हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

विद्योदयको १५ औँ वार्षिकोत्सव

गौरादह, चैत्र ४/गौरादह–८ स्थित विद्योदय शिशू सदन बोर्डिङ स्कूलको १५ औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी शुभकामना मन्तव्य राख्दै ।

झापाका जिल्ला शिक्षा अधिकारी लक्ष्मीप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका उत्कृष्ट विद्यार्थी, शिक्षक, अभिभावक तथा शेयर धनीहरुलाई सम्मान गरिएको थियो । २०६७ सालको प्रवेशिका परीक्षामा ८८ दशमलव ८९ प्रतिशत अंक ल्याएर छात्र तर्फ झापा प्रथम हुने विद्यालयका विद्यार्थी विन्द बस्नेत तथा विशिष्ट श्रेणीमा प्रवेशिका उत्तीर्ण गर्ने विद्यालयका ७ जना विद्यार्थी तथा उनीहरुका अभिभावकलाई सम्मान गरियो ।
यस्तै शिक्षकहरु दोर्ण दुलाल र दीपेन्द्र खड्कालाई जनही ५ हजार रुपैयाँसहित पुरस्कृत गरियो । यसैगरी अन्य शिक्षकहरु टेकनाथ तिम्सिना, कल्पना घिमिरे, अच्युत कार्की र माधव कोइराला समेत सम्मानित भए । बोर्डिङ सञ्चालक समितिका अध्यक्ष मणि बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ शेयर धनी तारादेवी थपलिया तथा अभिभावकहरु दीपेश बिष्ट र कल्पना थापालाई पनि सम्मान गरियो । सोहि कार्यक्रममा भएको अन्तर महिला समूह हाजिरीजवाफ प्रतियोगितामा गौराहद–४का सरस्वती महिला समूह प्रथम, वडा नम्बर–२ को शुभकामना महिला समूह दोश्रो र वडा नम्बर–८ को स्मृति महिला समूह तेश्रो भए । शिक्षक युवराज घिमिरेले सञ्चालन गरेको कार्यक्रममा प्रिन्सिपल गोपाल बरालले प्रगति प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा प्याब्सन जिल्ला अध्यक्ष नारायण भट्टराई, उपाध्यक्ष लक्ष्मण सुवेदी, बोर्डिङका पूर्व प्रिन्सिपल आरसी सुब्बा, स्थानीय अगुवा उर्मिला कार्की लगायतको आतिथ्यता रहेको थियो ।

लाइभ कन्सर्ट आज

केर्खा, चैत्र ४/झापाको तोपगाछीस्थित केर्खामा आज हुने कन्सर्टको सम्पूर्ण तयारी पूरा  भएको छ ।
स्थानीय न्यू स्टार क्लबले आयोजना गरेको कन्सर्टका लागि पोखरेली ब्याण्ड द एजका कलाकार शुक्रबार राति नै दमक आएका कार्यक्रम संयोजक गोपाल साम्राले बताए ।
यसैबीच ब्याण्डका भोकलिष्ट जीवन गुरुङले झापामा पहिलो पटक आफ्नो ब्याण्डको प्रस्तुति हुन लागेको प्रतिक्रिया दिएका छन् । झापाली दर्शकलाई भरपुर मनोरञ्जन दिइने उनले बताए ।

पीडितले अझै न्याय पाएनन्

सुनसरी, चैत्र ४/ सुनसरी र मोरङ्ग जिल्लामा सशस्त्र द्वन्द्वकालमा यौनजन्य हिंसामा परेका एक सय बढी महिला तथा बालबालिकाहरुले अझै न्याय नपाएको गुनासो गरेका छन् ।
सरकारले सशस्त्र द्वन्द्वको अवधिमा मृतक, बेपता, टुहुरा, अङ्गभङ्ग, अपहरण, विस्थापित र व्यक्तिगत सम्पत्ति क्षति भएकाहरुलाई राहत दिए पनि यौनजन्य हिंसा पीडितलाई नसमेटेको पीडितहरुको गुनासो छ ।
सुनसरी र मोरङ्गमा मात्रै एक सय जनाभन्दा बढी यौनजन्य हिंसा पीडित महिला तथा बालबालीकाहरु रहेको मानवअधिकार क्षेत्रमा क्रियाशील संघसंस्थाको तथ्याङ्क छ ।

एचआर्ईभी संक्रमित ३ जनामात्र

ताप्लेजुङ, चैत्र ४/ ताप्लेजुङमा एचआइभी संक्रमितको संख्या धेरै भएको विभिन्न संघ सस्थाले बताइ रहेका बेला जिल्ला अस्पताल ताप्लेजुङको तथ्याङ्कले हाल सम्म ३ जना मात्र एचआइभी संक्रमित रहेको बताएको छ । २०६७ सालबाट सञ्चालन  आएको यौन रोग परामर्श केन्द्रमा हाल सम्म जाँच गरिएका मध्ये ३ जनामा मात्र एचआइभी पोजेटिभ देखिएको केन्द्रका परामर्शदाता सञ्जय साहले जानकारी दिएका छन् । लगभग अढाइवर्ष देखि  निरन्तर सेवा प्रदान गदै आएको यौन रोग परामर्श केन्द्रमा अहिले महिनामा १० देखि १५ जना सम्म रगत परीक्षण गराउन  आउने गरेको परामर्श केन्द्रका परामर्श दाता सञ्जय साहले बताए । एचआइभी तथा यौनरोग परामर्श केन्द्रमा निशुल्क जांच, यौन रोगको परामर्श र निशुल्क औषधी वितरण गरिने बताइएको छ । रगत जांच गर्न आउनेले रगत जांच गर्दा गोप्य हुने र एचआइभी पोजेटिभ, नेगेटिभ, वा कुनै यौन रोग भएको वा नभएको  बारेमा कसैलाई थाहा नहुने शाहले बताए ।

पाथीभरामा जाने तिर्थालुको संख्यामा वृद्धि

ताप्लेजुङ, चैत्र ४/ रामनवमी पर्व नजिकिदै जाँदा नेपालकै प्रसिद्ध तिर्थस्थल ताप्लेजुङमा रहेको पाथीभरा जाने श्रद्धालु भक्तजनको संख्यामा वृद्धि भएको छ ।

माथिल्लो फेदीमा होटल व्यवसाय गर्दै आएका इन्द्रनारायण भट्टराईका अनुसार अहिले दिनमा २ सयको हाराहारीमा तिर्थालुहरु पाथीभराको दर्शनमा गइरहेका छन् ।
चिसो मौसम क्रमशः सकिदै गएको र हिउ पर्ने क्रम कम भएकोले पाथीभरा जानेको तिर्थयात्रीको संख्यामा वृद्धि भएको हो । गर्मी समय शुरु भइसकेका कारण अव पाथीभरा जाने तिर्थालु अझै बढ्दै जाने पाथिभरा देवी मन्दिर संरक्षण तथा सम्वर्दन समितिका अध्यक्ष डिल्लिजङ्ग मादेनले बताएका छन् ।
गुरास फुल्ने समय भएकाले र बडादशैको नौरथा पछि यो सिजनमा धेरै तिर्थालु पाथीभरा दर्शनका लागि जाने गर्दछन । पाथीभरा जानका लागि झापाबाट सुकेटार सम्म बस, र सेवारो चोक सम्म ट्याक्सी जाने गर्दछ भने विराटनगरबाट सुकेटार सम्म हवाइ सुविधा रहेको छ । सेवारो चोकबाट लगभग ५ घण्टा पैदल हिडेपछि पाथीभरा देवीको मन्दिरमा पुग्न सकिन्न्छ ।

सुन्दर छालाका लागि साथपात

सागपात र फलफूलको नियमित सेवनले मानिसको स्वास्थ्यमा निकै राम्रो प्रभाव पार्ने कुरा त हामीले थाहा पाएकै कुरा हो । हरियो सागपात र पहेँला फलफूलमा पाइने भिटामिन ए ले आँखा स्वस्थ राख्ने तथा अरु स्वास्थ्य समस्याबाट पनि बचाउने विज्ञहरु बताउँछन् ।

तर पछिल्लो अध्ययनले सागपात र फलफूलले आँखालाई मात्र होइन छाला पनि सुन्दर र स्वस्थ बनाउने तथ्य पत्ता लगाएको छ ।
स्कटल्याण्डको युनिभर्सिटी अफ सेन्ट एन्ड्रियुजका शोधकर्ताहरुले गरेको अनुसन्धानले फलफूत तथा सागपातको नियमित सेवन गर्ने मानिसको छाला सुन्दर तथा चम्किलो बन्ने र त्यसले मानिस बढी आकर्षक तथा सुन्दर देखिने तथ्य फेला परेको हो ।
अनुसन्धानका क्रममा शोधकर्ताहरुले विश्वविद्यालयका ३५ जना विद्यार्थीमाथि ६ हप्तासम्म अध्ययन गरेका थिए । उनीहरुको फलफूल तथा सागपात सेवनको दर र छालाको रंगको स्थितिका बीच तुलना गरिएको थियो । यसक्रममा सागपात र फलफूल पर्याप्त खाने विद्यार्थीहरुको छाला प्राकृतिक रातो तथा गुलाबी पहेँलो रंगमा परिवर्तन भएको थियो ।
फलफूल तथा सागपातमा हुने क्यारेटिन्वाइड भन्ने तत्वले छालाको रंग तथा स्वास्थ्यमा प्रभाव पार्ने वैज्ञानिकहरुको भनाइ छ । यस्तो तत्व पर्याप्त नभएका मानिसको छालाको रङ्ग फिक्का हुँदै जान्छ ।

धेरै घिउले शुक्रकिटमा क्षति – स्वास्थ्य

पुरुष मित्रहरु, चिल्लो पदार्थ भएका खानेकुराहरु धेरै खानुहुन्छ भने अबदेखि आफ्नो आहारामा परिवर्तन गर्नुहोला । यसो भन्दैमा चिल्लो पदार्थ खाँदै नखानुहोला भन्ने खोजेको होइन ।

