हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

संयुक्त व्यवस्थापनबाट उज्यालो यातायात सञ्चालन हुने

पिपुल्स टाइम्स समाचारबिर्तामोड/विगत नौ महिनादेखि उज्यालो यातायात सञ्चालनको विषयमा चर्किएको विवाद समाधान गर्न संयुक्त व्यवस्थापनबाट उज्यालो यातायातका सवारी साधन सञ्चालन गर्ने सहमति भएको छ । मेची अञ्चलका चार वटा यातायात व्यवसायी संघको संयुक्त यातायात व्यवस्थापन समिति, उज्यालो यातायातका प्रतिनिधि र टे«ड युनियनका प्रतिनिधिबीच विहीवार विर्तामोडमा भएको बार्तामा उज्यालोसहितको संयुक्त व्यवस्थापनबाट यातायात सञ्चालन गर्ने सहमति भएको हो । संवाद समूहको संयोजनमा भएको बार्ताको सहमतिमा ‘संयुक्त यातायात व्यवस्थापन समिति मेचीकै संरचनामा पहिचानसहित उज्यालो यातायात...

तीन गाडी चोर पक्राउ

काँकडभिट्टा/गाडी चोरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक र अन्य दुईजना नेपाली रहेको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेहरू भारतको सिलिगुढीका २३ बर्षीय सुवास राय, मोरङको बेलबारी ३ का १९ बर्षीय सुरेन्द्र रणपहेली र कैलालीको टिकापुर ८ का २६ बर्षीय लक्ष्मण सेठी हुन् । जुम्लाको धापा ८ घर भई हाल मेचीनगर १० बस्ने रामकृष्ण शर्माले चलाउँदै आएको भारतीय नम्बर क्प्ण्घएण्ण्ज्ञण् को गाडी चोरी गरेको अभियोगमा उनीहरू पक्राउ परेका हुन् ।यहि साउन ५ गते राति आफूले चलाउने गरेको सो गाडी हराएको भनी शर्माले इलाका प्रहरी कार्यालय...

दमकमा बहाल कर तिर्ने घरधनी न्युन

दमक/झापाको दमक र आसपासको क्षेत्रमा घरधनीहरुले स्वयम बहाल कर तिर्ने गरेका छैनन् । बहालमा बस्ने व्यवसायीलाई कर तिराउने गरिएको हो । करदाता सेवा कार्यालय दमकका प्रमुख दिपक खड्काले व्यवसायीहरु आफैले कर तिर्ने गरेको बताए ।  उनले घरधनी स्वयमले कर तिर्नेको संख्या न्युन रहेको बताए । त्यस्तै अघिल्लो आर्थिक बर्ष २०७०÷७१ मा ५ सय ७४ वटा ब्यक्तिगत पान नम्बरहरु कार्यालयले जारी गरेको छ । जागिरेहरुले अनिबार्य रुपमा प्यान नम्बर लिनुपर्ने र आय कर सरकारलाई बुझाउनु पर्ने भएपछि प्यान नम्बर लिनेहरु संख्या बढेको खड्काले जानकारी  दिए ।  ६ सय २६ वटा अन्तशुल्क...

रक्तदानमा ३४ पिन्ट रगत संकलन

दमक/झापाको दमकमा बिहिवार भएको रक्तदान कार्यक्रममा ३४ पिन्ट रगत संकलन भएको छ । लायन्स क्लब अफ दमक  माउण्ट एभरेष्ट, दमक जेसीज लायन्स अफ इष्टन लाइनको सयुक्त आयोजनामा रक्तदान गरिएको हो । कार्यक्रममा ४ महिला सहित ३४ जनाले रगतदान गरेका थिए । लाइफलाइन अस्पताल दमकका मेडिकल सुपेरिटेन्डेन्ट सुर्यनारायण शाहले रक्तदान  कार्यक्रममा रगत दान गरेर उद्घाटन गरेका थिए । लायन्स क्लब अफ दमकका अध्यक्ष अजय अग्रवालले कार्र्यक्रमको बारेमा प्रष्ट पारेका थिए ...

भारतीय विदेशमन्त्री स“ग ज्येष्ठ शरणार्थीहरुको अपिल

दमक/भुटानी शरणार्थी ज्येष्ठ नागरिक स्वदेश फिर्ति समितिले शरणार्थीहरुको स्वदेश हुन पाउने अधिकारलाई शुनिश्चीत गरिदिन भारत सरकारसंग आग्रह गरेको छ ।  भारतीय विदेशमन्त्री सुष्मा स्वोराजको शुक्रबारबाट हुने नेपाल भ्रमणको पूर्वसन्ध्यामा समितिले विदेश मन्त्री स्वोराजलाई इमेल पठाएर भुटानी शरणार्थीहरुको स–सम्मान घर फिर्ती अभियानलाई उठाईदिन आग्रह गरेका हुन् । विदेशमन्त्री स्वोराजको नेपाल भ्रमणमा क्रममा समितिले आफना मुद्यालाई ध्यानकर्षण गराउन अपिल गरिएको जनाएको छ । भुटानबाट जवर्जस्त लखेटिएका आफना नागरिकलाई स–सम्मान घर लैजान भुटान नचाहेको उल्लेख गर्दै...

दुर्घटनामा चौरासी जनाको मृत्यु

विराटनगर/  मोरङ जिल्लामा गत आर्थिक वर्षमा सडक दुर्घटनामा परी ८४ जनाको मृत्युभएको छ ।जिल्ला ट्राफिक कार्यालय मोरङका अनुसार आव २०७०÷७१ मा ४३१ वटा सवारी दुर्घटनामा परी ८४ जनाको मृत्यु भएको हो ।मोटरसाइकलको दुर्घटनामा परी सबैभन्दा बढी मृत्यु भएको प्रहरी निरीक्षक खेमबहादुर केसीले बताए ।मोरङको ग्रामीण क्षेत्रमा अधिकांश ग्राभेल सडकमा सवारी सञ्चालन, ट्राफिक नियम उल्लङ्घन एवम् अत्यधिक गतिमा सवारी सञ्चालन गर्ने कारण दुर्घटना बढी हुने गरेको प्रहरीले जनाएको छ ।यसैगरी इलामको दक्षिणी दानाबारी–८ स्थित हिलेखोलामा भएको ट्याक्टर दुर्घटनामा इलाम,इरौँटार–३ का...

