हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

सुन्दर टेलमा प्रहरी बिट

बिर्तामोड/शान्ति सुरक्षालाई थप सुदृढ बनाउँदै नागरिक सँगको सहकार्यलाई निरन्तरता दिन अनारमनी–४ स्थित सुन्दर टोलमा अस्थायी प्रहरी बिट तथा सामुदायिक प्रहरी सेवा केन्द्र सुन्दर टोल स्थापना गरिएको छ ।
स्थानीयबासी समेतको सहयोगमा तीन लाख १५ हजार रुपैयाँ बराबरको लागतमा प्रहरी बिट तथा सेवा केन्द्रको भवन निर्माण गरी सोमबारदेखि सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुई कोठे नव निर्मित सो पक्की भवन झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्सालले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।
 भवनको उद्घाटन गर्दै प्रहरी प्रमुख लम्साल

सो अवसरमा उपत्यका सामुदायिक समन्वय परिषद्का अध्यक्ष बसन्त श्रेष्ठ, महाराजगञ्ज सामुदायिकका सचिव अधिवक्ता रामप्रसाद पोखरेल, राजनीतिक दलका प्रतिनिधिहरु, कम्युनिटी साइरन बिज्ञ, सामाजिक अगुवाहरु लगायतले नागरिक र प्रहरी बीचको सहकार्यबाट मात्र अपराधका घटनामा न्युनिकरण हुने बताए ।
सो भवन गत मंसीर २५ गते शिलान्यास गरिएको थियो । भवन निर्माणका लागि स्थानीय राजेन्द्र विमलीको संयोजकत्वमा पचपन्न हजार रुपैयाँ बराबरको असहाय अशक्त अक्षय कोषको स्थापना भएको र  बिर्तामोड उद्योग वाणिज्य संघले शान्ति सुरक्षा स्थापनार्थ सहयोग गर्न ४ वटा साईकल अस्थाई प्रहरी बिट तथा आदर्श सामुदायिक प्रहरी सेवा केन्द्र सुन्दरटोललाई हस्तान्तरण गरेको थियो ।

सकियो अन्तर्राष्ट्रिय साहित्य महोत्सव

ईलाम/ इलाममा शुरु भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ६ बुँदे  घोषणा पत्र जारी गर्दै सोमबार सकिएको छ । नेपाली रचनालाई अंग्रेजी लगायत अन्य भाषामा अनुवाद गरि प्रकाशन गर्ने, नेपाली भाषामा लेखिएका उत्कृष्ठ कृति र रचनाको छनोट र संकलन गर्ने लगायतका बुँदा घोषणा पत्रमा उल्लेख छ ।
अन्तर्राट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर र अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन इलामको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका साहित्यकारको जमघट छ । समग्र नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको भुमिका लगायतको विषयमा छलफल भएको थियो । नेपाली कृति र रचनाहरुलाई देश विदेशमा पु¥याउन विभिन्न पत्रपत्रिका, अनलाईन पत्रिका र वेभसाईटहरु प्रयोग गर्नेलगायत घोषणा पत्र जारी गरिएको छ ।
डा. समालोचक खगेन्द्र लुईटेलले प्रस्तुत गरेको कार्यपत्रमा वरिष्ठ साहित्यकार समालोचक तारानाथ शर्मा, राजेन्द्रप्रसाद सुवेदी, पुष्कर लोहनीले टिप्पणी गरेका थिए । साहित्य सम्मलेनको भोली करफोकमा विविध कार्यक्रमका साथ समापन गरिने आयोजक समितिका संयोजक युद्धप्रसाद वैद्यले जानकारी दिए ।

मालेले तोक्यो इन्चार्ज र प्रमुख

उर्लाबारी/नेकपा एमाले मोरङ क्षेत्र नं.–९ को पहिलो बैठकले गाँउ इन्चार्ज र विभाग प्रमुख छनौट गरेको छ ।
क्षेत्रीय अध्यक्ष उपेन्द्र घिमिरेलाई स्कुल विभाग, उपाध्यक्ष नरेन्द्रप्रसाद ढुङ्गेललाई आर्थिक विभाग, सचिब पुष्प ढकाललाई संगठन विभाग, हरी धिमाललाई प्रचारपसार बिभाग प्रमुखको जिम्मेवारी दिएको छ । त्यस्तै उर्लाबारीमा लक्ष्मीनारायण धिमाल, मधुमल्लामा गोपाल भण्डारी, लेटाङमा हरीगोविन्द श्रेष्ठ, टाँडीमा नरेश आचार्य, रमितेखोलामा सरण गजमेर, भोगटेनीमा कृष्णकुमारी राई, बारङ्गीमा शेरमान तामाङ, जाँतेमा कृष्ण लुईटेल तथा प्रतिष्ठान शाखामा मेघराज श्रीपाली बस्नेतलाई इन्र्चाज तोकेको एमालेले जनाएको छ ।

शारदाको स्वर्ण महोत्सव


उर्लाबारी/पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशक सुन्दरकुमार शाक्यले अभिभावकको सहभागिता बिना शिक्षाको गुणस्तर सुधार गर्न नसकिने बताए ।
मोरङको मधुमल्ला ७ स्थित शारदा माविको ५० औँ वर्ष पुगेको अवसरमा आज  आयोजित स्वर्ण महोत्सवको समापन कार्यक्रममा उनले सो कुरा बताए ।सोही कार्यक्रममा मोरङका जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले शिक्षकहरुले अनुसासित भई शिकेका शिपहरुलाई ब्यवहारिक रुपमा अध्ययन गराए परिणाम राम्रो आउने बताए ।
https://mail-attachment.googleusercontent.com/attachment/?ui=2&ik=b538dbfaeb&view=att&th=135bedefae2e0447&attid=0.1&disp=inline&safe=1&zw&saduie=AG9B_P_REePpdPefE9gLPkZemq0W&sadet=1330483079464&sads=YawBHG4awHDf3k-YBF4MeAs1UtM&sadssc=1 सरकारी विद्यालयका शिक्षकहरु विभिन्न तालिमद्धारा प्रशिक्षित भएपनि त्यसको व्यवहारिक सदुपयोग नगरेकोले शैक्षिक क्षेत्रको उन्नती हुन नसकेको बताए । सो कार्यक्रममा सुनसरीका जिल्ला शिक्षा अधिकारी दिब्यराज कट्टेल, एमालेका भेषराज काफ्ले, राप्रपाका सोमनाथ अधिकारी, काग्रेसका तिलविक्रम बोहोरा, एमाओवादीका गंगा भण्डारी, मधुमल्ला गाविस प्रमुख चन्द्रप्रसाद पराजुली लगायतले विद्यालयले यस क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए । सोही अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ अधिकारी, सदस्य भूपालसिह गौतम, विद्यालयका शिक्षकहरु गोपाल भट्टराई, नरसिह पण्डित, अम्बिकाप्रसाद आचार्य, ऋषीकुमार नेपाल, निलबहादुर चौहान र मात्रिका भण्डारीलाई दोसल्लासहित सम्मान पत्रले सम्मान गरिएको थियो । यसैगरी उत्कृष्ठ विद्यार्थी रोशन नेपाली र सबित्रा धिमाल तथा अतिरिक्त क्रियाकलापतर्फ आशा धिमाललाई सम्मान गरिएको थियो । स्वर्ण महोत्सवमा विजयी विद्यालय तथा खेलाडीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोजराज फुयालको सभापतित्वमा भएको थियो ।

क्षेत्र नं.–१ को युवक संगठनमा थापा

उर्लाबारी/मोरङ क्षेत्र नं.–१ मा राजघाटका राजकुमार थापाको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको भातु संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन गठन गरिएको छ । सो संगठनको उपाध्यक्षमा जगन खतिवडा, सचिवमा दिपक पोखरेल, सहसचिबमा खेम अधिकारी र कोषाध्यक्षमा टेकनाथ घिमिरे रहेका छन् भने सदस्यहरुमा दिलकुमार आले, टिका श्रेष्ठ, लवराज खड्का, निर्मल लिम्बु, सन्तोष तामाङ, मदन मोक्तान, खेम खतिवडा, कृष्णप्रसाद सुवेदी, नरबहादुर बस्नेत र देवान तामाङ रहेका छन् ।