चिल्लो पदार्थ भएका खानेकुराको अत्याधिक सेवनले तपाईको यौनस्वास्थ्यमा नराम्रो असर पु¥याउँछ । अमेरिकी वैज्ञानिकहरुले हालै गरको अध्ययनले धेरै चिल्लो पदार्थ खाने पुरुषहरुमा शुक्रकिटको उत्पादन कम हुने तथ्य पत्ता लगाएका छन् ।
भोजनमा बढी चिल्लो तथा जंकफुड खाने पुरुषहरुको विर्यमा शुक्रकिटको मात्रा न्यून हुने र भएका शुक्रकिटको गुणस्तर पनि कम हुने शोधकर्ताहरुको निष्कर्ष छ ।
अध्ययनका क्रममा शोधकर्ताहरुले अमेरिकी प्रजनन क्लिनिकमा आउने पुरुषहरुसँग उनीहरुको भोजनको प्रकृति र शुक्रकिटको अवस्थाका विषयमा जाँच गरेका थिए ।
बोस्टनको हार्वाड मेडिकल स्कूलका प्राध्यापक जिल अटम्यानको नेतृत्वको वैज्ञानिकहरुको टोलीले गरेको अध्ययनका क्रममा बढी चिल्लो पदार्थ खाने पुरुषहरुमा कूल शुक्रकिटको संख्या मात्र नभएर विर्यमा शुक्रकिटको घनत्व समेत कम पाइयो । चिल्लो पदार्थ बढी खाने गरेका पुरुषहरु सबैमा शुक्रकिटको मात्रा प्रतिमिलिलिटर विर्यमा १ करोड ५० लाख औषतभन्दा कम पाइएको छ ।
तर माछा तथा वनस्पति तेलमा पाइने चिल्लो पदार्थ भने तुलनात्मक रुपमा बोसो तथा घिउ जस्ता जीवजन्य चिल्लोपदार्थ भन्दा स्वास्थ्यका लागि कम हानिकारक रहेको विज्ञहरु बताउँछन् ।

