क्षतिग्रस्त भवन पुनर्निमाण भएन

उर्लाबारी, चैत्र १६//१० वर्षे जनयुद्धको समयमा तत्कालिन नेकपा माओवादीले आगजनी गरी क्षती ग्रस्त बनाएकोे मोरङको मधुमल्ला गाविस भवन अझै पुननिर्माण हुन सकेको छैन ।

२०६० साल असोज २४ गते आगजनी गरेपछि सो भवन प्रयोग विहीन अवस्थामा रहेको हो । २०२८ सालमा प्रधानपञ्च प्रेमबहादुर श्रेष्ठको पालामा निर्माण गरिएको दुई तल्लाको सो भवनमा १४ वटा कोठाहरु रहेका छन् । २०३२ सालमा कृष्ण कुमारको पालामा माथिल्लो तला थप गरिएको थियो । तल्लो तल्लाका पाँच वटा कोठामा भने अहिले साना किसान, हुलाक, अपाङ्गता लगायत सञ्चालन भएपनि अरु भने प्रयोग विहीन अवस्थामा रहेको गाविस सचिव चन्द्रप्रसाद पराजुलीले जानकारी दिए । यूएनएचसीआरले भुटानी प्रभावित क्षेत्रको विकासका लागि मधुमल्ला स्वास्थ्य चौकीको भवनमा गाविस सञ्चालन हुदै आएको छ, भने आफ्नो भवन पुनर्निर्माण चासो नदिएको स्थानीयबासी बताउँछन् । गाविसको भवन पुनर्निर्माण गरी सञ्चालन गर्न सक्ने अवस्था नरहेको प्राविधिकहरुले जानकारी दिएकाले नयाँ भवन निर्माण कार्य भईरहेको गाविसले जनाएको छ । २०६४ साल माघ ४ गते तत्कालिन शान्ति तथा पुर्निर्नर्माण मन्त्री रकम चेम्जोङले शिलान्यास गरेका गरेका थिए । निर्माण कार्य सम्पन्न भई रङ्गरोगन लगायतका काम बाँकी रहेको छ ।

0 प्रतिकृया:

Post a Comment