उर्लाबारी । मोरङको उर्लाबारीस्थित सञ्चार क्लब नेपालको आयोजनामा आगामी शनिबार ‘पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि कानूनी प्रशिक्षण कार्यक्रम’ सञ्चालन गरिने भएको छ ।
उर्लाबारी नगरपालिका र सञ्चार क्लबको साझेदारीमा सो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । कार्यक्रमका लागि विहीबार नगरपालिकाकातर्फबाट कार्यकारी अधिकृत सु्वास श्रेष्ठ र क्लबका तर्फबाट अध्यक्ष रूपेन्द्र शेर्माले सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् । अधिवक्ता डम्बर मगरले सहजीकरण गर्ने कार्यक्रममा बालिका बलात्कारविरुद्धका नेपालमा उल्लेखित कानून, प्रचलित कानून र सञ्चारमाध्यममा प्रकाशित तथा प्रशारित सामाग्री, प्रेस ऐनलगायतका बारेमा जानकारी गराउने छन् । मोरङको उर्लाबारीमा प्रधान कार्यालय रहेर २०६० सालमा स्थापना भएको क्लब जिल्ला सदरमुकाम विराटनगर बाहिरका पत्रकारहरुको साझा संगठनका रुपमा यो क्लब निरन्तर क्रियाशिल रहँदै आएको छ । हाल क्लबका पूर्वाेत्तर मोरङका ६० जना पत्रकार आबद्ध रहेका छन् ।
0 प्रतिकृया:
Post a Comment