मेची र कन्काई फाइनलमा भिड्दै – खेल समाचार

दमक, चैत्र १६/मेची बहुमुखी क्याम्पस भद्रपुर र कनकाई कलेज बिर्तामोड दमकमा जारी टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् ।
बुधबार सम्पन्न दुई सेमिफाइनल खेलहरुमा मेचीले मोडल क्याम्पस दमकलाई ८ विकेट र कनकाईले कोहेड कलेज बिर्तामोडलाई ६ रनले हराउँदै फाइनल यात्रा पक्का गरेका हुन् ।
सम्पन्न पहिलो खेलमा टस जितेर ब्याटिङ्ग थालेको मोडलले खराब खेल्दै १८.३ ओभरमा ६३ रन मात्र जोड्न सफल भएको थियो भने मेचीका रितेश कामतीले ३ र प्रवेश कामतीले २ विकेट लिएका थिए । मेचीले ९.३ ओभरमा २ विकेटको क्षतिमा प्रवेश कामतीको २० रनको योगदानसँगै जित आफ्नो पक्षमा पारेको थियो ।
त्यस्तै बुधबारकै दोस्रो खेलमा टस जितेर ब्याटिङ्ग गरेको कनकाईले १९.२ ओभरमा बनाएको ७१ रनको झिनो योगफललाई कोहेडले पूरै ओभर क्रिजमा रहेर पनि लक्ष्य भेट्न सकेन । प्रतियोगिताको फाइनल खेल तथा समापन समारोह शुक्रबार ११ बजेदेखि हुने प्रतियोगिता संयोजक सुवास काफ्लेले बताए ।

0 प्रतिकृया:

Post a Comment