चन्द्रगढीका पसलहरुमा अखाद्यबस्तु फेला

भद्रपुर/संयुक्त वजार अनुगमन टोलीले गरेको बजार अनुगमनका क्रममा झापाको सदरमुकाम चन्द्रगढीका अधिकांश किराना पसलहरुमा न्युनतम मापदण्ड पूरा नगरी अखाद्यवस्तुहरु बिक्रीवितरण गरिरहेको फेला परेको छ ।बजारमा मापदण्ड विपरित अखाद्य बस्तुहरु बिक्री वितरण भइरहेको विषयमा सञ्चार माध्यममा समाचार आएपछि जिल्ला बजार अनुगमन समितिले चन्द्रगढीका ६ वटा किराना पसलमा गरेको आकस्मिक अनुगमनक्रममा मापदण्ड विपरित यस्ता अखाद्यबस्तु फेला पारेको हो ।घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख गोपी घिमिरेको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालयका शंकरप्रसाद पौडेल, उद्योग वाणिज्य संघ...

सवारी दुर्घट्ना घटयो

दमक/दमक र त्यसका आसपासका  क्षेत्रमा सवारी दुर्घटनामा कमी आएको छ ।  अघिल्लो आर्थिक वर्ष भन्दा , आर्थिक बर्ष २०७०÷७१ मा  दमक र आसपासका क्षेत्रमा सवारी दुर्घटना कमी भएको हो ।  इलाका ट्राफिक प्रहरी कार्यालय दमकका अनुसार  ०७०÷७१ मा  १५ जनाले दुर्घटनामा ज्यान गुमाएका छन् ।  आर्थिक बर्ष २०६९÷७० मा ३२ जनाको दुर्घटनामा ज्यान गुमाएका थिए । ट्राफिक चेकजाँचमा कडाई र चेकजाँचलाई  निरन्तरता दिइएका कारण  दुर्घटनामा कमी आएको इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख बासुदेव थापाले जानकारी दिए ।   बिना हेल्मेट,...

झापाका ट्याक्टर व्यवसायीहरु आन्दोलित

दमक/खोला नालाबाट टयाक्टरमा समेत निर्माण सामग्री ओसार्न रोक लगाएको प्रति झापाका ट्याक्टर  व्यवसायीले विरोध जनाएका छन् । सरकारले हालै गरेको निर्णय प्रति बिरोध जनाउँदै ट्याक्टरलाई समेत खोलामा निर्माण सामाग्री संकलन गर्न रोक लगाउनु न्यानोचित नभएको गुनासो गरेका हुन् । जिल्लाभरका व्यवसायीहरुको विहिबार भएको भेलाले  विदुर भट्टराईको अध्यक्षतामा  जिल्ला स्तरिय संघर्ष समिति पनि घोषणा गरेका हुन् । गठित संर्घष समितिमा जिल्लाका ६ ओटै क्षेत्रका ट्याक्टर व्यवसायीहरु संलग्न छन् । गठित संघर्ष समितिको सदस्यहरुमा सन्तोष कुमार मेचे, भोगेन्द्र श्रेष्ठ,...

आयोजनाका पूर्वप्रमुख सिंहविरुद्ध भ्रष्टाचारको मुद्दा

मोरङ/अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुनसरी–मोरङ सिंचाइ आयोजनाका पूर्वप्रमुख विनयकुमार सिंहविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।पदीय दुरुपयोग गरी १ करोड ४५ लाख ७६ हजार ६८८ रूपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको आरोपमा अख्तियारले सिंह र उनकी पत्नी अलका सिंहविरुद्ध मुद्दा दायर गरेको हो ।अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०–९२० बमोजिम बिगो र बिगो बमोजिम जरिवाना माग गरेको छ । साथै भ्रष्टाचार निवारण ऐनको दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ‘ख’ बमोजिम सिंह र उनके पत्नीको नाममा बैंकमा रहेको १ करोड...

अवैध हतियार बुझाउन प्रहरीको आग्रह

दमक/बिना इजाजत राखीएका हात हतियार तथा खरखजाना बुझाउन प्रहरीले आग्रह गरेको छ ।  कुनै पनि व्यक्तिलाई थाहा नभएर वा कसैको लहै–लहैमा लागेर बिना इज्जजत राखेका हात हतियार  भए नजिकैको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरिएको हो । सरकारले त्यस्ता हात हतियार साउन मसान्त सम्म बुझाउन पनि अपिल गरेको छ । इलाका प्रहरी कार्यालय दमकका डिएसपी रवि कुमार पौडेलले अवैध हतियारहरु जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय , नजिकका प्रहरी इकाइमा बुझाउन सकिने बताएका छन । साउन मसान्त सम्मको अवधिमा नबुझाएको अवैध हात हतियार फेला परेमा प्रचलित कानुन बमोजिम...

यलम्वर टाइम्सको ७ औं वार्षिक कार्यक्रम सम्पन्न

विर्तामोड/ग्रामिण पत्रकारितामा विशेष जोड दिँदै आएको यलम्वर टाइम्स साप्ताहिकले आफ्नो ७ औं वर्ष प्रवेशको कार्यक्रम मनाएको छ ।विहीबार आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ झापा अध्यक्ष भिम नेम्वाङले उद्घाटन गर्दै ग्रामिण क्षेत्रका समस्यालाई उठाएर समाधानको बाटोमा यलम्वर टाइम्सले खेलेको भूमिका प्रशंसा गरेका थिए । त्यस्तैगरी विशिष्ट अतिथि तथा अर्जुनधारा जलेश्वरधामका व्यासाचार्य पुष्पलाल निरौलाले टाइम्सको प्रगतिको कामना गर्दै पर्यावरणीय क्षेत्रमा संचारकर्मीहरुले कलम चलाउनु पर्ने बताए । शनि–अर्जुन नगरपालिकाका कार्यकारी अधिकृत मोहनलाल...

जगतको ‘मोहनी लगायौ तिम्ले ....’

मोरङको पथरीमा रहेर सांगीतिक क्षेत्रमा उदाएका गायक हुन् जगत राई । उनको ‘मोहनी लगायौं तिम्ले...’ गीतको भिडियोको छायाङ्कन बुधबार पूरा भएको छ । उनको दोस्रो गीति एल्बम ‘कसम तिमीलाई’ को शीर्ष गीत हो मोहनी ‘लगायौं तिम्ले’ । उक्त गीति एल्बमलाई पथरीकै ओजस्वी संगीत पाठशालाले बजारमा ल्याएको हो । पूर्वी मोरङको रमणीय स्थलहरूमा छायाङ्कन गरिएको भिडियो राईको पहिलो म्यूजिक भिडियो हो । सानैदेखि गीत संगीतमा होमिएका गायक जगत भन्छन् –‘मैले करिब आधा दर्जन गीत गाएँ । त्यसमध्ये मलाई ‘मोहनी लगायौं तिम्ले...’ गीत साह्रै...

मोडलिङमा क्यारियर बनाउँदै मनिता

फुर्सदको समय मोडलिङ क्षेत्रमा रमाउने मनिता चाम्लिङ आगामी दिनमा मोडलिङ क्षेत्रमा करियर बनाउने सोचमा छिन् । अनमीको रिजल्टको पर्खाइमा रहेकी उनी स्थापित मोडल बन्न चाहन्छिन् । घरपरिवारको सल्लाह, सुझाव र सानैदेखि सामाजिक क्षेत्रमा लाग्ने आफ्नो रूचिका कारण अनमी पढेको बताउने मनितालाई सानैदेखिको आकर्षण थियो, कला क्षेत्रमा । सेवा त मनले चाहेमा जुनसुकै क्षेत्रमा गर्न सकिन्छ भन्ने सोच राख्ने राईलाई विगत ६÷७ महिना पहिले सम्पन्न मिस नर्स प्रतियोगिताबाट पनि मोडलिङमा लाग्न प्रेरणा मिलेको हो । स्वास्थ्य क्षेत्रमा...

सहकारी अभियान :– एक समिक्षा

नेत्रप्रसाद घिमिरे  सहकारी भन्नाले समान आवश्यकता र समस्या भएका व्यक्तिहरू मिलेर सहकार्य गरी समस्या समाधानको संयुक्त प्रयास हो । नेपालमा सहकारी संस्थाहरूको विस्तार विकासको प्रारम्भ २०१३ साल चैत्र २० गते बखानपुर सहकारी संस्थाको गठनसँगै भएको पाईन्छ र २०४८ सालको सहकारी ऐन भन्दा अगाडि सहकारी अभियान सरकारद्वारा नियन्त्रित थियो । २०४८ पछि सहकारी अभियान स्वायत्त, स्वतन्त्र र स्वनियन्त्रित भयो । त्यसपछिको समयमा सहकारी संघ÷संस्था खुल्ने क्रममा तिव्रता आयो, संख्यात्मक विकास मात्र भएका कारण गुणात्मक...

अर्थतन्त्र उकास्ने सवालमा ध्यान देउ – सम्पादकीय

राजनीतिक परिवर्तन संगै आर्थिक रुपान्तरणमा जोड दिने गरिन्छ । नेपाली जनताले विभिन्न प्रकारका आन्दोलन र क्रान्ति सम्पन्न गरेका छन् । चाहे त्यो राणा देखि राजतन्त्रको शासनमा जनताले सधै  जितेको अवस्था छ । नेपाल मात्र होइन अहिले सबैले खुला बजार अर्थतन्त्रको नीति अंगालेको घोषणा गरेका छन् । ००७ सालदेखि अहिलेसम्म राजनीतिक स्थायित्व हुँदै भएनन् । यसले पनि आर्थिक सम्बृद्धि गर्न प्रभावित बन्न पुग्यो । नेतृत्व राजनीतिक परिवर्तनका हकमा सफल देखिए पनि आर्थिक सवालमा देश सारमा असफल नै ठहरिन पुग्यो । प्राकृतिक स्रोतसाधनले सम्पन्न मुलुकका जनताले क्षमताअनुसार...

दमक नगरपालिकाको आम्दानी साढे १२ करोड बढी

पिपुल्स टाइम्स समाचारदमक/झापाको दमक नगरपालिकाले गएको वर्ष लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक बर्ष २०७०/७१ मा नगरपालिकाले अनुमानित लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको हो । नगरपालिकाले आम्दानी तर्फ गएको बर्ष कुल १२ करोड ५३ लाख ६७ हजार ५ सय ८७ रुपैयाँ संकलन गरेको छ । आम्दानीमा आन्तरिक स्रोत तर्फ  ४ करोड ६१ लाख ४९ हजार ५ सय ३४ र बाह्य स्रोबाट ७ करोड ९२ लाख १८ हजार ५२ रुपैयाँ राजस्व उठाएको जनाईएको छ । यसैगरि, सोही वर्ष नगरपालिकाले कुल १२ करोड २३ लाख ९० हजार १ सय ५६ रुपैयाँ खर्च भएको उल्लेख छ । खर्च शिर्षक तर्फ  चालु खर्चमा ३...

पाँचगाछीमा व्यापारी शाह लुटिए

दुधे/झापाको पाँचगाछीमा एक व्यापारीमाथि लुटपाट भएको छ ।तोपगाछी–९ का ३५ वर्षीय व्यापारी पर्वत शाह मंगलबार राति करिब ९ बजेतिर पाँचगाछी–४ को सालमारा चोकमा लुटिएका हुन् । बजारबाट मट्टीतेल बिक्रि गरी घरतर्फ फर्कंदै गर्दा पाँचगाछी– ४ का स्थानीय ठेउके भनिने सुबास लिम्बुसहित ६ जनाको समुहले शाहलाई कुटपिट गरी उनको साथमा भएको नगद एक लाख रूपैयाँ लुटी फरार भएका हुन् । पिडीतले आज स्थानीय प्रहरी कार्यालयमा उजुरी गरेका छन् । लुटपाटमा संलग्नहरुको खोजी तथा घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय शिवगञ्जले जनाएको छ ...

