वाइसिएललाई पार्टीले रकम दिने

काठमाण्डौ, माघ २५/ एकीकृत नेकपा माओवादीले लडाकूबाट बाईसीएलमा गएकाहरुलाई पार्टीले नै एकमुष्ट रकम दिने निर्णय गरेको छ ।
लडाकू सरह सेवा सुविधा र समायोजनको माग गर्दै लडाकूबाट बाईसीएलमा गएकाहरु पार्टी नेतृत्वविरुद्ध आन्दोलनमा उत्रिएपछि माओवादी स्थायी समितिको बैठकले पार्टीको आर्थिक कोषबाट उनीहरुलाई एकमुष्ट रकम दिने निर्णय गरको हो । बैठकले स्वेच्छिक अवकास रोजेका लडाकूहरुबाट चेक लिने कुनै नीति नरहेको प्रष्ट पारेको छ ।
बैठकले घाइते तथा अपाङ्ग लडाकूलाई थप आर्थिक प्याकेज दिन र पूर्व लडाकूहरुलाई आर्थिक प्याकेज दिन सरकारलाई निर्देशन दिएको छ । शान्ति प्रकृया अघि बढाउन कांग्रेस र एमालेले दिएको एक हप्ते अल्टिमेटमबारे भोलि बस्ने तीन दलको बैठकमा छलफल गरिने सतिच सीपी गजुरेलले जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment