाइन्छ ।

विश्व साइकलयात्री सम्मानित – प्रवास

कतार, चैत्र १६/ कतार साईकल फेडरेशनले आयोजना गरेको खाडीस्तरीय साईकल दौड प्रतियोगिताको अवसरमा विश्व साईकल यात्री सौरभ दाहाललाई भारी सम्मान गरेको छ । कतारको लुसेल ट्र्याकमा भएको खाडीस्तरीय साईकल दौड प्रतियोगितामा ४ देशका २० जना भन्दा बढी प्रतियोगीहरुले सहभागिता जनाएका थिए । गत शनिबार नेपाली समाजका अगुवा सागर नेपालले विश्व साईकल यात्री सौरभ दाहाल कतार आईसकेको जानकारी कतार साईकल फेडरेशनको कार्यालयमा गई जानकारी गराएपछि कतार साईकल फेडरेशनका जनरल सेक्रेटरी माजेद अहमद अल नायमीले दाहाललाई विशेÈ भेट र सम्मान गर्न बोलाएका हुन् ।

विश्व साईकल यात्रा अभियानको उद्देश्य के कारण्ँले गरिएको हो भनी नायमीले टेलिभिजन सञ्चारकर्मीको रोहवरमा सोधिएको प्रश्नमा सवै बालबालिकाले समान शिÔा पाउनुपर्छ, वातावरण्ँ स्वच्छ राख्न धुवा“ रहित साधन अर्थात् साईकल प्रयोग गर्नु पर्यावरण्ँ र स्वास्थ्य दुवैको लागि अति राम्रो हुने कारण्ँ बताएका थिए भने वुद्ध भारतमा जन्मिएको हो भन्ने भ्रामक दुस्प्रचार फैलाउ“दै आएकोमा त्यो भ्रम मेट्न पनि आफूले विश्व यात्राको अभियान चालेको खुलासा गरे । विश्व साईकल यात्राको अनुभव र आफूले बा“ड्दै हि“डेको सन्देश हरेक देशमा गएर अरुलाई दि“दा सन्देश कत्तिको प्रभावकारी रहेको छ त भन्ने प्रश्नको उत्तरमा दाहालले भने, मैले भ्रमण्ँ गरेको देशमा गएर सञ्चारकर्मी माझ सबैलाई मेरा भ्रमण्ँको उद्देश्यहरु बताएको हुनाले मेरो सन्देशलाई उनीहरुले राम्रो पÔको रुपमा लिएका छन् । विश्व भ्रमण्ँक्रममा त्यस्ता के कस्तो अप्ठ्यारो तथा झण्झट बेहोर्नु प¥यो ? नायमीको प्रश्नमा उनले बताए, पाकिस्तानको भ्रमण्ँक्रममा भारतीय सेनाहरुले गरेको सम्मान पत्र आफूस“ग भएकै कारण्ँले गर्दा पाकिस्तानीहरुले अपहरण्ँ गरी तीन दिन सम्म बन्दी बनाईएको घटना म कहिलै पनि भुल्न सक्दिन । पछि आङ्खनो यात्राको उद्देश्य बताएपछि उनीहरुले बन्दी मुक्त बनाएको कुरा सुनाएका थिए भने भारतमा साईकल चोरी भएको हुनाले त्यहा“ दुःख भोग्नु परेको तीतो पोखेका थिए ।
विश्व भ्रमण्ँको क्रममा कतार आएकोमा नायमीले खुशी जनाउ“दै हामी पनि यो यात्रालाई सहज बनाउन केही सहयोग गर्न चाहन्छौ“, बा“की देशको भ्रमण्ँको तयारी रहेको र त्यसको लागि त्यस्तो कस्तो सहयोग फेडरेशनले गर्न सक्छ त ? भन्ने प्रश्नमा दाहालले भने, विगत ४ वर्È देखि एउटै साईकल प्रयोग गर्दै आएको हुनाले आफूलाई लामो दुरी यात्राको लागि प्रयोग गरिने साईकलको खा“चो रहेको बताए भने बा“की खाडी राष्ट्रको भ्रमण्ँ गर्ने इच्छा व्यक्त गरेका थिए ।
विश्व साईकल यात्री दाहालको लागि पत्रकारस“गको रोहवरमा गरिएको उक्त कुराकानीको अवसरमा कतार साईकल फेडरेशनले पच्चीस सय अमेरिकी डलर साईकल खरिदार्थ दिने प्रतिबद्धता जनाएको छ भने विभिन्न खाडी राष्ट्रबाट सहभागी हुन आएका फेडरेशनका प्रतिनिधीहरुले पनि आ–आङ्खनो देशको भ्रमण्ँको लागि आफूले आर्थिक तथा अन्य Ôेत्रबाट भरमग्दुर सहयोग गर्ने आश्वाशन दि“दै याचनाको लागि जति सक्दो छिटो पत्राचार गर्न निर्देशन दिएका छन् ।

क्षतिग्रस्त भवन पुनर्निमाण भएन

उर्लाबारी, चैत्र १६//१० वर्षे जनयुद्धको समयमा तत्कालिन नेकपा माओवादीले आगजनी गरी क्षती ग्रस्त बनाएकोे मोरङको मधुमल्ला गाविस भवन अझै पुननिर्माण हुन सकेको छैन ।

२०६० साल असोज २४ गते आगजनी गरेपछि सो भवन प्रयोग विहीन अवस्थामा रहेको हो । २०२८ सालमा प्रधानपञ्च प्रेमबहादुर श्रेष्ठको पालामा निर्माण गरिएको दुई तल्लाको सो भवनमा १४ वटा कोठाहरु रहेका छन् । २०३२ सालमा कृष्ण कुमारको पालामा माथिल्लो तला थप गरिएको थियो । तल्लो तल्लाका पाँच वटा कोठामा भने अहिले साना किसान, हुलाक, अपाङ्गता लगायत सञ्चालन भएपनि अरु भने प्रयोग विहीन अवस्थामा रहेको गाविस सचिव चन्द्रप्रसाद पराजुलीले जानकारी दिए । यूएनएचसीआरले भुटानी प्रभावित क्षेत्रको विकासका लागि मधुमल्ला स्वास्थ्य चौकीको भवनमा गाविस सञ्चालन हुदै आएको छ, भने आफ्नो भवन पुनर्निर्माण चासो नदिएको स्थानीयबासी बताउँछन् । गाविसको भवन पुनर्निर्माण गरी सञ्चालन गर्न सक्ने अवस्था नरहेको प्राविधिकहरुले जानकारी दिएकाले नयाँ भवन निर्माण कार्य भईरहेको गाविसले जनाएको छ । २०६४ साल माघ ४ गते तत्कालिन शान्ति तथा पुर्निर्नर्माण मन्त्री रकम चेम्जोङले शिलान्यास गरेका गरेका थिए । निर्माण कार्य सम्पन्न भई रङ्गरोगन लगायतका काम बाँकी रहेको छ ।

हैसियत गाविस कर नगरपालिका

उर्लाबारी, चैत्र १६/मोरङको नगरोन्मुख शहर उर्लाबारीसहित ४१ वटा गाविसहरुलाई नगरपालिका घोषणा गरे पनि कार्यान्वयन हुन नसके पनि घर जग्गा बिक्रीमा मालपोत कार्यालय बेलबारीले नगरपालिकाले लिने कर बराबरको रकम लिएपछि सर्वसाधारण मारमा परेका छन् ।
चालु आर्थिक वर्र्षको बजेट भाषणमार्फत घोषणा गरेको नगरपालिका कार्यान्वयन नभएपनि कर भने नगरपालिका सरह कै लिन थालेपछि सर्वसाधारण मारमा परेका हुन् । उर्लाबारी गाविसका पूर्व उपाध्यक्ष कुमार धिमालले मालपोतले जग्गा पास गर्दा दोब्बर कर लिएर उर्लाबारीबासीलाई दोहोरो मारमा पारेकोले त्यस विरुद्ध आफू जस्तो सुकै मुल्य चुकाउन पनि पछि नपर्ने बताए । सबैको प्रतिनिधित्व गर्दै मालपोतले लिएको करका विरुद्धमा आन्दोलन गर्ने चेतावनी समेत उनले दिए ।
बारम्बार नगरपालिका कार्यान्वयन गर्न माग गर्दा पनि मन्त्री परिषद्ले अटेर गरेको उनको आरोप छ । नवघोषित उर्लाबारी नगरपालिका कार्यकारी अधिकृत मुरारी घिमिरेले घोषणा कार्यान्वयन नहुदै मालपोत कार्यालयले दोब्बर दस्तुर लिइरहेको स्वीकार गरे ।
अधिकृत घिमिरेका अनुसार उर्लाबारीलाई बजेट भने गाविस स्तरकै बजेट निकासा गरेको छ । तर मालपोत कार्यालय बेलबारीले भने घोषणा भएको मिति देखि नै नगरपालिका सरहको कर लिने माथिल्लो निकायवाट परिपत्र भएकोले तोकिए बमोजिम नै कर लिइरहेको जनाएको छ ।
उर्लाबारीका जनताले तिरेको करबाट ७५ प्रतिशत राजस्व स्थानीय उर्लाबारी क्षेत्रकै लागि छुट्टिने आश्वासन दिदै मालपोत कार्यालय भने आफू चोखो हुने प्रयासमा रहेको स्थानीयबासीको आरोप छ । सरकारले उर्लाबारीसहित मुलुक भरका ४१ वटा शहरलाई नगरपालिका घोषणा गरेपनि मन्त्री परिषद्बाट अझै पास हुन सकेको छैन ।

मुक्ति सेना भन्छन् – देशले चाँडै मुक्ति पाओस् – व्यक्ति वृत्त

धनवल राईलाई भारतीय सेनामा भर्ति, हुने र मनग्यै आम्दानी गर्ने ठूलै रहर थियो । १९७९ सालमा पाँचथरको रानीटार ८ बाँसबोटेमा जन्मेका उनी जवान हुँदा गाँउमा भारतीय सेनामा जाने युवाहरुको ताँती नै लाग्थ्यो । तर कतिपय युवा चाँहि तत्कालीन जहानिया राणा शासनका विरुद्ध गोल बद्ध हुँदै थिए । त्यसबेला राणा शाषक र उनीहरुका क्रुरताका विरुद्ध थाहै नपाई धनवल राई तत्कालीन मुक्ति सेनामा आवद्ध भए ।
आफ्ना नेता बिपी कोईरालालाई भेट्न उनी भारतको बनारस सम्म पुगे । बिपीबाट पाएको निर्देशन बमोजिम नै उनीहरु गाँउका युवाहरुलाई संगठित गर्थे र हतियार चलाउन सिक्थे ।
निभ्ने बेला चम्केको दियालो जस्तै थियो राणा शाषकहरुको दमन गाँउ गाँउमा । त्यसबेला उनी चाँहि भारतीय सेनामा भर्ति हुन भारत जाँदै थिए । तर एकजना नेताले उहाँलाई बाटै बाट फर्काए र मुक्तिसेनाको सदस्य बनाए ।

तत्कालीन मुक्ति सेनाले राणा शाषन विरुद्ध सशस्त्र आन्दोलन नै शुरु गरेको थियो । आधुनिक हतियारको पनि बन्दो बस्ति गरिएको थियो । त्यहि मुक्तिसेनामा लागेर २००७ सालमा ईलाम सदरमुकाम कब्जा गरेको उनलाई अझै सम्झना छ ।
२०१७ सालमा जननिर्वाचित सरकारलाई अपधस्त गरी राजा महेन्द्रले पञ्चायती व्यवस्था शुरु गरे पछि खुबै चर्कियो आन्दोलन । २०१८ सालको आन्दोलन गरे पछि नेपालमा बसी नसक्नु भयो, मुक्ति सेनाका सदस्यहरुलाई । त्यसैले उनी भारतको दार्जीलिङ तर्फ प्रवास पसे २०१८ सालमा । जवानीको १ चरण प्रवास तिरै बित्यो । जिउ ज्यानै बाजी लगाएर मुक्ती सेनामा भर्ना भएको धनबलको मन सधै पराई मुलुकमा अडिएन । मुक्ति सेनाको खोजी गर्ने क्रम अलि घटे पछि २०४१ साल तिर फेरि उनी आफ्नो परिवार सहित झापा तिर हानिए । झण्डै २८ हिउद बर्खा झापाको लखनपुर–३ मा बिती सक्यो । गाला चाउरीए, आखाँ धमिलो भैसक्यो तर यी आँखाले ऊ बेला आफूले सोचे जस्तो मुक्ति अझै नआएको उनको गुनासो छ । अझै किसानका खेतमा मलपानी नपुगेको, उपचार नपाएर गाँउका गरीब जनताले अकालमा ज्यान गुमाउनु परिरहेको खबर समाचार रेडियो, टेलिभिजनबाट थाहा पाउँछन् उनी । गहिरा डिलभित्र लुकेका आँखा तन्काउँदै भने–‘खै कसले पायो मुक्ति ? सबै नेताका घर ठडिएको मात्रै सुन्छु ।’
राणाहरुको क्रुरताको अन्त्य गरी जनतालाई अधिकार सम्पन्न बनाउन २००७ सालमा मुक्ति सेनामा लागेर आन्दोलन गर्दा भूमिगत नाम ज्ञानबहादुर भएका धनबल राईलाई राणा शासन, पञ्चायत शासन जस्ता एक तन्त्रीय शासन व्यवस्थामा परिवर्तन देख्न पाउँदा भने सन्तोक लागेको छ । उनलाई अब उनलाई एउटै चिन्ता छ अहिले देशमा चाँडै शान्ति आओस् ।
अहिलेका सरकार र नेताहरुले इतिहासको पटक्कै सम्मान नगरेको लागेको छ उनलाई । त्यसैले शरीरमा बरगत नभए पनि सरकार चलाउने नेताहरुलाई एक पटक भेट्ने धोको छ धनबल राईलाई । तर कुनै राहत र सहयोग माग्न होईन, देशको चिन्ता नगरेकोमा मुख भरिको गाली गर्न ।