आदिवासी दिवस मनाईने

विर्तामोड/२० औँ आदिवासी जनजाति दिवस झापामा मनाइने भएको छ ।यही साउन २४ गते पर्ने विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद झापाले विविध कार्यक्रम गर्ने निर्णय गरेको हो । दिवसका लागि महासंघले जिल्ला अध्यक्ष पारसमणि राईको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । त्यस्तै विभिन्न ६ वटा उपसमितिहरु गठन गरिएका छन् । बालकुमार भुजेलको संयोजकत्वमा प्रचारप्रसार समिति, पर्शुराम ताजपुरियाको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, सन्तकुमारी सुनुवारको संयोजकत्वमा अतिथि सत्कार समिति, मानबहादुर श्रेष्ठको संयोजकत्वमा सांस्कृतिक झाँकी...

दमक उद्योग बाणिज्य संघ घाटामा

दमक/दमक उद्योग बाणिज्य संघ गएको बर्ष घाटामा गएको छ । आर्थिक बर्ष २०७०÷७१ को अवधिमा संघ करिव ६ लाख रुपैयाँ बढी घाटामा गएको देखिएको छ । आर्थिक बर्ष २०६९÷७० मा भने संघले २९ लाख ७५ हजार ६ सय ५२ आम्दानी गर्न सफल भएको थियो भने खर्च १५ लाख ७६ हजार ४ सय ६८ रुपैयाँ भएको थियो । संघका अध्यक्ष प्रकाश प्रसाईले अघिल्लो बर्षको तुलनामा संघ बलियो बन्दै गएको दावी गरे । उनले संघको आर्थिक प्रणाली ब्यवस्थित बनाउँदै लगिएको जनाए । अध्यक्ष प्रसाईले भने – ‘अघिल्लो वर्षका आन्तरिक हिसावलाई व्यवस्थापन गर्दा संघमा खर्च केहि बढी देखिन पुगेको छ ।’ संघको सोमबार सम्पन्न कार्यसमितिको...

भुटानी शरणार्थीहरु स्वदेश फर्किने अभियानमा

दमक/अधिकांश भुटानी शरणार्थीहरु तेस्रो देश पूनर्बासमा जान थालेपछि स्वदेश फिर्तीको अडानमा बसेका शरणार्थीले नयाँं अभियान थालेका छन् । पूर्वी नेपालको झापा र मोरङमा बसोबास गर्ने शरणार्थीहरुलाई तेस्रो देश पूनर्बासमा लगिएपछि स्वेदश फिर्ती चाहनेहरु संगठित हुन थालेका हुन्् । संयूक्त राष्ट्र संघिय शरणार्थी सम्बन्धि उच्च आयोग(यूएनएचसिआर)ले असार मसान्तसम्ममा पूनर्बासमा जाने शरणार्थीको सुची तयारी गरी सकेपछि स्वदेश फर्किन चाहने उनीहरु संगठित हुन थालेका हुन् । भुटानी शरणार्थी ज्येष्ठ नागरिक स्वदेश फिर्ती समिति मार्फत घरफिर्ती चाहने शरणार्थीहरु एकताबद्ध हुन...

बालिका सहित दुईको मृत्यु

दमक/मोरङको फरक फरक स्थानमा  एक बालिकासहित दुई जनाको मृत्यु भएको छ ।मधुमल्ला २ मा राजु गहतराजकी २ वर्षकी छोरी सिखा गहतराजको सेफ्टी ट्याङकीमा डुबेर मृत्यु भएको छ । घर छेउमा खेल्दै गर्दा सेफ्टी ट्याङकीमा डुबिरहेको अवस्थामा फेला पारी बालिकालाई उपचारका लागि स्थानिय साझा अस्पताल लगिएको र उनको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रमुख राजेश चौधरीले बताएका छन् ।यस्तै मोरङको डाँगीहाट ९ मा पैनीमा डुबेर ६० वर्षका वृद्धको मृत्यु भएको छ । बाहुनी ४ का माइला खवासको स्थानीय पैनीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले...

मुक्तिका लागि क्रान्ति अपरिहार्यमा जोड

दमक/नेकपा एमालेका नेताहरुले जनताको मुक्तिका लागी क्रान्तिको अपरिहार्यता रहेको औँल्याएका छन् । उनीहरुले क्रान्तिको एउटा चरण पार भए पनि पुर्ण नभएको बताएका थिए । बुधवार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृतिमा नेकपा एमाले क्षेत्रीय  कमिटी क्षेत्र नम्बर ७ झापा र मदन भण्डारी फाउण्डेशन झापाको संयुक्त आयोजनामा भएकोे कार्यक्रमा बोल्दै नेकपा एमाले अनुशासन आयोगका सदस्य अर्जुन राईले जनताको मुक्ति र मुलुकलाई परिवर्तन गर्नका लागी अझै पनि विभिन्न चरणका क्रान्तिहरुको आवश्यकता रहेको बताए । उनले एमालेलाई अझ शसक्त बनाउनका लागी पार्टी...

दमकमा अघिल्लो वर्षमा चक्काजाम धेरै

दमक/दमक क्षेत्रमा आर्थिक वर्ष ०७०/७१ मा भन्दा अघिल्लो वर्ष १ सय ३५ घण्टा बढी  चक्का जाम तथा सडक अवरोध भएको छ ।इलाका ट्राफिक प्रहरी कार्यालय दमकको बिवरण अनुसार ०७०÷०७१ मा ९७ घण्टा अवरोध भए पनि  अघिल्लो वर्ष २ सय ३२ घण्टा चक्का जाम तथा सडक अवरोध भएको हो । बिगतमा नेपाल बन्द जस्ता कार्यक्रम गरी सडक जाम भएका थिए । तर अघिल्लो वर्ष  त्यस्ता गतिविधि थोरै  भएको ट्राफिक  कार्यालय प्रमुख बासुदेव थापाले बताए ...

गुणस्तरहिन प्याकेजिङ्गका कारण नुन व्यापारी मारमा

भद्रपुर/साल्ट ट्रेडिङ कर्पोरेशनबाट बिक्रीबितरण गरिँदै आएको आयोडिनयुक्त नुनको प्याकेटलाई गुणस्तरहिन प्याकेजिङ्ग गरेका कारण व्यापारीहरु मारमा परेका छन् । व्यापारीहरुले बिक्रीका लागि ल्याइएको आयोनुनको वोराभित्रका अधिकांश प्याकेटहरु फुटेका कारण खुला नुनको मूल्यमा बिक्री गर्नुपर्दा मारमा परेको व्यापारीहरुले गुनासो गरेका छन् । डिलरले थोक बिक्रेतालाई प्रतिप्याकेट ६ सय ७५ रुपैयाँका दरले दिएको नुनलाई प्याकेट फुटेपश्चात प्रतिकिलो कम मूल्यमा खुला नुनको रुपमा विक्री गर्नुपरेको अग्नि ट्रेड एण्ड सप्लायर्स चन्द्रगढीका व्यापारी भेषराज नेपाल बताउँछन् । उनले फुटेको...

मोरङ व्यापार संघमा सारडा

उर्लाबारी/मोरङ व्यापार संघको अध्यक्षमा सभासद पवनकुमार सारडा चयन भएका छन् । उनी यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।  दोस्रो संविधानसभामार्फत सभासद बनेका सारडाले संघको विभिन्न पदमा रहेर काम गरिसकेका छन् । उनी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट समानुपातिक सभासद बनेका हुन् । संघको साधारणसभा गत असार २२ गते नै सम्पन्न भएको थियो । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र राउत चुनिएका छन् । यसपटक पनि सबैजसो पद सहमतिबाट चयन भएको हो । महासचिवमा प्रकाश मून्दडा चयन भए । उनी यसअघि पनि महासचिव थिए । देशकै सबैभन्दा पुरानो उद्योग वाणिज्य संघका रूपमा स्थापित संघमा...

खोला बन्द गरी क्रसर खुला गरेकोमा ट्रयाक्टर व्यवसायीको विरोध

दुधे/चुरे संरक्षण अभियानलाई सफल बनाउन भनी नेपाल सरकारले नदी खोलाबाट बालुवा, गिटी, ढुंगा निकाल्न प्रतिबन्ध लगाएर क्रसर खुल्ला राखेकोप्रति ट्रयाक्टर व्यवसायीहरुले विरोध जनाएका छन् ।माई–बिरिङ्ग ट्रयाक्टर व्यवसायी संघ सुरुङ्गा र सतासी ट्रयाक्टर व्यवसायी संघ सतासीधामले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त सरकारी निर्णयको विरोध गरेका हुन् । चुरे क्षेत्रको संरक्षण गर्न सरकारले ल्याएको कार्यक्रम सकारात्मक र स्वागतयोग्य भएतापनि नदी खोलाबाट निर्माण सामग्री निकाल्न रोक लगाउने निर्णयका कारण निर्माण सामग्रीको अभाव भई मूल्य आकाशिएको, ट्रयाक्टर व्यवसायीहरुको...

राहदानी बनाउनेको संख्या चालीस प्रतिशत बढ्यो

झापा/झापामा गत आर्थिक बर्ष भन्दा वितेको आर्थिक बर्षमा राहदानी बनाउनेको संख्या लगभग ४० प्रतिशतले बृद्धि भएको छ ।गत आ.व ०६९÷७० मा १७ हजारले राहदानी बनाएका थिए भने आ.व.०७०÷७१ मा २३ हजार ८२ जनाले राहदानी बनाए लगतै बृद्धिदर हवतै बढेको हो् । झापाबाट वैदेशीका रोजगार जानका लागी तथा विभिन्न उद्देश्यका साथ राहदानी बनाउनेको संख्या बढ्दै गएको बार्षिक बृद्धि बढ्न थालेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।एक वर्षको अवधिमा २७ हजार २ सय १५ जनाले फारम भरेर पेस गरेपनि सो अवधिमा २३ हजार ८२ को मात्र राहदानी आएको प्रशासकीय अधिकृत केशव रिजालले जानकारी दिए ।...

कम्प्युटर प्रिन्ट नागरिकताको तयारी

दमक/झापा दमकको इलाका प्रशासन कार्यालयले आगामी भदौ महिनाबाट कम्प्युटर प्रिन्ट गररै नागरिकता बितरण गर्ने भएको छ ।हस्त लिखित नागरिकता  बिस्थापित गरी कम्प्युटर प्रिन्ट नागरिकता बितरणका लागि  आन्तरिक तयारी भइरहेको  हो । कार्यालयले  कम्प्युटर टाइप गर्ने भौतिक पुर्वधार तयारी,  सफ्टवेयर संकलन  लगायतका काम भइरहेकोे  प्रमुख बासु प्रसाद कोइरालाले बताए ।अहिले दैनिक ५०÷६०  जति  नागरिता  बितरण हुने गरेकोमा कम्प्युटर प्रविधिबाट  धेरै नागरिकता  बितरण गर्न सकिने कार्यालयले जनाएको छ ।   दमक...

के हो ‘सडेन इन्फेन्ट डेथ सिन्ड्रोम’ ?

सडेन इन्फेन्ट डेथ सिन्ड्रोमबाट एक वर्ष नपुगेका शिशुको मृत्यु हुने गरेको छ । एक देखि १२ महिनाका शिशुको मृत्युमा यस समस्याको ठूलो हिस्सा रहेको देखिन्छ । अमेरिकामा दुई हजारभन्दा बढी शिशुले प्रत्येक वर्ष यस समस्यामा परेर ज्यान गुमाउने गर्छन् तर सामान्यतया यसरी हुने शिशुको मृत्युको कारण व्याख्या गरिँदैन । अहिले एक अनुसन्धानले जनाए अनुसार ओछ्यानमा शिशुसँगै सुत्नु सडेन इन्फेन्ट डेथ सिन्ड्रोमको एक प्रमुख कारण हुन्छ । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सको जर्नल पेडियाट्रिक्समा प्रकाशित नयाँ अनुसन्धानको विवरणमा...

अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रलाई सहयोग

बिर्तामोड/बहराइनमा रहेका नेपालीहरूको संस्था लालीगुराँस सेवा समाजले झापाको बिर्तामोडस्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रलाई २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरेको गरेको छ । नेपालमा रहेका अपाङ्ग, अनाथ तथा असहायहरूका लागि विभिन्न किसिमका सहयोग पुर्याउँदै आएको समाजले आइतबार आयोजित एक विशेष कार्यक्रमका बीच केन्द्रलाई सहयोग रकम प्रदान गरेको हो । समारोहमा समाजका उपाध्यक्ष प्रकाश पाठकले अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका अध्यक्ष कृष्णदेव दुलाललाई सहयोग रकम प्रदान गरेका हुन् । कार्यक्रममा पार्वता बिमली,...

एमाले गुटको बिल्ला, अधिवेशन सम्पन्न

टंक पाठक  नेकपा एमालेको नवौं अधिवेशन सकिएको छ । केन्द्रीय अध्यक्षमा केपी शर्मा ओलीले विजय हात पारे भने अन्य पदका लागि खासै कुनै एक प्यानल नभई मिश्रित रुपमा विजय भएका छन् । अधिवेशनको दुई–तीन महिना अगाडिदेखि नै नीति र नेतृत्वको लागि रातदिन छलफल मात्रै होइन, रस्साकस्सी गर्दै थुतुनो चलाउन कसैले पनि बाँकी राखेनन् । खासमा माधवकुमार नेपाल र केपी शर्मा ओली नै एक अर्कामा गाली गलौजका नराम्रा शब्दहरू शब्दकोषमा भएसम्म शब्दहरू छानी–छानी र चोर औंलो ठाडो पारेर बोल्न बाँकी राखेनन् । यदि छलफल र बहसको उन्नत...

'अल्कोहोलिक' साझा समस्या – सम्पादकीय

आज अल्कोलिक समस्या साझा समस्या बन्दै गएको छ । साधारणतया जाँड,रक्सीको लतलाई हामी सामान्य प्रकृतिको एक प्रकारको नसा मात्र हो भनेर विश्लेषण गछौं । यो हाम्रो समाजको बुझाई पनि त्यही नै हो । यो दृष्टिू संगै हाम्रो सांस्कृतिक चालचलन निकटताका कारणले समेत जाँड,रक्सीको सम्बन्धलाई जोड्न पुगेको छ । धेरै जाति,जनजातिहरुले जाँड,रक्सीको प्रयोगलाई संस्कृति संग जोडिएका तथा मान्दै पनि आएका छन् । तर ,त्यो संस्कृतिको सम्बन्ध यतिखेर चर्को सामाजिक समस्या समेत बन्दै गएको छ ।हाम्रो समाज यो वेला लागूऔषधको अम्मल भन्दा डरलाग्दो समस्याका रुपमा ‘अल्कोहोलिक’ बनेको छ । लागूऔषधलाई...

विपी स्मृति दिवसमा विभिन्न कार्यक्रम

पिपुल्स टाइम्स समाचारदमक/नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको ३३ औँ स्मृतिको अवसरमा झापाको दमक सहित देशै भरि विभिन्न कार्यक्रम गरि मनाईएका छन् । दिवसमा कांग्रेस र उनका भगिनी संघ, संगठनहरुले विभिन्न कार्यक्रमहरुको आयोजना  गरि मनाएका समाचार प्राप्त भएको छ । नेपाली कांगे्रस क्षेत्र नम्बर ७ झापाले दमकमा अन्तरसंवाद सहित वृक्षारोपण गरेको छ । क्षेत्रीय समितिले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा वक्ताहरुले कांगे्रसले वीपी कोइरालाको चिन्तनलाई भुल्दै गएको गुनासो...

दुर्घटनामा एक मृत्यु एक घाइते

दमक/झापाको दमकमा मंगलबार साँझ भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा शिवगञ्ज–५ का ३१ बर्षिय गणेश भण्डारी रहेका छन् । साँझ करीब साढे सात बजे पश्चीमबाट पूर्व तर्फ आइरहेको मे २ प ३०४३ नम्बरको मोटरसाइकल चलाईरहेका भण्डारी विपरीत दिशाबाट आइरहेको को ६ प ९५७५ नम्बरको मोटरसाइकलमा ठोक्किँदा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीको उपचारका लागि अस्पताल तर्फ लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी रविकुमार पौडेलले जानकारी दिए । सो दुर्घटनामा मोरङको मृगौलीया १ का २९ बर्षिय पारसकुमार भगत गम्भीर...

पाँच करोड दिन हुन्न : किराती

दमक/एकिकृत नेकपा माओवादीका स्थायी समिति सदस्य गोपाल किराँतीले निर्वाचित क्षेत्रमा सभासदहरुलाई ५ करोड रुपैयाँ कुनै पनि हालतमा बिनियोजन हुन नदिने बताएका छन्  । उनले स्थानिय निकायमा बजेटलाई थप गरि बिकासका काम गर्नुपर्नेमा जोड दिए । मंगलवार  झापाको दमकमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिबसका अबसरमा माओवादी अध्ययन केन्द्र  दमकले गरेको अन्तरकृयामा बोल्दै किराँतीले त्यसरी बजेट दिइदाँ सभासदहरुको व्यापारमा मात्र वृद्धि हुने र त्यसको ठेकेदारी सभासदहरुले गर्ने...