संविधान निर्माणमा हुने मूल समस्या र समाधान – दोस्रो लेख

निधिरत्न अधिकारी
नेपालको यो परिवर्तन अन्तिम चरणको संस्करणकालीन काल खण्डलाई नेपाल र नेपालीको लागि अवसरको रुपमा लिन सक्नु पर्छ । यो कुराको बोध सबै भन्दा पहिले नेपालका सबै राजनीतिक पार्टी र तिनका नेतृत्व गणले यसको सही मानेमा इच्छाशक्तिका साथ आत्माबोध गर्न सक्नुपर्छ । यो मानेमा कि नेपालको यो ऐतिहासिक उपलब्धी हो । यो कुनै एउटा नेता व्यक्तिको लहडमा बहकिएर भएको उपलब्धी होइन । लाखौँ नेपाली जनताको उर्जा, बलिदान त्याग बाट खारिएर निक्लिएको उर्जाशील टकराव हो हालको वर्तमान नेपाल । नेपालको यो वर्तमान कालखण्डलाई यसभित्र हुँदै गरेका बहस, छलफल, टकरावहरुलाई सहि मानेमा व्यवस्थापन र संस्थागत गर्नको लागि ठूलै चुनौतिको सामना भित्र मात्र समाधान र यसलाई अवसरको रुपमा स्थापित गर्न सकिन्छ । नेपालको यो संस्करणकाललाई ठीक ढंगले सदुपयोग गर्नु भनेको नेपालको शान्ति प्रक्रिया र नेपाली जनसंविधानको प्रक्रियालाई टुङ्गोमा पु¥याउनु नै हो । शान्ति प्रक्रिया र संविधान लेखन प्रक्रियाका अन्तरवस्तुहरु एक आपसका परिपुरक हुन् । तर, पनि म संविधान लेखनका मूल समस्या र समाधानका बाटोमा खेल्नु पर्ने भूमिकाको मूलबाटो तिर डो¥याउन चाहन्छु । सदियौँ देखि गुम्सिएर बसेका नेपाल र नेपालीका समस्या १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट बिस्फोटन भए । यो बिस्फोटनको मूल जड कहाँ थियो ? भन्दा २४० वर्षको एकात्मक जनविरोधी, सामन्ती संस्कार र प्रवृत्ति बोकेको शासन प्रणाली भनेको नै हो भन्ने निष्कर्ष सबै सरोकारवालाहरुले स्वीकार गरिसकेको कुरा हो । जुन प्रणाली गर्दै राजधानी काठमाण्डौ भन्दा बाहिर नेपाल नै हो । जुन प्रणाली गर्दा राजधानी काठमाण्डौ भन्दा बाहिर नेपाल नै होइन भन्ने संस्कार बसिसकेको अवस्था थियो । यो शासन यस्तो प्रणाली, संस्कार र प्रवृत्तिबाट मुलुकको सर्वाङ्गिण विकास हुने कुनै सम्भावना नै थिएन । त्यसैको जगबाट बिस्फोटक रुपमा विकेन्द्रीकृत शासन प्रणाली यानिकी “संघीय लोकतान्त्रिक गणतन्त्र”को आधारबाट अब राज्यको पुनर्संरचना हुनुपर्छ भन्ने आधार तयार भयो । हिजोको जनविरोधी शासन प्रणाली र आज मुलुक र नेपाली जनताको यो दुरा अवस्था देख्दा, उक्त आधार भत्किनु पनि भएन, संघीयताको संरचनामा तयार गर्दा हिमा, पहाड, तराई शहर बजार कुना काप्चा हाम्रो भूगोलको रेखाभित्र बसोबास गर्ने सम्पूणर्् नेपाली नागरिकको सबैखाले अधिकार समानताको हिसाबले प्राप्त गर्ने अनुभूतिका साथ संघीय आधारबाट राज्यको पुनसंरचना हुनु आजको आवश्यकता हो । नेपाली जन संविधानका लेखन प्रक्रियाका अन्तरवस्तुहरु शासकीय स्वरुप न्याय प्रणाली, निर्वाचन प्रणाली, सहभागिता मुलक समावेशीकरण आदि कुरा कस्तो हुने ? भनेर विवाद भए पनि त्यसको उचित व्यवस्थापन गर्नै पर्ने काम पनि पभइरहेको छ, हुने क्रममा छ । त्यममा त्यति ठूलो समस्या देखिदैँन । तर संघीय राज्यको मूल समस्याको रुपमा खडा भएको छ । जुन सवाल संघीय राज्य तयार गर्दा जातीयताको आधारबाट हुनुपर्छ भन्ने कुराले तताउने धुनमा छन् । र तताई रहेका छन् । स्वभाविक हो जसले जातियताको नामबाट राज्य विभाजन गर्ने सवाल अगाडि ल्यायो, एक सय भन्दा माथि जाती विर्षेको जनसमुदायले आफ्नो पहिचना र अधिका सुरक्षित गर्न त्यसो गरेको हुन सक्छ । आज नेपाल र नेपालीको समस्या जातीय रुपमा संघीय