कुटनीतिक मर्यादा विपरित राष्ट्रसंघ – दोस्रो लेख

डी.आर. आचार्य
संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनको नेपाल भ्रमण्ँ स्थगित भएको समाचार सार्वजनिक भएस“गै आज देश पुनः एकपटक निहुरिएको छ, धेरै राष्ट्रवासीको मन दुखेको छ अनि लुम्बिनीवासी खिन्न र स्तब्ध भएका छन् । नेपालले लुम्बिनी भ्रमण्ँ वर्È–२०१२ मनाइरहेका समयमा उनको भ्रमण्ँले नेपालको अन्तर्राष्ट्रिय छवि उचो हुने आशा गरिरहेका बेलामा एकाएक भ्रमण्ँ स्थगनको समाचारले शान्तिमुखि पर्यटनमार्फत राष्ट्रिय अर्थतन्त्रको टेवा पु¥याउन सकिने आशामाथि तुÈारापात भएको छ ।
लुम्बिनीको विकासका लागि संयुक्त राष्ट्रसंघमा गठित लुम्बिनी अन्तर्राष्ट्रिय विकास समितिको बैठकमा सहभागी हुन महासचिव मुन वैशाख १८ गते वुद्ध जन्मस्थल लुम्बिनी आउने निश्चित भएको थियो । बैठकमा नेपालसहित विश्वका सो समिति अन्तर्गतका १५ राष्ट्रका मन्त्रीस्तरीय प्रतिनिधि एवम् अन्य १४ वौद्ध राष्ट्रका पर्यवेÔक प्रतिनिधिका रुपमा सहभागी हुने तय भएको थियो । बैठक लुम्बिनीको विकासका लागि कोशेढुंगा सावित हुने र अन्तर्राष्ट्रियस्तरमा लुम्बिनीको विकासमा थप पहल हुने आशा धेरैले गरेका थिए । लुम्बिनी भ्रमण्ँ वर्È– २०१२ को समयमा राष्ट्रसंघीय महासचिव आउने खबरले लुम्बिनी भ्रमण्ँका स्थानीय समितिहरु पनि उत्साहित बनेका थिए । यसैबीच, मुनको आगमन अन्योल बनेको छ ।
भ्रमणका लागि उच्चस्तरीय लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिको निमन्त्रण्ाँ स्वीकारिसकेका मुनलाई सरकारले पनि औपचारिक पत्र पठाइसकेको छ । समिति संयोजक माओवादी अध्यÔ पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सदस्य कांग्रेस नेता मीनेन्द्र रिजाललगायतको कात्तिक २३ गतेको बानस“गको भेट (न्युयोर्क)ले मुनको भ्रमणका लागि मार्ग सहज बनाएको थियो ।
भ्रमण एकाएक रोकिएको भने होइन । निजी स्वार्थका लागि राष्ट्रिय प्रतिष्ठा दाउमा राख्न सक्ने होनहार ‘अधिकारकर्मी’का कारण्ँ भ्रमण रोकिएको हो । र, यसको कारक नेपाली कांग्रेस र नेकपा एमाले पनि हुन् । जतिखेर निश्चित भइसकेको मुनको ‘भ्रमण रोक्नुपर्छ’ भन्दै संयुक्त राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतम र पत्रकार कनकमण्ँि दीÔितलगायतको टोली एमाले अध्यÔ झलनाथ खनाल हु“दै कांग्रेस सभापति सुशील कोइरालासम्म पुग्यो, जतिखेर एउटा व्यक्तिप्रतिको गैरभाव र राष्ट्रप्रतिको गैरजिम्मेवारपन विभिन्न लेख रचनामार्फत पत्रपत्रिकामा छताछुल्ल भए, त्यतिबेला ती दलले मौन समर्थन जनाइरहे ।
चीनिया प्रधानमन्त्री वेन जियाबाओको भ्रमण स्थगित हु“दा सरकारले राष्ट्रिय प्रतिष्ठा दाउमा राखेको देख्ने कांग्रेस, एमाले मुनको भ्रमण स्थगित गर्न आफैं लागिपरे । चीनिया सरकारप्रमुखको भ्रमण स्थगनलाई राष्ट्रिय अस्तित्वस“ग जोडेर तथानाम गाली गर्दै तहल्का मच्चाउनु र संयुक्त राष्ट्रसंघका महासचिवको भ्रमण तोड्न समर्थन गर्नु, यो कति विडम्बनापूणर््ँ छ । बेनको भ्रमण स्थगनका सम्बन्धमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद्मा प्रष्टीकरण्ँ दिनुपर्नेसम्मका आवाज उठेका थिए ।
महासचिव मुनका साथमा अन्य १४ राष्ट्रका मन्त्रीस्तरीय प्रतिनिधि पनि नेपाल आउ“दै थिए । यो सम्मेलनले गौतम बुद्धको जन्मस्थल लुम्बिनीबारे विश्वजगतमा अझ स्पष्ट सन्देशमात्र दिने थिएन, भारतीय पुस्तक र पत्रपत्रिकामा छापि“दै आएका वुद्ध जन्मस्थलबारेका गलत टिप्पण्ँीलाई पनि विश्वसामु छर्लंग्याउ“दै थियो । तर, व्यक्तिगत स्वार्थका लागि राष्ट्रविरुद्ध जस्तोसुकै हर्कत गर्न सक्ने केही पात्रको क्रियाकलापलाई एमाले र कांग्रेसले मलजल गरे । आफूलाई भेट्न गएको टोलीलाई ‘मिति नै तय भइसकेको यसप्रकारको भ्रमण रोक्नु गलत हुन्छ’ भन्न ती दलका शीर्È नेताले सकेनन् बरु उल्टै थप ढाडस दिए र त्यहा“ राष्ट्रको बेइज्जती पनि देखेनन् ।
र, अधिकारकर्मीको खोल आढेर मत्त बनेका केही पात्रका कारण्ँ नेपालीले लज्जितमात्र बन्नुपरेको छैन, लुम्बिनीको माध्यमबाट समुन्नत राष्ट्र निर्माण्ँमा कम्मर कस्दै गरेकाहरुलाई खिन्न बनाएको छ । कूटनीतिक र आर्थिक रुपमा नेपालको हित नचाहनेहरुका कारण्ँ विकासमा सधैं अवरोध आइरहने त होइन, शंका बढेको छ ।
फेरि, नेपाल सरकारको औपचारिक निमन्त्रण्ाँ स्वीकार गर्दै कार्यक्रममा आउने मितिसमेत तय भइसकेको अवस्थामा कुनै दुई–चार व्यक्तिले ‘लबिङ’ गरेकै भरमा बिना कुनै कारण्ँ भ्रमण स्थगित गर्नु कूटनीतिक मर्यादाविपरीत हु“दैन र † ‘प्रचण्ड को हुन्’ र ‘लुम्बिनी के हो’ भन्ने कुरा दीÔित र गौतमलाई जति थाहा छ त्यो भन्दा कम अनभिज्ञ राष्ट्रसंघ छैन । यसर्थ, भ्रमणको मिति तय गर्नुअघि राष्ट्रसंघ कस्ता कार्यक्रम, बैठक या सम्मेलनमा भाग लिने र कस्तामा नलिने भन्ने विÈयमा स्पष्ट हु“दैन भने त्यो बालपन वा अपरिपक्वताबाहेक केही हुनसक्दैन । आङ्खनो कार्यादेश, Ôेत्राधिकार र सीमाबारे गैरजिम्मेवार बन्दै सदस्य राष्ट्रको प्रतिष्ठामा आ“च आउने गरी कुनै अप्िरय निणर््ँय गर्ने अधिकार राष्ट्रसंघलाई हु“दैन । त्यस्तो अवस्था आए सम्बन्धित राष्ट्रलाई चित्तबुझ्दो प्रस्टीकरण्ँ या आधिकारिक जवाफ नपठाउनु कूटनीतिक मर्यादाविपरीत हुनेमा दुई मत नहोला । राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधि रोबर्ट पाइपरले सामाजिक सञ्जाल ट्विटरमा पोस्ट गरेको धारण्ाँ नेपाल सरकारका लागि आधिकारिक जवाफ हुन सक्दैन ।
यद्यपि, कूटनीतिक मर्यादा उल्लंघन भएको यो नै पहिलो घटना भने होइन । भारत र अन्य विकसित राष्ट्र एवम् संस्थाका उच्च पदस्थ अधिकारीहरुले समय–समयमा गैरकूटनीतिक कार्य गर्दै आएका छन् । विदेशी उच्च पदस्थ अधिकारी एवम् कूटनीतिक नियोगका अधिकारी मन्त्रालय र बालुवाटार आउ“दा कूटनीतिक मर्यादा परिपालन नगरेको प्रधानमन्त्री भट्टराईको गुनासोले करिब दुई महिनाअघि सञ्चारमाध्यममा निक्कै ठाउ“ पाएका थिए । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई नेपालका लागि तत्कालीन भारतीय राजदूत राकेश सूदले ट्राउजर र चप्पलमा भेटेका तस्वीर पनि सञ्चारमाध्यममा नछाएका होइनन् । तसर्थ, राष्ट्र र राष्ट्रियताका सवालमा नेताहरुले तत्काल ठोस नीति र दृढ संकल्प तय गर्न ढिलाइ गर्नुहु“दैन । मुलुकको प्रतिष्ठा र इज्जतमा आ“च आउने किसिमका कुनै पनि प्रस्तुतिविरुद्ध एक हुनु नै सच्चा राष्ट्रवाद हो । बैठकका नाममा हरेक दिन झगडा र हानाथापमा समय बिताउने नेताहरुले दुई मिनेटमात्र भए पनि यस विÈयमा छलफल गरुन् । आङ्खना नागरिकको आत्मसम्मान रÔाको शुरुवात नै राष्ट्रियता अभिवृद्धिका लागि सच्चा जागरण्ँ अभियान हुनेछ र त्यही नै विकासका लागि कोशेढुंगा पनि बन्नेछ ।