अदालतको फैसलाप्रति एमाओवादीको आपत्ति

बिर्तामोड/पुनरावेदन अदालत इलामले आफ्ना छ जना कार्यकर्तामाथि ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोप लगाउँदै गरेको कैद सजायको फैसलाप्रति एकीकृत नेकपा माओवादी झापाले आपत्ति प्रकट गरेको छ । पुनरावेदन अदालतले झापा बुट्टावारीका निरज गिरीको ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा सञ्जय लामा तामाङ, राजु लिम्बू, इन्द्रबहादुर खवास, गोपाल प्रसाई, लेखनाथ अधिकारी र नरेन्द्रकुमार अधिकारीलाई पाँच–पाँच बर्षको कैद सजायप्रति एमाओवादीले आपत्ति प्रकट गरेको हो । एमाओवादी झापा उपाध्यक्ष राजु आचार्य अग्नीले मंगलवार विज्ञप्ति जारी गरी अदालतको फैसला त्रुटीपूर्ण रहेको...

ढकाल पुरस्कृत हुने

बिर्तामोड/यस वर्षको एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार झापाका पुराना पत्रकार लक्ष्मण ढकाललाई प्रदान गरिने भएको छ । त्यस्तै पार्वतीदेवी शर्मा पत्रकारिता प्रोत्साहन पुरस्कार पत्रकार लेखनाथ परदेशी शिवाकोटीकी श्रीमती कृष्णकला शिवाकोटीलाई प्रदान गर्ने निर्णय भएको छ । पुरस्कार छनोट समितिका संयोजक नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा बिर्तामोड स्थित महासंघको कार्यालयमा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । पुरस्कार संस्थापक परिवारका तर्फबाट भाष्कर शर्मा, २०७० सालमा पुरस्तकृतहरु मोहन काजी र लीला राईसहितको छनोट समितिले...

मेचीमा समस्या बन्दै ‘अल्कोहलिक’

इलाम/एक दशक अघि झापाको विर्तामोडमा स्थापित ‘नयाँ आशा फाउण्डेशन’ नामक रिह्याविटेसन सेन्टरले स्थापनाको चार वर्षसम्म ड्रग्स प्रयोगकर्ताहरुको मात्र उपचार ग¥यो । त्यसयता रिह्याव सेन्टरमा जानेमध्ये धेरै अल्कोहलिक छन् । ५० जनालाई उपचार गर्ने क्षमता भएको नयाँ आशा फाउण्डेशनमा २५ देखि ३० जना टुट्दैनन् । त्यसमध्ये धेरै जना अल्कोहलिक हुने गरेको सेन्टरले जनाएको छ । मादक पदार्थ सेवनलाई समाजले पनि स्वीकारेकाले अहिले रिह्याव सेन्टरमा जानेमध्ये धेरै अल्कोहलिक हुने गरेको अध्यक्ष बलराम पनेरुको भनाई छ । ‘रक्सीको...

विद्यार्थीद्वारा क्याम्पस प्रशासनमा ताला

पथरी/सहायक क्याम्पस प्रमुख नियुक्तिको बिषयलाई लिएर मोरङको पथरीशनिश्चरे नगरपालिकामा स्थापित पथरी बहुमुखी क्याम्पस प्रशासनमा मंगलबार आठ विद्यार्थी संगठनले ताला लगाएका छन् । सञ्चालक समितिले बिद्यार्थी प्रतिनिधिलाई कुनै जानकारी नदिइ दुई जनालाई सहायक क्याम्पस प्रमुख बनाउने निर्णय प्रति आठ विद्यार्थी संगठनले बिरोध जनाउँदै आएको छ ।   क्याम्पस सञ्चालक समितिले २०७१ जेठ ३१ गते चेतन पौडेल र शान्तिराम तिम्सिनालाई सहायक क्याम्पस प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो । विद्यार्थी प्रतिनिधिहरुलाई...

महिला पत्रकार समूह पूर्नगठन

बिर्तामोड/झापाको बिर्तामोडमा सम्पन्न महिला पत्रकारहरुको भेलाले क्रियाशिल महिला पत्रकार समूह पुनर्गठन गरेको छ । माया पकुवालको अध्यक्षतामा गठित समूहको उपाध्यक्षमा सुशिला संग्रौला, महासचिवमा इन्दु पूर्वेली, कोषाध्यक्षमा गंगा बराल रहेका छन् । समितिका सदस्यहरुमा रेजिना रोदन, अम्बिका भण्डारी, टिका लामिछाने, सुनिरा मैनाली र चन्दना बराल रहेकी छन् । महिला पत्रकारहरुको क्षमता अभिवृद्धि तथा बृहत्तरहितमा कार्य गर्ने लक्ष्यका साथ गठित समितिले आवश्यकता अनुसार सदस्यता बढाउँदै लैजाने बताइएको छ ।...

पत्रकारलाई सभासदको चेतावनी

उर्लाबारी/मोरङ, क्षेत्र नं. ९ बाट संविधानसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सभासद डिगबहादुर लिम्बुले पत्रकारको घर छेउको बाटो नबनाउने धम्की दिएका छन् ।पाँच करोड रुपैयाँ विरुद्ध समाचार लेखेकोले पत्रकारको घर छेऊको बाटो नबनाउने उनको भनाई  छ ।  सभासद लिम्बुले आफ्नो बारेमा जे पनि लेख्न पत्रकारलाई चुनौती समेत दिए । मोरङको मधुमल्लामा मंगलवार  आयोजित बी.पी.स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै सभासद लिम्बुले पत्रकारलाई त्यस्तो धम्की दिएका हुन् । गत आर्थिक बर्षमा आफ्नो क्षेत्रमा विनियोजित १० लाख रुपैयाँ कहाँ–कहाँ खर्च भएको भन्ने बारेमा...

दाउराको मुल्य बढेपछि शरणार्थी समस्यामा

दमक/ दमकको बेलडाँगी स्थित हंसेदुम्से सामुदायिक वनले शव दहन गर्न उपल्वध गराउँदै आएको दाउराको मुल्य बढाए पछि  शरणार्थी समस्यामा परेका छन् । नेपाली मुलका भुटानीहरुको शव  जलाउन प्रयोग गरिने दाउराको मुल्य बढाएपछि उनीहरुलाई मर्का परेको हो । शब दहनका लागी उपलब्ध गराउँदै आएको दाउराको मुल्यमा ५० प्रतिशत वृद्धि गरेपछि शरणार्थी समस्यामा परेका हुन् ।बेलडाँगी शीविरका सचिब सञ्चहाङ सुब्बाका अनुसार  एउटा शब दहनका लागी २ हजार रुपैँयामा उपलब्ध गराउने गरिएको दाउराको मुल्य यही साउनको १ गतेदेखि ३ हजार रुपैंया पु¥याइएको छ । ‘शरणार्थीले  यक्ति धेरै...

