"लापर्बाही गरे काम रोक्ने चेतावनी"

कमन देवान
लखनपुर/आदिवासी रंगशाला तथा स्मृति पार्क निर्माण उपभोक्ता समितिले झापाको लखनपुर–१ स्थित निर्माणाधीन आदिवासी रंगशालामा थालिएको का“डेतार घेराबारा तथा भिआइपी प्यारापिट निर्माण कार्यमा लापर्बाही गरे काम रोक्न सक्ने चेतावनी दिएको छ ।
निर्माणाधीन आदिबासी रङ्गशाला
राष्ट्रिय खेलकुद परिषद् मातहत रहने गरी का“डेतार घेराबारका लागि ४८ लाख रुपैया“को टेण्डर आह्वान भएकोमा ३३ प्रतिशत घट्न गई ३२ लाख ८५ हजार रुपैया“ कायम भएको तथा भिआइपी प्यारापीट निर्माणका लागि २७ लाख रुपैया“मा ठेक्का लागेकोमा सो निर्माणको जिम्मेवारी पाएको सिम्लेश्वर विल्डर्स काठमाडौ“ले गुणस्तरीय निर्माण सामग्री प्रयोग नगरेको भन्दै समितिले गुणस्तर नसुधारे निर्माण कार्य रोक्ने चेतावनी दिएको हो ।
समितिका अध्यक्ष नित्यानन्द ताजपुरियाका अनुसार बुधबार सल्लाहकारहरु सहितको बैठकले गुणस्तर नसुधारे निर्माण कार्य रोक्ने निर्णय गरेको हो । ताजपुरियाले भने –‘समितिले पटक–पटक आग्रह गर्दा पनि १ नम्बर इट्टा प्रयोग गर्नु पर्नेमा ३ नम्बर इट्टा प्रयोग गरेको र घेराबाराका लागि पिलर निर्माण गर्दा ल्याब परीक्षण नगरिएको हु“दा हामीले कमसल काम हुन नदिनका लागि चेतावनी दिएका हौ“ ।’
उता निर्माणको जिम्मा पाएको सिम्लेश्वर बिल्डर्सका प्रतिनिधि नारायण अर्यालले भने ढिलो गरि ठेक्का लागेको तथा छिटो आयोजना पूरा गर्न पर्ने राखेपको निर्देशन अनुसार काम थाल्दा १ नम्बर इट्टा नपाएर सुरुका दिनमा २ नम्बर इट्टा प्रयोग गर्न खोजिएको बताए । अर्यालले भने –‘समितिले इट्टाको गुणस्तर भएन भनेपछि हामीले प्रयोग गरेनौ“ ।’
त्यस्तै पिलर निर्माणका सम्बन्धमा भने ओपिसी सिमेन्ट प्रयोग गर्नुपर्ने निर्देशन अनुसार सोही अनुसार काम गरिएको र पिलरका लागि ल्याब परीक्षण गर्ने सम्झौता नभएको सिम्लेश्वर प्रतिनिधि अर्यालको जिकिर छ ।
रंगशाला तथा स्मृतिपार्क निर्माण उपभोक्ता समितिका महासचिव धिरेन सुब्बा लावतीका अनुसार राखेप र निर्माण कम्पनी दुवै निकायबाट समितिलाई टेण्डर प्रक्रिया बारेको लागत स्टीमेट प्राप्त हुन सकेको छैन । लागत स्टीमेट र निर्माणका बारे थप आधिकारिक जानकारी नहु“दा गुणस्तरीय काम हुन नसक्ने खतरा रहेको उनको भनाई छ । लावतीले भने –‘आदिवासी जनजाति समुदायको समाधि स्थल भत्काएर निर्माण थालिएको रंगशालामा पूर्वाधार बनाउने नाउ“मा घोटला हुन नदिनका लागि समितिले तदारुकता देखाएको हो ।’
निर्माण कम्पनीका प्रतिनिधि अर्यालका अनुसार गत आर्थिक वर्षको फाल्गुन तेस्रो हप्तामा ठेक्का सदर भई चैत्र दोस्रो हप्तादेखि निर्माणको जिम्मा पाएको र काम थाल्न केही ढिलाई भएको स्पष्ट पारे । समितिले गुणस्तर सुधारका बारेमा चासो देखाएको र आफूहरुले समेत त्यस तर्फ ध्यान दिएर काम गर्ने उनको भनाई छ । 
झापा लखनपुर–१ स्थित सशस्त्र प्रहरी बल पाथिभरा गणको भोगाधिकार रहेको एक हेक्टर जमिन मध्ये करिब ३० बिगाह क्षेत्रफलको सो रंगशाला तथा स्मृति पार्क निर्माणका लागि त्यहा“ रहेका करिब तीन सय वटा आदिवासी जनजाति समुदायका दिवंगतहरुलाई समाधिस्थ गरिएका चिहानहरु भत्काइएको थियो ।
सशस्त्र प्रहरी र आदिवासी जनजाति अगुवाहरु बीच सो रंगशालाको नाम आदिवासी रंगशाला तथा स्मृति पार्क राख्ने, चिहान भत्काइएकाहरुको स्मृतिमा स्तम्भ सहित स्मृतिपार्क निर्माण गर्ने सहमति भएपछि रंगशाला निर्माणको कार्य अघि बढाइएको हो ।
आर्थिक वर्ष २०६७÷०६८ मा सो रंगशालाको मैदान सम्याउन ९७ लाख रुपैया“ बजेट बिनियोजन भएको थियो भने त्यसयताका दुई आर्थिक वर्ष बजेट बिनियोजन भएको थिएन ।

0 प्रतिकृया:

Post a Comment