अस्थायी शिक्षकलाई नहटाउन माग

दमक/ नेपाल शिक्षक संघ झापाले अस्थायी शिक्षकलाई विस्थापन नगर्न आग्रह गरेको छ ।
लोकसेवा आयोगले लिएको परीक्षाबाट पास भएका स्थायी शिक्षकलाई पदस्थापन गराउँदा अस्थायीलाई विस्थापन नगर्न आग्रह गर्दै संघले जिल्लास्थित शिक्षा समितिमा शिक्षक संघ झापाका अध्यक्ष नेत्र खरेल र सचिव बद्री कार्कीलाई पठाउने निर्णय गरेको छ ।
कुनै अस्थायी शिक्षकलाई विस्थापन हुन नदिने पहल गर्नका लागि अध्यक्ष र सचिवलाई शिक्षा समितिमा पठाउने निर्णय गरिएको संघले जनाएको छ ।
संघले स्थायीलाई पदस्थापन गरेपनि खाली रहेका स्थायी तथा राहत दरबन्दी मिलान गरी अस्थायी शिक्षकलाई व्यवस्थापन गर्न जिल्ला शिक्षा समितिलाई आग्रह पनि गरेको छ ।
संघका अध्यक्ष नेत्र खरेलको अध्यक्षता, संघका केन्द्रीय सदस्य तिलकसिंह पाण्डे, नेपाल शिक्षक युनियनका अध्यक्ष तेजप्रसाद चौलागाईसहित पूर्व अध्यक्षहरु, पदाधिकारी सदस्य तथा अस्थायी शिक्षकहरुको सहभागितामा सम्पन्न भेलाले यस्तो आग्रह गरेको हो ।
अस्थायीले विस्थापित हुने अवस्था आएमा देशव्यापी आन्दोलन गर्ने निर्णय पनि भेलाले गरेको शिक्षक रञ्जित परियारले जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment