हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

अन्धकार, भ्रष्टाचार र विकार - पहिलो लेख

नरपति पाण्डे
नष्टकारी राजनैतिक सौदाबाजी दिनानुदिन विकसित हुँदैछन् शक्तिको अहंकार घटेको छैन शङ्का, भय, अभाव, अनिश्चय षड्यन्त्रका जाल पक्षहरु फाँटेका छैनन् झुक्याउने, थर्काउने कमाउने साधन प्रविधि हटेका छैनन् अविवेक घनघोर बढेको राष्ट्रियता अखण्डतामाथिको अन्धदृष्टि आँधोपन बाक्लिएको राजनीतिभित्र छद्मभेषी प्रवृत्ति हावी बनेको जनतालाई चाहिने अत्यावश्यक उज्यालोको साधन विद्युत मट्टतिेलको चरम अभाव बढेर पुरै मुलुक अन्धारमय बनेर जीविका अरु संकट ग्रस्त बन्दै गएको जनताको दैनिकीलाई कत्ति पनि वास्ता नगरी राजनीतिका "जनताका लागि" भन्दा नथाक्ने वर्तमान सरकार अन्य राजनीतिक दलहरुलाई धिक्कार्नु पर्ने अवस्था सृजना हुँदैछ
बिजुली मानिसको जीविकाको प्रमुख साधन बन्दै गएको समयमा दैनिक १८ घण्टा भन्दा बढी लोडसेडिङ बढ्नु नामर्दको चरम रुप हो आर्जनको स्रोत नै सुक्यो भने जीविका कसरी निश्चित हुन्छ बिजुली उपयोग गर्ने उपभोक्ताहरुले कर मात्रै तिरेका छैनन् बिजुली प्रवाहमा हुने सरकारी लापर्वाहीको क्षति समेत भोगिरहेका छन् एक्कासी घट्ने एक्कासी बढ्ने करेन्ट प्रवाहले क्ष्ति पुगेको विद्युतीय उपभोग्य साधनको लेखाजोखाको चर्चा भएको छैन चिसाउने, पकाउने, तताउने चार्ज गराउने, बाल्ने उपकरणहरुको आकस्मिक क्षति तीव्र गतिलो बढेको उपभोक्ताहरुको असंगठित आवाज नोक्सानलाई एकदिन संगठित बनायो भने यसको सामना गर्न सक्ने ल्यागत सरकारी संयन्त्रसँग हुने छैन
विद्युत आपूर्तिमा बढेको अनियमितताले पुरै जनजीवन अस्तव्यस्त भएको विद्यार्थीहरुको वार्षिक परीक्षा नजिकै आएको विद्युतको संकट बढ्दै जानु बजारका मटि्टतेल अत्याधिक महङ्गो हुनुले सरकारलाई पुरै पङ्गु बनाउँदै लगेको अहिले सरकारका प्रमुख व्यक्ति यस्तो दुरावस्थाप्रति किञ्चित गम्भीर नहुनु आर्श्चर्य बनेको बत्तिको अभावले निम्तिएको अँध्यारो राजनीति वृत्तमा त्यति चर्चा छैन जनताले भोगेको अभावप्रति संवेदनशील नहुने राजनीतिक नेतृत्व कर्मीहरु अवसरवादी स्वाँठहरु सावित हुँदैछन्