राज्य तयार गरेर समाधान कुनै मानेमा पनि हुँदैन । आज विश्वका कुनै पनि मुलुक जातीय नाराले सम्वृद्ध भएको इतिहास छैन् । समाधान भएको छ भने सम्पर्ण जात जाती भाषा, भाषी, लिङ्ग, क्षेत्र र समुदायमा बसोबास गर्ने नागरिकलाई राज्यबाट उपलब्ध हुने सेवा, सुविधा र नागरिक अधिकार समानुपातिक हिसाबले वर्गीय आधारबाट वितरण गर्दा मात्र भएका छन् । नेपालको काठमाण्डौ केन्द्रीकृत अधिकार संघीयताको पुनर्संरचनाबाट विकेन्द्रीत गर्नै पर्छ । तर सिङ्गो जातिका नामम “लिङ्गठीङ्ग” संघीय राज्यको विवादलाई वैज्ञानिक र सृजनशील ढङ्गले टुङ्गो लाउन नसके नेपालमा आत्मीय सहिष्णु भएर बसोबास गरेका नेपाली नागरिकहरु जुन सय भन्दा माथि छन्, तिनीहरुले आ–आफ्ना राज्य खोज्दा सिङ्गो विश्व नक्साको सानो नेपाल कहाँ भेटिएला ? त्यसैले संघीय राज्यको यो अवधारणा सानो भूगोलमा अवस्थित नेपालको लागि अति नै घातक छ । यसले सिङ्गो नेपालको उन्नति होइन । अवनति चै अनिवार्य छ । नेपाल र नेपालको मूल एजेण्डा, राष्ट्रियताको संरक्षण गर्दै आम नेपाली जनताका मौलिक अधिकार र जनजीविका समाधानको सवाल हो । यहाँका मूल समस्या धनी र गरीब बीचको ठूलो खाडल पुर्दै लाने हो । यो खाडल बनाउने भूमिका कसले खेल्यो ? भनेर मूल दुस्मनको पहिचान गर्दै र त्यसलाई परास्त गर्दै सबै एक भएर लाग्ने हो । यहाँ जातीय र क्षेत्रीय रुपमा तेरो–मेरो भन्दै एक आपसमा लडाई गर्ने बेला होइन । यहाँ सबै जातिले सबै जातिलाई, शोषण गरेका छन् । शासकले शोषितलाई शोषण गरेका छन् । सबै जातिका जनता एक आपसमा मिलेर बसेका छन् । नेपालको मूल राजनीतिका संवाहकहरुले यस्ता विभेद फैलाउने नारा नउछाले नेपाली जनताका बीचमा कुनै दुस्मनी छैन । त्यसैे नेपालको संघीय राज्य पुनर्संरचनाको अवधारणालाई संवोधन गर्दा नेपालका कुनै पनि पार्टीले ऐतिहासिक, भौगालिक, प्राकृतिक स्रोत र साधन, सांस्कृतिक महत्वका दृष्टिले संघीय राज्यको अवधारणा अगाडि ल्याउन सक्नुपर्दछ । जसले गर्दा नेपालमा रहेका सबै जाति, भाषी, लिङ्ग, सम्प्रदाय, दलित, पिछडीएका, अल्पसंख्यकहरुको आज सम्म गुम्सेर रहेका समस्याहरुको सही मानेमा वैज्ञानिक ढङ्गले उनीहरुका अधिकारहरु सुरक्षित रहन् । कुनै पनि जातिगत संघीय राज्यको नाम नभएपछि सबै जाति सबै वर्गका जनताको आत्मसम्मान मिलेको अनुभूति हुनेछ । “हिलोमा पनि बास्नादार कमल फुल्छ” भने जस्तै हामी कुनै पनि कुरामा जडसुत्रवादी बन्नु हुँदैन । उक्त संघीय राज्यको नाम दिन सकिदैँन भने हिजोका पञ्चायति शासकहरले राखेका ५ विकास क्षेत्रहरुलाई राज्यको नाम दिन सक्छौँ । यसले नेपालको भूगोलमा तराई, पहाड, हिमाल समेटेको छ । यहाँका प्राकृतिक स्रोत र सधान अनि उत्पादित उर्वराभूमि सम्म सबैको भागमा पर्छ । सबै क्षेत्रमा बसोबास सबै जाति भाषा, संस्कृतिका मानिसहरुको छ । संघीय राज्यको अन्तिम मिलन बिन्दु यही ५ विकास क्षेत्रको आधारमा हुनुपर्छ भन्ने मलाई लागेको छ । नभए पनि यसको समाधान अगाडि उल्लेख गरे अनुसार संघीय राज्यको नामाकरण द्वारा नै यो मूल संविधान लेखनको महत्वपूर्ण एजेण्डा संंघीय राज्यद्वारा राज्यको पुनर्संरचना गर्दै मुलुकलाई एक सुत्रमा बाँधी, राष्ट्रको समग्र सम्बृद्धि उन्नति, प्र्रगति गर्दै अग्रगमनको बाटोमा अगाडि बढाउन सकिन्छ । यसैमा नेपाल र समग्र नेपालीको उज्याला दिन आगमनको दिशा निर्देश गर्न सकिन्छ । अनि मात्र हामी नेपालीको जिग हुनेछ ।

