बिर्तामोड/शान्ति सुरक्षालाई थप सुदृढ बनाउँदै नागरिक सँगको सहकार्यलाई निरन्तरता दिन अनारमनी–४ स्थित सुन्दर टोलमा अस्थायी प्रहरी बिट तथा सामुदायिक प्रहरी सेवा केन्द्र सुन्दर टोल स्थापना गरिएको छ ।
स्थानीयबासी समेतको सहयोगमा तीन लाख १५ हजार रुपैयाँ बराबरको लागतमा प्रहरी बिट तथा सेवा केन्द्रको भवन निर्माण गरी सोमबारदेखि सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुई कोठे नव निर्मित सो पक्की भवन झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्सालले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।

![]() |
भवनको उद्घाटन गर्दै प्रहरी प्रमुख लम्साल |
सो अवसरमा उपत्यका सामुदायिक समन्वय परिषद्का अध्यक्ष बसन्त श्रेष्ठ, महाराजगञ्ज सामुदायिकका सचिव अधिवक्ता रामप्रसाद पोखरेल, राजनीतिक दलका प्रतिनिधिहरु, कम्युनिटी साइरन बिज्ञ, सामाजिक अगुवाहरु लगायतले नागरिक र प्रहरी बीचको सहकार्यबाट मात्र अपराधका घटनामा न्युनिकरण हुने बताए ।
सो भवन गत मंसीर २५ गते शिलान्यास गरिएको थियो । भवन निर्माणका लागि स्थानीय राजेन्द्र विमलीको संयोजकत्वमा पचपन्न हजार रुपैयाँ बराबरको असहाय अशक्त अक्षय कोषको स्थापना भएको र बिर्तामोड उद्योग वाणिज्य संघले शान्ति सुरक्षा स्थापनार्थ सहयोग गर्न ४ वटा साईकल अस्थाई प्रहरी बिट तथा आदर्श सामुदायिक प्रहरी सेवा केन्द्र सुन्दरटोललाई हस्तान्तरण गरेको थियो ।
0 प्रतिकृया:
Post a Comment