मानव अधिकारका आधारतूत मान्यताहरु र नेपालको मानव अधिकार – दोस्रो लेख

डा. टिकाराम पोखरेल
१. विषय प्रवेश : “मानव अधिकार” मानव सभ्यताको सबैभन्दा उत्कृष्ट उपहार हो । एक्काइसौँ शताब्दीमा मानव अधिकार शब्द विश्वमा सबैभन्दा बढी प्रचलनमा रहेको शब्द पनि हो । मानव अधिकारको प्रतिबिम्ब पुरातन÷सनातन सभ्यता र धार्मिक ग्रन्थहरुमा पनि पाउन सकिन्छ । तर पनि वर्तमानमा हामीले भन्ने गरेको मानव अधिकार पश्चिमी सभ्यताको पछिल्लो देन हो । पछिल्लो समयमा मानव अधिकारका क्षेत्रमा नवीन मान्यताहरुको विकास हुनुका साथै औपचारिक रुपमा मानव अधिकारलाई लिपीबद्ध समेत गरिएको छ ।
विश्व इतिहासमा भएका ठूला–ठूला युद्ध विभिषिकाबाट पीडितहरुको घाउमा मलम स्वरुप मानव अधिकारका आधुनिक मान्यताहरुको विकास भएको हो । मानव जीवन अभिशाप होइन वरदान हो भन्ने गौरवको अनुभूति गराउने संयन्त्र नै मानव अधिकार हो । मानव अधिकारलाई मौलिक अधिकार, आधारभूत अधिकार, आधारभूत स्वतन्त्रता, संवैधानिक अधिकार, प्राकृतिक अधिकार, नागरिक अधिकार आदि विभिन्न नामले समेत पुकारिन्छ । मानव अधिकार खास समूह, जाति, लिङ्ग, धर्म, भाषाभाषी र नागरिकका लागि मात्र नभइ हरेक व्यक्तिले उपभोग गर्न पाउने अधिकार हो । यो नैसर्गिक ९क्ष्लजभचभलत० जन्मसिद्ध, अहरणीय क्ष्लबष्भिलबदभि ९ग्लष्खभचकब० र विश्वव्यापी अधिकार हो । मानव अधिकार सर्वव्यापी, अविभाज्य र अन्तरसम्बन्धित हुन्छ ।
मानव अधिकार कुनै पनि देशको आन्तरिक मामिला होइन । कतिपय राष्ट्रहरुले आफ्नो राजनीतिक प्रणाली, ऐतिहासिक परम्परा, सामाजिक मान्यता, धार्मिक तथा सांस्कृतिक रीतिस्थितिलाई हतियारको रुपमा प्रयोग गरी मानव अधिकारलाई आन्तरिक मामिला बताएर मानव अधिकारको सर्वव्यापकताको शास्वत मान्यतालाई अस्वीकार गर्ने प्रयत्न गरेको देखिन्छ । हरेक राष्ट्रको आफ्नै राजनीतिक प्रणाली, ऐतिहासिक परम्परा, सामाजिक मान्यता, धार्मिक तथा साँस्कृतिक रीतिस्थिति हुनसक्दछ तर मानवको मर्यादा र गरिमालाई आघात पु¥याउने प्रकारको राजनीतिक व्यवस्था, सामाजिक मान्यता, धर्म, संस्कृति, परम्परा आजको युगमा स्वीकार्य हुन सक्दैन । जुनसुकै राजनीतिक व्यवस्था, सामाजिक मान्यता, धर्म, संस्कृति, परम्परा भए पनि हरेक कुरामा मानव अधिकारको संस्कृति झल्कनु पर्दछ किनभने आजको युगमा मानव अधिकार नै एउटा संस्कृति हो ।
२. मानव अधिकारको विषय÷क्षेत्र
मानव अधिकारको क्षेत्र निर्धारण अत्यन्त विवादास्पद विषय हो । के कस्ता अधिकारहरु मानव अधिकार हुन् र के कस्ता अधिकारहरु मानव अधिकार होइनन् भन्ने विषयमा पनि तीब्र बहस पनि चलिरहेको नै छ । जसरी मानव अधिकारको बहसको विषय जति द्रुततर रुपमा बढ्दैछ त्यसरी नै मानव अधिकारका क्षेत्रहरु पनि फराकिला हुँदैछन् ।
नागरिक तथा राजनैतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्रमा जीवनको अधिकार, दासत्वबाट मुक्ति, यातनाबाट मुक्ति, कानुनी समानता, स्वैच्छाचारी गिरफ्तारीबाट मुक्ति, आवत जावतको स्वतन्त्रता, धर्मको स्वतन्त्रता, विचार र अभिव्यक्तिको स्वतन्त्रता, शान्तिपूर्ण संगठनको स्वतन्त्रता, सरकारमा भाग लिन पाउने स्वतन्त्रता, निर्वाचनमा भाग लिन पाउने स्वतन्त्रता आदिलाई मानव अधिकारको रुपमा उल्लेख गरिएको छ । यसैगरी आर्थिक, सामाजिक तथा सास्कृति अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्रमा समाजिक सुरक्षाको अधिकार, ट्रेड युनियनको अधिकार, कामको अधिकार, स्वास्थ्य, खाद्यान्न, कपडा, आवास, औषधोपचार, शिक्षा, साँस्कृतिक जीवनमा सहभागी हुन पाउने अधिकारहरुलाई उल्लेख गरिएको छ ।
यसबाहेक महिलाका अधिकार, बालबालिकाका अधिकार, अल्पसंख्यक, आप्रवासी, शरणार्थी, आन्तरिक रुपमा विस्थापित, अपाङ्गता भएका व्यक्ति, सीमान्तीकृत समूह, उपभोक्ताका अधिकार जस्ता विषयमा पनि बहस चल्ने र विभिन्न संयन्त्रहरु बन्ने क्रम पनि निरन्तर रुपमा भइरहेको छ । पछिल्लो चरणमा आएर विकासको अधिकार, शान्तिको अधिकार, स्वच्छ वातावरणको अधिकार, आत्मनिर्णयको अधिकार पनि अब मानव अधिकारको विषयको रुपमा चर्चामा देखिएका छन् ।
आज मानव अधिकारले नछुने कुनै क्षेत्र नै छैन । चाहे आर्थिक तथा सामाजिक अधिकार भनौँ वा नागरिक तथा राजनैतिक अधिकारहरु भनौँ अथवा महिला, बालबालिका, सीमान्तीकृत वर्गका अधिकार नै किन नभनौँ । अथवा युद्धरत समय, सुशासन, गरिबी, सामाजिक न्याय, जनसंख्या, खाद्यान्न समस्या वा भोकमरी, संकट, कुपोषण, शिक्षा, मनोरञ्जन, व्यवसाय, सूचना, शान्ति, वातावरण आदि सबै मानव अधिकारका क्षेत्र र विषय भएका छन् । समयको बहावसँगै मानवअधिकार र यसको क्षेत्रलाई बुझ्ने तरिकाहरुमा पनि परिवर्तन हुँदैछ ।
३. कानुनी शासन र मानव अधिकार
कानुनी शासन  च्गभि या ीबध मानव अधिकारको संरक्षण र सम्बद्र्धनका लागि अत्यन्तै महत्वपूर्ण कुरा हो । मानव अधिकारको विश्वव्यापी घोषणापत्रको प्रस्तावनामा नै “मानव अधिकारहरु कानुनी शासनद्वारा संरक्षित हुनु अति आवश्यक भएकाले” भन्ने उल्लेख हुनुले पनि मानव अधिकारको जग कानुनी शासन हो भन्ने कुरा स्पष्ट हुन्छ । कानुनी शासनमा मानव अधिकारको प्रतिविम्ब हुनुपर्दछ । त्यसैले मानव अधिकारको जग कानुनी शासन हो भने कानुनी शासनको मेरुदण्ड मानव अधिकार हो । यस अर्थमा मानव अधिकार र कानुनी शासन एक अर्काका परिपूरक पनि हुन् । कुनै पनि देशले मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय वा क्षेत्रीय महासन्धीको अनुमोदन गरेपछि ती महासन्धी विपरित कानुनहरु आफ्नो देशको राष्ट्रिय कानुनमा रहेका छन् भने पनि त्यस्ता प्रावधानहरु हटाई अन्तर्राष्ट्रिय महासन्धी अनुरुपको कानुन बनाउनुपर्दछ र त्यस्तो कानुनमा मानव अधिकारको प्रतिबिम्ब हुनुपर्दछ ।
संविधान देशको मूल कानुन हो । संविधानमा मानव अधिकारको विषय समेटिए मात्र संविधान अन्तर्गत बन्ने कानुनहरुमा पनि मानव अधिकारको प्रत्याभूति हुन सक्तछ । वास्तवमा मानव अधिकारमैत्री संविधान तथा कानुन र कानुनी शासनमा नै सभ्य राष्ट्र र समाजको प्रतिविम्ब हुन्छ । कानुनी शासनमा न्यायपालिकाको सर्वाेच्चतालाई स्वीकार गरिन्छ । अभिव्यक्ति र संगठनको स्वतन्त्रता हुन्छ । कानुन कार्यान्वयन गर्ने अधिकारीहरु स्वच्छाचारी नभई कानुन र आचारसंहिताद्वाराबद्ध हुन्छन् । कानुनी राज्यमा गैरकानुनी थुना वा स्वच्छाचारी गिरफ्तारी जस्ता कुराहरुलाई निषेध गरिन्छ ।
४. मानव अधिकारको ऐतिहासिक पृष्ठभूमि र विकास ः
मानव अधिकारको इतिहास खोज्दै जाँदा प्राचीन सभ्यता र धर्मग्रन्थहरुसम्म पुग्नुपर्ने हुन्छ । तथापि आज हामीले भन्ने गरेको मानव अधिकार आधुनिक युगको उपजको रुपमा विकास भएको हुँदा यसको विकासमा पश्चिमा मुलुकमा भएका आधुनिक इतिहासका विभिन्न घटनाहरुले महत्वपूर्ण भूमिका खेलेको छ भन्नु बढी सान्दर्भिक हुन्छ ।
तेह्रौँ शताब्दीमा बेलायतका राजाले जनतालाई अत्याधिक कर लगाउन थालेपछि बेलायती जनताले राजाको उक्त कदम विरुद्ध संघर्ष गरे । संघर्षको परिणामस्वरुप राजा र जनता बीच सन् १२१५ मा एउटा लिखित संझौता भयो । उक्त संझौतालाई म्याग्नाकार्ता ःबनलब ऋबचतब भनिन्छ । उक्त संझौतामा राजाले नियमित संसद बोलाउनुपर्ने, ऐन पारित गर्ने अधिकार संसदलाई हुने, संसदको स्वीकृति बिना कर उठाउन नपाइने, कानुनी प्रक्रिया बिना कसैलाई पनि थुनामा राख्न नपाइने जस्ता जनअधिकारका व्यवस्थाहरु गरिएका थिए । यो मानव अधिकारको आधुनिक इतिहासमा पहिलो र महत्वपूर्ण खुड्किलो थियो ।
यसपछि विश्व इतिहासमा भएका विभिन्न घटना र सैद्धान्तिक दस्तावेजहरुले मानव अधिकारको विकासमा महत्वपूर्ण योगदान पु¥याए । यस्ता घटना र दस्तावेजहरुमा सन् १६८८ को गौरवपूर्ण क्रान्ति को उपलब्धिका रुपमा आएको अधिकारपत्र, ग्रिटिसद्वारा प्रतिपादित राज्यहरुको कानुन, रुसोको सामाजिक सम्झौताको सिद्धान्त, मन्टेस्क्यूको शक्ति पृथकीकरणको सिद्धान्त, लकको मान्छेको अधिकारको सिद्धान्त, अमेरिकी स्वतन्त्रताको घोषणा, फ्रान्सेली राज्यक्रान्ति, १७८९ को उपलब्धीस्वरुप आएको नागरिकका अधिकारहरुको घोषणापत्र, १७९३ आदि महत्वपूर्ण छन् । यस्तै दासत्व महासन्धी, १९२६ र सन् १९६३ मा हेनरी ड्युनाले स्थापना गरेको घाइतेहरुको सहयोगका लागि अन्तर्राष्ट्रिय समिति ९जुन पछि गएर रेडक्रसको अन्तर्राष्ट्रिय समिति ९क्ष्ऋच्ऋ० मा परिणत भयो आदि पनि यस क्षेत्रका महत्वपूर्ण उपलब्धिहरु हुन् ।
संयुक्त राष्ट्र संघ ९१९४५० को स्थापना मानव अधिकारको इतिहासमा महत्वपूर्ण मोड हो । संयुक्त राष्ट्र संघको स्थापनाको उद्देश्य नै शान्तिसुरक्षा, विवादको शान्तिपूर्ण समाधान, समानता, आत्मनिर्णयको सिद्धान्तको सम्मान, मानव अधिकार तथा मौलिक स्वतन्त्रताको सम्मान गर्नमा अन्तर्राष्ट्रिय स्तरमा भूमिका खेल्नु रहेको छ । संयुक्त राष्ट्र संघको बडापत्र ले उच्चतर जीवन, रोजगार, आर्थिक सामाजिक प्रगति तथा जाति, लिङ्ग, धर्म र भाषाको भेदभाव बिना सबैको समान मानव अधिकार जस्ता कुराहरुलाई जोड दिएको छ ।  यी सबै मानव अधिकारका विषय भएकाले संयुक्त राष्ट्र संघको स्थापना हुनु मानव अधिकारको दृष्टिले महत्वपूर्ण मानिएको छ । दोस्रो विश्वयुद्धमा भएको मानव नरसंहार र युद्धमा भएका मानव अधिकारको उल्लंघनका घटनाहरुबाट पाठ सिक्दै शान्ति सुरक्षा, विश्व भाइचारा र मानव अधिकारको रक्षाको लागि संयुक्त राष्ट्र संघको स्थापना भएकोले संयुक्त राष्ट्र संघको बडापत्रले ९ग्लष्तभम ल्बतष्यलक ऋजबचतभच०  मानव अधिकारका विषयलाई व्यापक सम्बोधन गरेको छ ।

कोरा कल्पना र वास्तविक यथार्थता – पहिलो लेख

राम प्रधान
समाज र सामाजिक रुपान्तरणमा जीवनले थुप्रै तिता मिठा कल्पना र अनुभव सङ्गालेको हुन्छ । मानव जीवनमा कल्पनाको शिखरहरु र कल्पनाका छालहरुले हरेक प्रकारको उतार–चढाव आउँछन् । प्रत्येक मावनको कल्पनाहरुमा मिठा–मिठा, सुन्दर जीवन निर्माणको सपना साचेको हुन्छ, कल्पनाको महलहरु बनाउन समय र धन खर्च गर्नु पर्दैन । मानिसले कल्पनामा संसारका सबैथोक जित्छ । संसारमा शक्तिशाली बन्न सक्दछ । गुण्डागर्दी र दादागिरीको हिसाबले, पाखुराहरु र तिघ्राहरुको हिसाबले धन सम्पत्तिको हिसाबले क्षणिक रुपमा बलवान बन्न सक्छ । कतिपय कोरा कल्पनाहरु अवास्तविक कुराहरुको भरमा संसारका सबथोक कब्जा गर्ने लहडहरु आउँछन् । कल्पनाको बाढीहरुले थुप्रैलाई बगाउन सक्छ । कल्पना नै कल्पनाको महलमा मानिसहरु डुब्न र डुबाउन सक्दछन् । सामाजिक कल्पना, आर्थिक कल्पना, सांस्कृतिक कल्पना, भौतिक कल्पना लगायतका सयौँ कल्पनाहरुले मानिसको मष्तिष्कको भण्डारणमा थाक लागेको हुन्छ । केही कल्पनाहरुले वास्तविक रुप धारण गर्न सक्दछ भने धेरै कल्पना केवल कोरा कल्पनाहरुको रुपमा मात्र सीमित हुन्छ । जुन कल्पना वास्तविक यथार्थता भन्दा टाढा हुन्छ । धेरै जालझेल, षड्यन्त्रकारहरुले कोरा कल्पनामा डुबाएर समय वर्वाद गराउने काम भएको छ । धेरै प्रकारका, प्रवृत्तिको कल्पनाहरु वास्तविकता बिनाको हुन्छन् । र अवास्तविक कल्पनाहरु कोरामात्र कल्पित हुन्छन् ।
त्यस्तै नेपालको विभिन्न क्षेत्रहरुमा विशेष गरेर राजनीतिक रुपान्तरणको बारेमा धेरै कोरा कल्पनाहरुले देशलाई र जनजीविकालाई वर्वाद गर्ने काम गरिएको छ । आज समाजमा झाङ्गिएको विकृति, विसंगतिहरुले गर्दा युवापीढिहरुको एउटा पाटो वर्वादीको खाडलमा जाकिँदैछ । कैयौँँ मानिसहरुको दिमागमा कुकर्म र अपराध गर्दा मात्र मोज मस्ती गर्न पाइन्छ भन्ने धारणाको विकास भएको छ । विकास निर्माणको क्षेत्रमा विभिन्न व्यक्तिहरु र संघसंस्थाको नाममा प्रतिशत भाग बण्डा, प्राविधिकहरुलाई प्रशस्त सेवा, सुविधा, नाजायज फाइदाहरु दिएर बहसमा पार्ने र घटिया भौतिक संरचनाहरु स्वीकृति गराउने प्रवृत्तिले बनाइनसकी भौतिक सम्पत्तिहरु भत्किएर, बिग्रिंएर गइरहेकोे छ । अब मेहनतको कमाईमा बाँच्ने भन्दा गलत ढङ्गले, कुकर्म गरेर, आर्थिक अपराध गरेर जीवनयापन गर्ने प्रवृत्ति बढ्दो मात्रामा छ । वैदेशिक रोजगारको नाममा हजारौँ युवा ठगिदा, लुटिँदा सरकार र सरकारका निकायहरु ठाडो कानसम्म लगाउँदैनन् । खेतीमा बानीलानी लगाउने मौसममा कृषकहरु मल किन्न पाउँदैन । गुणस्तरीय बिउ पाउँदैनन् जनताको जीउ, धनको शान्ति सुरक्षा दिने बारेमा सरकारको चिन्तन छैन । गरीब जनताहरुको पक्षमा सशस्त्र युद्ध मच्चाएर सर्वहाराहरुको जीवनस्तरमा आमूल परिवर्तन ल्याउन ठूलो त्याग गर्ने नेताहरु सरकारमा नेतृत्व चलाउँदा समेत महङ्गीले जनताहरुको ढाड भाँचेको छ भने महङ्गीमा पनि सरकार र सरकारको निकायहरुले ग्यास जस्तो अत्यावश्यक वस्तुहरु दिन नसकेर जनताहरु भोकभोकै जीवन धान्न बाध्य छन् । दिनहुँ जस्तो बन्दहरुले जनजीवनहरु आक्रान्त छन् । हरेक मानिसहरु समाजमा भएको विकृतिहरुले पीडित छन् । कुलत, विकृति, विसंगतिको नाइकेहरुलाई राजनीतिक संघसंस्था, ठेकेदारहरुले हतियारको रुपमा प्रयोग गरेर जनताहरुलाई त्रसित बनाउँछन् । तैपनि आफूलाई सच्चा इमान्दार भन्दा असल ठान्छन् ।