खेलकुद प्रति सरकारको प्रतिबद्धता – पहिलो लेख

प्रम डा. बाबुराम भट्टराई
खेलकुद स्वस्थ नागरिक बनाउन मात्र होइन अनुशासित र आफू जन्मेको माटोप्रति अगाध ममता बढाउने माध्यम पनि हो । यो राष्ट्रिय गौरव र पहिचानलाई विश्वव्यापी बनाउने र राष्ट्रिय र राष्ट्रिय एकता तथा अन्तर्राष्ट्रिय सद्भाव एवम् भाइचारा बढाउने अवसर पनि हो । खेलकुदलाई हिजोआज विश्वका धनी–गरीब, साना–ठूला सबै देशले उच्च महत्व दिदैं प्राथमिकतामा राख्ने गरेका छन् । खेलकुदको आयोजनाले आयोजना स्थलमा खेलप्रति जागरण ल्याउन, खेलमा नयाँ प्रतिभा जन्माउन, आफू जन्मेको ठाउँप्रति गौरव गर्न मात्र उत्प्रेरित गर्दैन यसले त खेल पर्यटन, सांस्कृतिक प्रर्वद्धन र अन्य विकास निर्माणका पूर्वाधारको विकासमार्फत आर्थिक, सामाजिक सम्बृद्धिको ढोकासमेत खोल्छ । त्यसैले राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्न बिभिन्न क्षेत्रीय सदरमुकामहरुबीच जुन प्रतिस्पर्धा हुुन्छ अन्तर्राष्ट्रिय जगतमा त्यसभन्दा कयौं गुणा बढी प्रतिस्पर्धा हुने गरेको छ । त्यसैले सुदूरपश्चिमले यो आयोनजामार्फत आफ्नो क्षमता, सीप, संस्कृति, पर्यटन र अन्य विकासका सम्भावनाको प्रर्दशन तथा प्रर्बद्धन गर्ने राम्रो अवसर पाएको छ । मलाई आशा एवं विश्वास छ यो आयोजनाले सुदूरपश्चिमबासीलाई राष्ट्रको विकास निर्माण र राष्ट्रिय  एकताको मूलप्रवाहमा अझ सुदृढ ढंगले समाहित गर्ने छ । यो खेलको आजसम्मको तयारीले राजनीतिक, सामाजिक र क्षेत्रीय, जातीय, भाषिक हिसाबले विविधतायुक्त सामाजिक बनौटलाई एक सूत्रमा बाँधी एकैथलोमा उभ्याउन सफलता हासिल गरिसकेको छ, यो हाम्रो लागि ठूलो महत्वको विषय हो । संविधान निर्माण, शान्तिप्रकृया र देश निर्माणमा पनि यसरी नै एक भएर लाग्न यो आयोजनामार्फत देखिएको सबै पक्षको एकताले प्रेरणा दिनेछ भन्ने विश्वास पनि मैले राखेको छु ।
वर्तमान सरकारले चार “स” अर्थात शान्ति, संविधान, सुशासन  र संबृद्धिलाई प्रमुख एजेण्डा बनाएको छ । यो सरकार गठन हुनुभन्दा अगाडि ठप्प रहेको शान्ति र संविधानले गति लिएकोे छ । आगामी जेष्ठ १४ भित्रै शान्तिप्रकृया र संविधान लेखन कार्य पूरा हुनेमा म सबैलाई  विश्वास दिलाउन चाहन्छु । केही दिनदेखि प्रमुख राजनीतिक दलहरुबीच शान्ति र संविधानका सहमति कायम हुन बाँकी रहेका विषयहरुमा केन्द्रित भएर जुन घनिभूत र जिम्मेवारीपूर्ण ढंगले संवाद चलिरहेको छ, त्यसबाट छिट्टै शान्ति, संविधान र राष्ट्रिय सरकार निर्माणमा महत्वपूर्ण सफलता हासिल हुने निश्चित छ । शान्ति र संविधान लेखन प्रकृया संगसँगै  सरकारको ध्यान सुशासन र सम्बृद्धिमा केन्द्रीत भएको छ । वर्तमान सरकारको प्रमुख काम शान्ति र संविधान नै भएता पनि सरकारले प्रदान गर्ने सेवा र वस्तुहरु सरल र सुलभ रुपमा प्राप्त होउन् भन्ने जनताको चाहनाको सम्बोधन सरकारले नै गर्नु पर्दछ । वर्तमान सरकारले जनताप्रतिका उत्तरदायित्व पूरा गर्न सुशासनको क्षेत्रमा बिभिन्न गतिबिधिहरु सार्वजनिक गरि अगाडि बढाइरहेको छ र अझ प्रभावकारीरुपमा अगाडि बढाउन सरकार कृतसंकल्प छ । आर्थिक सम्बृद्धिबिना खेलकुदको पनि दीगो विकास हुन नसक्ने भएकाले सरकारले हालै आर्थिक विकास र सम्बृद्धिको तत्कालीन कार्ययोजना तयार गरेर तदारुकताकासाथ कार्यान्वयन गरिरहेको छ । शान्ति, संविधान, सुशासन र सम्बृद्धिलाई अगाडि बढाउन  खेल जगतका तपाई सम्पूर्ण खेलाडीहरुको सद्भाव र आवश्यक सहयोग सरकारले प्राप्त गर्नेछ भन्ने कुरामा म पूर्णरुपमा विश्वस्त छु ।
आजभन्दा ठीक तीसबर्ष पहिले शुरु गरिएको खेल महोत्सव तीन संस्करणपछि लामो समय अवरुद्ध हुन पुग्यो । देशको जनसंख्याको धेरै ठूलो हिस्सा आफ्ना आर्थिक, सामाजिक, राजनीतिक अधिकारका लागि सशस्त्र जनयुद्धमा थियो । त्यस कारण यस्ता आयोजनाहरु सम्पन्न हुन नसक्नुलाई मैले स्वभाविक ठानेको छु  । २०६५ सालमा संविधानसभाको निर्वाचनपछि नेकपा (माओवादी) को नेतृत्वको सरकारकै पालामा पाँचौ राष्ट्रिय खेलकुद आयोजना गरेर निरन्तरता दिइएको यस्तो प्रतियोगिता गतबर्ष नै सम्पन्न भइसक्नु पर्नेमा ए. नेकपा (माओवादी) को नेतृत्वको सरकार बनेपछि त्यो पनि बिकासका दृष्टिले पछाडि परेको सुदूरपश्चिममा आयोजना हुनुु मेरो लागि सुखद संयोग हो । यो आयोजना वर्तमान सरकारले खेलकुदलाई दिने महत्वको एउटा उदाहरण पनि हो । १६ खेलमा ७८ स्वर्णसहित २२६ पदकका लागि २२३ महिलासहित १४४३ खेलाडी सहभागी पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता आज छैटौं संस्करणमा आइपुग्दा  संख्यात्मक र गुणात्मक हिसाबले धेरै फड्को मारेको छ । कूल १३९४ महिलासहित ३६२८ खेलाडीले ३०२ स्वर्णसहित १०६९ पदकका लागि ३२ खेलमा प्रतिस्पर्धा गर्दैछन् । खेल संख्याका हिसाबले दुईगुणा, पदकका हिसाबले साढे चारगुणा, खेलाडी संख्याका हिसाबले साढे दुईगुणा र महिला खेलाडी संख्याका हिसाबले झण्डै पाँचगुणा ठूलो यो खेल गुणात्मक हिसाबले पनि उच्चस्तरको हुने अपेक्षा नेपाल सरकारले राखेको छ । खेलकुदको आयोजनाले राष्ट्रिय प्रतिभाको पहिचान गरि प्रतिभामा निखार ल्याउन र उत्कृष्ट बनाउन यथेष्ट मद्दत पु¥याएको छ । यो खेलकुदको आयोजनाले आगामी सार्क स्तरीय खेलकुदका लागि उत्कृष्ट खेलाडी छनौट गर्न र निरन्तर प्रशिक्षणबाट आगामी साग खेलमा नेपालको दरिलो उपस्थितिका साथ राष्ट्रिय गौरव उँचो राख्न मद्दत मिल्ने विश्वास पनि वर्तमान सरकारले लिएको छ ।
नेपाल प्राकृतिकरुपले सुन्दर मात्र होइन हावापानीका दृष्टिले कतिपय अन्तर्राष्ट्रिय स्तरका खेलकुद आयोजनाका लागि उत्कृष्ट हावापानी र भौगोलिक बनौट भएको मुलुक पनि हो । खेल पर्यटनका माध्यमबाट हामीले प्रशस्तै आर्थिक लाभ उठाउन सक्छौं । त्यसका लागि पूर्वाधारको निर्माण गर्न र अन्तर्राष्ट्रिय स्तरमा प्रर्बद्धन गर्न आवश्यक छ, राष्ट्रिय स्तरमै अन्तर्राष्ट्रिय पहिचानका खेलाडीहरु उत्पादन गर्न सकेमात्र अन्तर्राष्ट्रिय स्तरका खेल आयोजना गर्न अन्तर्राष्ट्रिय खेल संगठनहरु तत्पर हुन्छन् । त्यसैले खेल पर्यटनबाट फाइदा लिन खेलाडीको उत्पादन आवश्यक छ । यस तथ्यलाई मनन गरेर नै खेलकुद परिषद्ले ह्त् परियोजनामार्फत खेलाडीको शारीरिक संघटन र मानसिक तत्परताका आधारमा यस खेलबाट उत्कृष्ट छानिएका खेलाडीहरुलाई निरन्तर प्रशिक्षण दिने तयारी गरिएको छ  । क्षेत्रीय र सोझै राष्ट्रिय रुपमा सहभागी खेलाडीलाई पदक तथा प्रमाणपत्र दिंदा लिइएको दोहोरो नीति हटाई एउटै प्रमाणपत्र दिने व्यवस्था अवलम्बन यसै प्रतियोगिताबाट सुरु गरिएको छ । यी कामले खेलाडीलाई प्रतिस्पर्धाका लागि थप प्रोत्साहन मिल्ने र  मनोबल बढ्नेछ भन्ने ठानेको छु । स्वर्णपदक विजेता टिमको प्रति खेलाडीलाई रु. ५,०००।– र व्यक्तिगत प्रतिस्पर्धाको स्वर्णपदक विजेतालाई रु. १०,०००।– पुरस्कारको व्यवस्था पनि गरिएको छ । हालै ग्(ज्ञढ अन्तर्राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लगातार तेस्रो पटक विजयी हुने नेपाली खेलाडीहरु र प्रशिक्षकलाई जनही रु. दुई लाख पुरस्कार प्रदान गरेर सरकारले खेल र खेलाडीप्रतिको आफ्नो दायित्व र सम्मान प्रदर्शन गरेको छ । यी सबै व्यवस्था तथा प्रोत्साहन प्रणालीबाट खेलाडीको मनोबल बढ्ने विश्वास वर्तमान सरकारले लिएको छ । खेलाडी भएरै एउटा सम्मानपूर्ण जीवन जिउन सक्ने वातावरण सृजना गर्न सक्दा र खेलाडीलाई राष्ट्रका सम्पत्ति र गौरवका रुपमा सम्मान दिन सक्दा मात्र खेलप्रति प्रतिभाको आकर्षणलाई कायम राख्न सकिन्छ । यो काममा सरकारले उदारतापूर्वक आफ्नो क्षमताले भ्याएसम्म मुठ्ठी खोल्नेछ । तर नीजि क्षेत्रका ठूला प्रतिष्ठानहरु र उद्यमी व्यवसायीहरुले पनि सामाजिक उतरदायित्व बहन गर्दै खेलकुदको विकास तथा खेलाडीको जीवनस्तर सुधार गर्न सक्दो सहयोग गर्नहुन आव्हान गर्दछु । (छैठौं राष्ट्रिय खेलकुदको उद्घाटन समारोहमा गरेको सम्बोधनको अंश)

