दमक/खोला नालाबाट टयाक्टरमा समेत निर्माण सामग्री ओसार्न रोक लगाएको प्रति झापाका ट्याक्टर व्यवसायीले विरोध जनाएका छन् । सरकारले हालै गरेको निर्णय प्रति बिरोध जनाउँदै ट्याक्टरलाई समेत खोलामा निर्माण सामाग्री संकलन गर्न रोक लगाउनु न्यानोचित नभएको गुनासो गरेका हुन् । जिल्लाभरका व्यवसायीहरुको विहिबार भएको भेलाले विदुर भट्टराईको अध्यक्षतामा जिल्ला स्तरिय संघर्ष समिति पनि घोषणा गरेका हुन् । गठित संर्घष समितिमा जिल्लाका ६ ओटै क्षेत्रका ट्याक्टर व्यवसायीहरु संलग्न छन् । गठित संघर्ष समितिको सदस्यहरुमा सन्तोष कुमार मेचे, भोगेन्द्र श्रेष्ठ, रुपेश मेचे, राजेश राउत, उदय भण्डारी, शिवलाल खतिवडा, राजकुमार र्चौहान, श्याम निरौला, केदनिधी भट्टराई, बद्रिप्रसाद खनाल र नविन बराल छन् ।
विर्तामोडमा भएको व्यवसायीहरुको भेलाले झापा जिल्ला निर्माण समाग्री परिचालन उपयोग उपभोक्ता समिति गठन गरेको हो ।
झापा कन्काई माई ट्याक्टर संघले दमकमा विहिबार पत्रकार सम्मेलन गरी प्रशासनको रोकका कारण जिल्लाभर कम्तिमा २० हजार मजदुरहरुको दैनिक रोजगारी गुमेको जनाएको छ । संघका सचिव नविन बरालले जिल्लामा पाँच हजार ट्याक्टर सञ्चालनमा रहेका र तिनीहरुमा रोजगारी गर्ने सर्वसाधारण मजदुरको जिविकोपार्जनमा समस्या आएको बताए । उनले भने–‘राज्यलाई कर तिरेर ट्याक्टर सञ्चालन गर्ने व्यवसायीहरुको करोडौँ लगानी निस्क्रिय हुँदा मार वेहोर्नुपरेको छ ।’ उनले चुरे संरक्षणका नाममा तराईमा रहेका खोलानालाबाट हातको प्रयोगले निकालिने निर्माण सामग्रीमा रोक लगाउनुको कुनै तुक नभएको बताए । ‘स्काभेटर रोक लगाउनु स्वभाविक हो, तर बेल्चा र हातले गिटी बालुवा उठाउन पनि रोक लगाउनु न्यायसंगत छैन् ।’ सचिव बरालले भने । सरकारले आफना पेशा विस्थापित गर्न लागेको भन्दै त्यस विरुद्ध थप आन्दोलन चर्काउने चेतावनी दिएका छन् । संघर्ष समितिले माग पूरा गराउन दवाव मूलक आन्दोलन गर्ने निर्णय भएको सचिव बरालले जानकारी दिए । यसैबीच खोलामा निर्माण सामाग्रीहरु ओसार्न रोक लगाउनु जायज नभएको बताए ।
संघका कोषाध्यक्ष प्रविण कटुवालले प्रसासनको यस्तो अव्यवहारिक निर्णय नसच्याइए सडक संघर्षमा उत्रने व्यवसायीहरुको साझा निर्णय भएको बताए । उनले निर्माण सामग्री निकाल्न रोक लगाईँदा विकास निर्माणका काम एवम् सर्वसाधारणको घर निर्माणको काम समेत रोकिएको बताए । यसैविच संघले विज्ञप्ती निकालेर वार्ताका माध्यमबाट समाधानको खोजी गर्न प्रशासनसँग माग गरेको छ । संघका अध्यक्ष बद्री खनालले हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तीमा प्रसासनको निर्णयमा पुनः विचार गर्न माग गरिएको छ ।
यसैगरी मोरङको मधुमल्लामा खोलाहरुबाट बालुवा, गिटी, ढुंगाहरु निकाल्न पाउनु पर्ने माग गर्दै ट्याक्टर ब्यवसायीहरुले बिहिवार बिरोध गरेका छन ।
ट्याक्टर ब्यवसायी संघ मधुमल्लाको आयोजनामा भएको बिरोध ¥यालीले मधुमल्ला बजार परिक्रममा गरी कोणसभामा परिणत भएको थियो । इलाका प्रहरी कार्यालय मघुमल्लाका प्रहरी कार्यालय प्रमुख राजेश चौधरीका अनुसार बिहान ११ वजेबाट पौने ३ वजे सम्म ट्याक्टर ब्यवसायीहरुले ५० वटा ट्याक्टर सडकमा राखेर बिरोध गरेका थिए ।
बिरोध पछिको कोणसभालाई संघका अध्यक्ष रामचन्द्र थापामगर र सचिव खरी मगरले सम्वोधन गरेका थिए । सरकारले चुरे क्षेत्र संरक्षण अभियानलाई सफल पार्न खोलाको बालुवा, गिटी, ढुङ्गगा निकाल्न प्रतिबन्ध लगाएको छ ।

0 प्रतिकृया:
Post a Comment