झापाका उप्रेतीले प्रत्यक्ष वल्र्ड कप हेरे

झापा/विर्तामोडका मोहन उप्रेतीले आज बिहान सम्पन्न विश्वकप –२०१४ हेरेका छन् । 
ब्राजिलमा सम्पन्न विश्वकप फुटवल हेर्न उनी ‘जर्नी टु ब्राजिल २०१४ फिफा वल्र्ड कप  अफर’ को विजेता भई उप्रेतीले ब्राजील पुगी वल्र्ड कप हेरेका हुन् । अटो प्लाजा कन्सर्न दमकले सञ्चालन गरेको ‘होन्डाई वल्र्ड कप अफर’ अन्तर्गत ग्राण्ड आई टेन गाडी खरिद गरी बम्पर उपहार विजेता उप्रेतीले सो प्रत्यक्ष विश्वकप हेर्ने मौका पाएका हुन् ।
अटो कन्सर्नका सञ्चालक बबरजङ्ग थापाका अनुसार उनले गत जेठको पहिलो साता होन्डाई वल्र्ड कप अफर अन्तर्गत सो गाडी खरीद गरेका थिए ।

0 प्रतिकृया:

Post a Comment