मुस्ताङे स्वाङ र सत्ता – सम्पादकीय

चाहिँदो काम तिर पिठ्युँ फकाएर विवादास्पद र अलोकप्रिय निर्णय गर्ने कार्यतर्पm मात्रै ध्यान दिने वर्तमान सरकारको मुस्ताङे स्वाङ्ग “पुङ्याङ्” बनेको छ । वर्तमान सरकारलाई शुरुका दिनमा थुपै्र उपाय र विशेषता जोडेर गरिएको वखान आज फुस्रा बनेका छन् । हिजो सरकारको र विशेषतः मुलुकका वर्तमान प्रधानमन्त्री डाक्टर बाबुरामा भट्टराईको पक्षमा खुलेर समर्थन गर्न उत्रेका जनसमुदाय आज हात धोएर सकरकार गतिविधि उपर विरोधमा उत्रिएका छन् । मुलुकको राजनीतिक इतिहासमै सत्ता नेतृत्व र साझेदारीको चङ्गुलमा वर्तमान सरकार यति निर्लिप्त फसेको छ कि यसले मन्त्री संख्याको गतिलो किर्तिमान कायम गरेको छ । ४९ सदस्यीय मन्त्रीमण्डलमा च्यापिएका प्रधानमन्त्री भट्टराई सत्ता नेतृत्व्को केन्द्र बिन्दु बिन्दुमा पुगे, उनका लागि यो उपलब्धी ऐतिहासिक हुन सक्छ । तर, मुलुकका लागि आशा गरिएका भट्टराई नेतृत्वको सरकारले नेपाली जनतालाई स्मरण गर्न लायक उपलब्धी केही दिएको देखिँदैन । सत्ताको नेतृत्वमा उक्लिए लगत्तै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्ने नेपाली सत्ता, राजनीतिको परम्परा इतिहास बनेको छ । तर, यही कार्यमा समेत लगातार ३ पटक सम्म मूल्य वृद्धि गरेर वर्तमान सरकारले अर्को किर्तिमान कायम गरेको छ ।
नेपाली जनताका नजरमा कम मूल्यको सवारी सुविधा लिने प्रम भट्टराईको मुस्ताङ मोह र ढोंग आज उनका पछि लाग्ने ४९ ओटा प्राडो र पजेरो गाडीहरुका लाम बीच लाज पचाएर गुडिरहेको छ । सक्दाखेरी सरकारी खर्चमा मितव्ययिता र पारदर्शीता अपनाउनु पर्ने हो, तर चियापानका लागि मात्र १२ लाख रुपैयाँको बिल राज्यलाई बोकाउने बाबुरामको आर्थिक सुशासनको नारा “खोलाको गीत” बनेको छ । सरकारका जिम्मेवार सूचना तथा सञ्चारमन्त्री पदमा रहेकै अवस्थामा भ्रष्टाचारी सूचना तथा सञ्चारमन्त्री पदमा रहेकै अवस्थामा भ्रष्टाचारी ठहरिएर जेल पुगेका छन् । यो सामान्य राजनीतिक नैतिकताले पनि सरकारलाई गौण र राजनीतिक छवि र इमान्दारितालाई प्रधान विषय ठानेर बाबुराम नेतृत्वको सरकारले राजीनामा दिनु उपयुक्त परिस्थिति बनेको थियो । तर, त्यस विशेष अवस्थाका लागि वर्तमान सरकारको ध्यान पुग्न सकेन ।
द्वन्द्वकालमा माओवादी पक्षले जनसत्ताका नाउँमा गरेका घर–जग्गा, अंशवण्डा र अन्य मुद्दा मामिलाका सबै निर्णयलाई सदर गर्ने मन्त्रीपरिषद् निर्णयदेखि, नागरिकता लगायतका अधिकांश सरकारले गरेका निर्णय प्रचलित नेपालको कानुन अनुसार जायज नदेखिएको भन्दै सर्वोच्च न्यायिक निकाय सर्वोच्च अदालतबाट भएको पैmसलाका कारण उल्दिँदै आएका छन् । वर्तमान राजनीतिक घटनाक्रमहरुमा सरकारको निरिहता सत्तामा पुगेदेखि अल्पविराम कायम छ । ऊ आपूm निर्णयहरु खारेज गर्ने र सर्वोच्च अदालतको काम उसका गलत निर्णयहरु खारेज गर्ने बनेको छ । यदाकदा सरकार र सर्वोच्च अदालत बीच शित युद्ध चलेको पो हो कि । भन्ने शंका व्यापक बढ्दै गएको छ । शान्ति र संविधानका लागि सरकारका प्रारम्भिक चरणका प्रयासहरु सकरात्मक देखिएकै हुन् । तर, अहिलेको परिस्थितिमा सरकार यी दुवै  महत्पूर्ण विषयहरुमा “फुकिढल” बन्दै गएको छ । “मुस्ताङे स्वाङ”  र “हेलो सरकार” को सस्तो लोकप्रियताले सत्ताको बगडोर बलियो नबनेको यथार्थ आम नेपाली जनताका लागि बुझ्न कति पनि गाह्रो छैन ।
समग्रमा बाबुराम भट्टराई नेतृत्वको सरकार माओवादी र मधेसी मोर्चाको गठबन्धनले टिक्नैको लागि त टिकेको छ तर, सरकारको उपस्थिति, निर्णय, गतिविधि र मुलुकको वर्तमान संक्रमणकालीन अवस्थाबाट देश र जनतालाई पार लगाउने विषयमा भने बारम्बार चुक्दै मात्र आएको छ । माओवादी सत्ता पक्षीय भूमिका त कमजोर बनेकै छ । माओवादी भित्रकै वैद्य पक्षको भूमिकाले सरकार सत्ता माओवादीका लागि “बाँदरको हातमा नरिवल” मात्र सिद्ध हुँदै गएको छ ।

