विश्वकपको उपाधि जर्मनीलाई

झापा/ब्राजिलमा सम्पन्न २० औ संस्करणको विश्वकपको उपाधि जर्मनीले जितेको  छ ।
आज बिहान रियो दी जेनेरियोस्थित माराकानामा रंगशालामा भएको अत्यन्त रोमाञ्चक खेलमा अर्जेन्टिनालाई १–० गोल अन्तरले हराउँदै चौथो पटक विश्वकपको उपाधि उचालेको हो ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थपिएको समयको ११३औँ मिनेटमा आकर्षक गोल गर्दै मारियो गोतेजले जर्मनीलाई विश्वकपको उपाधि दिलाए ।
खेलमा दुवैले उत्कृष्ट खेल खेलका थिए । दुवै टिमले गोलका केही अवसरहरु सिर्जना समेत गरेका थिए । तर, गोलको खाता खोल्न भने सकेनन् । त्यसैले रोमाञ्चक प्रतिस्पर्धा  बराबरीमै टुङ्गियो ।
जर्मनीका पहिलो रोजाईका मिडफिल्डर सामी केडिरालाई चोटका कारण गुमाएको जर्मनीले उनको स्थानमा आएका क्रिस्टोफ क्रेमर पनि चोट बोक्दै ३२ औँ मिनेटमै बाहिरिएका थिए ।
उनको स्थानमा आन्द्रे सर्ले खेलेपछि जर्मन टिम अझ आक्रमक देखिएको थियो ।
यसअघि आयोजक आयोजक ब्राजिललाई ७–१ गोलले फराकिलो अन्तरले हराउँदै जर्मनीले फाइनल यात्रा तय गरेको हो भने अर्जेन्टिनाले नेदरल्यान्डलाई टाइब्रेकरमा पन्छाएको हो । यसअघि जर्मनीले ३ पटक विश्वकप उपाधि जितिसकेको छ भने अर्जेन्टिनाले दुई पटक उपाधि जितेको छ ।

0 प्रतिकृया:

Post a Comment