आजको यथार्थलाई हेर्दा सभाको माग गठन र कर्महरु वास्तविकताको लागि नभएर कोरा कल्पना गरेर जनताहरुलाई झुक्याउन ढाँट्न, समयको वर्वादी मच्चाउन र देशलाई अस्तव्यस्त गर्न मात्र संविधानसभाको कुराहरु उठाइएको थियो भन्ने देखिएको छ । यदि राष्ट्र निर्माणकै लागि संविधानसभा भएको भए किन आपसी खिचातानी ? किन गुटबन्दीको हानाथाप ? नेपालको वस्तुवादी यथार्थ भन्दा कर, कोरा कल्पनाको आधार मात्र टेकेर संविधानसभा ल्याइएको हुँदा के गर्ने, के नगर्ने ? जातीय प्रान्त अभिभाज्य, अञ्चल, क्षेत्र, जिल्ला के–के हो के–के ? को नेता के भन्छ ? को नेता के गर्छ ? को ठीक को बेठीक ? कसको कुरा सुन्ने ? कसको कुरा मान्ने टुङ्गो ठेगान केही छैन । संविधानसभा अवास्तविक कोरा कल्पनामात्र भएको हुँदा आज धागो चुडीएको चङ्गामा जस्तो कहाँ पुग्ने हो ? कसरी अवतरण हुने हो ? संविधान यथार्थमा बन्ने हो कि होइन ? २ वर्षमा बनाउनुपर्ने संविधान ४ वर्षसम्म अन्यौलकै स्थिति छ । नेताहरुको प्रवृत्ति व्यवहार, चिन्तन र कर्म यस्तै रहेमा नेताहरुको रिसले सबै जनताहरुको मनस्थिति संविधानसभा विरुद्धमा हुदैनन् भन्न सकिँदैन । प्रत्येक नेताले चाहे जस्तो संविधान खोजेको हो भने र अनिवार्य रुपमा त्यस्तै चाहने हो भने सिङ्गो देशलाई बाइसे, चौबिसे राज्यमा फर्काउने निर्णय गर्दा सबैको इच्छा पूरा हुन्छ । आफ्नै गाउँलाई राज्य बनाएर आफूले चाहे बमोजिम संविधान भनाएर चलाए भयो । नत्र भने नेताहरुको दलाली के को लागि ? राष्ट्र निर्माण गर्नु हो कि विखण्डता गर्नु हो ? सरकारमा सहभागी पार्टीका नेताहरुले स्वयम् सरकारका मन्त्रीहरुले देश टुक््रयाउने मधेशलाई छुट्टै बनाउछौँ भन्दा समेत वास्ता छैन । त्यति मात्र होइन आफ्नै पार्टीका नेता सरकार प्रमुख हुँदा समेत स्वयम् पार्टीका नेता कार्यकर्ताहरु बन्द, हड्ताल, आगजनी, तोडफोड गरेर राष्ट्रलाई अरबौँ नोक्सान पु¥याउँछन् । हिजो कोरा कल्पनाको सपना बाँडेर गरीब जनताहरु र तीनका कलिला छोराछोरीहरुलाई युद्धमा होमेर मर्नु, बेपत्ता हुनु र गर्न बाध्य गराइएका परिवार सदस्यहरुको बारेमा सरकार बेखबर छ । बेपत्ता परिवारका मानिसहरु दिनहुँ जसो रोइकराई हिँड्दा समेत सरकार सुन्दै, पार्टीले सुनाउँदैन । बेपत्ताहरु कति मारिएकाछन् ? कुन–कुन घटनामा, को–को मारिए, मार्नमा को–को संलग्न थियो ? सबै समस्याहरुको छिनोफानो गरेर सरोकारवालाहरुलाई सूचना दिने काम जानकारी दिने काम सरकारको दायित्व हो । पार्टीका नेताहरु आर्थिक अपराध गरेर कालो धनवान धनी बन्ने मात्र सपना देखिरहेका छन् । चाहे विकास निर्माणको नाममा होस्, चाहे लडाकुको नाममा होस् । कालोधनको रास थुपार्ने धन्दा बैठकको लागि बस्ने सहमति भयो भन्नु भन्दा बाहेक राज्य र राज्य सञ्चालन सहभागी नेताहरुको अन्य उपलब्धी केही छैन !
यदि संविधान सभा कोरा कल्पना भन्दा बाहेक नभएको भए खोइ त संविधान बनेको ? केवल संविधानसभाको कल्पना देशलाई तहसनहस गर्ने एउटा बहाना मात्र थियो भन्दा अपराध हुँदैन । २ वर्ष भित्र संविधान बनाएर घोषणा गर्छौँ भने देश र जनताहरुसँग कवोल गरेका नेताहरुको इज्जत र इमान खोई ? अब तोकिएको २०६९ जेठ १४ गते सम्ममा पूर्ण रुपमा सबै देश वासी जनताहरुको भावना र पहिचानको ठेगान लगाउने संविधान बनाउने छेक छल्दै छैन । विशेष गरी संविधानसभाको नारा उरालेर, हजारौँ गरीब जनताहरुको नाङ्गो, भोको पेटलाई कोराकल्पनाहरुमा झुलाएर कोरा कल्पनाहरु मात्र बाडियो । हिजो बाँडेको कल्पनाहरु आज पूरा गर्न सकिने स्थिति छैन । हिजोको कल्पना आजको तिता यथार्थता भन्दा धेरै टाढा छ । भन्न सजिलो गर्न गाह्रो वास्तविक यथार्थता कल्पना भन्दा धेरै टाढो । यसै कारणले संविधान बनाउने काम सबै दलका नेताहरुलाई साह्रै भएको छ गाह्रो । संविधानसभा नेताहरुलाई भएको छ नखाउँ भने जीवन भरको शिकार खाउँ भने कान्छा बाउको अनुहार भएको छ ।