एस.एल.सी. समिक्षा र टिप्पणी – पहिलो लेख

टंक पाठक
२०६८ सालको एस.एल.सी. परीक्षा सकियो भने पनि हुन्छ । प्रत्येक वर्ष एस.एल.सी. परीक्षा आउनु केही दिन अगाडि देखि नै ठूला–ठूल होङ्गा मचाइन्छ । विद्यार्थीहरुलाई र अभिभावकहरुलाई त्रासैत्रासले मानसिक पीडा राज्य पक्षले ल्याइदिन्छ । अनि त्यो केशरमहलले पनि विद्यार्थीहरुले जङ्गलबाट गर्जदैँ गरेको बाघ आफ्नै अगाडि आए जस्तो महसुस गर्दछन् । प्रश्न पत्र विदेशमा छाप्ने, केन्द्राध्यक्ष, निरीक्षक र परीक्षार्थीलाई कार्यवाही गरिने, सुरक्षा निकाय कडा पारिने, परीक्षाका लागि मोटो रकम खर्च गर्ने र फलामे ढोका जस्ता होहल्ला राज्य पक्षले मच्चाउनु सम्बन्धित पक्षलाई त्रसित र आतङ्कित बनाउने गरिन्छ । कक्षा १,२ लगायत सबै तहको परीक्षालाई चाही कुन ढोका भन्ने ? उनीहरुको परीक्षाको चाही केही महत्व छैन र ? त्यो के वाँसको ढोका हो ? कक्षा–१० को मात्रै फलामे ढोका ? राज्य वा केशरमहलले हेर्दा र महत्व दिँदा एस.एल.सी. लाई मात्रै हो ? एस.एल.सी. मा त दश वर्ष पार गरेर विद्यार्थी पुगेका हुन्छन् । त्यो कक्षा १ मा एक वर्ष मात्र विद्यालयमा गएका हुन्छन् । झन् फण्डेशनलाई हेर्नु र महत्व दिन पर्ने होइन र ? अनि कतिपय शिक्षक मित्रहरु पनि एस.एल.सी. आउन पन्ध्र बीस दिन छ भन्दा सुपरीटेन्डेन्ट, भिजिटरका लागि शिक्षा कार्यालय, संघ संगठन, एन्टो, परिषद् र पहुँचवालासँग धाउने आफूलाई पायक पर्ने केन्द्रमा केन्द्राध्यक्ष बनाई माग्ने र भागवण्डा मिलाउने कार्य समेत भएको देखिन्छ । पायक पर्ने केन्द्र नभए नजाने पनि केही मित्रहरु छन् । त्यस भित्र पनि केही न केही त हुनै पर्छ । वर्षै पिच्छे विभिन्न जिल्लाहरुमा केन्द्र निर्धारण केन्द्र्राध्यक्ष निरीक्षक राख्ने प्रणाली आफ्नै तालका छन् । यसले गर्दा पनि संवद्ध पक्ष आतुर हुने गरेका छन् । त्यसमा पनि बढी मात्रामा परीक्षार्थीहरु । ठूला–ठूला स्वरले कराइन्छ परीक्षालाई व्यवस्थित र मर्यादित भनेर तर विशेष गरी झापा मोरङ जिल्ला बाहेक काही पनि त्यस्तो मर्यादित तरिकाले सञ्चालन गरेको पाइँदैन । यस पालि त सबैलाई थाहा भएकै होला परीक्षा कस्तो भयो भनेर । सिराहा, सप्तरी, धनुषा, महोत्तरीमा भन्नु हुन्छ भने पैसाको चलखेलमा लागेर केन्द्राध्यक्षहरु नै चिट चोराउने कार्यमा संलग्न भएका पाइन्छ । झापामा विद्यार्थी निष्कासन केन्द्राध्यक्ष र निरीक्षकलाई कार्यवाही गरेको यसपाली त्यति सुन्नमा आएन भने अरु जिल्लाहरुमा विद्यार्थी निष्कासन र केन्द्राध्यक्ष र निरीक्षकलाई कार्यवाही गरेको सुन्नमा आयो । धेरै स्थानमा गोली नै चले, झडप भयो, लाडी चार्ज भयो । सधैँ किन यसप्रकारको कार्यले प्रमुख स्थान पाउँछ ? यो हुनु पर्छ राज्यकै गलत प्रक्रिया र गलत नीतिकै उपज हो । सुरक्षाका लागि खटाएका प्रहरी द्वारासमेत केही जिल्लाका केन्द्रमा धमाधम चिट चोराइएको खबर समेत प्राप्त भएको पाइयो । झन् यसपाली त टेष्ट परीक्षा काही लिइएन भने परीक्षा लिइएका जिल्लाहरुमा डेक्स बेन्चलाई नै पास गराइयो । अनि एस.एल.सी. परीक्षामा घाटी निमोठ्ने कार्यको मजन गाइयो । यस पालीको यो परीक्षामा निजी विद्यालयहरु पनि अति सक्रिय भएको चर्चामा आयो । निजी विद्यालयहरुले शैक्षिक गुणस्तर कायम गर्न भरमजदुर प्रयासरत भएकै देखिन्छ नै । हुन त उनीहरुले व्यवसायिक सिद्धान्त अवलम्बन गरेका छन् । उनीहरुमा आपसी ठूलो होडबाजीको चलखेत चलिराखेकै छ । त्यो होडबाजी भइ नै राख्छ । त्यो खेल भएन भने भोली विद्यार्थी शुन्यमा झर्ने सम्भावना हुन्छ । त्यसैले यो परीक्षामा टेष्ट परीक्षा भए पनि कसैलाई फेल गर्न नपाइएकोले एस.एल.सी. राम्रो अङ्क नल्याउँदा र फेल हुनेको संख्या बढ्ने डरले होला निजी विद्यालयका जिम्मेवार पक्षको सक्रियता देखिनु । अर्को पक्ष एस.एल.सी. परीक्षा मर्यादित हुन नसक्नु शिक्षकहरुलाई दोष थुपार्नु शिक्षा प्रणाली भित्र सम्बन्धित निकायको छाडापन र लापर्वाहीले पनि हो । बुझ्नै भएको छ नि २०४६ साल पछि मात्र मात्र कति जना र शिक्षामा सुधार गर्ने थोपडा भएका शिक्षा मन्त्री आए । खाली मन्त्री हुन पाए भयो । न त शिक्षा नीति देश सुहाउँदो छ न त अनुगमन र मूल्याङ्कन गर्न सकेका छन् । व्यवसायिक, रोजगारमूलक र वैज्ञानिक पद्धतिको शिक्षा लागू गरेर प्रत्येक कक्षा र एस.एल.सी. परीक्षामा सृजनात्मक र मौलिक ढङ्गका प्रश्न पत्र तयार गर्नु र उत्तर सबै प्रयोगात्मक अनि मौलिक ढङ्गबाट लेख्ने काम भएको खण्डमा काही कतै केही चोर्नै पर्दैन । किताब दिए पनि के हुन्छ र ? नत्र भने एस.एल.सी. मा मात्रै होइन त्यसदेखि उच्च शिक्षामा चोर्ने बानीको विकास कायम रहन्छ । पढ्ने र पढाउने वातावरण पनि त्यति ठीक छैन । पास सबैलाई चाहिएको छ । किन नचोर्ने र नचोराउने ? अब त नियमावली परिवर्तन हुने कुरो छ । एस.एल.सी. सायद नहोला तर १२ कक्षालार्ई फाइनलको रुपमा लिँदा त्यहाँ पनि धाँधली हुँदैन भन्न सकिन्न । पुस्तक पसलेका अनुसार यसपाली गेस पेपर अरु साल भन्दा धेरै बिक्री भए अरे अब भन्नुहोस् परीक्षा कस्तो भयो होला ?

