हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

अन्जू बनिन् आकर्षण


१७ मंशिर
केर्खा÷ रेडीयोमा आवाज सुनेकी र टेलीभिजनमा देखिएकी लोकपि्रय गायीका अाजू पन्तलाई पहिलो पटक भेट्दा झापाका दर्शकले तोपगाछी महोत्वसमा खुवै साथ दिए ।
केर्खामा पहिलो पटक शुरु भएको तोपगाछी महोत्वसको दोश्रो दिन मुख्य आकर्षणनैं अाजू बनिन् । दिउँसै देखी उनलाई पर्खिएर बसेका श्रोताले साँझ पर्दै जाँदा स्टेशमा देखे पछि निक्कै चर्को आवाजले साथ दिए ।
वशन्तनै बस्न खोज्छ बोलको रिमेक गीतबाट शुरु भएको उनको गायन यात्राका दर्शकले आधा घण्टा भन्दा बढि साथ दिए । कार्यक्रममा उनले सोह्र सृङ्गार तिर्खा लाग्यो पानी खाँए लगायतका लोकपि्रय गीत सुनाएकी थिईन् ।
कार्यक्रम साचालकको रुपमा देखिएका कलाकार विल्सनविक्रम राईको ठट्टामा पनि दर्शक निक्कै रमाएका थिए ।
झापा उद्योग वाणिज्य संघ मुख्य आयोजक रहेको महोत्वसमा दैनिक बिभिन्न कलाकारको प्रस्तुती रहने जनाईएको छ ।

प्लाव्सनमा पुनः घिमिरे


१७ मंशिर
बिर्तामोड÷ निजी तथा आवसिय अर्गनाईजेसन-प्याब्सन झापाको आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्षमा नारायण घिमिरे पुनः निर्वाचित भएका छन् ।
शनिवार बिर्तामोडमा भएको ९ औं जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । यसै गरि कोषाध्यक्षमा समेत कोषराज प्याकुरेल निर्बिरोध निर्वाचित भएका छन् । सदस्य बाहेकका अन्य पदमा भने शनिवार राति चुनाव भएको थियो । राती १० बजे सकिएको चुनावी प्रतिष्पर्धाबाट उपाध्यक्षमा अमृत ति_िम्सना र श्रवण पोखरेल सचिवमा मिलनकुमार ढुङ्गाना सहसचिवमा मोहन सुव्बा र भक्त कार्की तथा सहकोषाध्यक्षमा गौरीमान फागो निर्वाचित भएका छन् ।
२ जना उपाध्यक्षमा अमृत ति_िम्सना लक्ष्मण सुवेदी श्रवण पोखरेल र हरी अधिकारी बिच प्रष्पिर्धा भएको छ । यस्तै एक जना सचिव पदमा रुपक गौतम र मिलनकुमार ढुङ्गानाको उमेद्वारी परेको थियो । दुईजना सहसचिवका लागि दिपेन्द्र थापा महेन्द्र प्रसाई मोहन सुव्बा र भक्ति कार्की चुनावी मैदानमा थिए । सहकोषाध्यक्षमा चाँहि गौरीमान फागो र साजीतककुमार प्रधानको प्रतिष्पर्धा रहेको थियो । नवनिर्वाचित पदाधिकारीहरुलाई शनिवार रातिनैं निर्वाचन समितिका सायोजक गुरुभक्त न्यौपानेले सपथ ग्रहण गराएका थिए । निर्वाचन समितिमा एलडी राई श्याम देवान टंक अधिकारी र अमृत बुढाथोकी सदस्य रहेका थिए ।
जिल्लाका ८ क्षेत्रबाट यस अघिनैं जिल्ला समितिका लागि सदस्यहरु चयन भई सकेका थिए ।
अतिथी सदनमा केन्द्रिय अध्यक्ष राजेश खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बरिष्ठ सल्लाहकार डा।बाबुराम पोखरेल केन्दिय उपाध्यक्ष टीकाराम पूरी लगायतले बोलेका थिए ।

युनेस्को संगी शिक्षा


१७ मंशिर
दमक÷ झापामा युनेस्को संगी शिक्षा कार्यक्रम समिति गठन भएको छ ।
शनिबार दमकमा भएको भेलाले रोशन विष्टको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको उपाध्यक्ष जीतु धिमाल सचिव भवानी काफ्ले सहसचिव तुलसी भट्टराई र कोषाध्यक्ष विकास शिवाकोटी रहेका छन् । समितिका सदस्यहरुमा नवराज ढकाल सहदेव भट्टराई खेम निरौला बिनिता भट्टराई निमा विष्ट र दुर्गा गौतम चयन भएका छन् ।
भेलाले समितिका सल्लाहकारहरुमा हुकुमिसं राई गोकुल श्रेष्ठ बबरजंग थापाुकिरणु भरुवा राजवंशी श्यामप्रसाद आचार्य र ज्ञानेन्द्र कोईरालालाई चयन गरेको छ ।
समितिले युनेस्कोको मार्ग दर्शन अनुसार शिक्षा संस्कृती बैज्ञानिक खोज लगायतका कार्यमा सघाउ पुर् याउने जनाईएको छ ।

यातायात बिस्तार


१७ मंशिर
शिवगाज÷ झापाको दक्षिणी गाविस महाभाराको भाचार बजार सम्म सवारी साधन साचालन हुन थालेका छन् ।
यस अघि कुिाजवारी बजार सम्ममात्र साचालन हुने सवारीसाधनहरु १ किलोमिटर दक्षिण भासार बजार सम्म जान थालेका हुन् । हाल सो बजारबाट दमक बिर्तामोड भद्रपुर र काकडभिट्टाका लागि चार वटा यात्री बस साचालन हुने गरेको स्थानीय अगुवा गणेश लावतीले जानकारी दिए ।
यातायात बिस्तार भए पछि दक्षिणी महाभारा कोरोवारीका बिभिन्न वडाका तथा सिमावर्ती क्षेत्रका बासिन्दालाई सहज भएको छ ।

अन्तराष्ट्रिय अपा¨ दिवशका अवसरमा बिभिन्न कार्यक्रम


१७ मंशिर
दमक÷ २० औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा शनिबार झापा तथा मोरङ्मा बिभिन्न कार्यक्रम गरिएका छन् । सो अवसरमा शनिवार झापाको दमक घैलाडुव्वा तथा मोरङ्का बिभिन्न स्थानमा बिभिनन कार्यक्रम भएका छन् ।
यसै अवसमा दमकमा एक सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
झापाको निर्वाचन क्षेत्रनं ७ र ६ वाट आएका अपाङ्गहरुले कार्यक्रम मार्फत आफ्ना समस्याहरु सार्वजानिक गरेका थिए । अधिकांस अपाङ्गहरुले राज्यले वितरण गरेको रातो कार्ड अनियमित गरी वाँढेको आरोप लगाएका थिए । त्यसैगरी झापा जिल्ला र अपाङ्गलाई परिचयपत्र दिने महिला विकास समितिले समेत अपाङगहरु कति रहेको तथ्याङक राम्रोसंग नलिएको आरोप लगाएका थिए ।
नेपाल नेपाल मानव अधिकार अपाङग संघको आयोजनामा भएको कार्यक्रममा ५० भन्दा धेरै अपाङगहरु सहभागि भएका थिए । आयोजक समितिका अध्यक्ष टिकाराम सिङखडाका अनुसार २०औं अपाङग दिवसले नयाँ वन्ने संविधानमा आफ्नो अधिकार निस्चित हुनुपर्ने र संविधान जारी गर्न दवाव दिने उद्देश्य रहेको वताए । कार्यक्रममा नेपाल मानव अधिकार संघका सदस्य श्याम लम्साल एमालेका दमक नगर अध्यक्ष खनाल सामाजीक अगुवा लक्ष्मी संग्रौला लगायतले अपाङगका समस्यावारे मन्तव्य राखेका थिए ।