यो अँध्यारो अन्धदृष्टिको पर्याय बनिरहेको शक्ति अँठ्याएर सत्ताको मोज गर्न पल्केका सल्केका पुराना तथा नयाँ सत्ताधारीहरु राज्यको दोहनमा कम्मर कसेर लागेका छन् मुलुक कमजोर बनोस् बरु स्वार्थवात हसमस नहुने अडानमा अभ्यस्त छन् राजनीतिक आवरणमा आफ्नो तुच्छ स्वार्थ पुरा गर्न राजकीय पदहरुको दुरुपयोग दिनानु बढेको कानुन, नियम, आचार, अनुशासन आदि नष्टभ्रष्ट भाङ्भुङ् पार्दै अकृत सम्पत्ति कमाउनमा नै नयाँहरु लागेको प्रमाणहरु देखिन थालेको विधि, सम्भावना, अवसर संरचना नै भाङभुङ बनाएपछि कस्तो राष्ट्रियता र्सार्वभौमिक अखण्डता स्थापित होला -
विकासमुलक राजनीति प्रायः शून्य बन्दै गएको विकासप्रति निष्ठा पुरै सकिएको नारा जवाफमा उडन्ते अग्रगमन छिप्पिएर जनचाहनाप्रति अनिष्ठा वर्षाउँदैछन् भ्रष्टाचार उद्योग फस्टाएको प्रधानमन्त्री, मन्त्री पहुँचवालाहरुकेा छत्रछायाँमा भ्रष्टाचारको खेती सप्रिएको यसको प्रमाण शक्तिशाली मन्त्री नै भ्रष्टाचारको दोष्मा अदालती कार्वाहीमा पर्नुले मन्त्रीमण्डल राज्यप्रति संवेदन नभएको पुष्टि हुन्छ
आनिबानीमा भ्रष्ट हुनेहरुले भ्रष्टाचार गर्छन् धनदौलतमा भ्रष्टाचार, पदीय भ्रष्टाचार, कानुनी भ्रष्टाचार, शक्तिमा भ्रष्टाचार, विचारमा भ्रष्टाचार, कुटनीतिमा भ्रष्टाचार आदि भ्रष्टाचारहरुले सिङ्गो मुलुकको राष्ट्रियता र्सार्वभौम अखण्डताको भ्रष्टाचार गरेको जातीय विविधताको एकतालाई नष्टभ्रष्ट पार्दै पहुँचवालाहरु कमजोरहरुको विवशतालाई भजाएर अन्धारको राजनीति गर्दैछन् विल्कुलै अविवेक अन्धदृष्टिवात मुलुकलाई दिशाहीन बनाउन लाम लागेका राजनीतिक मनोविकारीहरुलाई नागरिकहरुले भोगिरहेको अन्धारलाई हेर्न हामी आव्हान गर्दछौँ शक्ति स्रोतका भ्रष्टाचारीहरु परिवर्तन विकासका दुश्मनहरु हुन् राजनीतिक दर्शनको आवरणले सच्चाइको सत्यता उद्घाटन गर्दैन
मुलुकको परिवेश अवस्था दयनीय अनिष्ठकारी कामकाजको बाढी रोकिएको छैन बिग्रेको स्थितिलाई सन्तुलन सामान्य अवस्था ल्याउन परै आवस् सेना जस्तो संवेदनशील संयन्त्रभित्र रडाको मच्चाइएको संयम दुरदृष्टिले सञ्चालन गर्नुपर्ने राज्यको अङ्गलाई स्वार्थ प्रतिशोधले निसाना लगाउँदै भागबन्डाभित्र गोलचक्कर लगाउनु षड्यन्त्र बाहेक केही छैन राजनीतिक विकारले राजकीय क्षमता पुरै नष्ट हुँदै गएको यो समयका नागरिहरुको स्तरबाट सजग, र्सतर्कता सावधानीको आवाज बेगिलो बनाउन चुक्नु हुँदैन

कता बढ्दैछ समाज ? - सम्पादकीय

नेपाल समाज अपराधका नयाँ-नयाँ प्रवृत्ति देखा पर्दै गएका छन् उसो प्रत्येक समाज भित्रैबाट अपराधको जन्म हुने कुरो विश्वमै नौलो भने होइन समाजमा राम्रा वा नराम्रा जस्तोसुकै गतिविधि बढ्ने क्रमसँग अपराधको वृद्धि हुनुलाई अगल मान्न सकिन्न तथापि, समाजले सदैव अपराध अपराधजन्य क्रियाकलापको विरुद्ध पहलकदमी लिनु समाजको अस्तित्वकै लागि समेत आवश्यक विषय हो समाज सुसंस्कृत, समुन्नत, प्रगतिशील, समृद्ध विकसित बन्नका लागि निश्चित सामाजिक मापदण्ड, परम्परा, संस्कार, नियम विभिन्न मुलुकहरुले प्रचलित ऐन, कानुन नियमहरु तय गरेका छन् अन्ततः यी सबैको साझा मर्म भन्नु मानव समाजलाई अनुशाषित, इमान्दार, चरित्रवान जिम्मेवार बनाउनकै लागि हो समाज मानव विरोधी तथा मुलुकको ऐन, कानुनले निषेध गरेको कार्य गर्नु अपराध हो मानिसले मानिसकै हत्या गर्नु थप जघन्य अपराध हो तर वर्तमान अवस्थामा घर, परिवार श्रीमान् श्रीमतिकै बीच हत्याको प्रयास वार्दातहरु हुन थालेका छन् अघिल्ला यस्ता केही हत्या प्रकरणहरुले नेपाल सञ्चार क्षेत्रलाई गजबले नै खिचेको थियो भर्खरै मोरङको लेटाङमा यस्तै प्रकारले भएको आपराधिक घटनाले हाम्रो समाजमा अपराध आपराधिक मानसिकताको परकाष्टलाई उधाङ्गो पारेको
गत फागुन गते आफ्नै श्रीमानको सुनुयोजित हत्या गराउन आपराधिक समूह परिचालन गरेर ३९ वषर्ीया सुन्दरी र्राईले सफलता प्राप्त गरिन् तथापि, पाप धुरीबाट कराउँछ भने झैँ उनको सफल हत्या योजना प्रहरी अनुसन्धान अघि फितलो बन्न पुग्यो लाख रुपैयाँ खर्चेर आफ्नै श्रीमानको हत्या गराएकी सुन्दरीले गोहीको आँशु चुहाएर गरेको विलाप शोक प्रकट अन्ततः नितान्त नाटक मात्र सिद्ध भइसक्दाको यो घडिमा नेपाली समाजमा अब श्रीमान श्रीमती बीचकै सम्बन्धलाई पनि शंकाको घेरा भन्दा बाहिर राख्न सकिने स्थिति रहेन भारतीय सैनिकका रुपमा कार्यरत आफ्ना श्रीमान राजमनि र्राईको हत्याको योजना बुनेर वर्षोनी सुन्दरीले ५० हजार रुपैयाँ एड्भान्स दिएर जुन कार्य गरिन् त्यसले अन्ततः उनको बाँकी जीवनलाई जेलको कालो छिँडी सम्मको यात्रा तय गरिसकेको पल्टनबाट ४० दिन विदामा आएका राजमनीका लागि घर-परिवार मध्ये पनि आफनै जीवन सङ्गीनी नै काल बनिन् सुन्दरीले मोरङ प्रहरी समक्ष दिएको बयान अनुसार राजमनीले उनलाई मानसिक शारीरिक याताना दिने गरेको, परस्त्रीसँग अनैतिक सम्बन्ध राखेको जस्ता तर्क पेश गरेर जति नै उम्कन खोजे पनि कानुनले उनका तर्कलाई मान्यता दिन सक्दैन कुनै व्यक्ति हत्याको अपराधजन्य कृत्यका अघि जस्तासुकै तर्क सबुत निर्रथक प्रयास मात्र हुन् कानुनबाट उम्कन यर्सथ, यो हत्या प्रकरणले सिद्ध गरिसकेको कि, नेपाली समाजमा अपराधका थुप्रै नवीन प्रयास प्रयोगहरुमा पारङ्गत बन्दै गएका छन् आफ्नै घर परिवार भित्र प्रतिशोध, इष्र्या, विश्वासघात जस्ता कारण हत्याका घटना बढ्दो छन् समाजको समृद्धिका लागि मानव हत्या जस्ता जघन्य अपराध सदाका लागि बाधक तत्व मात्र हो घरेलु हिंसा, झै-झगडा, रिसइवी, लेनदेन, डरधाक, धम्की, अपहरण, हत्या जस्ता कुकृत्यले नेपाली समाजलाई कुन युग तिर धकेल्दै - यो पाटोबाट गम्भीर विश्लेषण जरुरी यही गतिले नेपाली समाजको छवि ओह्रालो लाग्दै गएको