परिस्थिति भन्दा बाहिर – असरल्ल

कमन देवान
थाहा छैन, जीवनका बारे जीवितै गरिएको अनुभूति मृत्युपछिको कपोकल्पित स्वर्ग वा नर्कमा पुगेर कसरी आत्म चीरस्थायी रहन्छ ? वा भौतिकवादी मान्यताका आधारमा मानिसको जीवन, शरीर, भावना, समवेदना र उद््वेगको मूल्य कति रहन्छ ? विषय अनेक छन् । विषयका बारे पनि अनेकन दृष्टिकोण हुन सक्दछन् । तसर्थ, व्याख्या र तर्कका आ–आफ्नै स्थान, उचाई र मूल्याङ्कन हुनुलाई अस्वभाविक मान्न मिल्दैन । विचारका लागि जीवित शरीरको मूल्य छ कि छैन ? छ भने के कारणले वा छैन भने कसरी ? एकाध मानिस यसरी पनि तर्क गर्छन् । तर आफ्नै किरिया खाएर अरु उपर सतोसराप गाल्छ मान्छे । आफ्नै आङ्गको भैसी नदेख्ने रतन्धो रोगको दीर्घ रोगी ऊ निश्चित आयुका लागि जीवनभर अनिश्चित बाँचिरहन्छ ।

मैले देखेको सत्य यस्तो पनि छ कि–एकाध मान्छे पाए सम्म र जानेसम्मको सबै अपराध गर्छन् । मानौँ, पुरानो नेपाली उखान यसो भन्छ – “गाई मार्नु र भाइ मार्नु महापाप” । अर्थात् हिन्दु धर्मग्रन्थको गन्ध बोक्ने यो भनाईमा के स्पष्ट छ भने गाई भनेकी लक्ष्मीकी प्रतीक र लक्ष्मी भनेकी धनकी देवी भएकीले गाईसँग धार्मिक र आर्थिक दुई किसिमको सम्बन्ध छ । त्यसैले गौ हत्या अपराध हो । अर्को कुरो, भाइ माथि कुनै पनि कारणले अन्यायपूर्ण व्यवहार गर्नु सिङ्गो कूलको प्रतिष्ठा माथिको बेइमानी हो । आफ्नै कूलको म¥यादा माथि दाग लाग्ने काम गर्नु भनेको कुलांघारी कृत्य हो । त्यसैले कुनै अज्ञात समयमा माथि वर्णित कथन मानिसका लागि आज पनि प¥याप्त मिल्दो देखिन्छ । अपराध जसरी गर्दा पनि अपराध हो । किनकि अपराधको पर्याय छैन, न त यसको प्रायश्चित नै सम्भव छ ।

कथा लेख्नेहरुले शब्दमै उभ्याएका पात्रहरु भगवान भए । कथनमा बुनिएका मान्यताहरु संस्कार भए । कथाका पात्रहरुका काल्पनिक आदर्श वाणीहरु संकलित धर्मग्रन्थ बने । आजका मान्छे यिनै धर्म ग्रन्थहरुकै बुुई चढेर चन्द्रमा हुँदै मंगलग्रहसम्मको यात्रा नजिक लम्किएका छन् । तर यो पनि इच्छाको उपज मानिएको छ । वैज्ञानिकहरुको मत अनुसार बाँदरबाटै मानिस उभिएर हिँड्ने भए । त्यसमा पनि ती मानिसका प्रत्यासीहरु केवल बाँदर ररिरहे जो मानिस हुने अज्ञात चाहनाबाट प्रभावित बन्न सकेनन् । यद्यपि, बाँदर र मानिस यतिबेला दुई बेगल प्राणीका रुपमा अस्तित्वमा छन् यी दुई बीचको प्रवृत्ति, चिन्तन, विवेक, चेतना आदि कुरामा आकाश–पातल अन्तर छ । जो केवल बाँदरका रुपमा जीवित प्रजाति छ, ऊ केवल आफ्नो पेटका लागि अरु उपर नोक्सानी पु¥याइरहन्छ । तर, जो विकसित प्रजाति ऊ नियत, आशक्ति, ईष्र्या, द्वेष, कारण, स्वार्थ इत्यादिका कारण अरु उपर हावी बनिरहन चाहन्छ । यसर्थ, विवेक नभएको मान्छे पुस्ताले गरेको गल्ती क्षम्य हुन सक्छ तर विवेकशील बाँदरहरुको गल्ती अक्षम्य हुनेछ ।

मैले बुझेको सामान्य निष्कर्ष के हो भने आफूले चाहे आकाशै खस्ता पनि नपिरोलिने मान्छेको मन र वुद्धि आफ्नो चाहनाका खिलाफ, जून धर्तिमा उत्रिँदा पनि पुल्ठा बालेरै विरोधको नारा घन्काउन लागि पर्छ । अर्थात, आफ्ना लागि मात्रै मान्छेले सञ्चय गरी ल्याएको मन, दया, करुणा र संवेदनशीलता यति संकुचित बन्यो कि अन्ततः त्यो कल्याणको महासागर एक थोपा आँसुका अघि समेत मूल्यहीन मात्र बनिरह्यो ।