अन्तराष्ट्रिय अपा¨ दिवशका अवसरमा बिभिन्न कार्यक्रम


१७ मंशिर
दमक÷ २० औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा शनिबार झापा तथा मोरङ्मा बिभिन्न कार्यक्रम गरिएका छन् । सो अवसरमा शनिवार झापाको दमक घैलाडुव्वा तथा मोरङ्का बिभिन्न स्थानमा बिभिनन कार्यक्रम भएका छन् ।
यसै अवसमा दमकमा एक सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
झापाको निर्वाचन क्षेत्रनं ७ र ६ वाट आएका अपाङ्गहरुले कार्यक्रम मार्फत आफ्ना समस्याहरु सार्वजानिक गरेका थिए । अधिकांस अपाङ्गहरुले राज्यले वितरण गरेको रातो कार्ड अनियमित गरी वाँढेको आरोप लगाएका थिए । त्यसैगरी झापा जिल्ला र अपाङ्गलाई परिचयपत्र दिने महिला विकास समितिले समेत अपाङगहरु कति रहेको तथ्याङक राम्रोसंग नलिएको आरोप लगाएका थिए ।
नेपाल नेपाल मानव अधिकार अपाङग संघको आयोजनामा भएको कार्यक्रममा ५० भन्दा धेरै अपाङगहरु सहभागि भएका थिए । आयोजक समितिका अध्यक्ष टिकाराम सिङखडाका अनुसार २०औं अपाङग दिवसले नयाँ वन्ने संविधानमा आफ्नो अधिकार निस्चित हुनुपर्ने र संविधान जारी गर्न दवाव दिने उद्देश्य रहेको वताए । कार्यक्रममा नेपाल मानव अधिकार संघका सदस्य श्याम लम्साल एमालेका दमक नगर अध्यक्ष खनाल सामाजीक अगुवा लक्ष्मी संग्रौला लगायतले अपाङगका समस्यावारे मन्तव्य राखेका थिए ।

यस्तै झापाको घैलाडुब्बा-९ लक्ष्मीपुर स्थित हिमाली निम्न माध्यमिक विद्यालयमा सुस्त श्रवणबहिरा विद्यार्थीका लागि शनिबार बाट कम्प्यूटर शिक्षा कार्यक्रम सुरु भएको छ ।
विश्व अपाङ्ग दिवसको अवसर पारी सामाजिक संस्था वीरता लेडी जेसीजले विद्यालयलाई शनिबार दुईओटा कम्प्यूटर हस्तान्तरण गरेपछि बहिराका लागि कम्प्यूटर शिक्षा सुरु भएको हो । पूर्वााचल क्षेत्रीय शिक्षा निर्देशक सुन्दरकुमार शाक्यले प्रमुख अतिथिको तर्फबाट कम्प्यूटर हस्तान्तरण र कम्प्यूटर शिक्षाको उद्घाटन गरेका थिए ।
सो विद्यालयमा झापा मोरङ लगायत विभिन्न जिल्लाका ६ जना छात्रासहित २१ जना बहिरा विद्यार्थी अध्ययनरत् छन् । वीरता लेडी जेसीजकी अध्यक्ष सोमा शिवाकोटीले संस्थाको तर्फबाट प्रमुख अतिथि शाक्यलाई र शाक्यले विद्यालयका प्रधानाध्यापक केशवप्रसाद ओझालाई ती कम्प्यूटर हस्तान्तरण गरेकी थिईन् ।
अपाङ्ग विद्यार्थीलाई प्राविधिक शिक्षा दिएर उनीहरुलाई दक्ष जनशक्तिका रुपमा विकास गर्न लेडी जेसीजले यस्तो रचनात्मक कार्यक्रम गरेको कार्यक्रमकी संयोजक मीरा बजगाईले बताईन् ।

0 प्रतिकृया:

Post a Comment