आयल निगम अगाडि बम बिस्फोट - मुख्य समाचार

तीनको मृत्यु

सुरक्षा व्यवस्थामा कर्डाई
काठमाडौ/काठमाडौको अति सुरक्षित स्थान मानिने सिंहदरबार नजिकै आयल निगम भवन अगाडी सोमबार अपरान्ह करिब एक बजेर १० मिनेटमा शक्तिशाली बम बिष्फोट भएको हो बिष्फोटबाट दुर्इ जनाको घटनास्थलमै एकजनाको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको
घटनास्थलमा घाइतेहरुको उद्धार गरिदै
 
घाइते जनाको वीर अस्पतालमा उपचार भइरहेको जसमध्ये दुर्इ जनाको अबस्था गम्भीर प्रहरीका अनुसार घट्नास्थलमै मृत्यु भएका ३४ वर्षीय कृष्ण तामाङ धादिंङ बैरनीका हुन् भने धादिङ बैरेनी- का ७० वर्षीय मानबहादुर तामाङको अस्पतालमा मृत्यु भएको हो तर, अन्दाजी ६५ ७० वर्षका अर्का मृतकको नाम खुल्न सकेको छैन
त्यसैगरी घाइते हुनेहरुमा ३५ वर्षका सोम तामाङ (गम्भीर घाइते), भक्तपुर ताथली- बस्ने वर्ष ४५ का रघुनाथ खड्का, धादिङ वैरनी- घर भएको वर्ष- ६५ का  लालबहादुर तामाङ, कैलाली धनगढी बस्ने वर्ष- ४० को विष्णु फुलारा, ललितपुर लुभु बस्ने वर्ष- २० को वासु श्रेष्ठ, अछाम मास्टामाण्डौं- का ४० वर्षका मान. . कुँवर, अछाम मास्टामाण्डौं- कै वर्ष २१ को भीम . कुँवर रहेका छन्  
वीर अस्पताल प्रशासनले दिएको जानकारी अनुसार करिव ३५ वर्षीय सोम तामाङ करिब ४० वर्षीय बिष्णुप्रसाद तुलाराको अवस्था गम्भीर रहेको तुलारा आयल निगमको धनगढी कार्यालयमा कार्यरत कर्मचारी हुन् यस्तै सूचना तथा संचार मन्त्रालयका करिब ४५ वर्षका कर्मचारी रघुनाथ खड्का पनि घाइते भएका छन्
बिष्फोटपछि केही घण्टा मुलुककै मुख्य प्रशासनिक क्षेत्र सिंहदरबार त्यस आसपासको क्षेत्र तनावग्रस्त बन्यो घटनास्थललाई प्रहरीले सिल गरेर अनुसन्धान गरेपछि साँझसम्म घटनामा संलग्न कसैलाई पक्राउ गरेको छैन् गृहमन्त्री बिजयकुमार गच्छदार घटनास्थल पुगी निरीक्षण गर्नुका साथै वीर अस्पताल पुगेर घाइतेलाई समेत भेटेका थिए

सरकारद्वारा छानबिन समिति गठन - उपमुख्य समाचार


सरकारले बबरमहल बिष्फोटबारे अनुसन्धान छानबिन गर्न समिति गठन गरेको   डीआईजी उपेन्द्रकान्त अर्यालको संयोजकत्वमा गठन भएको समितिमा एसएसपी देवेन्द्र सुवेदी, एसएसपी केदारमानसिंह भण्डारी एसपी सुबोध घिमिरे छन् गृहमन्त्री विजयकुमार गच्छदारको अध्यक्षतामा बसेको सुरक्षा निकायको बैठकले छानबिन समिति गठन गरेको हो बैठकले घटनाप्रति दुःख खेद प्रकट गर्दै दोषीलाई छिट्टै पक्राउ गरी कार्वाही गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको यस्ता खाले घटना दोहोरिन नदिन सुरक्षा व्यवस्था कडा पारिने पनि सरकारले जनाएको घटनामा मृत्यु भएकाका परिवारलाई छानबिन समितिले तोके अनुसार राहत दिने घाइतेको सरकारबाट उपचार गराइने गृहमन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख  



जातीय मोर्चाले लियो जिम्मा
बिष्फोट लगत्तै बिभिन्न संचारमाध्यममा फोन गरेर जातीय मुक्ति मोर्चाका प्रवक्ता बताउने बिश्व क्रान्तिले बिष्फोटको जिम्मा लिएका छन् पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको बिरोधमा बिष्फोट गराइएको दाबी गर्दै उनले टाइम बम बिष्फोट गराइएको आफूहरुले अनुमान गरेभन्दा चाँडै बिष्फोट भएको बताए उनले आगामी दिनमा अझ शक्तिशाली बिष्फोट गराउने विभिन्न सञ्चार माध्यम मार्फत चेतावनी दिएका छन्