भानुभक्तको बार्षिकीमा विभिन्न कार्यक्रम

दमक/आदिकवि भानुभक्त आचार्यको द्वीसत् बार्षिकीका अबसरमा ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान दमकले रक्तदान र प्रतियोगीतात्मक रामायण पाठ कार्यक्रम गरेको छ ।  प्रतियोगीतामा काशी नाथ दाहाल दमक प्रथम, प्रजापती तिवारी बेलडा“गी शरणार्थी शिविर दमक दोस्रो र मन्दिरा भट्टराई दमक तेस्रो भएका थिए । यस्तै  रक्तदान कार्यक्रममा १० जनाले रगतदान गरेको प्रतिष्ठानले जनाएको छ ।
त्यस्तै सोही अबसरमा भानुभक्त रामायण पाठ समेत गरिएको छ । भुटानी अधिकारकर्मी डाक्टर भम्पा राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वाचकहरुले रामायण छन्दबद्ध रुपमा वाचन गरेका थिए ।
सोही अबसरमा विभिन्न क्षेत्रमा सेवा पुर्याउने १० जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा शिक्षासेवी छबिलाल सिटौला, मेघराज तिम्सीना, रुद्र निरौला, चित्रवर राई, शेखर नाथ लुइटेल लगायत रहेका छन ।  यस्तै सोही अवसरमा मोरङ्गको लेटाङमा पनि कार्यक्रमको आयोजना गरिएको थियो । साहित्य कला संगम लेटाङ र श्रोत केन्द्र लेटाङको आयोजनामा माध्यमिक विद्यालय स्तरिय कविता प्रतियोगीता सम्पन्न भएको छ । लेटाङ श्रोत केन्द्र अन्तर्गत का ६ वटा विद्यालयका २२ जना सहभागि भएको कार्यक्रममा महाभारत मावि लेटाङका आदर्श राई प्रथम, लक्ष्मी मावि लेटाङकी सोनाली निरौला दोश्रो र लक्ष्मी मावि लेटाङकै मनुविज्ञान न्यौपाने तेस्रो भएका थिए ।   विजयीहरुलाई प्रमुख अतिथि साहित्यकार खेम न्यौपानेले पुरस्कार र प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रम साहित्य कला संगम लेटाङका अध्यक्ष डिल्ली ओझाको अध्यक्षतामा भएको थियो ।
यसैगरी, आदिकवि भानुभक्तको २ सय औ“ जन्मजयन्तीको अवसर पारेर गौरादह जेसीजले विद्यालय स्तरिय खुल्ला कविता वाचन तथा जेष्ठ नागरिकहरु वीच रामायण वाचन कार्यक्रम गरी मनाईएको छ ।
गौरादह गा.वि.स.को सभाहलमा सम्पन्न उक्त कार्यक्रममा गौरादह क्षेत्रका तेह्र जना विद्यार्थीहरुले कविता वाचन प्रतियोगितामा भाग लिएका थिए भने दश जना स्थानिय जेष्ठ नागरिकहरुले रामायण वाचन गरेका थिए । कविता वाचन तर्फ माउण्ट एभरेष्ट मा.वि.की छात्रा स्वस्तिका भण्डारी प्रथम सोही विद्यालयका छात्र सरगम पोख्रेल द्वितिय, जनता उ.मा.वि.की छात्रा रोशनी दाहाल तृतिय तथा सोही विद्यालयकी छात्रा कृशला तिम्सिना सान्त्वना स्थान हासिल गर्न सफल भएको निर्णायक मण्डलका सदस्य बिष्णु न्यौपानेले जानकारी दिएका थिए ।
जेसीआई सिनेटर नेत्र प्रसाद चौलागाईको प्रमुख आतिथ्यतामा तथा हास्यब्यंग्यकार लक्ष्मण गाम्नागेको विशेष आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा स्थानिय संघ संस्थाका प्रतिनिधी, समाजसेवी तथा साहित्य अनुरागीहरुको उपस्थिति रहेको कार्यक्रम संयोजक माधव कोइरालाले जानकारी दिए ।
गौरादह जेसीजका अध्यक्ष बद्री कार्कीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जेष्ठ नागरिकहरुलाई नेपाली ढाका टोपी लगाइ सम्मान समेत गरिएको थियो ।

0 प्रतिकृया:

Post a Comment