कांग्रेस संवेदनशील बन्नु पर्छ – सम्पादकीय

भातृ संगठनको आन्तरिक विवाद झेलिरहेको नेपाली कांग्रेस भित्र पुनः मत विभाजनको स्थिति सृजना हुने संकेत देखिएको छ । औपचारिक रुपमा पार्टी महाधिवेशन पछि कांग्रेस एक भएको साझा आवाज नारामय बनेकै हो । तथापि, संस्थापन पक्ष र देउवा पक्षमा व्यवहारिक रुपले विभाजित मानसिकतामै पार्टी चलिरहेको यथार्थ आम नेपाली जनतामा जानकारी भएकै हो । पटक–पटक विभिन्न विषयहरुले कांग्रेस भित्र समस्या उत्पन्न हुँदै आएका छन् । जसमध्ये भातृ संगठनहरुको विघटन र विघटन पछि तिनलाई पुनर्जिवित गर्ने विषय महत्वपूर्ण मुद्दाका रुपमा उठ्दै आएको छ । पार्टीको केन्द्रीय समिति देखि जिल्ला र गाउँ सम्म भातृ संगठनकै विवाद कांग्रेस भित्रको चर्को मुद्दा हो, सतहमा यही देखिएको छ । आन्तरिक कारण अरु नै हुन सक्छन्, तर वहस, असहमति र अमिल्दो परिस्थितिका लागि भने भातृ संगठनकै विषय प्रमुख देखिन्छ ।
पार्टी सभापति सुशील कोइरालाले नेपाली विद्यार्थी संघ, नेपाल महिला संघ र नेपाल तरुण दल समेत तीन ओटा भातृ संगठन विघटन गरेसँगै पार्टी भित्र सुशुप्त रहँदै आएको दुई ओटा चरित्रले बाहिरी रुप लिएको देखिन्छ । त्यसयता विषयमा केन्द्रीत रहेर संस्थापन र देउवा पक्षका विभिन्न गतिविधिहरु देखिसकिएको । केही दिन अघि नेपाल विद्यार्थी संघको विघटित स्वरुपलाई सजीव गर्ने भनी १ सय १ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको थियो । पार्टी कार्यालयको सूचना पार्टी भरेर नामावली टासिएको गम सुक्न नपाउँदै देउवा पक्षका २८ जना विद्यार्थी नेताहरुले सो समितिबाट राजीनामा दिएका छन् । यो ताजा विषय हो नेपाली कांग्रेस भित्र । राजीनामा दिएका उनीहरु हातमा दही जमाएर मात्रै पनि बसेका छैनन् । मंगलबार मात्रै राजधानीमा बसेका उनीहरुको बैठकले समानान्तर समिति गठन देखि मौजुदा समितिको सम्पर्क कार्यालयमा तालाबन्दी गर्ने सम्मका तयारी गरेको खुलासा भइसकेको अवस्था छ । तसर्थ, विकसित परिस्थितिहरुले नेपाली कांग्रेसको राजनीतिक वस्तुस्थितिमा कस्तो प्रभाव पार्छ ? यस विषयमा जिम्मेवार तहबाट गम्भीर विश्लेषण गर्न जरुरी छ ।
केही हप्ता अघि मुलुकभर जनजागरणको कार्यक्रम लिएर गाउँ पसेको कांग्रेसमा रहेका यस्ता मसिना ठानिएका कांग्रेसका अधिकांश कार्यकर्ताहरुमा यतिबेला पार्टी मिलेको हो वा विग्रहकै अवस्थामा छ ? भन्ने दोधारे बुझाई छ । २००७ सालमा क्रान्तिको विगुल फुकेर प्रजातन्त्रको पक्षमा जनलहर उराल्ने कांग्रेस २०६२÷०६३ को जनआन्दोलन यता कमजोर बन्दै आएको परिस्थिति छ । लोकतन्त्र र शान्ति पुनस्र्थापनाका लागि कांग्रेसले खेलेको भूमिकालाई समेत छायाँमा पार्ने किसिमका नकरात्मक गतिविधिहरु कांग्रेस भित्र हावी हुन खोजेको आलोचकहरुको संकेत छ । कांग्रेस आलोचकहरुको भनाईमा गर्व गरेर नकरात्मक दिशा तिर जाने हो भने लोकतान्त्रिक चरित्रको राजनीतिक पार्टीका हैसियतले उसले राज्यमा विद्यमान संकटको यो घडीमा मुलुक र जनताका पक्षमा सही कार्य नगरेको ठहर हुने छ । कांग्रेस युगीन परिवर्तनका र उपलब्धीका क्षणहरुमा थप सशक्त र एक ढिक्का भएर लाग्न सके मुलुकका अन्य दलले पनि लोकतन्त्रका लागि सही पाठ सिक्ने छन् । तसर्थ, लोकतन्त्रलाई संस्थागत गर्दै संघीयता, गणतन्त्र र धर्म निरपेक्ष नेपालको आगामी कार्यदिशा बोक्ने संविधान निर्माणतर्पm कांग्रेस संवेदनशील बन्नै पर्दछ । उपलब्धी फुटेर नभई जुटेर प्राप्त हुने हो । कांग्रेस भित्र यो सामान्य वास्तविकताको बोध हुन सके हालका आन्तरिक विवादहरु सुल्झन विलम्ब हुने छैन ।

