दमक/दमक र त्यसका आसपासका क्षेत्रमा सवारी दुर्घटनामा कमी आएको छ ।
अघिल्लो आर्थिक वर्ष भन्दा , आर्थिक बर्ष २०७०÷७१ मा दमक र आसपासका क्षेत्रमा सवारी दुर्घटना कमी भएको हो । इलाका ट्राफिक प्रहरी कार्यालय दमकका अनुसार ०७०÷७१ मा १५ जनाले दुर्घटनामा ज्यान गुमाएका छन् ।
आर्थिक बर्ष २०६९÷७० मा ३२ जनाको दुर्घटनामा ज्यान गुमाएका थिए । ट्राफिक चेकजाँचमा कडाई र चेकजाँचलाई निरन्तरता दिइएका कारण दुर्घटनामा कमी आएको इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख बासुदेव थापाले जानकारी दिए । बिना हेल्मेट, तीन जना सवार र मापासे गरेर सवारी चलाउनेलाई कारवाही गरेकाले घटना थोरै भएको उनले बताए ।
०६९÷७०को दुर्घटनामा २५ जना पुरुष र ४ जनाको महिला सहित ३ जना बालकको ज्यान गएको थियो । सो अबधिमा ४ वटा चौपायको सवारी दुर्घटनामा ज्यान गएको थियो । २०७०÷७१ मा २ वटा चौपायको ज्यान गएको थियो । सो अबिधमा १३ जना पुरुष, एक जना महिला र एक जना बालकको ज्यान गएको थियो ।

0 प्रतिकृया:
Post a Comment