औषधि खाने शहरका भन्दा गाउँका बढी

हात्तीपाइले विरुद्धको अभियान
दमक, माघ २५/ झापामा साचालन गरिएको हात्तीपाइले रोग बिरुद्धको औषधी खुवाउने अभियानमा शहरका भन्दा गाउँका सर्वसाधारण बढी सहभागी भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले औषधि खाएपछि तत्काल नकारात्मक असर देखिएको भन्दै यो अभियानमा शहरका बासिन्दा कमले मात्रै औषधि लिएका जनाएको छ ।
जनस्वास्थ्य कार्यालयका अधिकृत जीवन चौलागाईले तत्काल नकारात्मक असर देखिदा शहरका मनिसहरु त्रसित भएको जनाउँदै त्यस किसिमको नकारात्मक असर हात्तीपाइले रोगका किटाणु प्रवेश गरेका मानिसहरुमा देखिएको स्पष्ट पारेका छन् । चौलागाईले भने -ुजसमा यसको संक्रमण सुरु भएको थियो उनीहरुमा बान्ता हुने िरंगटा लाग्ने जस्ता नकारात्मक असर देखिएको हो ।ु यसले स्वास्थ्यमा दीर्घकालिन फाइदा पुगेको उनको दाबी छ । उनका अनुसार यो अभियानमा झापाका ६ लाख भन्दा बढी व्यक्ति सहभागी भएका छन् ।
अधिकृत चौलागाईका अनुसार अभियान अन्तर्गत सेना कैदी प्रहरी तथा माओवादी लडाकुलाई सम्बन्धित कार्यालयमा नै पुगेर औषधी खुवाईएको थियो । सोमबार सकिएको अभियानमा ८ लाख ३२ हजार जना सहभागी हुने अपेक्षा गरिएकोमा सो को ८० प्रतिशत लक्ष्य पूरा भएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
३ दिन साचालन भएको अभियानको सुपरीवेक्षणका लागि स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा बिभागका जनस्वाथ्य अधिकृत रेशम लामिछाने रामभक्त खत्री र मातृका दाहाल सहितको टोली जिल्लामा खटिएको थियो । बिभिन्न केन्द्रमा औषधी बितरणका लागि ६ सय महिला स्वास्थ्य स्वम्सेवीका सहित ३ हजार ५ सय स्वयम्सेवक खटिएका थिए ।
यो सँगै स्वास्थ्य सेवा बिभागले जिल्लाको अभियानलाई देशमै सफल रुपमा अभियान सम्पन्न भएको जिल्लाको रुपमा पत्राचार गरको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत चौलागाईका अनुसार बिभागले कार्यालयलाई सफल रुपमा अभियान सम्पन्न भएको जनाउँदै पत्राचार गरेको हो ।
स्वास्थ्य मन्त्रालयले पाँचौ पटक सम्म पाँच वर्षमा यो अभियान साचालन गरी हात्तीपाइले रोग उन्मुलन गर्ने तयारी स्वरुप यो वर्षदेखि टोलटोलमा पुगेर औषधि खुवाउने कार्यक्रम साचालन गरेको बताइएको छ ।

0 प्रतिकृया:

Post a Comment