संविधान निर्माणमा सञ्चारकर्मीहरुको भूमिकामा जोड

दमक/ झापाको दमकमा संबिधान निर्माणमा सञ्चारकर्मीको भुमिका बिषयक कार्यशाला सम्पन्न भएको छ ।
मिडिया एडभोकेसी ग्रुप म्याकको आयोजनामा भएको कार्यशालामा पूर्वका ४० जना पत्रकारहरु सहभागी रहेका थिए । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष भिम नेम्बाडको अध्यक्षतामा भएको कार्यक्रममा सहयोगी  संस्था युएनडिपीकी सञ्चार अधिकृत रेणु क्षेत्रीले संविधान निर्माणका बिषयमा सञ्चारकर्मीहरुलाई जानकारी दिनका लागी तालिम दिइएको बताइन्  ।
म्याककी अध्यक्ष बबिता बस्नेतले सञ्चारकर्मीहरुलाई संविधान निमार्णका प्रकृयाका बिषयमा जानकारी दिएकी थिइन ।
 तालिमलाई अधिबक्ता बसन्त अधिकारीले सबिधान निमार्णका अन्तरबस्तुका बारेमा सहजकीरण गरेका थिए ।  त्यस्तै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धमेन्द्र झाले सबिधान निमार्णमा सञ्चारकर्मीको भुमिकाका बिषयमा बारेमा प्रशिक्ष्ँण दिएका थिए  ।

0 प्रतिकृया:

Post a Comment