जल्पादेवी मन्दिर निर्माण

दमक/झापाको दमक १० स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान परिसरमा जल्पादेवी मन्दिर निर्माण भइरहेको छ । जल्पादेवी किर्तन मण्डली दमक १० ले मन्दिर निर्माण थालेको हो । १० लाख रुपैयाँको इस्टमेटमा निर्माण भइरहेको मन्दिर निर्माणमा अहिले सम्म ५ लाख रुपैयाँ खर्च भइसकेको निर्माण उपभोक्ता समितिका सचिव दुर्गाप्रसाद पौडेलले जानकारी दिए । तिहारमा देउसी भैलो र अन्य दाताको सहयोगमा निर्माण भइरहेको मन्दिर ६ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उनले  बताए ...

पुष्पलालको स्मृतिमा कार्यक्रम हुने

दमक/नेकपा एमालेले नेपाल कम्युनिष्ठ पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा  दमकमा बुधवार आज  अन्तरक्रिया र बृक्षारोपण गर्ने भएको छ । एमाले क्षेत्रीय कमिटी क्षेत्र नम्वर ७ झापाले अन्तरकृया गर्ने भएको हो । यसै गरी एमाले वडा कमिटी दमक १४ले   रतुवाखोला धारमा बृक्षारोपण गर्ने भएको छ । २ सय बढी खयर, मसला सिरीस जातको बिरुवा रोप्ने कार्यक्रम रहेको एमाले नगर अध्यक्ष अम्विका खनालले जानकारी दिए ...

दार्जीलिङसँग छोटो हवाई सम्पर्क

दमक/भारतको चर्चित पर्यटकिय क्षेत्र दार्जीलिङ जिल्लासँग नेपालको सीधा हवाइ सम्पर्क कायम भएको छ । भारतको बजेट एयरलाइन्स स्पाइस जेटले पश्चिम बंगाल राज्यको उक्त जिल्लामा रहेको बागडोग्रा विमानस्थलबाट काठमाडौँ सीधा उडान गर्ने घोषणा गरेको छ ।सो घोषणासँगै दार्जीलिङ क्षेत्रबाट काठमाडौँ आउन र काठमाडौँबाट सो जिल्लामा जाने यात्रु तथा पर्यटकलाई सहयोग पुग्ने भएको छ । सो विमानस्थलबाट कुनैपनि एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरेका छैनन् । बागडोग्रा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने स्पाइस जेट पहिलो विमानसेवा बन्दैछ ...

नागरिकता वितरणमा कमी

दमक/इलाका प्रशासन कार्यालय दमकले अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा कम्ती नागरिकता वितरण गरेको छ । अघिल्लो आर्थिक वर्ष २०६९÷७० मा भन्दा आव २०७०/७१ मा कम नागरिकता वितरण भएको हो । अघिल्लो आर्थिक वर्षमा ५ हजार २ सय २८ र गएको आर्थिक वर्षमा ४ हजार ७ सय ५१ नयाँ नागरिकता जारी गरिएको कार्यालयका शाखा अधिकृत तिलोचन रिमालले जानकारी दिए । कुनै वर्ष जन्मदर कम र नागरिकको आवश्यकता  नहुँदा नागरिकता वितरण घटेको उनले  बताए ।  अघिल्लो आर्थिक बर्षमा १ हजार ४ सय ६९ वटा र गएको आर्थिक बर्षमा १ हजार ६ सय ९३ वटा नागरिकताको प्रतिलिपी दिइएको...

शिक्षा नीति र देशको गति

निधिरत्न अधिकारी  ‘जो गाउँको मुखिया उही बाटो ....’ भने जस्तो देशको गति ठीक भए पो शिक्षा नीति पनि देश र जनतालाई लाभ पुग्ने खालको हुन्छ । लगभग ६५ वर्ष बितिसक्यो, विशेष गरेर २५ वर्ष अगाडिदेखि निरंकुश, तानाशाही, सामन्तवादी व्यवस्थाले देशको विकास र नेपाली जनतालाई सुख दिन सकेन भन्ने क्रान्तिकारीहरू अहिलेसम्म च्याउ बराबर उम्रिएका छन् । सामन्तवादी उत्पादनले नेपाली जनताका आवश्यकता पूर्ति गर्न सक्दैन भनेर उत्पादनशील, वैज्ञानिक, सृजनशील शिक्षा लागू गर्ने, देशलाई छिट्टै विकासित नेपाल बनाउने भनेर नारा...

स्वदेशमा रोजगारी देउ - सम्पादकीय

बेरोजगारीको समस्या दिनानु दिन ठुलो चुनौतीको रुपमा देखिएको छ । बढ्दो वेरोजगारीका कारण मुलुकको समग्र अवस्था नै प्रभावित बन्दै गएको छ । राजनीतिक रुपमा देशले काचुली फेरिए पनि आर्थिक ,रोजगारी तथा सामाजिक सुरक्षाका हिसावले राज्य रुपान्तरित हुन सकेको छैन् । बेरोजगारी समस्याका कारण सयौ दक्ष जनशक्तिहरु धमाधम विदेशिनु पर्ने अवस्थाको अन्त्य हुन सकिरहेको छैन् । अहिले पनि सयौका संख्यामा युवाहरु रोजगारीका लागि विदेशिनु बाध्यता बन्दै गएको छ । यस्तो कहाली लाग्दो अवस्थालाई तोडन देशल े अझै फड्को मार्न नसक्नु चिन्ताको विषय पनि हो ।प्रत्येक मानिसले आफ्नो पेटपालो...