केही हप्तामा सेना समायोजन निष्कर्षमा पुग्छ : प्रचण्ड – मुख्य समाचार

पोखरा/ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको केही हप्तामा सेना समायोजन निष्कर्षमा पुग्ने दाबी गरेका छन् । अवकास रोजेका लडाकूहरुको बिदाई सकिसकेको भन्दै उनले अब समायोजन प्रक्रिया सुरु हुने बताए ।
१७ औं जनयुद्ध दिवस मनाउने क्रममा गत फागुन १ गते काठमाडौमा दुर्घटनामा परि ज्यान गुमाएका प्रगतिशील लेखक संघका अध्यक्ष घनश्याम ढकालको श्रद्धाञ्जली सभामा प्रचण्डले भने –‘सेना समायोजन प्रक्रियाको पनि हामी अन्त्यमा छौं, अब केही हप्तामा नै निष्कर्ष निस्कन्छ ।’
माओवादी अध्यक्ष प्रचण्डले सविधान लेखन प्रक्रिया पनि छिट्टै निष्कर्षमा पुग्ने भन्दै ढुक्क हुन आग्रह गरेका छन् । अब बन्ने सविधान जनभावना अनुसारको हुने भन्दै उनले भने –‘सविधान लेखन प्रक्रिया निष्कर्षमा पुग्ने वातावरण बन्छ ढुक्क हुनुहोस् ।’

प्रचण्डले स्वर्गीय ढकालले लेखेका विभिन्न कृतिहरु प्रकाशन गर्न माओवादी पार्टीले सहयोग गर्ने र पोखराको शहीद स्मृति पार्कमा शहीद सम्बन्धी पुस्तकालय निर्माणको लागि पहल गर्ने आश्वासन दिएका छन् । ढकालका परिवारले शहीद पार्कमा शहिद सम्बन्धी पुस्तकालय बनाउने ढकालको सपना पूरा गर्न र उनीद्वारा लिखित केही कविताहरुलाई पोखरा विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्न आग्रह गरेको थियो ।

बाबुराम–प्रचण्ड भेट – उपमुख्य समाचार

यसैबीच बुधबार प्रधानमन्त्री डा. बाबुराम भट्टराई र अध्यक्ष प्रचण्डबीच भएको भेटमा प्रधानमन्त्री भट्टराईले राष्ट्रिय सहमतिको सरकार गठनका लागि आफू बाधक नबन्ने बताएका छन् ।
स्रोतका अनुसार प्रम भट्टराई अध्यक्ष प्रचण्ड निवास लाजिम्पाट पुगेर भनेका थिए –‘राष्ट्रिय सहमति हुनुपर्छ भन्ने विषयमा मैलै धेरै पहिलेदेखि आफ्नो स्पष्ट अडान राख्दै आएको छु’, भट्टराईको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो –‘म पार्टीले सरकारमा पठाएर गएको हुँ, फिर्ता बोलाएको खण्डमा जुनसुकै बेला राजीनामा दिन तयार छु ।’ तर, राष्ट्रिय सहमतिको सरकार गठन तथा शान्ति र संविधानको ग्यारेन्टी नहुँदासम्म सरकार छोड्न नहुनेमा भट्टराईको जोड थियो । पार्टी नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने वातावरण नभएसम्म राजीनामा दिनुको औचित्य नहुने भट्टराईको तर्क छ ।
प्रम भट्टराईले वैद्य पक्षले यथास्थितिमा सरकार छोड्न दबाब दिइरहेको भन्दै त्यसबारे अध्यक्ष प्रचण्डसँग स्पष्टता माग गरेका बताइएको छ । जवाफमा प्रचण्डले राष्ट्रिय सहमतिको वातावरण तयार नुहँुदासम्म सरकारबाट बाहिरिने कुरामा आफ्नो असहमति रहेको तर, राष्ट्रिय सहमतिको वातावरण बनेको अवस्थामा भने पार्टी बाधक बन्न नहुने बताएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अध्यक्ष प्रचण्डले वाइसीएलमा रहेका पूर्वलडाकुलाई राहत दिने विषयमा सोच्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
जवाफमा प्रधानमन्त्रीले राज्यकोषबाट वाइसीएललाई रकम दिन नसकिने स्पष्ट गर्दै उनीहरुलाई सामूहिक श्रममा लगाउनुपर्ने बताएका थिए । त्यसका लागि सरकारले सक्दो सहयोग गर्ने भनाई भट्टराईको थियो ।

सभाषद्को कोठामा चोरी

काठमाडौं/÷ नेकपा एमालेकी सभाषद  बिना ज्ञवालीको कोठामा चोरी भएको छ ।
बर्दिया जिल्ला गुलरिया नगरपालिका ६ घर भइ काठमाडौं महानगरपालिका ३२ घट्टेकुलो डेरा गरी बस्ने सभाषद् बिना ज्ञवालीको मंगलबार बिहान कोही नभएको अवस्थामा ढोकाको ताल्चा फुटाई भारतीय रुपैयाँ १७ हजार ४ सय, ल्याप्टप १ थान,  साढे २ तोला बराबरको सुनका गहना, चाँदीको करुवा १ थान गरी करिब २ लाख ८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

राष्ट्रिय खेलकुदका लागि पूर्पाञ्चलबाट ६०१ जना जाने – खेल समाचार

दमक/ ÷फागुन १४ देखि २१ गतेसम्म धनगढीमा हुने छैठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन पूर्वाञ्चलबाट खेलाडी व्यवस्थापक र प्रशिक्षक सहित ६०१ जना त्यसतर्फ जाने भएका छन् । फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन, उसु, डोजो, तेक्वान्दो, कराँते लगायतका विभिन्न विधामा भाग लिन छनौट भएका ति खेलाडीहरुलाई बुधबार बिराटनगरमा बधाई तथा बिदाई समारोह गरिएको छ ।
पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अतिथि संघीय मामिला तथा संस्कृति मन्त्री गोपाल किराँती, युवा तथा खेलकुद राज्यमन्त्री  गोपी अछामी लगायत विभिन्न पार्टी प्रतिनिधिहरुले बधाई ज्ञापन गरी अविर लगाएर बिदाई गरेका छन् ।
पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष किरण राईको अध्यक्षतामा भएको सो कार्यक्रममा समितिका कार्यालय सचिव लभकुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । सो कार्यक्रमको सञ्चालन वरिष्ठ प्रशिक्षक मदन उप्रेतीले गरेका समितिका सदस्य विष्णु राईले जानकारी दिए ।
राईका अनुसार पूर्वाञ्चलबाट सो टिम लैजान एक दर्जन बढी यात्रुबाहक बसको व्यवस्था मिलाइएको छ । सो टोली भोलि (शुक्रबार) बिराटनगरबाट धनगढी प्रस्थान गर्ने जनाइएको छ ।

जनतासँग सभाषद्

गौरादह/ गौरादहमा बुधबार नेकपा एमाले गौरादह गाउँ कमिटीले जनतासँग सभाषद् कार्यक्रममा सम्पन्न गरेको छ ।
सो क्रममा स्थानीयबासीले झापा क्षेत्र नम्बर–६ का सभाषद् दीपक कार्कीसँग स्थानीय बिकास निर्माणमा केन्द्रित बिभिन्न प्रश्न तथा जिज्ञासा राखेका थिए । जवाफ दिदै  सभाषद् कार्कीले जनताको अपेक्षा र चाहना बढी भएको तर त्यो अनुसार काम गर्न नसकिएको बताए ।
गौरादह गाउँ कमिटीका अध्यक्ष दुर्गा गौतमले स्थानीयबासीले जनप्रतिनिधिसँग प्रत्यक्ष जिज्ञासा राख्ने अवसर प्रदानका लागि कार्यक्रम गरिएको बताए ।