कर सचेतता गोष्ठी - उपमुख्य समाचार

माघ, २५/  होटल व्यवसायीहरुलाई कर प्रणालीबारे जानकारी दिने उद्देश्यले मंगलबार दमकमा कर सचेतना गोष्ठी सम्पन्न भएको छ ।
आन्तरिक राजश्व कार्यालय भद्रपुर तथा होटल व्यवसायी संघको आयोजनामा भएको गोष्ठीमा कर प्रणाली भ्याट स्थाईलेखा
आदिबारे जानकारी गराईएको थियो । कार्यक्रममा कर अधिकृत अनमोल दाहाल दीपक खड्का तथा खरिददार टीका श्रेष्ठ र सुमन तामाङले कर तथा लेखाका बिभिन्न बिषयमा जानकारी दिएका थिए ।
व्यवसायीहरुलाई स्थानीय तहबाट नैं सेवा समेत दिन आयोजित गोष्ठीमा दमक क्षेत्रका ४ जना होटल व्यवसायीले स्थाईलेखा नम्बर लिएको होटल व्यवसायी संघ झापाका अध्यक्ष शिव पोखरेलले जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment