पहिलो तोपगाछी महोत्सव शुरु

केर्खा
१६ मंशिर÷ स्थानीय कृषी तथा पर्यटनको प्रवर्धन गर्ने उद्येश्यले झापाको तोपगाछीमा आज बाट पहिलो तोपगाछी महोत्वस शुरु भएको छ ।
झापा उद्योग वाणिज्य संघ तोपगाछी शाखाको मुख्य आयोजनामा भएको महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले उद्याटन गर्नु भएको हो । उद्याटनका क्रममा प्रमुख अतिथी ढकालले नेपालको दिर्घकालिन आर्थिक विकासका लागि कृषी क्षेत्रको व्यवसायीकता अपरिहार्य रहेको बताउनुभयो । यस्ता महोत्वस तथा मेलाले तिनको व्यवसायीकतामा सहयोग पुर्याउने उहाँको भनाई थियो । बाणिज्य संघ शाखाका अध्यक्ष पुष्प बास्तोलाको अध्यक्षमा महोत्सव उद्याटन हुनु अघि बिभिन्न भाँकी सहितको जुलुसले बजार परिक्रमा गरेको थियो । स्थानीय कृषी तथा पर्यटनको प्रवर्धन गर्ने उद्येश्यले आयोजीत महोत्सवमा ३० स्टल रहेका छन् । महोत्सव १७ दिन चल्ने जनाईएको छ ।
उद्याटनका क्रममा निमित्त प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद दुलाल झापा उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र घिमिरे वरिष्ठ उपाध्यक्ष गोविन्द पौडेल उपाध्यक्ष उमेश डालमिया लगायतले बोल्नु भएको थियो । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष दिलिप चापागाईले स्वागत मन्तब्य राख्नु भएको थियो ।

1 प्रतिकृया:

jyadai nai khusiko kura ho ki topgachhima pratham historical mahotshav hudaicha harek kurako ramro naramro pato huncha kamana garum yo mahotshav sampurna topgachhi basiko hit ra kalyanko kose dhunga banna sakos...aagami din ma topgachhaiko chabi lai uchha rakhna prerak banos saphal mahotshav ko kamana mero tarpha bata.

Post a Comment