यस्तै झापाको घैलाडुब्बा-९ लक्ष्मीपुर स्थित हिमाली निम्न माध्यमिक विद्यालयमा सुस्त श्रवणबहिरा विद्यार्थीका लागि शनिबार बाट कम्प्यूटर शिक्षा कार्यक्रम सुरु भएको छ ।
विश्व अपाङ्ग दिवसको अवसर पारी सामाजिक संस्था वीरता लेडी जेसीजले विद्यालयलाई शनिबार दुईओटा कम्प्यूटर हस्तान्तरण गरेपछि बहिराका लागि कम्प्यूटर शिक्षा सुरु भएको हो । पूर्वााचल क्षेत्रीय शिक्षा निर्देशक सुन्दरकुमार शाक्यले प्रमुख अतिथिको तर्फबाट कम्प्यूटर हस्तान्तरण र कम्प्यूटर शिक्षाको उद्घाटन गरेका थिए ।
सो विद्यालयमा झापा मोरङ लगायत विभिन्न जिल्लाका ६ जना छात्रासहित २१ जना बहिरा विद्यार्थी अध्ययनरत् छन् । वीरता लेडी जेसीजकी अध्यक्ष सोमा शिवाकोटीले संस्थाको तर्फबाट प्रमुख अतिथि शाक्यलाई र शाक्यले विद्यालयका प्रधानाध्यापक केशवप्रसाद ओझालाई ती कम्प्यूटर हस्तान्तरण गरेकी थिईन् ।
अपाङ्ग विद्यार्थीलाई प्राविधिक शिक्षा दिएर उनीहरुलाई दक्ष जनशक्तिका रुपमा विकास गर्न लेडी जेसीजले यस्तो रचनात्मक कार्यक्रम गरेको कार्यक्रमकी संयोजक मीरा बजगाईले बताईन् ।

शिक्षा नीति परिवर्तन भएनु


१७ मंशिर
दमक÷ नेकपाका पोलिटव्युरो सदस्य महेन्द्रबहादुर पाण्डेले देशमा बिभिन्न राजनीतिक व्यवस्था परिवर्तन भए पनि शिक्षा नीतिमा परिवर्तन हुन नसकेको बताएका छन् ।
शनिबार झापाको दमकका भएको शिक्षक सम्मान तथा अन्तरकि्रया कार्यक्रममा प्रमुख अतिथी रहेका पाण्डेले संविधान तथा राज्यका सम्पूर्ण संरचनाहरु नयाँ बन्ने क्रममा रहेका बेला शिक्षा नीति समेत नयाँ ल्याईन आवश्यक रहेको बताए । सो क्रममा उनले शिक्षा क्षेत्रलेनैं द्वन्द्व र शान्तिको महत्व बुझाउन सक्ने भएकाले शिक्षकहरु शिक्षकहरु शान्ति प्रकृयाका सारथी भएको बताए । ।
नेकपा एमाले क्षेत्र नम्बर-७ शिक्षक तथा बुद्धिजिवी फाँटले आयोजना गरेको कार्यक्रममा २०६८ साल भित्र सेवा निवृत भएका र हुने शिक्षकहरु कृष्णकुमार राई नयनदिपक खनाल सोमप्रसाद गौतम बासुदेव सापकोटा र रामकुमार पराजुलीलाई सम्मान गरिएको थियो । फाँटका क्षेत्रीय अध्यक्ष नारायणप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रिय अनुसाशन आयोगका सदस्य अर्जुन राईराष्ट्रिय प्रतिनीधि परिषद सदस्य देवेन्द्र दाहाल क्षेत्रीय कमिटी अध्यक्ष राधाकृष्ण खनाल तथा सम्मानित शिक्षकका तर्फबाट कृष्ण राईले मन्तव्य राखेका थिए ।

चार अगुवा सम्मानित


१७ मंशिर
दमक÷ दमक-१३ मा नेपाली कांग्रेस वडा समितिले चार जना अगुवाहरुलाई सम्मान गरेको छ ।
शनिबार भएको वडा भेलामा लामो समय देखी पार्टीमा योगदान पुर् याउने चन्द्रप्रसाद अधिकारी तुलसामायाँ प्रसाई मानबहादुर बोहोर र अविश्व राईलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
वडा सभापति हेम सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला कोषाध्यक्ष देवी दाहाल प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा महासमिति सदस्य दिलबहादुर बुढाथोकी जिल्ला सदस्य हरी सुवेदी नगर सभापति ढुण्डिराज भण्डारी महाधिवेशन प्रतिनिधी डिल्लि परियार पूर्व नगर सभापति पदम कोईराला लगायतले बोलेका थिए । सोहि कार्यक्रममा १ सय २३ जनालाई पार्टीको कि्रयाशिल सदस्यता बितरण गरिएको नगर सभापति भण्डारीले बताए ।

सिनेमा कमोडिटिज मात्रै होईन

श्रीकृष्ण न्यौपाने

सिनेमा गित संगित साहित्य र विज्ञानको उन्नत समिश्रण हो । भनिन्छ यो छैटौ ललित कलाको छैटौ रुप पनि हो । कुनै निश्चित भूगोल र भाषाले सिनेमाको महत्वलाई संकुचित गर्न सक्दैन । किनकी यसको भाषा एउटै हुन्छ त्यसलाई बुझ्न कुनै विशेष लिपि र भाषाको सहयोग नै चाहिदैन किनकी यसको भाषा त्यस्तो हुन्छ जसले मानवीय संवेग र भावनालाई सहजै तत्काल छोइदिन्छ । त्यसैले पनि सिनेमालाई कमोडिटिज अर्थात् उपभोग्य बस्तुकारुपमा मात्र नभई समाज र साहित्यकालागि पनि बलियो बनाउनु पर्ने सर्वमान्य सिद्धान्त हो । तर नेपाली परिप्रेक्ष्यमा सिनेमा मेकिङ्ग शौख र मनोरंजनमा रुमलिएकै कारण नेपाली रजतपट अहिलेसम्म न व्यवसायिक हुन सक्यो न त यसले मानवीय चाहना र भावनालाई सम्बोधन नै गर्न सक्यो ।
एउटै निर्देशक एक वर्षमा आधा दर्जन चलचित्र हलमा उतारेर गर्व गर्ने यो बजारमा नेपाली सिनेमाको गुणस्तरलाई सहजै अनुमान गर्न सकिन्छ । मैले कस्तो चलचित्र बनाए भन्नु भन्दा पनि कतिवटा बनाए भन्ने प्रतिष्पर्धामा रम्न थालेपछि सिनेमा मेकिङ्गमा रिसर्च अध्ययन त हुने कुरै भएन । दर्शकको चाहना र रुची बुझ्ने कसलाई फुस्रद सिनेमा रिलिज गरिदिएपछि दर्शकले हेरिहाल्छन् नी भन्ने पुरानै मान्यताका कारण कुल जनसंख्याको १ प्रतिशत जनता नेपाली सिनेमा हेर्न हलसम्म जाने कष्ट व्योहर्न चाहदैनन् । सबैको साझा गुनासो छ कार्बन कपी लाग्ने नेपाली सिनेमा हेर्नु भन्दा त्यसको सक्कली प्रति हेर्नुको मज्जै बेग्लै । हरेक सिनेकर्मीलाई नेपाली दर्शकको गुनासो थाह नभएको पनि हैन । तर पनि निरिहझै लाग्छन् नेपाली सिने मेकस्र अनी बुझी बुझी थाह नपाए झै लाचारी भई दिन्छन् । फराकिलो अध्ययन विना नक्कल गर्ने प्रबृत्ति बढेकाले नेपाली सिनेमा माथि उठ्न नसकेको भन्नेमा पनि त्यही जमात अगाडी देखिन्छ । राम्रो सिर्जना र नविन धारणाकालागि अरुका सिर्जनाको अध्ययन अवलोकन जरुरी हुन्छ तर नेपाली निर्देशकसँग अनुसन्धान र अध्ययन गर्ने समय नै कहा छ र यहि परिप्रेक्ष्यमा एउटा दृष्टान्त पेश गरौं अमेरिकी महिला निर्देशक इरिन गेलेले चेलीबेटी बेचविखनका विषयमा एउटा ३० मिनेट लामो बृत्त चित्र ब्रेभ गर्ल बनाउन उनले दुई वर्षभन्दा बढि अध्ययन गरिन् । सबै कलाकारलाई अडिसनबाट छानिन् । १४ वर्षिय बालिकालाई बेच्न लागेको विषय महिला बेचविखन सम्बन्धी समस्या अन्र्तराष्ट्रिय स्तरकै विषयमा उनले भर्खरै छायांकन सकाएको यो डकुमेन्ट्रीले नेपाली निर्देशक र निर्मातालाई धेरै कुरा सिकाएको छैन र
अनुसन्धान र दर्शकको भावनालाई आत्मसाथ गर्न नसकेकैले नेपाली नेपाली सिनेमाले राम्रो व्यापार गर्न नसकेको कुरा कसैबाट लुकेको छैन । नेपाली सिनेमा हेरेर दर्शक खुसीमा रमाउने दुःखमा कराउने भावनामा बग्ने नभएसम्म नेपाली सिनेमाले आफ्नो धर्म निर्वाह गर्न सक्ने छैन । मानवीय संवेदनालाई नछोएसम्म सिनेमाको परिभाषामा नेपाली सिनेमा अटाउन नसक्ने विश्लेषकहरुको बुझाई छ ।
चलचित्रले ५१ औं दिन मनाउन छाडेको पनि धेरै भईसक्यो । हरेक साता फिल्म उत्रने र रिलिज हुने पत्तो समेत नभएको अवस्थामा फिल्म निर्माणको घोडा दौड भने झन् तेज भएको छ । लगानी र सिर्जनाका हिसाबले नेपाली सिनेमाको अबस्था धराशयी भइरहेको परिप्रेक्ष्यमा सिनेकर्मीले पनि सोच्ने बेला आईसकेको छ कि भारतीय चलचित्रबाट प्रत्यÔ प्रभावित भएर कहिलेसम्म र कसकालागि सिनेमा बनाउने सिनेमालाई कमोडिटिजका रुपमा मात्रै बुझ्ने हो भने यसले कुनै पनि मनलाई छुन सक्दैन सिनेमाको अर्को पाटो साहित्य कला र संस्कृतीलाई पनि सँगै लिएर हिड्नु अहिलेको आवश्यकता हो ।



प्रवृत्ति

कमन देवान
'मान्छे' चरित्र बडा विचित्रको छ । जुनसुकै जहाँसुकै र जेसुकै काममा पनि मान्छे जस लिन आफू अगाडि त_िम्सन्छ र अवजसबाट पन्छन सक्दो प्रयास गर्छ । हाम्रो समाजमा बग्रेल्ती यस्ता उदाहरणहरु  भेटिन्छन् जहाँ मान्छे नामक अजिव जीवले यो दरिद्रता प्रदर्शन गर्दछ । ताकि उसको बुझाईमा यो वुद्धिमता, चतुर् याई सक्षमता र कुशलता हो । तर यो पनि बिल्कुलै बुझाई मात्र हो त्यो कस्तो भने जानाजान उल्टालाई सुल्टा बुझ्नु जस्तो । आजको समाजमा मान्छेको हविगत चमेरे निर्वाहकै लगभग परिस्थितिबाट गुज्री आएको हो । तथापि हामी मान्छेमा भएको  वौद्धिकताले यस यथार्थलाई बारम्बार अस्वीकृत गर्दछ । मान्छेलाई मान्छे सम्म पुग्नबाट निषेध गरेर मान्छेलाई मान्छेले जस्तो बाँच्न पाउने अधिकार खोसेर अन्ततः मान्छेले छोएको पानी मान्छेलाई नै नचल्ने प्रथाको शिराबाट सस्थता ज्ञान विवेक र  वुद्धत्व खोज्ने हामी मान्छेहरु तथाकथित मात्रै त छैनौँ  आजभोलि शंका लाग्न थालेको छ ।
मान्छे बसेको घरमा मानवता बसाई सरिसकेको छ । मानवताको प्राण अन्तकतै पुगेर वस्तुगत देह प्रतिको मोह काम लालसा र डाढा भित्र कुहिरोको काग बनेको हामी मान्छेको चेतना वरदानै पाए पनि अरुको कुभलोमा प्रयोग गर्न लालयित छौं । इश्र्या लोभ र स्वार्थको अड्ा जमाएर हामीले फलाकेको आदर्श म्रत्येक वाणी निर्मम पीडावोध गर्दै सत्यको अग्नि कुण्डमा हामफालेर आत्महत्या गर्दै छन् । यो सत्यको पक्षमा उभिने क्राइस्ट मोहमद वु वुद्ध; कवीर र रामहरुलाई आफ्नो स्वार्थ पूर्तिका लागि भजाएर हिँड्ने हामी मान्छेले सत्यको निण्ठा माथि त यति विघ्न फेल गरेका छौँ भने बाँकी कुरा के छ र । तसथै यतिबेला मान्छेले खराबीका विरुद्ध जतिसुकै सफा सुद्ध; र असल आवाज वुलन्द गर्दा पनि त्यो शंकाको घेरा भित्र पर्छ । कसैले कसैलाई प्रशांसा गर्नुको पनि स्वार्थ कसैले कसैलाई माया सदभाव र स्नेह बाँड्दा पनि स्वार्थ फकाउनु पुल्काउनु र मनाउनुमा पनि स्वार्थ नै  छ । नभए पनि त्यो शंकाको दायरचबाट उम्कनै सक्दैन । भन्नुको तात्पर्य शंका स्वार्थ कुभलाई र बदमासी आजको समय मिल्दो सत्यहरु हुन् हामी मान्छेका लागि । 
जसरी कोइलीले कागको गुँडमा फुल पारेर बचेरा उडाउने मात्रै कष्ट खेपेर कागजलाई पंगु बनाउँछ समाजमा मान्छेले स्वयम् मान्छे माथि गरिरहेको व्यबहार उपरोक्त कि्रयासँग मेल खान्छ । समयको प्रवाह गति दिशा र गन्तव्य सँधै प्रकृति सम्वत छ । त्यसलाई सम्म आफ्ने काबुमा राख्ने हिम्मत गर्न नचुक्ने एउटै व्रहमाण्डको आँटिलोजीव मानिस हो । त्यसैले आफ्ना कालाकर्तुतहरु छोप्न मान्छेले सेतो च्यादरको कमिज र लबेदा पहिरिने गर्दछ । ढोंगको नाचमा कुमारित्वको बलात्कार गरेर सतीप्रथाको विरोध सयामा गरिने प्रतिवद्धता जस्तै छ  मान्छेको आचरण र व्याख्या।
यहाँका उहाँका त्यहाँका कहाँका जहाँका पनि मान्छे भन्नु उस्तै हुन् । यदाकदा मानवताको चेतमा पला बढी भएकाहरुको दृष्टिकोण र चिन्तनलाई भने छुट दिनुपर्दछ । अन्यथा हामी मान्छको मान्छेत्व भन्दा बेश्या र पाखण्ड मति पशुहरुमा त छँदै छैन सजिव जीव र ढुङ्गामा पनि  छैन । ढुङ्गा कहिल्यै  पग्लिएको प्रमाण छैन बरु फुटेर टुक्राटुक्रा हुन्छ तर मान्छेको अडान र विश्वास यस्तो सस्तीत्व चेतबाट कहिल्यै शिक्षित दीक्षित र प्रशिक्षित छैन । ढुङ्गाले आफ्नो  आदर्श र मूल्यका लागि कुर्वानी गर्छ त मान्छे आफ्नो क्षणिक स्वार्थका लागि सिङ्गो मानवताको कुर्वानी चढाउन लालयित छ । यसर्थ हामी मान्छेले मान्छे हुनुमा के किन कति र कसरी गर्व गर्ने  आज यो प्रश्न हामी प्रत्येक मान्छेका अघि हामी आफैंले तेस्र्याएका छौं । र यो यस्तो दूर्भाग्यपूर्न समय हो कि हामी आफैले सोधेको प्रश्नको सही वास्तविक र ठीक उत्तर जान्दैनौं । आफैले सोधेको प्रश्नमा असफल भएका हामी मान्छेट के सफलता प्राप्त होला  यो विषयको सही उत्तर भावी इतिहासमा कुनै दिन प्राप्त होला अहिलेको हाम्रै मतिले त्यो सम्भव देखिँदैन । 
तसर्थ आफूले के गर्न सकिएन  त्यसलाई जीवनको असल पाठ र चुनौतिका रुपमा स्वीकार गरौँ तर कागले दुःख गरेर बनाएको गुण र बचेरा कोरल्ने योजना भत्काउने काम नगरौं । सबैले सबै काम  गर्न सकिँदैन त्यसको मतलव अर्काले गरेको काममा आफू पगरी गुथ्न चाँहि अघि नसरौँ । के गर्दा आफैले पगरी गुथ्न सफल भइन्छ त्यो गर्ने प्रयत्न गर्नुमै वुद्धिमानी ठहर्ने छ ।

पहिलो तोपगाछी महोत्सव शुरु

केर्खा
१६ मंशिर÷ स्थानीय कृषी तथा पर्यटनको प्रवर्धन गर्ने उद्येश्यले झापाको तोपगाछीमा आज बाट पहिलो तोपगाछी महोत्वस शुरु भएको छ ।
झापा उद्योग वाणिज्य संघ तोपगाछी शाखाको मुख्य आयोजनामा भएको महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले उद्याटन गर्नु भएको हो । उद्याटनका क्रममा प्रमुख अतिथी ढकालले नेपालको दिर्घकालिन आर्थिक विकासका लागि कृषी क्षेत्रको व्यवसायीकता अपरिहार्य रहेको बताउनुभयो । यस्ता महोत्वस तथा मेलाले तिनको व्यवसायीकतामा सहयोग पुर्याउने उहाँको भनाई थियो । बाणिज्य संघ शाखाका अध्यक्ष पुष्प बास्तोलाको अध्यक्षमा महोत्सव उद्याटन हुनु अघि बिभिन्न भाँकी सहितको जुलुसले बजार परिक्रमा गरेको थियो । स्थानीय कृषी तथा पर्यटनको प्रवर्धन गर्ने उद्येश्यले आयोजीत महोत्सवमा ३० स्टल रहेका छन् । महोत्सव १७ दिन चल्ने जनाईएको छ ।
उद्याटनका क्रममा निमित्त प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद दुलाल झापा उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र घिमिरे वरिष्ठ उपाध्यक्ष गोविन्द पौडेल उपाध्यक्ष उमेश डालमिया लगायतले बोल्नु भएको थियो । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष दिलिप चापागाईले स्वागत मन्तब्य राख्नु भएको थियो ।