आगलागीमा मृत्यु

रौतहट, फागुन २६/रौतहटको भषेडवा गाविसमा बिहीबार बिहान लामखुट्टे भगाउन बालेको आगो फैलिँदा भएको आगलागीमा एकजनाको मृत्यु भएको छ । आगलागीमा तीन घर जलेका छन् । मृत्यु हुनेमा  भषेडवा गाविस–६ का ५० वर्षीय लक्ष्मी ठाकुर रहेका छन् ।
उक्त घटनामा झण्डै ६ लाख बराबरको धनमाल क्षति भएको छ । आगो निभाउने क्रममा एक महिला सामान्य घाइते भएकी छन् । भषेडवा गाविस–६ का पञ्च दासले लामखुट्टे भगाउन घर नजिक बिहान बालेको आगो घरमा सल्केको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक रामनारायण माझीले बताए ।
आगलगीबाट स्थानीय मोहन दासको
नगद ९ हजारसहित १ लाख ५० हजार क्षति पुगेको प्रहरीले जनाएको छ । लामखुट्टे भगाउन आगो बाल्ने पञ्च दासको समेत भैसी राँगा र बाख्रा गरी ६ वटा पशु जलेर मरेका छन् । अधिकांशको घर फुसको छाना भएकाले अन्न लत्ता कपडाहरु निकाल्न पाइएन । घरमा आगो लागेपछि निभाउन सहयोग गर्दा छिमेकी देवकी दासलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment