दमक । शैक्षिक नियम भन्दा बाहिर चलेका शैक्षिक कन्सल्टेन्सीहरुलाई कानुनी दायरामा ल्याउन माग गर्दै झापाका विद्यार्थी संगठनहरुले जिल्ला शिक्षा कार्यालयलाई ३ बुंदे स्मरण पत्र बुझाएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी लगायतका केही साना दलहरुका भातृ संगठनहरुले जिल्ला शिक्षा कार्यालय झापाका जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइटेललाई स्मरण पत्र बुझाएका हुन् । शैक्षिक नियम र दायरा भन्दा बाहिर चल्ने शैक्षिक संस्थालाई कानुनी दायरामा ल्याउनु पर्ने निजी शैक्षिक संस्थाले वृद्धि गरेको शुल्क फिर्ता गरी भूकम्पका कारण बन्द भएको बैशाख र जेठ महिना अवधिको शुल्क मिनाहा गर्नु पर्ने र जेठ ६ गते शिक्षा मन्त्रालयसँग भएको सहमति अक्षरस पालना गर्नु पर्ने ७ विद्यार्थी संगठनहरुले माग गरेका छन् ।
नेपाल बिद्यार्थी संघ झापाका सभापति रोशन विष्ट, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष रवि बस्नेत, अनेरास्ववियु जिल्ला अध्यक्ष देशबन्धु ढुङगेल, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ जिल्ला अध्यक्ष किरण भण्डारी लगायतले सरकारले माग पुरा नगरे कडा संघर्षमा उत्रिने हस्ताक्षरित स्मरण पत्रमा उल्लेख छ । अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष प्रकाश मिश्र, अग्रगामी विद्यार्थी यूनियन जिल्लाका अध्यक्ष मनकुमार लिम्वू र संघीय विद्यार्थी युनियन जिल्ला अध्यक्ष अशोक घिमिरेले माग गरेका हुन् ।
0 प्रतिकृया:
Post a Comment