हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

कर सचेतता गोष्ठी - उपमुख्य समाचार

माघ, २५/  होटल व्यवसायीहरुलाई कर प्रणालीबारे जानकारी दिने उद्देश्यले मंगलबार दमकमा कर सचेतना गोष्ठी सम्पन्न भएको छ ।
आन्तरिक राजश्व कार्यालय भद्रपुर तथा होटल व्यवसायी संघको आयोजनामा भएको गोष्ठीमा कर प्रणाली भ्याट स्थाईलेखा
आदिबारे जानकारी गराईएको थियो । कार्यक्रममा कर अधिकृत अनमोल दाहाल दीपक खड्का तथा खरिददार टीका श्रेष्ठ र सुमन तामाङले कर तथा लेखाका बिभिन्न बिषयमा जानकारी दिएका थिए ।
व्यवसायीहरुलाई स्थानीय तहबाट नैं सेवा समेत दिन आयोजित गोष्ठीमा दमक क्षेत्रका ४ जना होटल व्यवसायीले स्थाईलेखा नम्बर लिएको होटल व्यवसायी संघ झापाका अध्यक्ष शिव पोखरेलले जानकारी दिए ।

राजश्व नतिर्नेको कारोबार तथा सम्पत्ति रोक्का - मुख्य समाचार

गोपाल झापाली
भद्रपुर, माघ २५/ राजश्व नतिरेका ८ जना व्यवसायीको कारोबार रोक्का गरेर आन्तरिक राजश्व कार्यालय मेची भद्रपुरले ४० लाख रुपैयाँ राजश्व असुली गरेको छ । लामो समयदेखि व्यवसाय साचालन गर्ने तर कर नतिर्ने व्यवसायीको सम्पत्ति रोक्का गरेपछि ति व्यवसायीहरुले सो राजश्व बुझाएका हुन् ।
हाल कर बुझाउन बाँकी रहेका ८ जनाको सम्पत्ति समेत रोक्का गरिएको कार्यालय प्रमुख डा। नारायण ढकालले बताए । कारोबार रोक्कापछि कतिपय व्यसायीले कर बुझाए व्यवसाय साचालन गरेको तर केहिले व्यवसाय साचालन नगर्ने व्यवसाय नैं लिलामी गर्न कार्यालयलाई आग्रह गर्ने गरेको उनले जानकारी दिए । मूल्य अभिबृद्धि कर भ्याट मा दर्ता हुन आवश्यक रहेका कतिपय व्यवसायी दर्ता नैं नुहुने र दर्ता भएका केहिले कर नबुझाउने गरेको उनले बताए । भ्याट ऐनमा लामो समयसम्म कर नबुझाउनेको जग्गा तथा सम्पति रोक्का गर्न सकिने व्यवस्था भएकाले सोहि अनुसार कार्वाही गरेर राजश्व असुली गरिने गरेको कार्यालयले जनाएको छ ।

यस्तै मेची अाचलमा रहेका आधा भन्दा बढी होटल अझै भ्याटको दायरामा जान सकेका छैनन् । आन्तरिक राज्ाश्व कार्यालय मेचीले भ्याटमा दर्ता हुन व्यवसायीहरुले अटेर गरेको जनाएको छ भने व्यवसायीहरुल्ो भ्याट प्रकृया नैं बिभेद्कारी भएको जनाएका छन् ।
दमक उवासंघको सभाकक्षमा आयोजित गोष्ठीमा सहभागी होटल व्यवसायीहरु । फोटोः पिपुल्स टाइम्स

होटल व्यवसायी संघ झापाका अनुसार झापामा करिब एक हजार व्यवसायी संघमा आवद्ध छन् । ति व्यवसायीहरुले कुनै न कुनै रुपमा सरकारलाई वर्षेनी कर बुझाउने गरेका छन् । तर संघमा र सरकारी निकायमा दर्ता नहुने होटल व्यवसायीका कारण दर्ता भर राजश्व्ा बुझाउने व्यवसायीहरु मारमा परेको संघका अध्यक्ष शिव पोखरेल बताउँछन् । संघमा आवद्ध भएका धेरै जसो व्यवसायीहरुले स्थाईलेखा नम्बर लिएर व्यवसाय गर्ने गरेको र राजश्व समेत बुझाउने गरेको उनले बताए । स्थाईलेखा नम्बर समेत नलिएका व्यवसायीलाई दर्ता प्रकृयामा ल्याउन राजश्व कार्यालयले ध्यान नदिएको र लेखा नम्बर लिएकालाई चाँहि अन्त शुल्क भ्याट लगायतका नाममा बारम्बार समस्या दिने गरेको उनको भनाई छ ।
यस्तै होटल व्यवसायी संघ क्षेत्रीय समिति दमकका अध्यक्ष गंगा सिटौला स्थाईलेखा नम्बर लिएर साचालन भएका व्यवसायीलाई अनावश्यक हैरानी दिनु भन्दा सबै व्यवसायीलाई प्रारम्भिक कानुनी दायरामा ल्याउन आवश्यक रहेको बताउँछन् ।
आन्तरिक राजश्व कार्यालय भद्रपुरले भने भ्याटमा दर्ता हुनैपर्ने धेरै जसो होटलहरु स्थाईलेखा नम्बरका भरमा चलिरहेको जनाएको छ । मेची अाचल भरिबाट करिब अढाई सय होटलले मात्र स्थाईलेखा नम्बर लिएको जनाएको छ । नगरपालिका भित्र साचालन भइ मदिरा बेच्ने र वार्षिक १० लाख रुपैयाँ बढीको कारोबार गर्ने होटलहरु भ्याटमा दर्ता हुन आवश्यक रहेको कार्यालय प्रमुख
ढकालले जानकारी दिए । धेरै जसो होटल व्यवसायीहरुले कर प्रणालीबारे अनविज्ञता देखाएको र लेखा प्रणाली झण्झटिलो हुने गरेकाले भ्याटमा दर्ता्र हुन आनाकानी गर्ने गरेको उनले बताए ।
भ्याट र अन्तशुल्कमा दर्ता हुनुपर्ने तर अटेर गरेका व्यवसायीहरुलाई भोलिबाट भने कडा कार्वाही थालिने राजश्व कार्यालयले जनाएको छ । राष्ट्रिय कार्यक्रम अन्तर्गत पहिलो चरणमा अनुगमन गरिने र राजश्वका सबै दायरा पूरा गर्न निर्देशन दिईने कार्यालय प्रमुख ढकालले बताए । सो पछि समेत अटेर गरे १० हजार रुपैंयासम्म जरिवाना हुने जनाईएको छ । फोटेा पनि छ ः दमक उवासंघको सभाकक्षमा आयोजित गोष्ठीमा सहभागी होटल व्यवसायीहरु ।

शर्मालाई सहयोग

दमक, माघ २५/ अमेरिकामा बसोबास गरिरहेका झापाको दमकका बासिन्दाहरुले झापाका राजनीतिकर्मी पुर्णानन्द शर्मा दाहाललाई उपचारको लागि ५१ हजार नेपाली रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

क्यालिफोनिर्याको लसएन्जलसमा बसोबास गरिरहेका ´ापा दमक स्थाई घर भएका नेपालीहरुले शर्मालाई सो सहयोग गरेका हुन् । लसएन्जलसवासी दमकेलीहरु कृष्ण मिश्र सूर्य प्रसाई शान्तिराम ढकाल रमेश बस्नेत युवराज सिटौला दिलबहादुर श्रेष्ठ सुकदेव शाही मणिप्रसाद सुब्बा शम्भु ढकाल भक्त नेपाल योगेन्द्र बिमली र सुदीप पन्तले सो सहयोग गरेका हुन् । शर्मा नेपाली कांग्रेसका महासमिति सदस्य तथा पूर्व जिल्ला सभापति हुन् ।

गाडीमा हरिण पस्दा दुर्घटना

मोरङ, माघ २५/ खेलाडी चढेको गाडीमा एक्कासी हरिण पसेपछि तीन खेलाडी घाइते भएका छन् । इलाममा हुने पूर्वााचल क्षेत्रीय फुटबल प्रतियोगितामा भाग लिन गएको खोटाङको फुटबल टिम चढेको गाडीमा मंगलबार मोरङको पथरीस्थित चारकोसे जंगलमा हरिण पस्दा तीन खेलाडी घाइते भएका हुन् ।
प्रहरीका अनुसार ल्यान्डरोभर गाडीको अगाडि भागबाट अचानक सिसा फुटाएर हरिण भित्र पसेको थियो । घाइते हुनेमा युवराज राई सोभित राई र पाण्डव राई छन् । सोभित र पाण्डवको सिसाले टाउको र निधार काटेको छ भने युवराजको आँखामा सिसाको टुक्रो पसेको छ । उनीहरुको बिराटनगरस्थित गोल्छा आँखा अस्पतालमा उपचार भइरहेको छ ।

स्वायत्तता माग्ने पार्टीहरु फुट नजिक

दमक, माघ २५/ संघीय लोकतान्त्रिक राष्ट्रिय माच इन्द्रहाङ खम्बू समूहले लिम्बुवानका नेता कुमार लिङ्देन एकात्मकवादी शक्तिहरुको घरेलु एजेन्ट भएको आरोप लगाएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय माच र सम्बद्ध संघीय लिम्बुव्ाान राज्य परिषद्का अध्यक्ष समेत रहेका लिङ्देनले संघीयता र जातीय स्वायत्तताको आन्दोलनलाई धोका दिएको मंगलबार झापाको दमकमा पत्रकार सम्मेलन गरी खम्बू पक्षलॆ आरोप लगाएको हो ।

आफूलाई माचको आधिकारिक पक्ष दाबी गर्दै इन्द्रहाङ खम्बूले विधानतः ०६७ चैत्र २९ गते कुमार लिङ्देन समेतको उपस्थितिमा माचको २३ औं पूर्ण बैठक बसेर सर्वसम्मत आफू अध्यक्ष भएको दाबी गरेका छन् । कुमार लिङ्देनले ०६७ साउन २७ गते निर्वाचन आयोगमा आफू अध्यक्ष भएको भन्दै निवेदन दिएर माच फुटाउने षड्यन्त्र गरेको खम्बू पक्षको आरोप छ ।
माचको आधिकारिकता बारे ०६८ माघ ११ गते निर्वाचन आयोगले कुमार लिङ्देनलाई आधिकारिकता प्रदान गरेपछि सो विरुद्ध खम्बू पक्ष सर्वोच्च अदालत पुगेको थियो । माघ १४ गते आयोगको निर्णय विरुद्ध रिट दर्ता गराएपछि तत्कालै सर्वोच्च अदालतले आयोगको निर्णयप्रति कारण देखाउको अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चको अन्तरिम आदेश पाए लगत्तै खम्बू पक्षले माचको आधिकारिकता आफ्नो भएको लगायतका अन्य राजनीतिक बहस थालेका छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय माच र सम्बद्ध लिम्बुवान खम्बुवान तामाङसालिङ थरुहट मगरात नेवा तमुवान खसान लगायत राज्य परिषद्हरुलाई संगठित गर्ने कार्यमा नभई तिनको अस्तित्व समाप्त गर्न लिङ्देन र उनको पक्ष लागेको आरोप पत्रकार सम्मेलनका बीच लगाइएको छ । कुमार लिङ्देन पक्षले निर्वाचन आयोगमा लिम्बुवानका लिम्बूहरुलाई मात्र उपस्थित गराएर माचको अवधारणा विपरीत कार्य गरेको भन्दै उनी सहित माचका कार्यबाहक महासचिव खगेन्द्र माखिमलाई तत्कालका लागि निलम्बन गरिएको खम्बूले जानकारी दिए । आफूलाई सह-अस्तित्ववादी नेता भएको दाबी गर्ने लिङ्देन स्वअस्तित्ववादी मात्रै भएको समेत खम्बूको आरोप थियो ।
खम्बू पक्षधर माचले केही दिनमै आदिवासी अधिकारका लागि वैकल्पिक राष्ट्रिय राजनीतिक शक्ति निर्माणका लागि राजनीतिक वहस थाल्ने बताएको छ । हालै राज्य पुनसर्ंरचना आयोगले पेश गरेको संघीय राज्यहरुको खाका सम्बन्धी सुझाव जातीय स्वायत्तता विरोधी भएको भन्दै सो पक्षले अस्वीकार गर्ने पत्रकार सम्मेलनका बीच जानकारी दिइएको थियो । सो कार्यक्रममा माचबाट ०६७ असार १६ गते विधिवत रुपले अलग भएको लक्ष्मण थारु नेतृत्वको संघीय लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वुद्धछिरिङ मोक्तान पार्टी सम्बद्ध थरुहटका महासचिव चन्द्रनारायण थारु लिम्बुवान मुक्ति मोर्चाका झापा जिल्ला अध्यक्ष देउकुमार नेम्बाङलगायतको उपस्थिति रहेको थियो ।
यसैबीच नेता कुमार लिङ्देनले भने माघ ११ गतेको निर्वाचन आयोगको निर्णयले खम्बू पक्ष र आफूहरुको पार्टी नीति सिद्धान्त र संगठन अलग भइसकेको दाबी गरेका छन् । निलम्बन गरेको बारे टिप्पणी गर्दै उनले भने -ुमैले कांग्रेस सभापति सुशील कोइरालालाई वा माओवादी अध्यक्ष प्रचण्डलाई कार्बाही गरेँ भने कति हाँस्यास्पद स्थिति होला । उनीहरुको भनाई यस्तै निरर्थक र हाँस्यास्पद हो ।ु उनले सो कार्य बौद्धिक दरिद्रताको प्रदर्शन मात्र भएको बताए ।
निर्वाचन आयोगले आफूहरुलाई आधिकारिकता दिएको भन्दै लिङ्देनले सो निर्णय मान्न आफूहरु तयार रहेको बताए । उनले माघ ११ गते नै खम्बू सहित उनको पक्षका प्रवक्ता सूर्य माखिमलाई पुनः कुनै पनि हालतमा सदस्यता प्राप्त गर्न योग्य नरहने गरी माचबाट निलम्बन गरिएको बताएका छन् ।
२०६२ मा स्थापना भई कहिले लिम्बुवानका नाउँमा त कहिले माच र पार्टीका नाउँमा पटक-पटक फुट्दै आएको जातीय स्वायत्तताको वकालत गर्ने यो पार्टी पुनः फुट्न लागेको देखिन्छ । खम्बू पक्षले पार्टी सुदृढीकरणको रटान लगाइरहनु र लिङ्देन पक्षले भने सैद्धान्तिक बाटो नै अलग भएको बताइरहनुले माच चौंथो पटक फुट्न लागेको स्पष्ट छ । यस अघि माचबाट फुटेर साजुहाङ पालुङ्वा नेतृत्वको लिम्बुवान राज्य परिषद् मिसेकहाङ थाम्सुहाङ नेतृत्वको लिम्बुवान क्रान्तिकारी र लक्ष्मण थारु नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका रुपमा अस्तित्वमा रहेका छन् ।

एम्बुलेन्सका लागि पुराण

केर्खा, माघ २५/ झापाको तोपगाछी-७ स्थित केर्खा बजारमा एउटा पनि एम्बुलेन्स नभएको भन्दै स्थानीयले सो को जोहो गर्न बुधबारदेखि श्रीमद् भागवत् सङ्गीतमय महापूराण सप्ताह ज्ञान यज्ञको आयोजना गर्ने भएका छन् ।
स्थानीय दूर्गा मन्दिर परिसरमा आयोजना गरिने पुराणबाट उठेको रकमले एम्बुलेन्स खरिद गर्ने लगायतका लक्ष्य राखिएको पुराण मूल आयोजक समितिका अध्यक्ष कृष्ण ढकालले जानकारी दिए ।
दूर्गा मन्दिर साचालक समितिका अध्यक्ष वीरध्वज बिष्टले पुराणबाट ५० लाख सहयोग संकलन गर्ने लक्ष्य राखिएको बताए ।
दाताहरुबाट प्राप्त सहयोगले एम्बुलेन्स खरिद ३० वर्ष अघि निर्मित मन्दिरको पुनर्निर्माण र सो को नियमित साचालनका लागि अक्षयकोष स्थापना गरिने बिष्टको भनाई रहेको छ । पुराण साचालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको स्थानीय दाताराम चापागाँईले बताए ।

औषधि खाने शहरका भन्दा गाउँका बढी

हात्तीपाइले विरुद्धको अभियान
दमक, माघ २५/ झापामा साचालन गरिएको हात्तीपाइले रोग बिरुद्धको औषधी खुवाउने अभियानमा शहरका भन्दा गाउँका सर्वसाधारण बढी सहभागी भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले औषधि खाएपछि तत्काल नकारात्मक असर देखिएको भन्दै यो अभियानमा शहरका बासिन्दा कमले मात्रै औषधि लिएका जनाएको छ ।
जनस्वास्थ्य कार्यालयका अधिकृत जीवन चौलागाईले तत्काल नकारात्मक असर देखिदा शहरका मनिसहरु त्रसित भएको जनाउँदै त्यस किसिमको नकारात्मक असर हात्तीपाइले रोगका किटाणु प्रवेश गरेका मानिसहरुमा देखिएको स्पष्ट पारेका छन् । चौलागाईले भने -ुजसमा यसको संक्रमण सुरु भएको थियो उनीहरुमा बान्ता हुने िरंगटा लाग्ने जस्ता नकारात्मक असर देखिएको हो ।ु यसले स्वास्थ्यमा दीर्घकालिन फाइदा पुगेको उनको दाबी छ । उनका अनुसार यो अभियानमा झापाका ६ लाख भन्दा बढी व्यक्ति सहभागी भएका छन् ।
अधिकृत चौलागाईका अनुसार अभियान अन्तर्गत सेना कैदी प्रहरी तथा माओवादी लडाकुलाई सम्बन्धित कार्यालयमा नै पुगेर औषधी खुवाईएको थियो । सोमबार सकिएको अभियानमा ८ लाख ३२ हजार जना सहभागी हुने अपेक्षा गरिएकोमा सो को ८० प्रतिशत लक्ष्य पूरा भएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
३ दिन साचालन भएको अभियानको सुपरीवेक्षणका लागि स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा बिभागका जनस्वाथ्य अधिकृत रेशम लामिछाने रामभक्त खत्री र मातृका दाहाल सहितको टोली जिल्लामा खटिएको थियो । बिभिन्न केन्द्रमा औषधी बितरणका लागि ६ सय महिला स्वास्थ्य स्वम्सेवीका सहित ३ हजार ५ सय स्वयम्सेवक खटिएका थिए ।
यो सँगै स्वास्थ्य सेवा बिभागले जिल्लाको अभियानलाई देशमै सफल रुपमा अभियान सम्पन्न भएको जिल्लाको रुपमा पत्राचार गरको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत चौलागाईका अनुसार बिभागले कार्यालयलाई सफल रुपमा अभियान सम्पन्न भएको जनाउँदै पत्राचार गरेको हो ।
स्वास्थ्य मन्त्रालयले पाँचौ पटक सम्म पाँच वर्षमा यो अभियान साचालन गरी हात्तीपाइले रोग उन्मुलन गर्ने तयारी स्वरुप यो वर्षदेखि टोलटोलमा पुगेर औषधि खुवाउने कार्यक्रम साचालन गरेको बताइएको छ ।

अढाइ महिनापछि पक्राउ

उर्लाबारी, माघ २५/ एमाओबादी भातृ संगठनका कार्यकर्ता बादल लिम्बु र सुवास तामाङमाथि आक्रमण गरेको अभियोगमा अढाई महिना देखि फरार भएका राजघाट-७ का साङगेहाङ लिम्बुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
ग्ात मंसिर १५ गते उनीहरुमाथि आक्रमण गरेको आरोप लागेका लिम्बुलाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता भए अनुरुप कारवार्हीका लागि पक्राउ गरेको प्रहरीले जनाएको छ । लिम्बु समर्थकहरुले प्रहरीले एकपक्षीय रुपमा पक्राउ गरेको आरोप लगाएका छन् ।
राजघाटकै कान्ते लिम्बुले पनि सोही अभियोगको मुद्दा दर्ता हुँदा समेत आरोपितहरुलाई प्रहरीले पक्राउ नगरेको उनीहरुले बताएका छन् । कान्तेले पनि बादल सुवास लगायत बिरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरेका थिए ।
गत मंसीर १५ गते उर्लाबारी-४ को बरगाछी चौकमा दुई   युवा समूह बीच झडप हुँदा उर्लाबारीका बादल र सुवास तथा राजघाटका कान्ते गम्भिर घाइते भएपछि एक अर्का समूह बीच ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गराएका थिए ।इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल दाहालले फरार आरोपितहरुलाई तत्कालै पक्राउ गरी कारवार्ही गर्ने बताएका छन् ।

वाइसिएललाई पार्टीले रकम दिने

काठमाण्डौ, माघ २५/ एकीकृत नेकपा माओवादीले लडाकूबाट बाईसीएलमा गएकाहरुलाई पार्टीले नै एकमुष्ट रकम दिने निर्णय गरेको छ ।
लडाकू सरह सेवा सुविधा र समायोजनको माग गर्दै लडाकूबाट बाईसीएलमा गएकाहरु पार्टी नेतृत्वविरुद्ध आन्दोलनमा उत्रिएपछि माओवादी स्थायी समितिको बैठकले पार्टीको आर्थिक कोषबाट उनीहरुलाई एकमुष्ट रकम दिने निर्णय गरको हो । बैठकले स्वेच्छिक अवकास रोजेका लडाकूहरुबाट चेक लिने कुनै नीति नरहेको प्रष्ट पारेको छ ।
बैठकले घाइते तथा अपाङ्ग लडाकूलाई थप आर्थिक प्याकेज दिन र पूर्व लडाकूहरुलाई आर्थिक प्याकेज दिन सरकारलाई निर्देशन दिएको छ । शान्ति प्रकृया अघि बढाउन कांग्रेस र एमालेले दिएको एक हप्ते अल्टिमेटमबारे भोलि बस्ने तीन दलको बैठकमा छलफल गरिने सतिच सीपी गजुरेलले जानकारी दिए ।

फोहोरको चुनौति उस्तै-उपमुख्य समाचार

दैनिक ७ मेटि्रक टन फोहोर उत्पादन हुने दमक नगरपालिकामा फोहोर मैला व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा २१ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ । १७ जना कुचिकारलाई जनही २ सय ३१ रुपैयाँ दैनिक ज्याला फोहोर बोक्ने तीनवटा सवारीमा इन्धन तथा सरसफाईका लागि आवश्यक उपकरणहरुको
व्यवस्था सो बजेटबाट गर्नुपर्ने हुन्छ । नगरपालिकाका वातावरण विभाग प्रमुख द्रोण थापा भन्छन्-ुकर्मचारीको तलब भत्ता र औजार उपकरणका व्यवस्थापन गर्नै हम्मे पर्छ ।ु उनले नगरपालिकाको १६ औँ नगर परिषद्ले फोहोरको दिगो व्यवस्थापन गर्ने सम्बन्धी नीतिगत निर्णय गरेपनि हालसम्म ठोस काम अगाडि बढ्न नसकेको बताए । नगरको फोहोर व्यवस्थापन गर्न व्यवस्थित ल्याण्डफिल्ड साइडको लागि ७ बिगाहा क्षेत्रफल खाँचो रहेको उनले बताए ।