भेटघाट र कार्वाहीमा व्यस्त प्रधानमन्त्री – मुख्य समाचार

सेना समायोजनको प्रक्रिया र खर्तबारे छलफल

काठमाडौ, चैत ११ /प्रधानमन्त्री डा. बाबुराम भट्टराईले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने साना सात राजनीतिक दलसँग शान्ति, संविधान र राष्ट्रिय सहमतिको सरकार गठनका बारे शुक्रबार छलफल गरेका छन् । प्रधानमन्त्री कार्यालयमा सिंहदबारमा भएको सो छलफलमा प्रधानमन्त्री डा भट्टराईले राष्ट्रिय सहमतिको सरकार छिटो गठन गर्न आफूले प्रयास गरिरहेको बताएका थिए ।
‘उहाँले राष्ट्रिय सहमतिको सरकार गठनमा सफलता नमिले वर्तमान सरकारलाई पुनर्गठन गरेर भए पनि राष्ट्रिय सरकारको स्वरुप दिने प्रतिबद्धता जनाउनुभएको छ’ सभासद् बद्री न्यौपाने भने ।
बैठकमा नेकपा (एकीकृ) नेपाः राष्ट्रिय पार्टी, नेपाल परिवार दल, नेपाल लोकतान्त्रिक समाजवादी दल, जनमुक्ति पार्टी, चुरेभावर राष्ट्रिय एकता पार्टी र समाजवादी प्रजातान्त्रिक जनता पार्टी नेपालका प्रतिनिधिहरुको सहभागिता थियो । यस्तै प्रधानमन्त्री भट्टराईले नेपाली सेनाका प्रधानसेनापति छत्रमान गुरुङसहित उच्च तहका पदाधिकारीसँग माओवादी लडाकूको समायोजनबारे छलफल गरेका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रबार भएको छलफलमा माओवादी लडाकूको रेखदेख, पुनःस्र्थापना र समायोजनसम्बन्धी समितिले गरेको निर्णयबारे छलफल भएको थियो । छलफलमा सेनापति गुरुङ, अर्थमन्त्री वर्षमान पुन, माओवादी सेनाका डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल र सेना समायोजनसम्बन्धी सचिवालयका संयोजक बालानन्द शर्मा सहभागी थिए ।
छलफलपछि प्रवक्ता खनालले सेना समायोजनसम्बन्धी विशेष समितिले गरेको निर्णयलाई कसरी प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिन्छ भन्नेबारेमा छलफल भएको जानकारी दिए । छलफलमा सेनासमायोजनका लागि लाग्ने खर्च र समायोजनका प्रक्रियाका विविध पक्षबारे समेत विस्तृतरुपमा छलफल भएको बुझिएको छ ।
समायोजनका लागि माओवादी लडाकूका कमान्डर तथा नेपाली सेनासँग पनि अनौपचारिक तथा औपचारिक छलफल अगाडि बढाउने बिहीबार सेना समायोजन विशेष समितिमा भएको सहमतिअनुसार प्रधानमन्त्रीले शुक्रबार उनीहरुसँग छलफल गरेको हो ।
सेना समायोजन विशेष समितिको बिहीबारको बैठकले पाँच दिनभित्र सेना समायोजनको ठोस प्रस्ताव पेस गर्न सचिवालयलाई निर्देशन दिनाका साथै राजनीतिक दलहरूबीच गत कात्तिक १५ गते भएको सहमतिअनुसार समायोजनको काम अगाडि बढाउन ध्यानाकर्षण गराएको थियो । पाँच दिनभित्र समायोजन रोजेका नौ हजार ७ सय माओवादी लडाकूलाई पुनःस्र्थापना तथा स्वेच्छिक अवकाश रोज्न दिइने व्यवस्था समेत मिलाइने सचिवालयले जनाएको छ ।